MENU
सरकार र राज्यको वैधतामाथिको प्रश्न
 : 93 views
-कालिदासबहादुर राउत क्षत्री   Nov 29, 2018

 

 

राजधानीमा आयोजित नेकपा माओवादीको सभामा निर्मला पन्तको बलात्कारी र हत्यारा एसपी वा एआइजी जो भए पनि त्यसलाई मृत्युदण्ड दिने प्रवक्ता प्रकाण्डले धोषणा गरेको र सामाजिक सञ्जालमा त्यसलाई सकारात्मक रुपमा लिएको घटनाले सरकारको वैधतामाथि प्रश्न उठाएको छ ।

 

 

 

हाम्रै समकालिन पिढीले सात साल, छत्तिस साल, छ्यालिस साल एवं त्रिसठी सालसम्मका आन्दोलनमा सामेल भएर त्यसको प्रत्यक्ष अनुभूत गरे । यी सबै परिवर्तनका निम्ति भएका थिए । विगतका व्रmान्तिकारीको अनुभवपूर्ण प्रतिव्रिmया के छ भने नेपालमा सम्पन्न ऐतिहासिक क्रान्तिहरु अन्ततः सम्झौतामा टुङिगका कारण प्रत्येक पटकका क्रान्ति अधुरा रहे भन्ने ज्ञाताका विश्लेषण रहेका छन् ।

 

राणा शासन विस्थापितपछि राजाको प्रत्यक्ष शासन प्रणाली स्थापित भयो । त्यही राजसंस्थाबाट लादिएको निर्दलीय व्यवस्था विरुद्ध छ्यालिस सालमा बहुदलीय व्यवस्था पुर्नबहाली भयो । यो प्रणाली एक दशक पनि न चल्दै जनयुद्ध सञ्चालित भयो । फलतः नेपालमा युगान्तकारी घटना स्वरुप गणतन्त्र स्थापना भयो ।

 

जननिर्वाचित प्रतिनिधिद्वारा २०७२ सालमा गणतान्त्रिक लोकतान्त्रिक संविधान जारी भयो । नविनतम संविधान र गणतन्त्रलाई जनवादी गणतन्त्रका पक्षघरले चालु संविधानलाई पुँजीवादी गणतन्त्रको संज्ञा दिदै विद्रोहात्मक गतिविधि तिव्र पार्दै गरेको जनसमुदायलाई अनुभूत हुँदैछ ।

 

विगतका श्रृंखलाबद्ध घटनाक्रमले यो पुस्ता क्रान्ति नै क्रान्तिको जालोमा जेलिएको भन्दा अत्युक्ति नहोला । यस्तो पृष्ठभूमिबाट के कुरा प्रष्ट्याउँन खोजिएको हो भने नेपाल जस्ता देशको नाभी स्थान माफियाको पकडमा हुँदो रहेछ र जुनसुकै परिवर्तन हुँदा वा आमुल परिवर्तन भैरहँदा पनि नाभिस्थानको पकडमा माफियाकै हात हुने गरेको लोकतन्त्रमा पुग्दासम्म अनुभूत भएको छ ।

 

माफियाको सञ्जाल विश्वव्यापी हुन्छ, कहाँबाट कसरी सञ्चालन भै रहेछ भन्ने किटानी गर्न साधारण ज्ञाताको सामथ्र्य पुग्दैन । भूकम्प जस्तो हुन पनि हो आयको पनि हो गएको पनि हो । तर, देखिएन भेटिएन भने जस्तै हो माफिया सञ्जाल । तसर्थ कुनै पनि सत्तामा माफियाको पकड एकातिर हुन्छ भने अर्कोतरि विद्रोही जमात सञ्चालनमा प्रकारन्तरले त्यहाँ पनि पकड जमाएको हुदो रहेछ भन्ने घटनाक्रमहरुबाट अनुभूत हुन्छ ।

 

नेपालको राजनीतिक परिवर्तन सन्दर्भमा पछिल्ला कालखण्डमा घटनाक्रमले प्रत्येक पिंढीमा उथलपुथल हुदै आएको देखियो । तदनूरुप सुखी समृद्धिको लक्ष्य हासिल नहुँदै उनको राजनितिक विद्रोह जब्बर भएर गर्जिन थालि सकेको छ । पर्यवेक्षकको विश्लेषण के छ भने यतिबेला नेपालमा राजनीतिक पार्टीको नाम संख्या जे जति भएपनि दुई ध्रुवमा रहेका सत्तारुढ नेकपा र विद्रोही नेकपाको सेरोफेरोमा राजनीतिक सञ्जाल परिक्रमा गरीरहेछन । अन्तिम निश्कर्ष यिनै देखिएका छन् । विगतका घटनाक्रमले अन्ततः टेबलमा बसेर निष्कर्षमा पुगिने हुँदा जनता कुनै एउटा नेकपाको झण्डामुनी गोलबन्द भै रहन्छन भन्ने निचोडमा पुग्न सकिन्छ ।

 

विद्रोही नेकपाले उठाएको विगतको जनयुद्धको अन्त्य “महापतन” नामक पुस्तकमा प्रचण्ड, बाबुराम र बादलहरु विचलनको श्रृंखलाबध्द घटनाहरु र त्यस्का सैध्दान्तिक पक्षहरुलाई पनि संगतिपूर्ण तरिकाले पेश गरिएको छ ।

 

त्यसमा सैध्दान्तिक वैचारिक रुपमा प्रचण्ड र बाबुराम २०५७ सालको दोश्रो राष्ट्रिय सम्मेलनबाट सुरुभएको बताइएको छ । त्यसैबेला प्रचण्डपथ पारित गरियो साथै मोहन विक्रमसिंहले उठाएको संविधान सभालाई रणनीतिक तवरमा उठाइयो । यहि बेलादेखि जारी जनयुद्ध परित्याग गरी संसदीय व्यवस्थामा विलय हुने मार्ग प्रशस्त गरेका थिए ।

 

विद्रोही नेकपाका प्रमुख नेता महासचिव विप्लवले उठाउदै आएको तथ्यलाई शुभशंकर कडेलद्वारा लिखित “अवतरण” पुस्तकको विमोचनमा स्वयम प्रचण्डले उदघोष गरेका थिए । हत्या हिंसा बढी भयो, त्यसैले शान्ति प्रकृयामा गै मूल राजनीतिमा सामेल हुनका लागि मार्ग कोर्न मैले संविधानसभाको प्रस्ताव पारित गराएको थिए र वार्तामा ल्याएको थिए ।

 

त्यसैले देशमा शान्ति कायम गर्दै यहाँसम्म आउनका लागि मेरो मुख्य भूमिका छ, यसको असली हकदार म हुँु । विश्लेषकले विगतलाई केलाउँदा के भेटन् भने भारतले प्रचण्ड र बाबुरामलाई आफनो मुठीको माखो बनाउँदै दिल्लीमा १२ बूँदे सहमति गराएको थियो ।

 

अब यो कुनै रहस्यको विषय रहेन । जसले गर्छ हायर उसैले गर्छ फायर भने जस्तै हो । अतः भारतीय साम्राज्यवादको गुरुयोजनामा तयार भएको शान्ति प्रकृयालाई उनीहरुले वृहत शान्ति सम्झौता गराएका थिए ।

 

मुख्य रुपमा देखिएका पात्र त्रय प्रचण्ड, बाबुराम, रामबहादुरबीच जीवनमरणको संघर्ष प्रतिविम्वित हुन्थ्यो, अन्ततः संविधानसभाको डुंगा चढेर संसदीय राजनीतिमा शयर गरेर रस्वादन गरि रहेछन । प्रचण्ड पत्नी सीता मानसिक शारीरिक रुपमा विमार देखिदा मनमा चयन छैन कि जस्तो लाग्छ ।

 

समाजमा चल्ने वर्गसंघर्षको प्रतिविम्ब पार्टीमा दुई लाइन संघर्षका रुपमा निरन्तर चलिरहन्छ यो मानिसको इच्छा भन्दा स्वतन्त्र वस्तुगत नियम हो । सामान्यतः पार्टीमा सही र गलतबीचको संघर्ष देखिएमा एकता संघर्ष र रुपान्तरणको प्रकृयाद्धारा समाधान गरिन्छ ।

 

ओदान आकारको एउटा खुट्टाले कम्युनिष्ट सिद्धान्तलाई संसदसम्म अप्नाएर बाहिरिएको सबैलाई थाहा छ । तसर्थ ओदानमा खडकुलो अडिन्न भन्ने सावित भएको छ । संविधानमा समाजवादन्मुख किटान गरिएको हुँदा र सो प्रयोजनार्थ नेपालमा अर्को क्रान्तिको जरुरत छैन भन्ने रटान सत्तारुढ पार्टीको छ ।

 

दुई तिहाई बहुमतको सरकारको विरोध आलोचना व्यापक चाइएको छ । प्रधामन्त्रीले इमान्दारीपूर्वक कार्य अगाडि बढाईरहदा पार्टीगत गुटबन्दिका कारणले होला सरकारलाई कमजोर असक्षम प्रमाणित गर्ने प्रयत्न जारी छन् । प्रत्यक पीढीमा राजनीतिक परिवर्तनको अभियान चलिरहदा ठीक काम कुरालाई पनि व्यंग्य आलोचना गर्दै अवमूल्यन गर्ने परिपाटी पिढीदरपिढी संस्कारको रुपमा चल्दै आएको छ, विरालो खोजेर ल्याएर भएपनि श्राद्धमा डोकाले छोप्ने चलन जसरी ।

 

तसर्थ गलतलाई गलत भन्नैपर्छ । पूर्व एमाले एनजीओबाट सञ्ंचालित पार्टी भन्ने यथार्थता सबैलाई अवगत नै छ । श्रीमान नेता बन्ने श्रीमति वा यस्तै आफन्त कोही एनजीओको अधिपति बन्ने सुरुदेखिकै कार्यशैलि हो । एनजिओको मौखिक नै भएपनि सिफारिस नहुँदासम्म पार्टी सदस्यता नपाउँने पुरानै परिपाटी हो ।

 

क्रिस्चियन कित्ताबाट सञ्चालित एनजीओ हुँदैपछि माओवादी पनि थपिन पुगेपछि दातृ संस्थाको हैसियतबाट नेपालको विभिन्न अवयवहरुमा आइएनजिओ एनजिओको निर्णयमा सञ्चालन हँुदै आएको सर्वसाधारणलाई पनि अनुभूति छ । पहिली दक्षिणतिरको सल्लाहमा सञ्चालन हुन्थयो । अब यो घटदै घटदै आधाभन्दा बढीमा एनजीओको पकड देखिदै छ । उद्योगहरु सिध्याई सकेपछि यस्तै अर्थात अदृष्य बनेर अचेल नेपालका नदी खोला बेचविखन चल्न थालेको छ ।

 

पहिले गण्डकी कोसी कर्णाली महाकाली बेचिए भनेर विरोध चलिरहयो, गोर्खा भर्ति केन्द्र बन्द गर भनेर तत्कालिन युवा उफ्रियो, अहिले वैदेशिक रोजगारीको रेमिट्यान्सबाट देशको अर्थतन्त्र चल्न बाध्य छ ।

 

 

 

 

नेपाल राष्ट्र वैंकमा त्यतिवेला जागिर खानेहरुले मौकाको उपयोग गर्दै फाइनान्स कम्पनी ५ रुको टिकटको आधारमा दर्ता गरेर राखी रहेका थिए यस्तै सम्बन्धिले सहकारी संस्था दर्ता गरेका छन् । पछि दर्ता रोकिएपछि त्यहि दर्ता नम्बर आफनो विना पुँजी एक हिस्सेदार बन्यो, अरुले पुँजी बढाउदै अचेल तमाम फाइनान्स कम्पनीहरु सहकारी संस्थाहरु बैंकहरु जतिको प्रोफिटमा नभएपनि प्राय: सबै नाफामै सञ्चालित छन भन्ने सुनिन्छ ।

 

त्यस्तै झोलामा खोला भन्ने सुन्दासुन्दै दर्ता गरेर होल्डमा राखेकै आधारमा माथिल्लो मस्र्याङदी २ को लाइसेन्स सुरुमा वृन्दावनमान प्रधानांगले लिएका थिए । निज प्रधानांगले सन् २००७ मै भारतीय कम्पनी जीएमआरलाई ८० प्रतिसत हिस्सामा ६० लाख रुपैयामा बेचेका थिए । लाइसेन्स लिदै प्राकृतिक श्रोत साधन बेच्न सहजता तुल्याइदिने सरकारी नीति नियम माफिया पक्षीय देखिन्छ ।

 

होल्डमा राख्न पाउने अन्तिम सीमा समय अघि तोक्न एनजीओ माफियाले छेक्यो कि कसले छेक्यो भनेर कसले कसलाई सोधेर जरा पत्ता लगाउँने ? यसरी खोलाको लाइसन झोलामा राख्ने कैंयौ छन् । व्यक्तिले मात्र होइन छिमेकको सामथ्र्यवान देशले पनि ११ वर्ष लाइसन्स होल्ड गरेर अर्को छिमेकी चीनलाई तीन अर्ब रुपैयामा भारतीय कम्पनीले बेच्यो ।

 

६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेष्टमेन्ट कम्पनीले किनेको हो र बेचविखनको तारतम्य नेपाल सरकारको आंशिक लगानी रहेको बुटवल पावर कम्पनी (वीपीसी) ले मिलाएको हो । यस आयोजनाको लागत ८६ अर्ब रु. छ ।

 

कम्युनिष्ट वा ननकम्युनिष्टको सरकार होस, जसरी पनि माफियाकै अधिनस्थ हुँदोरहेछ भन्ने अनुभूत भएको छ । सुरुमा बेच्ने प्रधानांग प्रवृत्तहरुको व्यवसाय नै नेपालको खोलानालाको लाइसेन्स लिएर बेच्ने गर्छन । यसअघि पनि तल्लो अरुण (३५० मे.वा) को लाइसेन्स लिएर ब्राजिलको ब्रास पावरलाई, माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) को लाइसेन्स लिएर कोरियाली र पर्वतको मोदी (२५ मेगावाट) को लाइसेन्स लिएर चिनिया कम्पनीलाई बेचि सकेको छन ।

 

मनाङ मस्र्याङदी २८२ मेगावाट, तल्लो मनाङ मस्र्याङदी १४० मेगावाटको जलविद्युत एकपछि अर्को लहरै क्यासकेड गर्ने प्रयत्नमा छन भनेर सम्बन्धित बताउछन् । नेपालको खोला बेच्ने जिएमआर लाई २०६२।६३ को आन्दोलनपछि गठित सरकारले माथिल्लो कर्णाली (हालको ९०० मेगावाट) खुल्ला प्रतिष्पर्धामार्फत दिएको थियो ।

 

यो कम्पनीले चार वर्षअघि नै माथिल्लो कर्णलीको आयोजना विकास सम्झौता (पीडीए) गरेको थियो । नेपालको राजनीतिक परिवर्तमा भारतीय सत्ताले यसैगरी लगानीको साँवा व्याजको भुक्तानी लिदै आएको सबैलाई अवगत हुँदा पनि बारम्बार त्यही पुनरावृत्त हुदै गरेको देखिन्छ ।

 

पालैपालो सरकारमा बस्नेले बुढीगण्डकी १२०० मेगावाट, तामाकोसी तेश्रो ६५० मेगावाट, भेरी १४४० मेगावाट लगायतका आयोजना विदेशी कम्पनीलाई बेचेर लाभ लिई सकेको हुँदा अरु मतियार पनि सलवलाएका हुन ।

 

कञ्चनुपरमा असारमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको सन्दर्भ झनझन पेचिलो हुदै गएको सन्दर्भ राजधानीमा शनिवार आयोजित विरोध सभामा विद्रोही नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, प्रकाण्डले निर्मलाको हत्यारलाई सरकारले संरक्षण गरेको छ, तसर्थ एपी, एआइजी जो जो भएपनि सार्वजनिक गरेर मृत्युदण्ड वा निर्मम दण्ड दिने उदघोष गरेका छन् ।

 

निर्मलाको हत्यारालाई सजाय देउ भनेर बाउआमा लगाएतले धर्ना दिदादिदै जवरजस्ति कब्जामा लिएको छ । मानसिक सन्तुलन विग्री सकेको अवस्था छ । यो काण्डले सरकारलाई पुरै बदनाम भएको छ ।

 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पुनर्गठनको पाँचौ वार्षिकोत्सवको अवसरमा जनसभा गरेर भूमिगत पार्टीले शक्ति प्रदर्शन गरेको छ । माफियाको प्रभावमा रहिरहने हो भने राष्ट्रघाति कदम नसच्याउँने हो भने नेपाली जनता स्वाधिनताका लागि राष्ट्रिय सेनामा बदलिने छन् भनेर चेतावनी दिएका छन ।

 

 

 

 

क्रिस्चिएन धर्मप्रति लगाव रहेको सरकार तथा पार्टीप्रति प्रमुख प्रतिपक्षी लगाएतको आक्रोस बढ्दै गएको छ । धर्म प्रचारक आइएन जिओको कार्यक्रममा सरकार सहआयोजक बनेकोप्रति आक्रोसित छन् ।

 

युनिभर्सल पिस फेडरेसनले यही मंसिर १५ र १६ मा प्रधानमन्त्रीको उपस्थितिमा आयोजना गरिदै छ । आयोजक युपिएफका नेपाल अध्यक्ष पूर्वमन्त्री एकनाथ ढकाल हुन । यिनको लगानीमा माधव नेपाल लगायका तक्तपंक्तिका व्यक्तित्वहरु बेलाबेलामा क्रिश्चिएन सम्मेलन लगायतका राजनीतिक भेटघाटमा आवगमन भैरहेको समाचार बेलाबेलामा सबैले पढिरहेकै हुन ।

 

यसले नेपालको सरकार आइएनजीओ कब्जामा छ भन्ने सबुत हो । युपिएफ सम्मेलन जहाँ विदेशबाट यस्तै स्तरका सहभागीहरु सामेल हुदै छन । मुसासँग बलवानहरु पराजित हुन्छन् किनभने मुसा भूई भित्रभित्रै खन्दै हिडछ र भित्रै बस्छ, तसर्थ हार्ने पर्छ ।

 

यस्तै गरि हरियो रुखमा हरेउ(सर्प लुकेर बस्छ, मौका पाउँदा डस्छ र मानिस डुडो बन्छ वा मर्छ । तसर्थ पार्टीमा सत्तामा पसेका बसेका कोही भूमिगत र कोही चिन्न नसकिने हरेउ हुन्छन, यस्तो प्रवृत्तहरु समाज देश घातक हुन्छन भन्ने विश्लेषणले पुष्टयाई गरि सकेको छ ।

Comments

NIC Asia