MENU
सरकार बौराउने ‘थिंक–ट्यांकहरु’
 : 1,843 views
–अश्विनकुमार पुडासैनी   Aug 05, 2018

थिड्ढट्याड्ढ अलि स्वभिमानी र अलिबढी अभिमानी पनि हुन्छन् । तसर्थ, उनीहरु आफ्ना बिचार र विश्लेषण कस्ले सुनिदेला भनेर दैलो चहार्दै हिड्दैनन् । जो चाकरीमा लाग्दछ, त्यसमा विद्वता हुँदैन, जसमा विद्वता हुन्छ उ चाकरीमा धाउदैन !

 

 

गएको मंगलबार (साउन १५, २०७५) राजधानीमा नेपाल–भारत थिंक ट्यांक समिटमा नेपाल भारत संबन्ध प्रबर्धनमा बुद्धिजीवीहरुको भूमिकाबारे छलफल गनृ आयोजित कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको लिखित मन्तव्य र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको लिखित मन्तव्यबाट समापन भएको थियो । कार्यक्रमका सहभागी बक्ताहरुले नेपाल भारत संबन्धका विविध आयामबारे चर्चा परिचर्चा गरेका थिए।

 

 

प्राय बक्ताहरुको प्राथमिकता नेपाल भारत संबन्ध नयाँ चरणमा भन्नेमा केन्द्रित देखिएको थियो । कार्यक्रमको सहजीकरण गर्ने कतिपय वक्ताहरुले नेपालमा दक्षिणी छिमेकीसंगको संबन्धका आयाम र त्यसको जटिलता बारे स्पष्ट विचार दिन सक्ने सिमित व्यक्तिहरु मात्रै रहेको पनि चर्चा गरे । पत्रकारहरुले दुई देशबीच उतार चढाव भैरहने विषयलाई छर्लंग पार्न सक्ने निर्भिक थिंकट्यांकहरु पाउनै मुस्किल पर्ने गुनासोसमेत गरे ।

 

 

यही क्रममा प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयमा विभिन्न विषयका थिंकट्यांक राख्ने कुरा बाहिर आइरहेको धेरै भयो तर त्यस्ता विद्वत समूहहरुको कार्य बौद्धिक कार्य भने देख्न पाइएको छैन । अहिलेसम्म सबै समस्याहरुको समाधान गर्न प्रधानमन्त्री स्वयं लागिपरेको मात्र देखिन्छ । खुद्रा—मसिना र तपसीलका विषयहरुमा समेत प्रधानमन्त्री आफैं प्रस्तुत हुनुपर्ने अबस्थाले पाँच महिनासम्म पनि सरकारको प्रभावकारी डेलिभरि देखिन नसकेको प्रष्टै छ । हरेक दिन एक पछि अर्को विषयमा प्रधानमन्त्रीको ईङ्गेजमेण्टले अपेक्षीत उपलब्धी हासिल हुन सकेको छैन । यदि समयमा नै प्रधानमन्त्रीले थिंकट्यांक समूह गठन गरी काम दिन र लिन सके भने सरकार बौराउने थियो । त्यसैले आजको आलेख तिनै थिंकट्यांकको विषयमा केन्द्रित गर्न खोजिएको छ । को हुन् थिंकट्यांक ? कसरी काम गर्न सक्छन् ? के गर्न सक्छन् थिंकट्यांकले ?

 

 

को हुन् थिड्ढट्याड्ढ ?

 

 

आ—आफ्नो विषयमा क्षैक्षिक एवं प्राज्ञिक ज्ञान र अनुभव भएका व्यक्तिहरु नै हुन् थिंकट्यांक । बिषयबारे विचार विमर्श गर्ने, पूर्णकालीन पेशेवरको रुपमा संबन्धित विषयहरुबारे अध्ययन, अनुसन्धान गरिरहेका, व्यवसायिक सीप भएका र विषयका विविध आयामहरुका बारेमा स्पष्टसँग आफ्ना धारणा, विचार र तर्कहरु प्रस्तुत गर्न, विश्लेषण र निष्कर्षहरु लिखित तथा मौखिक रुपमा निर्भिकतापूर्वक प्रस्तुत गर्नसक्ने विज्ञ व्यक्तिहरुको समूह वा व्यक्तिलाई नै सामान्य रुपमा थिंकट्यांक अर्थात विषयविद भन्ने गरिन्छ ।

 

 

विज्ञ समूह, विश्लेषक समूह वा चिन्तक समूहको रुपमा विभिन्न विषयहरुमा विषयगत समूहको रुपमा अन्तर्राष्ट्रियरुपमा संस्थागत वा समूहगत प्रतिनिधित्व गर्ने व्यवस्थालाई थिंकट्यांक भनिन्छ ।

 

 

प्राचिन ऋषिमूनिहरु नै थिंकट्यांक

 

 

पूर्वीय सभ्यतामा ऋष्ीिमूनिहरुले विभिन्न विषयगतरुपमा पेशेवरको रुपमा चिन्तन मनन गर्ने गर्दथे । उनीहरुलाई त्यसैले उनीहरुलाई थिंकट्यांकको रुपमा चित्रण गरिन्छ । ऋषिमूनिहरुले शान्त वातावरणमा जप, तप, ध्यान समेत गरेर प्राप्त ज्ञानलाई जीवन र जगतलाई उपयोगी बनाउँन कसरी सकिन्छ भन्दै त्यसलाई प्रयोगमा ल्याउँथे । जति पनि पूर्वीय सभ्यताका शासकहरु रहेका छन्, सबैले ऋषिमूनिहरुको सरसल्लाह बमोजिम शासन गर्ने गर्दथे । राजा जनकको दरवारमा विभिन्न ऋषिहरु राजालाई जुनसुकै निर्णय गर्दा पनि सरसल्लाह दिने गर्दथे । जनको दरवारमा विद्वानहरुबीच अनेक शास्त्रार्थ भैरहेका हुन्थे । त्यसपछि मात्र राजा जनकले निर्णयहरु लिन्थे ।

 

 

महाऋषि महर्षी । व्यास, यज्ञबल्भ, अस्वस्थामा, सप्तऋषिहरु, कश्यप, भारद्वाज, गौतम, अत्री, जमदग्नी, बशिष्ठ र विश्वामित्र केही बहुचर्चित नामहरु हुन् । कतिपय ऋषि पत्नीहरु समेत ऋषिहरुका तहका थिंकट्यांक थिए । अरुणधति त्यसैमध्येकी एक हुन् ।

 

 

थिंकट्यांकहरु प्रमाणपत्रधारी र पिएच्डी गरेका नै हुनु पर्छ भन्ने होइन । तर नेपालमा पीएचडी गरेको प्रमाणपत्रधारी भएपछि मात्र उ थिंकट्यांकको दावेदार मानिने गरेको देखिन्छ । विदेशी विश्वविद्यालयबाट डिग्री लिएको र पिएच्डी गरेको वा विश्व विद्यालयमा पढाएको भरमा थिंकट्यांक दावी गर्ने फेसन भाइरल बनेको छ ।

 

 

बुद्धि विवेकको प्रयोग गर्न सक्ने, संबन्धित विषयको ज्ञांता वा गहन रुची राख्ने, त्यसविषयसंबन्धी आबश्यक सुचना लिने, वर्गीकरण गर्ने, केलाउने, विश्लेषण गर्ने र काम—क्रोध—लोभ—मोहको बन्धनमा नपरी निर्भिकताकासाथ विश्लेषणको निचोड सहित आफ्नो धारणा राख्न सक्ने व्यक्तिहरु नै वास्तविक थिंकट्यांक हुन् । त्यसको लागि कुनै विश्व विद्यालयको डिग्री अनिवार्य होइन । भनौंन, नेपालको काष्ठकला वा धातुको मूर्तिबारे मौलिक जानकारी दिन सक्ने पीएचडीधारी भन्दा त्यो विषयका कलाकारहरु जो त्यही काममा अहोरात्र लागेका छन्, तिनीहरु मध्ये अब्बल नै थिंकट्यांक हुन् । त्यस विषयमा उसको लगन, रुची, ज्ञान, सीप, क्षमता र उसले गरेको काम र विगतको जिम्मेवारी समय सिमाभित्र उत्कृष्ट रुपमा सम्पन्न गर्ने ब्यक्ति वा समूह नै त्यसविषयका थिंकट्यांक हुने योग्यता हो । यसको अर्थ कसैले पीएचडी गरेको, प्राध्यपन गरिरहेको छ भने उ हुनै हुँदैन भन्ने अर्थ कदापी नलगाइयोस् ।

 

 

बीसे नगर्ची सबैभन्दा ठूला थिंकट्यांक

 

 

पृथ्वीनारायण शाहलाई गोर्खा राज्यको विस्तार गर्ने क्रममा परेको आर्थिक संकटबाट पार पाउँन के कसरी आर्थिक जोहो गर्ने भन्ने संकट पर्दा बिसे नगर्चीले हरेक नागरिकले मोहोर दिए भने यो समस्या सुल्झिने जुक्ति नेपाल एकिकरणको बेला दिएका थिए । त्यसको कार्यान्वयन राजा पृथ्वीनारायण शाहले गरे र उनले आर्थिक अभावबाट मुक्ति पाए ! अहिले हामी नेपाली त्यही एकिकृत नेपालका नागरिक छौं ।

 

 

जनताको सहभागितामा पृथ्वीनारायण शाहको ढुकुटि दर्बिलो भयो । गोर्खा राज्यको विस्तार गर्दै पृथ्वीनारायण शाहले अनेक टुक्रामा बिभाजीत बाईसे— चौविसे राज्यलाई एकिकृत नेपाल राष्ट्र बनाउन सफल भए । त्यसैले बीसे नगर्चीलाई त्यसबेला आर्थिक सल्लाह दिनसक्ने सशक्त, प्रभावकारी र विषयको ज्ञान भएको अब्बल दर्जाको थिंकट्यांक मान्न सकिन्छ ।

 

 

विदेश मामिलामा थिंकट्यांक

 

 

विदेशी मुलुकको संबन्धमा अध्ययन—अनुसन्धान गनेर्, नियमित रुपमा दुई वा बहु राष्ट्रका समस्या र संभावनाहरुलाई अबलोकन गर्ने तथा अनुगमन गरिरहने, त्यसका समाधान वा विस्तारका उपायहरु खोज्ने, समस्याको दुरीलाई न्यूनीकरण गर्ने उपायहरुबारे सोचविचार गरिरहने र सरकारलाई नीति निर्माण गर्न बाटो देखाउने, स्वतन्त्र रुपमा, आफ्नो अध्ययन र विश्लेषणलाई सरकार र नीति निर्माताहरुका लागि विभिन्न विकल्पहरु प्रस्तुत गर्ने जस्ता कार्य गर्ने व्यक्तिहरु नै वास्तविक थिंकट्यांक हुने भएकाले त्यस्तै व्यक्तिहरु खोजेर संबन्धित विषयहरुमा जानकारी दिइन्छ । तिनहरुसंगको छलफलले सरकारमा रहेको वा निर्णय गर्नु पर्ने व्यक्ति वा समूहले त्यसमध्ये आफूले उचित संझेका बिचार र तौरतरीहरु नीतिका रुपमा तर्जुमा गर्न, निर्णय लिन सक्छ।

 

 

कतिपयलाई जटिल विषयबारे निर्णय लिने जिम्मेवारी पनि दिईन्छ । जसलाई ट्रयाक टू डिप्लोम्यासी भन्ने गरिन्छ । एउटै समस्यालाई विभिन्न पक्ष वा कोणहरुबाट हेर्ने, त्यसलाई सिन्थेसाईज गर्ने र नीति तर्जुमा गर्न सहज बनाउने, नीति कार्यान्वयन गर्न सहयोग गर्ने, आप्mना धारणा र निश्कर्षहरु विभिन्न प्रकाशनहरु मार्फत आबश्यकता अनुसार सार्वजानिक गर्ने, छलफलमा ल्याउने गरिन्छ । विषयका सैद्धान्तिक आधारहरु के के हुन् ? समस्या समाधान गर्न गर्नै पर्ने कामहरुको प्राथमिकता र प्रक्रियाको बारेमा समेत स्पष्ट धारणा राख्न सक्नु पर्छ।

 

 

संस्थागत थिंकट्यांक

 

 

विगतमा विश्वविद्यालयको सक्रियतामा संस्थागत रुपमा थिंकट्यांकहरु खडा गरिएको थियो । सेडा, सेरिड, सिनास, रिकाष्ट र अनुसन्धान महाशाखा सरकारले संस्थागत रुपमा इष्टिच्यूसनल मेमोरी राख्ने गरी स्थापना गरिएका संस्थाहरु हुन् । तिनले विभिन्न विषयहरुमा अध्यन—अनुसन्धान गर्ने, नियमीत रुपमा राष्ट्रिय समस्या समाधानको लागि तटस्थ, स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्ने सोच राखिएको थियो । यी संरचना नै प्राज्ञिक एवं व्यावशायिक थिंकट्यांक हुन् ।

 

 

तर बिगतका सरकारका गलत नीति र योजनाको अभावमा यिनले व्यवशायिकता गुमाउदै गए । भर्ती केन्द्रमात्र बने र मृत्यु शैयामा पुगे । फलस्वरुप अहिले सामयिक र सशक्त नेतृत्वको अभावमा उपरोक्त संस्थाहरु थिंक बीनाका ट्यांका जस्ता भएका छन् । यिनको अवस्था अहिले वास्तविक थिंकट्यांक होइन, विगत तिनले गरेका अध्ययनका रिपोर्टहरु अस्थिपंजरको रुपमा मात्र रहेका छन् ।

 

 

तर विकशित देशहरुमा अध्ययन अनुसन्धानका लागि सरकारले ठूलो धनराशी र काविल व्यक्तिहरुलाई जिम्मेवारी दिएर यस्ता संस्थाहरु सञ्चालन गरिरहन्छन् । आवश्यक परेको बेलामा तिनीहरुसंग विषयहरुबारे सरसल्लाह लिने मात्र होइन, बिसे नगर्चीको रुपमा ती संस्थाहरुले विगतमा कतिपय सल्लाह दिएका पनि हुन् । तर विदेशी दाता, दूतावास र सरकारका अह्रन खटनमा चल्न थालेपछि उनीहरुकै सल्लाहमा राष्ट्रिय अध्ययन अनुसन्धान केन्द्रहरुलाई समाप्त पारिने कुटिल चाल चलियो र अन्तत तिनलाई उठ्नै नसक्ने गरी थला पारिएको छ । जसले गर्दा मुलुकलाई अप्ठेरो वा आवश्यक परेको बेलामा थिंकट्यांकहरु बिचार दिन सकिरहेका छैनन् । हरेक दल र सरकारका लठुवा कार्यकर्ता भर्ती केन्द्रको रुपमा मात्र ती रहिरहेका छन् । त्यसैले देशमा नविनतम भन्दा नविनतम योजना तथा कार्यक्रमहरु सहित बुद्धिजीवीहरु अगाडि देखापर्न नै सकेका छैनन् ।

 

 

थिंकट्यांकहरु कहाँ हुन्छन् ?

 

 

विश्वकै कुनै पनि सरकारहरुले आफ्नो देशको संस्थागत संरचनाको रुपमा थिंकट्यांकहरु राखेका हुन्छन् । विश्वविद्यालयहरु, व्यवशायिक प्रतिष्ठानहरु, अनुसन्धान तथा अध्ययन केन्द्रहरु, विषयगत क्षेत्रका पूर्व व्युरोक्य्राटहरु, विभिन्न प्रकाशन, पत्रपत्रिका तथा जर्नलहरुमा विचार प्रवाहगर्ने, लेखक, बुद्धिजीविहरु, पेशागत संघ संगठनहरु, तालिम तथा अन्य शैक्षिक प्रतिष्ठानहरु जहाँ नियमित रुपमा सरकारका नीतिहरु तथा कार्यक्रमहरुको वारेमा अन्तरक्रिया, छलफल, शेयरिङ्ग हुने गर्दछ ।

 

 

विभिन्न विषयमा क्षेत्रगत विशिष्टता र योग्यता हासिल गरेका, कार्यगत रुपमा अनेक पेशामा आवद्ध व्यक्तिहरु नै थिंकट्यांकको रुपमा कामगर्न सक्ने व्यक्तिहरु हुन् । अमेरिकामा पहिलो पुस्ताको रुपमा सन् १९१० ताका शुरुभएको थिंकट्यांकहरु पोलीसी रिसर्च इन्ष्टिच्यूटको रुपमा, दोश्रो पुस्ताको रुपमा १९४०को दशकमा सरकारी परामर्शदाताहरु, तेस्रो पुस्तामा १९६०को दशकमा जनवकालत गर्ने संस्थाहरु र चौथो चरणमा सन् १९८०को दशकदेखि कार्टर, निक्सन सेन्टर जस्ता संस्थाहरु थिंकट्यांकको रुपमा काम गरिरहेका छन् । नेपालमा नागरिक समाज, एन्जीओ तथा आईएन्जीओ र कतिपय नीजि क्षेत्रका कम्पनीहरुले समेत थिंकट्यांकको रुपमा काम गरिरहेका छन् ।

 

 

‘कम्प्रिहेन्सीभ, क्रिटिकल र कन्टेक्सच्युयल’ थिंकट्यांक

 

 

गएको शनिवार थिंकट्यांकको विषयमा छलफल गर्दा प्राध्यापकहरु डा. विद्यानाथ कोईराला र डा. मनप्रसाद वाग्लेले भने—हामीकहाँ संस्थागत रुपमा थिंकट्यांकलाई स्वतन्त्र, निश्पक्ष र निर्भिकतापूर्वक काम गर्न सक्ने, मुलुकको समस्या समाधान गर्ने गरी काम गर्ने वातावरण नै दिन सकेको छैन । प्रत्येक क्षेत्रमा विषयगत रुपमा आलोचना गर्नसक्ने, कम्प्रेहेन्सिभ, क्रिटिकल र कन्टेक्सच्युलय रुपमा समस्यालाई हेर्न सक्ने विज्ञहरुको समूह मात्रै थिंकट्यांक हो । थिंकट्यांक भनेको भजन मण्डली होईनन् ।

 

 

सरकारको थिंकट्यांक–राष्ट्रिय योजना आयोग

 

 

प्राध्यापकहरुको प्रश्न छ, प्रधानमन्त्रीको सपना समृद्ध नेपाल, सुखी नेपालीको लागि खै पाँच महिनामा योजना आयोगले के के काम ग¥यो ? यहिंबाट थाहा हुन्छ नेपालका संस्थागत थिंकट्यांकहरुको हविगत कस्तो अवस्थामा छ ! खै कहाँ कति के काम गर्नसके त हाम्रो योजना आयोगमा रहेका माननीय सदस्यहरुले ? सरकारको सल्लाहकारको रुपमा कामगर्ने संरचना राष्ट्रिय योजना आयोगलाई जहिले पनि निश्चित व्यक्तिहरुलाई जागिर वा हैसियत दिने संस्थाको रुपमा प्रयोग भयो, प्राध्यापकहरुको गुनासो यही नै थियो ।

 

 

योजना आयोगले देशभर आ–आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरुको रोष्टर बनाउनु पर्दथ्यो । क्षेत्रगत रुपमा काम गर्न सोहि क्षेत्रका व्यक्तिहरुलाई बढि भन्दा बढि क्रियाशील बनाउन सक्नुपर्दछ, प्राध्यापकहरुले जोड दिंदै भने ।

 

 

देशको कार्यकारी प्रमुखलाई कस्तो थिंकट्यांक ?

 

 

प्रधानमन्त्री कार्यालयमा विभिन्न विषयका थिंकट्यांकहरु राख्ने योजना तथा घोषणा समेत भएको थियो । तर अहिलेसम्म त्यस्ता थिंकट्यांक समूहहरुले काम गरेको देखिएको छैन । हाम्रो लागि अहिलेका प्राथमिकताका क्षेत्रहरु भनेका परराष्ट्र, शिक्षा, स्वास्थ्य, सुरक्षा, अर्थ, कृषि, जलश्रोत, उर्जा, उद्योग, वाणिज्य, व्यापार, बैकिङ्ग, सञ्चार, यातायात र भौतिक पूर्वाधार नै प्रमुख क्षेत्र हुन । प्रधानमन्त्रीले आफ्नो कार्यालयमा यस्ता विषयका स्वतन्त्र विचार दिन सक्ने व्यक्तिहरुको रोष्टर बनाएर थिंकट्यांक नराखी सुखै छैन, यदि देशलाई समृद्ध र जनतालाई खुशी राख्ने हो भने । आफ्नो कार्यकाललाई सफल बनाउने हो भने ।

 

 

प्रधानमन्त्रीले कुनै पनि समस्या आउँदा नियमित रुपमा थिंकट्यांकहरुको कुरा सुन्ने र उनीहरुले दिएका सल्लाह, सुझाव र विकल्पहरुको विश्लेषण गरेर आफूले निर्णय लिई अगाडि बढ्नु पर्दछ । यसो भयो भने अहिले उत्पन्न सानातिना समस्याहरुमा समेत देखिएका द्वेधमनस्थिति हराउदै जानेछन् र त्यसको प्रभाव पनि जनसाधारणमा सकारात्मक रुपमा पर्न थालिहाल्ने छ ।

 

 

थिंकट्यांकका समस्या

 

 

थिड्ढट्याड्ढ अलि स्वभिमानी र अलिबढी अभिमानी पनि हुन्छन् । तसर्थ, उनीहरु आफ्ना बिचार र विश्लेषण कस्ले सुनिदेला भनेर दैलो चहार्दै हिड्दैनन् । जो चाकरीमा लाग्दछ, त्यसमा विद्वता हुँदैन, जसमा विद्वता हुन्छ उ चाकरीमा धाउदैन ! त्यसैले उचित, सही र अचुक सल्लाह दिनसक्ने विराधी नै भए पनि कार्यकारी प्रमुखले उसलाई ससम्मान आफूले बनाएको विद्वत समूहमा राख्न सकेमा अहिलेसम्म सरकार र सरकार प्रमुखले गर्न चाहेका काम भनेर बोलेका कुराहरुलाई कार्यान्वयमा लैजान र समयसिमाभित्र सम्पन्न गरेरे डेलिभरी पनि दिन सक्ने र तयो जनजनले थाहा मात्र होइन, अनुभूति समेत गर्न सक्ने छन् भन्ने प्राध्यापकहरुले जीकिर गरे ।

 

 

यस विषयमा पूर्वपरराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेको धारणा भने अलि फरक रहेको पाईयो । पाण्डेले भने– “सरकारको अहिलेको विकासको प्राथमिकतामा रहेका क्षेत्रहरुका साथै कानून र सुशासन हेर्न बेग्लै किसिमको जनशक्ति थिंकट्यांकहरुको आबश्यकता पर्दछ । यी सबै प्राथमिकताका क्षेत्रहरुमा कामगर्न निश्चित टिओआर दिएर कामगर्न सक्ने प्राविधिक ज्ञान र सीप भएका मात्रै होईन, राजनीतिक चेत समेत भएका र सरकारको नीति तथा कार्यक्रम सहित प्राथमिकता र कार्यक्रमहरुको समेत अनुगमत तथा मूल्यांकन गरि नियमित रुपमा प्रधानमन्त्रीलाई फिड व्याक दिन सक्नेहरुको समूहले नै कार्यकारी प्रमुखलाई समयमा नै समस्या समाधानका उपयुक्त विकल्पहरु दिन सक्छ ।

 

 

पाण्डेले भने, यहींनेर भुल्नै नहुने कुरो भनेको के भने, सल्लाहकारहरु, विज्ञहरु र थिंकट्यांकहरु भनेका कार्यकारीका सहयोगी मात्र हुन्, उनीहरु स्वयं कार्यकारी होईनन् !

 

Comments

Photography