MENU
तिब्बतको ‘टेन्ट मार्केट’ !
 : 448 views
–कृष्णमुरारी भण्डारी   Aug 06, 2018

लो–मान्थाङ्ग डायरी

 

रजिष्टरमा चिनीयाँ भाषामा विवरणहरु भर्दै अन्तर्वार्ताकारले प्रश्न सोध्ने र दोभाषेले अनुवाद गर्ने क्रम दोहोरिने–तेहोरिने रहेछ । र, त्यसपछि मात्र चिनीयाँले साझा बसको टिकट जत्रो चिर्कटो दिने रहेछन् प्रत्येक नेपालीको नागरिकता पालमा रहेको चिनीयाँ भन्सार कार्यालयमा राखेर । नागरिकता लिएर नेपाल फर्कने हो भने आफू हराए पनि चिर्कटो साँचेर राख्नु पर्ने रहेछ । चिर्कटो हरायो भने मानिस पाइए पनि नागरिकता नारायणहरि !

 

 

 

 

मुस्ताङ्ग जिल्लाको बहुचर्चित नेपाल–चीन सिमा नाका कोरला जति उत्तरतिर गयो उत्तिकै समतल भूभाग फैंलदै जाने ! त्यसपछि अझ उत्तर सिमानादेखि पाँच–सात किलोमिटर भित्र पालको बजार (टेन्ट मार्केक) पुगेपछि लाग्यो, हैन हो ख्याल ख्यालमै संसारको छानोमा विश्वको ठूलो अर्थतन्त्र चीनको तिब्बती टेन्ट बजार पसियो !

 

 

खासमा नागरिकता बोकेर कोरला पुगेका नेपालीहरुले वर्षको तीनचार पल्ट लाग्ने टिजी मेलामा पुग्न चिनीयाँ जाँचबुझको कम्ति घुमाउरो सृंखला भने पार गर्न पर्दैन !

 

 

आफ्नो देशको भने त्यहाँ जे छ, एउटा २४ नम्बरको पिलर मात्र खडा छ । चीन र नेपालको सिमाना भएको जानकारी दिंदै त्यो ठडिएको ठडियै छ । खुला नेपाली जमीन छिचोल्दै पिलर कटेर दश गजा भन्दा अगाडि बढेपछि काँडेतारको फड्कनै नसकिने पूर्व–पश्चिम साँध छुट्याएर लागेको लामो र अग्लो पर्खालमा रहेको गेटबाट लाइन लागेर प्रत्येक नेपालीले सोह्र वर्ष पुगेपछि पाएको नेपाली नागरिकताको सक्कल प्रमाणपत्र हातमा समाउदै उभिनु पर्ने रहेछ । अनि त्यही नागरिकता पनि चिनीयाँ भन्सारका प्रहरीलाई नै बन्दकी राखेर मात्र भित्र पस्न पाइयो । तर भित्र पस्दा भने पूरै शरीर चिनीयाँ प्रहरी÷सेनालाई जँचाएर उनीहरुले जाउ भनेपछि मात्र स्वीकृति पाइने ।

 

 

तर त्यो स्वीकृति पाउनु भन्दा पहिल्यै चिनीयाँहरुले एकहात लामो जुम भएको क्यामराबाट प्रत्येकको दुईतीन पल्ट फोटो खिचिसक्ने रहेछन् । त्यसपछि फेरि पनि हनुमानढोका प्रहरीले पक्राउ परेका पटकेलाई छातीमा सिलोट राखेर खिचाए जस्तै फोटो नेपाली नागरिकता समातेर पनि खिचाउन बाध्य पारे ।

 

 

फोटो खिचिसकेपछि नेपाली भाषा र चिनीयाँ भाषा बुझ्ने दोभासेको मध्यस्थतामा अन्तर्वार्ता दिनुपर्ने रहेछ प्रत्येक प्रवेशकर्ता नेपालीले । त्यतीबेला चिनीयाँ रजिष्टरमा चिनीयाँ भाषामा विवरणहरु भर्दै अन्तर्वार्ताकारले प्रश्न सोध्ने र दोभाषेले नेपालीलाई सोधेपछि त्यसलाई चिनीयाँ भाषामा अनुवाद गरेर भन्ने क्रम दोहोरिने–तेहोरिने रहेछ । र, त्यसपछि मात्र साझा बसको टिकट जत्रो चिर्कटो दिने रहेछन् प्रत्येक नेपालीको नागरिकता पालमा रहेको चिनीयाँ भन्सार कार्यालयमा राखेर । नागरिकता लिएर नेपाल फर्कने हो भने आफू हराए पनि चिर्कटो साँचेर राख्नु पर्ने रहेछ । चिर्कटो हरायो भने मानिस पाइए पनि नागरिकता नारायणहरि !

 

 

 

 

आफू भन्दा अगाडिको लो–मान्थाङ्गबासी तिब्बती भाषा पनि खरर बोल्ने रहेछन् । तर पनि तिनलाई चिनीयाँ जाँचकीले भित्र छिर्न नदिएर गाली गर्दै फर्काइदिए । कारण थियो, ती त दलाई लामा बसेको धर्मशालामा पुगेका हुन् भन्ने चिनीयाँलाई जानकारी रहेछ । तिब्बत प्रवेश गर्ने कुनै पनि नेपालीसंग दलाई लामाको तस्वीर भेटियो भने चिनीयाँ जाँचकी एकदमै रिसाउने मात्र होइन, त्यो फोटो च्यातेर खुट्टाले कच्याक कुचुक पारेर थुथु समेत गर्छन् भनेर सुनाइन् एक लो–मान्थाङ्गवासी महिलाले । त्यसैले घरदेखि नै दलाई लामासंग संबद्ध कुनै कुरा पनि मुस्ताङ्गबासी बोकेर चिनीयाँ बजार पस्ने गल्ती झुक्किएर पनि गर्दा रहेनछन् !

 

 

यसरी बजार जाने पूरै यात्रुहरुलाई जाँचबुझ गरेर नागरिकता भएका र उनीहरुले शंकास्पद नठानेका मानिसलाई काँडेतारको पर्खाल भित्र पठाइसकेपछि हाम्रो बसमा भएका सामान पूरै खानतलासी गरेर मात्र लोमान्थाङ्गदेखि हामी चढेर गएको बसलाई चिनीयाँ सिमा रक्षकले भित्र छिर्न दिए ।

 

 

मेरो झोला खान तलासी गर्दै चिनीयाँ जाँचकीले भने, क्यामरा लैजान पाइदैन । मैले भने, मलाई तिमीहरुले क्यामरा लिएको कागज देउ अनि मात्र क्यामरा दिन्छु । दोभासेले भनेपछि त्यो सेनाले मेरो चिर्कटो फिर्ता लिएर त्यसमा र रजिष्टरको छेउमा पनि चिनीयाँ भाषामा केही लेखेपछि केही भन्यो । अनुवादकले भने, फर्कंदा यो देखाउनु र क्यामरा लेउ भन्नु तिमीले क्यामरा फिर्ता पाउछौं तर अहिले भने कुनै हालतमा क्यामरा लिएर भित्र जान पाउदैनौ । तर चीनमा बनेको मेरो मोबाइललाई भने उसले खल्तीमा छाम्यो तर रोकेन । मोबाइलमा क्यामरा थियो ।

 

 

बस कांडेतार भित्रको तिब्बती क्षेत्रमा प्रवेश ग¥यो । गेटैको दायाँपट्टि बिशाल भवन बनिरहेको छ । भन्सार र इमिग्रेसनको लागि के्रन प्रयोग गरेर छ तल्लाको बनाइरहिएको छ । त्यही भवनको छेउ भएर हामी नेपालबाट लगेकै बसमा चढ्यौं ।

 

 

 

सात-आठ किलोमिटर भित्र रहेको बजारमा पुग्न बस हुइकियो । त्यसपछि मोबाइलले भए पनि केही फोटो खिच्ने तलतल मेटियो । मोबाइलले खिचेका फोटा देखिहाल्छन् कि चिनीयाँले भन्दै डराइ डराइ गाडीबाट खिचिएका तिब्बती क्षेत्रका तस्वीरहरु ! तिब्बती बजार भवनमा होइन, पालहरुमा लागेको थियो । गाडीमा सामानहरु ल्याइएको र कोही बजार पालभित्र र केही चउरमै लागेको थियो र विक्रीका सामान चौरमै त्रिपाल ओछ्याएर वा स्ट्याण्ड वा ¥याकमा सजाइएका थिए । खाना र खाजा खाने होटलहरु पनि थुप्रै थिए । नेपाली ब्यापारीहरुले पनि नेपाली सामान खास गरेर विस्कुट, चाउचाउ, बियर, रम, ह्वीस्की, गरम मसला, माला लगायतका थिए भने चिनीयाँहरुले मोटर गाडी, मोटर साइकल, कम्मल, फर्निचर, खानपानका अनेक क्यान लगायतका सामान, काठका फल्याक र टिम्मा थिए । तर आश्चर्य लाग्दो के भने सामान्य झारपात मात्र हुने तिब्बतमा त्यत्रात्यत्रा काठ कहाँ उत्पादन गरेर ल्याउदा होलान् ? लोमान्थाङ्गका बहुचर्चित सिकर्मी शेरबहादुर तामाङ्गले भने, ए ती काठ त नेपाली हुन् । उत्तरी गोर्खाको नेपाली काठ चिनीयाँ ब्यापारी खम्पाले किन्छन् र चिनीयाँ राजमार्ग भएर यहाँ ल्याउछन् अनि नेपालीलाई नै बेच्छन् ।

 

 

माथिका कुरा एक वा समूहगत रुपमा नेपालीले तिब्बती बजारमा प्रवेश गर्दा पूरा गर्नूपर्ने सिमा क्षेत्रका नियमहरुको कडाइका साथ पालनाबारे हुन् । उपरोक्त नियम र आदेश नमान्नेलाई चीनको तिब्बत प्रवेश बर्जीत रहेछ ।

 

 

तर, तिब्बतबाट चिनीयाँहरु नेपालमा आउदा भने कुनै नियमको पालना गर्नु नपर्ने रहेको थाहा पाइयो । चिनीयाँहरु नम्बरबीनाका गाडी, मोटर साइकलमा चढेर कुनै पनि बेला प्रवेश गर्दा रहेछन् । नो जाँच बुझ वा कागजपत्र वा परिचयपत्रको आवश्यकता !

 

 

 

 

 

 

Comments

Photography