MENU
अब ओलीको पालो-राजेश मिश्र
 : 319 views
  Apr 16, 2018
राजेश मिश्र

 

मेरो मानसपटलमा नेपाली राजनीतिको सुर्योदय छ अथवा सात कक्षामा पढ्दा भएको हो। छत्तीस सालको आन्दोलन उत्कर्षमा थियो। रातो टोपी लाएका प्रहरी पहिलो आँखामै हिंश्रक लाग्थे। बाटोबाटोमा उनीहरु युवा मात्र होईन, जुङ्गाको रेखी नै उम्रिन बाँकी उमेरका किशोरका झोला खानतलाशी गर्न थालेका थिए। अस्कल काण्ड भयो।  आरएनएसी र गोरखापत्रका भवन जलेको समाचार आयो। डिल्लीबजारमा फुटबल खेलिरहेका हामीलाई त्यसले केही फरक पारेन।

 

 

राती थाहा भयो। यो त ठुलै काण्ड भएको रहेछ। म त्यतिबेला मामाघरमा बस्थें। त्यहाँ संधै आन्दोलनकारीको जमघट हुन्थ्यो। एकप्रकारले त्यो सबैको सेल्टर थियो। आन्दोलन शुरु हुनु भन्दा पहिलेनै त्यहाँ कांग्रसका कृष्णप्रसाद भट्टराई देखि मनमोहन भट्टराई सम्म सबै आउंथे। कृष्णप्रसाद चियापान गरेर बासु रिसाल संग फर्किन्थे। मनमोहन भट्टराईको दोश्रो घर यही थियो।

 

 

एकपटक जेलबाट छुटेर असीनपसीन हुँदै घर आए। नुहाउन साबुन मागे। मैले लाज मानेर एउटा टुक्रिएको साबुन दिएँ। मनमोहन भट्टराई नेपाली र अंग्रेजीका प्रखर वक्ता थिए। अद्ध्यनशील। मैले अलि अलि अंग्रेजी बोल्न जानेको पनि उहाँकै प्रेरणाले हो। त्यो साबुनको टुक्रा दिंदा मलाई लागेको लाज देखेर उनले अंग्रेजीमा बोले, “व्हाट्स व्रंग विथ दिस पीस अफ सोप एज लंग एज ईट गिभ्स द रिजल्ट द्याट यू आर लूकिंग फर?” म ट्वाँ परें। मेरो घरमा म संग यति लामो अंग्रेजी वाक्य बोल्ने दुस्साहास कसैले गरेको थिएन। मनमोहन भट्टराईबाट म तुरुन्तै प्रभावित भएँ।

 

 

अर्का थिए, सुनील मानन्धर। तत्कालीन नेकपा (मानन्धर) समूहका नेता बिष्णु बहादुर मानन्धरका छोरा। तर सुनील मानन्धरसंग नेताका छोरामा अहिले देखिने अहंकार भन्दा पनि गजबको नेतृत्व क्षमता थियो। मृदुभाषी तर आफ्नो सिद्दान्तमा कठोर। मनमोहन भट्टराई र सुनील मानन्धरको बीचमा परेको म बबुरो कांग्रेस हुँ कि कम्युनिष्ट, म आफैंलाई थाहा थिएन। वास्तवमा मलाई मतलब पनि थिएन। यो व्यक्तिगत सम्बन्धको कुरा थियो।

 

 

तर छत्तीस साल चर्कंदो थियो। पर्चा पुर्याउनु थियो। हामी मसीना विद्यार्थीलाई रातो टोपीले उति ख्याल गर्दैनथियो। हामी झोलामा किताबका सट्टा पर्चा बोकेर यो क्याम्पसबाट त्यो क्याम्पस पुर्याउन थाल्यौं। मौका परे राता टोपीलाई एक दुई ढुङ्गा हाने आफूले आफैलाई तक्मा दिएको जस्तो लाग्थ्यो।

 

 

जनमत संग्रहको घोषणा भएपछि म नीलो लुगा लगाएर खुब हिंडे। सुविधाजन्य कुरो के थियो भने, मेरो बिद्दालयको “यूनिफर्म” नै नीलो रंगको थियो। हाम्रै टोल छेउका निरोधराज पाण्डे नामका एकजना वडा अद्द्य्क्ष थिए। बहुमुखी प्रतिभाका धनी। उनी रेडियोमा बिहान एउटा कार्यक्रम चलाएर दिउँसो संचार मन्त्रालय अथवा विभागमा भत्ता लिन्थे। त्यो भत्ताले डिल्लीबजारको भट्टीमा बहुदल बिरोधी जमात तयार गर्थे। सानै उमेरमा हामीले उनलाई दूईचार लात्ता र मुक्का ठोकीदियौं।

 

 

खुब ठूलो काम गरेको भनेर घरमा आएर सुनाएको त, आमाको भकुराईमा परियो। अनि बल्ल थाहा भयो, पंचायती व्यवस्था भनेको राजाको हुक्केहरुको खटन रहेछ। त्यतिबेला राजारानी विदेश जाँदा डिल्लीबजारकै बाटो भएर विमानस्थल जान्थे। त्यो बाटो हाम्रो फुटबल खेल्ने ठाउँ थियो। अहिले जस्तो मोटरगाडीको आतंक थिएन। राजाको सवारीले हाम्रो खेल रोकेपछि राजा संग त्यसै रीस उठ्थ्यो।

 

छत्तीस सालको माले

 

 

जनमत संग्रहमा बहुदल हार्यो। पछि थाहा भयो, सूर्य बहादुर थापाले दरवारको निर्देशनमा नेपालका बन फाँडेर भारतीयलाई बेचेको पैसाले पंचायती व्यवस्था कायम राख्ने भोट किनेका रहेछन। मामाघरमा मनमोहन भट्टराई समेत धेरै बिद्द्यार्थी नेताहरुको भेला भयो। उनीहरु आन्दोलन गर्ने कुरा गर्थे। तर बीपी कोईरालाले “जनमतको कदर गर्छु” भनेर बक्तब्य जारी गर्नुभएको अलिअलि सम्झिन्छु। उहाँको बक्तब्य पछि आन्दोलन गर्ने कुरा सेलायो। अर्को कुरा सुनियो, “कम्युनिष्टहरुले नराम्रो धोका दिए।” म जील्ल परें। मानन्धर समूह नामको कम्युनिष्ट पार्टी त बहुदलको पक्षमा खुलेर लागेको थियो। फेरि अर्को कुन कम्युनिष्ट पार्टी रहेछ?

अनि बल्ल झापाली आन्दोलनको कुरा थाहा पाईयो। भर्खर दिवंगत कमल राज रेग्मी र केशरजंग रायमाझीले कसरी नेपाली बामपन्थी आन्दोलनलाई दरवारको दामजस्तो चढाए भन्ने कुरा बुझियो। पछि कलेज जान थालेपछि पो थाहा भयो, अनेरास्ववियू नाममा सात संगठनहरु एकत्रित भएर केवल नेपाल बिद्दार्थी संघका बिरुद्द आक्रामक हुन्थे। खुकुरीनै हान्थे। छत्तीस सालपछि प्रतिबन्धित मण्डलेहरु नयाँ नाममा स्ववियूको चुनावमा भाग लिन्थे। अखिल नामको रहस्यमय संगठन ती पुराना मण्डलेप्रति सहानुभूतिशील हुन्थे। नेबिसंघलाई मौका परे छप्काईहाल्थे।

 

 

जसरी दश बर्षे कथित जनयुद्दको बिभिषिकाबाट बौरिएर संसदीय चुनावी राजनीतिको भासमा जाकिएको माओवादीलाई दोश्रो जनअन्दोलन पछि मूलप्रवाहमा आउँन कठीन भयो, एमालेलाई अड्चालीस सालको कालखण्ड त्यो भन्दा सरल थिएन। मदन भण्डारी त्यसैले बेला बखत आफ्नो भाषणमा संकेत गर्थे, “हामी ढाँटको खाजा खाँदैछौं, च्युरामा ढुङ्गो पर्यो भने हामी फेरि जहाँ पहिले थियौं, त्यहिं जान्छौं।”

 

 

अहिले “मोही माग्ने ढुङ्ग्रो लुकाउने” अनि “नारायणहरी” नामको रुचिकर स्तम्भ लेख्ने कृष्णमुरारि भण्डारी संग मेरो संगत बढ्यो। उहाँ मानन्धर समूहको “माध्यम” साप्ताहिक नामक पत्रिकाको सम्पादक हुनुहुन्थ्यो। उहाँ संग मैले नेपाली पत्रकारिताको कखरा अनि भाषाको ह्रस्व दीर्घ खुब सिक्ने मौका पाएँ। तर त्यो पत्रिकामा काम गर्दा सूको मिल्थेन। बरु प्रेसबाट पत्रिका ल्याउने, मुठार्ने, पसल पसल पुर्याउने, बस अड्डा अनि आरएनएसीमा लगेर जिल्ला जिल्लामा पठाउने काम खुब गरियो।

 

 

त्यही अखबार मार्फत निलाम्बर आचार्यले भाषाको शुद्दताका बारेमा सिकाएको कुरा मलाई अझै काम लाग्दैछ। एकदिन कृष्णमुरारि भण्डारीले गणेशमान सिंहको अन्तर्वार्ता लिएर आउनुभयो। अन्तर्वार्ता “कन्स्टिच्युसनल मोनार्की मान्छौं, एब्सल्युट मान्दैनौं” भन्ने भंगेरे शीर्षकको अक्षरमा प्रकाशित भयो। तत्कालीन संचार सचिव बिष्णुप्रताप शाहले पूर्जी काटिहाले। बयान दिन कृष्णमुरारि संगै म पनि गएँ। तीन दिन सम्म सचिवले खटाएको शाखा अधिकृत संग अमला खाँदै हामीले बयान दियौं। त्यतिबेलासम्म तत्कालीन माले अथवा अहिलेका एमालेद्वारा संचालित अखबारहरुले दरवारका बारेमा यति कडा लेख्ने साहस गरेका थिएनन्।

 

 

अहिले प्रचण्डको काखमा बिलय भएको नेकपा (संयुक्त) का तत्कालीन नेता बिष्णु बहादुर मानन्धरले पंचायती व्यवस्था ढाल्न एक्लो बृहस्पति झैं “बाम प्रजातान्त्रिक एकता” को नारा लगाए। कांग्रेस कानमा तेल हालेर बस्यो। पैंतालीस सालमा राजा बीरेन्द्र र भारतका राजीव गान्धीबीच व्यक्तिगत “प्रोटोकल”मा मनमुटाव भएपछि नेपालमा एक्कासी आन्दोलनको माहोल बन्यो। भारतका कांग्रेसी, समाजवादी र बामपन्थी नेताहरुको एउटा समूहनै नेपालमा गणेशमान सिंहको चाक्सीबारीको घरमा आएर आन्दोलनको उद्घोष गर्यो। छयालीस साल फागुण सात गते आन्दोलन शुरु भयो। भारतले नेपालमा नाकाबन्दी गरेको अवस्था थियो। आन्दोलन सफल भयो। पंचायत ढल्यो।

 

मनमोहनको शीर

 

 

विष्णुबहादुर मानन्धर त्यसपछि मनमोहन अधिकारीसंग पार्टी एकता गर्न चाहन्थे। तर रातारात बाममोर्चाकी अद्द्यक्ष साहना प्रधान र राधाकृष्ण मैनालीलाई उछिनेर खुलामंचको बिजय जुलुशमा झलनाथ खनाल प्रकट भए। त्यसको केही सातापछि “प्रवक्ता”को नाममा मदन भण्डारीको उदय भयो। जसरी दश बर्षे कथित जनयुद्दको बिभिषिकाबाट बौरिएर संसदीय चुनावी राजनीतिको भासमा जाकिएको माओवादीलाई दोश्रो जनअन्दोलन पछि मूलप्रवाहमा आउँन कठीन भयो, एमालेलाई अड्चालीस सालको कालखण्ड त्यो भन्दा सरल थिएन। मदन भण्डारी त्यसैले बेला बखत आफ्नो भाषणमा संकेत गर्थे, “हामी ढाँटको खाजा खाँदैछौं, च्युरामा ढुङ्गो पर्यो भने हामी फेरि जहाँ पहिले थियौं, त्यहिं जान्छौं।”

 

 

त्यसैका लागि, “टाउको काट्ने” मालेको शरीर माथि मनमोहन अधिकारीको टाउको एउटा छवीको रुपमा जोड्नु मदन भण्डारीको बाध्यता थियो। माले पार्टीको संगठन थियो। तर धूमील। त्यसमा पंचायत नीति तथा जाँचबुझ समितिका मान्छे देखि पूर्व अञ्चलाधीशहरु समेत “थिङ्क ट्याङ्क”का रुपमा आबद्द थिए। मनमोहन अधिकारीको विश्वसनीयता त थियो, तर उनको संगठन थिएन।

 

 

०३७ सालको जनमत संग्रहमा तत्कालीन माले पार्टीलाई प्रयोग गरेर जुन दरवारिया तत्वले बहुदल वा कांग्रेसलाई परास्त गरेको थियो, त्यो शक्ति फेरि जुर्मुरायो। मनमोहन अधिकारीका भाई भरतमोहन अधिकारीलाई उपयोग गर्न केशर जंग रायमाझी देखि कमलराज रेग्मी सम्म सबैजना परिचालित भए। त्यसपछिको अर्को आश्चर्य, भारतीय कम्युनिष्ट पार्टी (माले)का नेता हरकिसन सिंह सुरजितको अग्रसरतामा मनमोहन अधिकारीको काँधमा मदन भण्डारीको नेकपा माले चढ्यो।

 

 

०३७ सालको जनमत संग्रहमा तत्कालीन माले पार्टीलाई प्रयोग गरेर जुन दरवारिया तत्वले बहुदल वा कांग्रेसलाई परास्त गरेको थियो, त्यो शक्ति फेरि जुर्मुरायो। मनमोहन अधिकारीका भाई भरतमोहन अधिकारीलाई उपयोग गर्न केशर जंग रायमाझी देखि कमलराज रेग्मी सम्म सबैजना परिचालित भए। त्यसपछिको अर्को आश्चर्य,  भारतीय कम्युनिष्ट पार्टी (माले)का नेता हरकिसन सिंह सुरजितको अग्रसरतामा मनमोहन अधिकारीको काँधमा मदन भण्डारीको नेकपा माले चढ्यो।

 

 

अन्तत: नेकपा (एमाले) नामले मनमोहनको शीरमुनी मालेको शरीर नेपाली संसदीय व्यवस्थामा प्रवेश गर्यो।

 

 

सडकको प्रतिपक्ष !

 

 

एमाले अवतारको कथित कम्युनिष्ट पार्टीले गिरिजाप्रसाद कोईरालालाई कहिले पनि काम गर्न दिएन। दरवारीयाहरुले उक्साएको कर्मचारी आन्दोलनलाई एमालेले शुरुमा साथ दियो। त्यो आन्दोलन नेपालको ईतिहासमा दोश्रो पटक जन निर्वाचित सरकारले काम गर्न थालेको महिना दिन नबित्दै शुरु भएको थियो। गिरिजाप्रसाद आफ्नो मुटु, कलेजो अनि ह्याकूलो-सबैतिरबाट हठी थिए। उनी करामचारी आन्दोलनबाट झुकेनन्। राज्य संचालनमा कुनै अनुभव नभएको सरकारलाई कर्मचारी आन्दोलनबाट कमजोर बनाएपछि, एमालेले कर्मचारी आन्दोलनलाई पनि धोका दियो। अनसनकारी कर्मचारीले आफ्नै हातबाट जूस खाएर आन्दोलनको अन्त्य गरे।

 

 

गिरिजाप्रसाद कोईरालालाई तिनै कर्मचारीको सहयोगमा सरकार चलाउनु थियो। कांग्रसी हुन् वा एमाले, दुवै सडकबाट अचानक सरकार र संसदमा पुगेका थिए। एकथरी कांग्रेसीलाई तीस बर्ष संघर्ष गरेको संघर्षको प्रतिफलका रुपमा प्राप्त गर्न सकिने आर्थिक लाभ तत्काल चाहियो। भागबण्डाको क्रम संगै असन्तुष्टिको उभार उठ्यो। दरवारियाहरुलाई थाहा थियो, पार्टीमा कृष्णप्रसाद भट्टराई थपना मात्र हुन्। संगठन गिरिजाको पकडमा छ। जसरी एमालेमा मनमोहन थपना थिए, पकड मदन भण्डारीको हातमा थियो। एमालेले संसदमा जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्नुको सट्टा सडकका रेलिंग भत्काउनु उचित ठान्यो। नेपाली राजनित्तिमा विध्वंशको बिजारोपण माओवादी भन्दा पहिले एमालेले गरेको हो।

 

 

एमालेका सांसदहरु गिरिजाप्रसाद कोइरालाले संसदमा सरकारको नीति र कार्यक्रम प्रस्तुत गर्दा समेत उनलाई बोल्न दिंदैनथिए। कांग्रेसका छत्तीसे समूहको समर्थनमा गिरिजालाई फ्याल्ने अभिप्रायले ल्याईएको अविश्वास प्रस्तावको जवाफ दिन गिरिजाप्रसाद उभिनु अघिनै एमालेका सान्सधारी “नियमापत्ति” गर्थे।

 

 

गिरिजाप्रसाद कोईरालालाई तिनै कर्मचारीको सहयोगमा सरकार चलाउनु थियो। कांग्रसी हुन् वा एमाले, दुवै सडकबाट अचानक सरकार र संसदमा पुगेका थिए। एकथरी कांग्रेसीलाई तीस बर्ष गरेको संघर्षको प्रतिफलका रुपमा प्राप्त गर्न सकिने आर्थिक लाभ तत्काल चाहियो। भागबण्डाको क्रम संगै असन्तुष्टिको उभार उठ्यो। दरवारियाहरुलाई थाहा थियो, पार्टीमा कृष्णप्रसाद भट्टराई थपना मात्र हुन्। संगठन गिरिजाको पकडमा छ।

 

 

तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले त्यतिबेला खरो बोली बोलेका थिए- “माननीय सांसदहरु, तपाईन्हरु संसदीय अभ्यास सिक्दैहुनुहुन्छ। कतिबेला बोल्ने अनि कतिबेला सुन्ने भन्ने कुरा पनि सिक्नुहोस।” त्यतिनैबेला गिरिजा बेहोस भएर ढले। एमाले सांसदहरुले न्युनतम मानवीय संवेदनशीलता पनि देखाउन आवश्यक ठानेनन्। उनीहरुले कोईराला ढलेको बेला ताली बजाए।

 

 

अब ओलीको पालो

 

 

वाक्पटुताका मामिलामा ओली कसैका लागि विख्यात होलान्, अनि कसैका लागि कुख्यात। तर गिरिजाप्रसादले जस्तो उनले बीपी कोईरालालाई जेलबाट छुटाउन राजा महेन्द्र संग “वन अन वन” कुरा गर्ने मौका पाएनन्। न त उनले गिरिजाप्रसादले त्यतिबेलाका भारतका राजनीतिका शिखर पुरुष जवाहरलाल नेहरु संग भेटेर “अगर आप ऐसा कहते हैं तो हमें भी कुछ दुसरा सोचना पडेगा, जनता हमारे साथ हैं” जस्तो  कडा कुरा गर्ने अवसर पाए।

 

 

 

ओलीको आकार भारतीय नाकाबन्दीपछि बढेको कुरामा कुनै सन्देह छैन। तर उनी समयक्रमले उत्पन्न गर्ने ज्वारभाटामा उचालिएका एक पात्र मात्र हुन्। उनको भारतीय मात्र होईन, विश्वका कुनैपनि मुलुकका कुनैपनि नेतासंग भान्छामा गएर खाने खालको सम्बन्ध स्थापित भैसकेको छैन।

 

 

उनी जतिसुकै प्रजातन्त्रवादी होउन्, उनको पार्टीको नाममा कम्युनिष्ट नामको पुच्छर उनकै अण्डकोश बिझाउनेगरि झुण्डिएको छ। उनले सत्र हजार मान्छे मारेर, राष्ट्रिय ढुकुटी लुटेर कुनैबेला सत्तामा पुगेका पार्टीका नेता “प्रचण्ड” संग अँगालो मारेर चुनाव जितेका छन्। प्रचण्डले भारतीय ईशारा र सहयोगमा “जनयुद्द” गरेको कुरा चीनलाई मात्र होईन, दुनियाँलाई थाहा छ। प्रचण्डलाई कहिले काँधमा बोक्ने, अनि कहिले काखी च्याप्ने गर्दा नेपालको आन्तरिक पार्टी राजनीतिमा ओलीले लाभ पाउन सक्छन। विदेशीका लागि प्रचण्ड र उनलाई काखी च्याप्ने ओली दुवैको विश्वसनीयता शंकाको घेरामा छ।

 

 

भारतलाई पानी चाहिएको थियो, ओलीले दिए। ओलीले चाहेको रेल आउँदा सम्म उनी आफै सत्तामा अथवा जीवनमा रहलान ? चीनको रेल नेपाल आएर नेपाललाई ब्यापार गर्न के सुविधा होला? त्यसको छिनोफानो गर्न ओली त्यतिबेला सत्तामा रहलान? दूई तिहाई बहुमत त १५ सालमा बीपी कोईरालाले पनि ल्याएकै हुन्।

 

लेखक पर्लस्ट जर्नलका प्रधानसम्पादक हुन । लेख सौजन्यः पर्लस्ट जर्नल

Comments