MENU
गगन थापा, यू आर ग्रेट
 : 7,702 views
-कुसुम भट्टराई   Sep 14, 2018

 

उदाहरणका लागि प्रदीप गिरीलाई नै लिउँ । उनी राम मनोहर लोहियादेखि जयप्रकाश नारायण, लेनिनदेखि एंगेल्ससम्मका उदाहरण दिएर कुरा चाहिं रोचक नै गर्छन्, तर काँग्रेस पार्टीलाई शसक्त बनाएर व्यवहारिक रुपमै सँगठीत पार्ने काममा उनको कुनै दक्षता देखिदैन । काँग्रेसका धेरै मन्त्रीहरु सरकारमा गए, तिनले जनतामा आशा जगाउने खालका युगान्तकारी निर्णय केही गरिएको कमै पाइन्छ । भ्रष्टाचार र बेथितिका विरुद्ध केही गर्न चाहने शैलजा आचार्य, जगन्नाथ आचार्य आदिलाई राजीनामा गर्न लगाइयो ।

 

 

 

 

प्रमुख प्रतिपक्षी दलका साँसद एवं युवा नेता गगन थापाको पहलमा यो मुलुकमा एउटा असल काम सम्पन्न भएको छ । अब राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, दलका नेता र अरु कसैले पनि विदेशमा गएर उपचार गराएको खर्च राज्यले ब्यहोर्ने छैन । संसदको जनसंख्या तथा स्वास्थ्य समितिले तयार गरेको जन स्यास्थ्य विधेयेकमा विदेशमा गरिने उपचारको खर्च राज्यले नब्योहोर्ने दफा थपीएको छ । विहीबार संसदमा प्रस्तुत यो विधेयक अब तत्काल पारीत हुँदैछ ।

 

 

यो विधेयक तयार हुँदा सुरुमा यसखालको प्रावधान थिएन । सत्तारुढ दलका साँसदहरु सकेसम्म यस खालको प्रावधान राख्न चाहिरहेका थिएनन् । नेकपा साँसद खगराज अधिकारीले त ‘मेडिकल काउन्सीलको सिफारीशमा उपचार खर्च दिलाउने’ प्रावधान राख्नुपर्ने धारणा राखेका थिए । समितिमा छलफल हुँदा काँग्रेसका साँसद गगन थापाले ‘विदेशमा गरिने उपचार खार्च राज्यले बेहोर्न नहुने’ शँसोधन थपे, जसलाई ठाडै ‘नाइ’ भन्न सत्तारुढ दलका साँसदहरुले सकेनन् । किनकी, गगनले प्रस्तुत गरेको सँशोधन समितिको रेकर्डमा हुन्थ्यो र सत्तारुढ दलहरुले नमानेको खण्डमा उनीहरु उपचारका नाममा राज्यको ढुकुटीमा रजाइ गर्न चाहन्छन् भन्ने सन्देश बाहीर जान्थ्यो । गगनजीलाई धन्यबाद छ, उनले ठिक मौकामा ठिक ठाउँमा जनपक्षीय तीर प्रहार गरे र सत्तापक्षलाई नाकका चालले जनपक्षीय निर्णयमा आउन बाध्य पारे ।

 

 

गगन थापा नेपाली काँग्रेसभित्रका असल, इमानदार र जनपक्षीय नेता हुन् । गगनको विशेषता के छ भने उनी ‘डाइलग’मा मात्र हैन, ‘डेलिभरी’मा पनि विश्वास गर्छन् । काँग्रेसका अधिकांश नेता विपीको समाजबाद, लोकतन्त्र, सात सालको क्रान्ति आदिका गफ दिन मात्र माहीर छन् । उदाहरणका लागि प्रदीप गिरीलाई नै लिउँ । उनी राम मनोहर लोहियादेखि जयप्रकाश नारायण, लेनिनदेखि एंगेल्ससम्मका उदाहरण दिएर कुरा चाहिं रोचक नै गर्छन्, तर काँग्रेस पार्टीलाई शसक्त बनाएर व्यवहारिक रुपमै सँगठीत पार्ने काममा उनको कुनै दक्षता देखिदैन । काँग्रेसका धेरै मन्त्रीहरु सरकारमा गए, तिनले जनतामा आशा जगाउने खालका युगान्तकारी निर्णय केही गरिएको कमै पाइन्छ । भ्रष्टाचार र बेथितिका विरुद्ध केही गर्न चाहने शैलजा आचार्य, जगन्नाथ आचार्य आदिलाई राजीनामा गर्न लगाइयो ।

 

 

गगन थापा स्वास्थ्य मन्त्री हुँदा पँक्तिकारलाई लागेको थियो, यीनी पनि काँग्रेसका परम्परागत मन्त्रीभन्दा के नै फरक होलान् र ? तर, जसरी गणतान्त्रिक आन्दोलनमा गगनले आफ्नो इमानदार अडानलाई डगमगाउन दिएनन्, त्यसैगरी मन्त्री हुँदा उनले केही ऐतिहासिक कदम चालेकै हुन् ।

 

 

यो प्रवृत्ति राज्यको ढुकुटीमाथिको ब्रम्हलुट हो । या त सरकारले हरेक नेपाली नागरिकको जुनसुकै स्तरको स्वास्थ्य उपचार निशुल्क गरोस् । हैन भने, उपचारमा यस्तो बर्ग खडा गर्नेखालको भेदभावयुक्त चलन उचीत थिएन । गगन थापाजस्ता एकजना जुझारु नेता अगाडी आए, जसले यो कुप्रथालाई अन्त्य गराएका छन् । अब राज्यले ज्वाइ सरह पालेका नेताहहरुले विदेशमा गएर सरकारी खर्चमा उपचार गर्न पाउने छैनन् । कम्तीमा अब तिनले भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्ति नै चलाउनुपर्नेछ ।

 

 

स्वास्थ्य मन्त्री हुँदा गगनले स्वास्थ्य क्षेत्रमा दुरगामी महत्वका निर्णयहरु गरे । सरकारले निशुल्क बितरण गर्ने भनेर तोकेका औषधिहरु पनि दुइ वर्षदेखि खरिद गरिएको थिएन । हुनसक्छ, यसमा औषधि माफियाकै चलखेल थियो । किनकी, ति चिज निशुल्क बितरणमा ढिलाइ भएमा विरामीले फार्मेसीहरुमा गएर किन्नुपर्ने हुन्छ । गगन स्वास्थ्य मन्त्री भएपछि तत्काल खरिद प्रकृया अघि बढाए । प्राथमिक स्वास्थ्य चौकीहरुमा चिकित्सक पठाए ।

 

 

गगनकै पहलमा मृगौला प्रत्यारोपण, बाथ मुटुरोग उपचार र सल्यक्रिया, डायलेसिस सेवालाई निशुल्क बनाइयो । यसैगरी उनकै कार्यकालमा सातै प्रदेशमा हृदयरोग निवारण सेवा विस्तार गर्ने लक्ष्य अनुरुप नेपालगंज र जनकपुरमा सेवा सुरु गर्ने सम्झौता भयो । नेपालगंजमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो । सिकललेस एनिमियाको परिक्षण तथा उपचार सेवा सुरु भयो । सबै जिल्लामा महिलाको पाठेघर र मुखको क्यान्सरको भिआइए टेस्ट स्क्रीनिङ निशुल्क उपलब्ध गराउने प्रकृया अघि बढाइयो । मानव अँग प्रत्यंग नियमावलीमा शँसोधन गरी कलेजो प्रत्यारोपण सेवा प्रारम्भ गराइयो । स्वास्थ्य विमाका क्षेत्रमा उनले सार्थक कदम चाले र अहिले स्वास्थ्य विमाका कारण धेरै वृद्धबृद्धालाई औषधि उपचारको समस्याबाट धेरै राहत भएको पाइन्छ ।

 

 

रुघाखोकी लाग्यो कि सरकारी खर्चमा विदेश दौडने हाइ प्रोफाइलहरुको प्रवृत्तिविरुद्ध गगनले नीतिगत र व्यवहारीक रुपमै कदम चाल्न थाले । अहिले आएर त्यसमा उनी सफल भएका छन् । नत्र भने यो देशमा स्वास्थ्य उपचारमा तिनवटा बर्ग खडा भएको थियो । एउटा राज्यको ढुकुटी रित्याएर भारत, अमेरिका, बेलायत, थाइल्याण्ड र युरोपेली मुलुकहरुमा उपचार गर्न जाने बर्ग, अर्को आफ्नै पैसा खर्च गरेर विदेशमा उपचार गर्न जाने आर्थिक रुपमा सम्पन्न हुनेखाने बर्ग र अर्को उपचार खर्चका लागि या त भएको जायजेथा बेच्ने या फुटपाथमा ‘सहयोग गरौं’ भनेर भिख माग्ने बर्ग ।

 

 

राष्ट्रपति, प्रधानमन्त्री आदिले विदेशमा गएर उपचार गराएको खर्च राज्यले नब्यहोर्ने हो भने आजसम्म त्यसका लागि गरिदै आएको खर्चबाट दुर्गम क्षेत्रमा एउटा अस्पताल बन्नसक्छ । गरीब रोगीहरुको उपचार हुनसक्छ । आजसम्म एउटै व्यक्तिले बिसौं करोडसम्म उपचार खर्च राज्य कोषबाट लिएको देखिन्छ । केही दिनअघि मात्र एमाले नेता झलनाथ खनाल सरकारी खर्चमै विदेशमा उपचार गराएर आए । उनले उपचार खर्चका लागि स्वदेशमै राज्यबाट नगद बुझेको देखिन्छ । पूर्व राष्ट्रपति डा. रामबरण यादवको पेटमा क्यान्सर भयो भन्ने आधारमा अमेरिकामा महँगो उपचारका लागि सपरिवार लगियो, तर उनलाई क्यान्सर नभई ग्यास्ट्रीक भएको पाइयो । ग्यास्ट्रीक हो कि क्यान्सर हो भन्ने कुरा ठम्याउन स्वदेशमै सकिन्थ्यो, त्यसका लागि बायप्सी गर्दा हुन्थ्यो । यसरी झिना मसिना रोग लाग्दा पनि सरकारी खर्चमा विदेशमा उपचार गराउन जाने प्रवृत्तिलाई नयाँ विधेयकले रोक्ने भएको छ ।

 

 

गगन थापाको यो पहल लोक कल्याणकारी र सामाजिक न्यायमुलक राज्यको स्थापनाका लागि कोशेढुँगो हुनेछ । लोक कल्याणकारी राज्यका शिक्षा र स्वास्थ्यमा नागरिकहरुवीच कुनै भेदभाव हुँदैन र यसमा बर्गहरु हुँदैनन् । अर्थात धनी होस् या गरीब, नेता होस् या जनता, प्रधानमन्त्री होस या सामान्य कर्मचारी, सबैले समान हैसियतमा स्वास्थ्य उपचार पाउँछन् । कुनै पनि नागरीक स्वास्थ्य उपचार र औषधि मुलो नपाएर मर्न नपाउन् भन्ने मुल विशेषता लोक कल्याणकारी राज्यको हुन्छ । नेताले करोडौं खर्चेर विदेशमा उपचार गर्न पाउने, जनताले सिटामोल र जिवन जलसमेत नपाउने जुन अहिलेको अवस्था छ, यो लोक कल्याणकारी हैन ।

 

नेताहरुको विदेशमा गरिने उपचारसँग स्वास्थ्य माफीयाहरुको चलखेलले पनि काम गरेको पाइन्छ । नेपालमा केही अस्पतालहरु छन्, जसमा कार्यरत चिकित्सक विरामीलाई अत्याएर विदेश जान प्रेरीत गर्छन् । नेपालका ग्रान्डी, नर्भिक आदि अस्पतालमा कार्यरत कतिपय चिकित्सकहरुको भारतका मेदान्ता, अपोलो या अमेरिका र थाइल्याण्डका अस्पतालसँग ‘कमीशन कनेक्सन’ हुँदोरहेछ । कुनै नेता विरामी भयो र उ स्वदेशमै उपचार गराउने मनसाय राखेर ति अस्पतालमा भर्ना भएमा माफीयाले नेताज्यूमा एउटा भय खडा गरिदिन्छन् । ‘तपाइको रोगको सही उपचार मेदान्ता या अपोलोमा हुन्छ या अमेरिकाको फलानो अस्पतालमा जानुपर्छ’ भनेर भनिदिंदा रहेछन् ।

 

 

अब अख्तीयार दूरुपयोग गरेर अकुत सम्पत्ति कमाएका ति नेताज्यूले आफ्नो कन्तुरबाट सुको खर्च नगरी राज्यकै ढुकुटी खर्च गर्न लगाएर विदेशमा उपचार गर्न हौसिन्छन् । विदेश शयर पनि हुने, भारतमा भए त ‘ख्वामीत’हरुसँग भलाकुसारी गरेर राजनीतिक स्वार्थको मोलाहीजा पनि गर्न पाइने, उपचार खर्चबापत आफैले सोझै नगद बुझेमा बचेको रकम पनि आफ्नै हुने । यसरी हरेक नेताहरु उपचारका लागि विदेश जाने गरेको पाइन्छ । कसै कसैले त थाइल्याण्डमा थाइ मसाज, फिजियोथेरापी राम्रो हुने भन्दै त्यसकै लोभले पनि राज्यको ढुकुटी खर्च गराएर त्यता जाने गरेको पाइन्छ ।

 

यो प्रवृत्ति राज्यको ढुकुटीमाथिको ब्रम्हलुट हो । या त सरकारले हरेक नेपाली नागरिकको जुनसुकै स्तरको स्वास्थ्य उपचार निशुल्क गरोस् । हैन भने, उपचारमा यस्तो बर्ग खडा गर्नेखालको भेदभावयुक्त चलन उचीत थिएन । गगन थापाजस्ता एकजना जुझारु नेता अगाडी आए, जसले यो कुप्रथालाई अन्त्य गराएका छन् । अब राज्यले ज्वाइ सरह पालेका नेताहहरुले विदेशमा गएर सरकारी खर्चमा उपचार गर्न पाउने छैनन् । कम्तीमा अब तिनले भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्ति नै चलाउनुपर्नेछ । राज्यको ढुकुटी यसरी जोगाइदिने महान र सार्थक काम गरेकोमा काँग्रेस साँसद गगन थापालाई यो पँक्तिकार हृदयको परेड ग्राउण्डमा लाखौं तोपको सलामी दिन चाहन्छ । गगन, यू आर ग्रेट ।

 

 

Comments

NIC Asia