MENU
ओली राष्ट्रवादको ‘टाई टाई फिस’- जनक आश्चर्य
 : 169 views
  Apr 12, 2018

जनक आश्चर्य

धेरैको  विश्वास थियो, ओली दिल्लीबाटै बुआओ फोरमतर्फ हानिने छन । त्यसो नभए उनी काठमाण्डौ फर्किएकै दिन वा भोलीपल्ट त अवश्य नै  चीनतर्फ लाग्ने छन् । तर, यसको ठिक विपरित ओली आफै सहभागि त के नेपालको परराष्ट्रमन्त्रीसमेत उक्त फोरममा सहभागि हुन पठाएनन्  । यसैलाई  कुटनीतिका जानकारहरु भारतको सर्वैभन्दा ठूलो कुटनीतिक सफलता र  ओलीको असफलता भनेर चित्रण गर्छन।  

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमण अप्रिल ६–८ सम्म गरे । फर्किएपछिको पहिलो   पत्रकार सम्मेलनमा उनी स्वंयम र उनका पक्षधर बिश्लेषकले यो भ्रमणलाई अत्यन्तै सफल भनेका छन् ।

 

 

ओलीले नेपालले २०७२ सालमा संविधान जारी गरेपछि भारतले लगाएको नाकावन्दीको विरुद्धमा उभिएका थिए । उनलाई नेपाली जनताले साथ पनि दिएका थिए ।

 

 

 

महाकाली सन्धीमा नेपाललाई १ खर्ब २० अर्ब रुपैया फाइदा हुन्छ भनेर त्यसको पक्ष लिएका ओलीप्रति ‘भारतको मान्छे’ भन्ने आम धारणा बनेको थियो । यसको ठिक विपरित भारतको नाकावन्दीपछि उनको त्यहि अडानले एकथरीले राजा पृथ्बीनारायण शाह र महेन्द्रपछिको सवैभन्दा ठुलो राष्ट्रवादीको रुपमा पनि उभ्याएका थिए ।

 

 

यस्तो राष्ट्रवादी छवि बनाएका ओली त्यसको जगमा टेकेर गएको प्रतिनिधीसभा र प्रदेशसभामा वामपन्थीहरुको गठबन्धन बनाएर ठूलो चुनावी सफलता हात पार्न सफल भए । साथै ८० प्रतिशतको सर्मथनको सरकारको प्रधानमन्त्रीको रुपमा सत्तारोहण गरे । उनको यो सफलताको कारण उनको दिल्लीसंगको स्पष्ट अडान नै थियो, विगतमा ।

 

कुनै निश्चित भ्रमण एजेण्डाविना नै दिल्ली गएका ओलीको भारतको औपचारिक यात्रा हतार हतारमा तय भएको थियो भन्ने स्पष्टै छ । ओलीका पुर्वबर्ति देउवाले सत्ता हस्तान्तरण गर्न आनाकानी गरेकोले ओली अचानक रसुवागढी पुगेर यहाँबाट चीनियाँ रेल आउँछ भनेका थिए । र, भारतलाई चेतावनी दिएको रुपमा काठमाण्डौमा उनले हल्ला फैलाएका थिए । यस्तो तमासा गर्न माहिर ओलीको चालसंग वाकिभ भारतले अप्रिल ७–११ सम्मको लागि तय भएको चीनमा बुआओ फोरममा ओली सहभागी हुनसक्ने थाहा पाएर हतारहतार भारतले यो भ्रमणको चाजोपाजो मिलाएको थियो । ओली पहिलो भ्रमणमा चीन नजाउन भनेर भारतले दिल्ली बोलायो । बडो चलाखीको साथ दिल्लीले नेपाली पत्रकारको टोली भारत भ्रमणमा बोलाएर उक्त टाृलीबाट ओली दिल्ली आउदैछन भन्ने समाचार सार्वजनिक गराउन पुग्यो ।

 

 

त्यसैले भारतले पहिला ओलीलाई औपचारिक निमन्त्रणा दिदा बुआओ फोरमसंग जुधाएर अप्रिल ८–११ को लागि भ्रमण तालिका थियो । तर त्यसवेला ओलीले ६–७ प्रस्ताव गरेको र ओलीकै तालिकाअनुसारको यो भ्रमण तय भएको थियो । धेरैको के विश्वास थियो भने संम्भवत ओली दिल्लीबाटै बुआओ फोरमतर्फ हानिने छन । त्यसो नभए उनी काठमाण्डौ फर्किएकै दिन वा भोलीपल्ट त अवश्य नै बुआओ फोरममा भाग लिन चीनतर्फ लाग्ने छन् । तर, यसको ठिक विपरित ओली आफै सहभागि मात्र भएनन नेपालको परराष्ट्रमन्त्रीसमेत उक्त फोरममा सहभागि भएनन्  । यो भारतको सर्वैभन्दा ठूलो कुटनीतिक सफलता हो । ओलीको चलाखी यसमा फेल भएको छ ।

 

 

धेरैको आशा र विश्वासको विपरित ओलीले चीनतर्फ नलाग्नुको पछाडी उनका भारतीय समकक्षी नरेन्द्र मोदीले ओलीलाई फस्ल्याक फुस्लुक बनाएको भन्ने निश्कर्ष रहेको छ । ओली भारतको नाकावन्दी विरुद्ध उभिदा सांकेतिक रुपमा १३ लाख लिटर पेट्रोलियम पदार्थ अनुदान दिएको चीनले पछि नेपालसंग व्यापार तथा पारवाहन सन्धीसमेत गरेको थियो ।

 

 

भारतसंग मात्र निर्भर भएकोले भारतले नेपालमाथि व्यापार तथा पारवाहनमा थिचोमिचो गरेको र यसलाई आम नेपालीले अपमानको रुपमा लिएका थिए । चीनको अहिले सवैभन्दा महत्वाकांक्षी योजना ‘वेल्ट एण्ड रोड इनिसिएटीभ’ अन्र्तगत चाडै चीनसंग रोड र रेलमार्फत जोडिने योजना साकार हुने कल्पना थियो नेपालीको मनमा । चीनको रेल काठमाण्डौ ह्ुदै लुम्विनीसम्म पुग्ने नेपालीले कल्पना गरेको अवस्था थियो । यसबाट नेपाल भारतबाहेकबाट पनि समुन्द्रसंग जोडिने आशा र विश्वास थियो ।

 

ओलीको आफ्नै पनि भारत भ्रमणमा जानु अगाडिसम्म यस्तो धारणा थियो । यसको उदाहरणको रुपमा उनले भारतीय दैनिक पत्रिका हिन्दुकी संवाददाता सुवासिनी हैदरले लिएको अन्तरवार्तामा चीनियाँ लगानीलाई ‘ट्राप’ भन्ने शब्द प्रयोग गरेकोमा त्यसप्रति विमति जनाएका थिए । यस्ता ओली भारत गएपछि किन चीन गएनन अथवा उच्च नेपाली प्रतिनिधीमण्डल चीन पठाएनन भनेर सवै नेपाली आश्चर्यचकित भएका छन् ।

 

 

यता आफ्ना नेताको मलद्धारलाई हरिद्धार ठान्ने ओलीका कार्यकर्ताहरु भने ओलीको भारत भ्रमण अत्यन्तै सफल भएको दावी गर्छन । उनको भारत भ्रमण नै एजेण्डाविहिन थियो । यस्तो अवस्थामा कसरी भ्रमण सफल भयो भन्ने प्रश्न स्वाभाविक हो । रेड कार्पेट वेलकम, राजनाथ सिंहको विमानस्थलमा स्वागत र मोदीसंग भेट नै सफलता हो भने खैर यसमाथि टिप्पणी गर्नै परेन ।

 

 

ओलीले यो भ्रमणको क्रममा गरेको मुर्खता भनेको चाँही चीन जस्तो शक्तिशाली र नेपालको सहयोगी देशलाई भारतसंगको सम्बन्धमा कार्डको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने धारणा हो । अप्रिल ८–११ सम्म आयोजित बुआओ फोरम नेपाल सरकारको तर्फबाट उच्च सहभागिता नहुनले यसैतर्फ निश्र्कष निकाल्न बाध्य पार्छ । यसबाट ओली राष्ट्रवादको ‘टाई टाई फिस’ भएको छ ।

Comments