MENU
लिटिल बुद्धका लिलाहरु !
 : 2,285 views
-सन्जिव कार्की   Jan 01, 2019

कथन र मिथकमा हैन तथ्य र समाजमा सधै घटने साधारण तर असाधारण बनाइएको र दुर्बोध्य ठानिएको बिषय हो यौन । यौन साधारण कुरा हो तर असाधारण बनाइन्छ यसको व्यबस्थापनमा कमजोरी गरेर । राजा महाराजा, योगी सन्तदेखि थुप्रै थुप्रै धार्मिक गुरु र नेता राजनेता बदनाम छन् यौनको ब्यबस्थापनमा त्रुटी गरेर । मठाधिस, पिठाधिस, पुजारी, आनी, बौद्द भिक्षु, पादरी सबै सबै कहिँ न कहिँ कहिले न कहिले बदनाम छन्, बिबादित छन् । चुकेका छन्, समाज तरंगित गराएका छन्।

 

 

 

 

 “ यो संसारमा पैसा, प्रसिद्दी र यौन सबैभन्दा बढी खोजिएको र सबैभन्दा कम बुझिएको कुरा हो ।” -रजनिश ।

 

 

अर्जुनले बिष के हो भनेर कृष्णसँग सोधेको कुरालाई कृष्णले बडो रोमांचक जबाफ दिएको कुरा प्राय उद्दरण गरेको पाइन्छ सोहि उद्दरण यहाँ पनि असान्दर्भिक नहोला  ।“हरेक त्यो  चिज, जो जिन्दगीमा आवश्यकता भन्दा अधिक हुनेगर्छ त्यो बिष हो ।चाहे त्यो तागत हो होस्, धन होस्, भोक होस्, लालच होस्, अभिमान होस्, आलस होस् वा महत्वाकांक्षा होस्,  प्रेम होस् या घृणा विष नै हो ।“

 

माथिको दुई भनाइमा झट्ट सुन्दा देख्दा, तादात्म्यता देखिन्न तर यी दुई बीच अन्योन्याश्रित सम्बन्ध रहेको छ ।बिष मस्तिस्कको बाटो हुदै शरीर पुगेर आसन जमायो भने विषाक्त मनले शरीर पनि विशाक्त बनाउछ र बिषको दास भएर पुरै शरीरमा विष बहन थाल्छ ।तव मान्छे आफ्नो मान, सम्मान, इज्जत, प्रतिष्ठा,आर्जित गरिमा  सबै दाउमा राखेर  मान्छेले गर्न हुने नहुने हर्कतमा उत्रन्छ । पहुच र पैसाको  अभिमानमा मानवता गुमाएर पशुत्वमा झर्छ तर बिभिन्न आवरणमा त्यो छोप्ने दुस्प्रयत्न गर्छ बिष बनेको कुरा, यौन हुन्छ, धन हुन्छ अभिमान हुन्छ ।बल बुता, तागत, सोच, कर्म सबै सबै बिष बन्छ ।बिष जोगाउने अस्त्र बन्छ ।भलै बिषले जोगाउन सक्दैन तर अस्त्र बनाइन्छ ।बिष अस्त्र हुनुको अर्थ र अभिप्राय हो नासवान चिज नासिन्छ ।प्रसद्दी नासिन, धन नासिन स्वास्थ नासिन कुनै समय लाग्दैन l

 

सर्वप्रथम मेरो आलेखको उदेश्य कुनै धर्म, सम्प्रादाय या समुदाय प्रति दुर्भावना र आग्रह, प्रतिसोध नभएको कुरा राख्दछु ।तर धर्मको आवरण भित्र हुने जुनसुकै नाजायज हर्कत प्रति सबैको जस्तै मेरो पनि गम्भीर असहमति छ, ठुलो आपत्ति छ । धर्मको  अमर्यादा प्रति प्रहार मेरो धर्म हो स्वत्व हो । नाजायज हर्कत अपराध र पाप मेरै धर्म संस्कृतिको भए पनि, मेरै जन्म संयोगको सम्प्रदायमा रहे पनि, मेरै आफन्त र नजिकका मान्छेको भएपनि निन्दनीय हुन्छ तसर्थ मेरो विचारले कसैको आस्था र मर्म माथि चोट पर्न गएमा क्षमा माग्दछु ।

 

सकारात्मकता ग्रहणशिल  र नकारात्मक प्रवृति र पाटो सधै आलोचना हाम्रो धर्म र संस्कृतिको निरन्तरता हो ।बनाउनुपर्छ ।विषयको गहिराई र अन्तर्य बुझेर यसको सोध होस् मेरो चाह यति मात्रै हो । धर्मको आडमा मन्दिर, मस्दिज, गुम्बा र चर्चमा जति पनि अपारदर्शिता र अवान्छित गतिबिधि हुन्छन र भएको छ त्यो राज्यको निगरानी भित्र नपर्ने छूटमा पर्नु हुन्न । राज्य भन्दा ठुलो, राज्यको भन्दा  पर  कोहि हुदैन, कुनै धर्म हुदैन । धर्मको नाममा विश्वासको नाममा राज्यले अपनाएको नरम नीति र व्यवहार नै  बिगतमा बिष, वर्तमानमा बिष र कालान्तरमा बिष बन्दै गरेको तथ्य जगजाहेर छ । तसर्थ धर्म अनि यसको आवरणमा हुने कुनैपनि ज्यादतिप्रति शुन्य सहनशीलता घातक हुन्छ ।व्यक्ति, सम्माज र देशकै लागि घातक पक्षको उजागर गर्न राज्यले तत्परता र तदारुकता देखाउनु जरुरि हुन्छ ।

 

चर्चित तपस्वी राम बहादुर बम्जन जसरी देश बिदेशमा चर्चामा छन् त्यसैगरी उत्तिकै विवादास्पद पनि ? शक्ति, सामर्थ्य र पहुच सबै बिबादका निम्ति अत्यावाश्यक चिज हुँन जुन सामान्य मान्छेको, गतिहीन मान्छेको मतिहिन बिबाद मात्र हैन यो त रास्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुग्ने र फैलने विबाद हो । असमान्य प्रतिभाको असाधारण विवाद हो । यौनको ब्यबस्थापन गर्न नसक्दाको घातक परिणाम र असर हो उनको विवाद । कथन र मिथकमा हैन तथ्य र समाजमा सधै घटने साधारण तर असाधारण बनाइएको र दुर्बोध्य ठानिएको बिषय हो यौन । यौन साधारण कुरा हो तर असाधारण बनाइन्छ यसको व्यबस्थापनमा कमजोरी गरेर । राजा महाराजा, योगी सन्त देखि थुप्रै थुप्रै धार्मिक गुरु र नेता राजनेता बदनाम छन् यौनको ब्यबस्थापनमा त्रुटी गरेर । मठाधिस, पिठाधिस, पुजारी, आनी, बौद्द भिक्षु, पादरी सबै सबै कहिँ न कहिँ कहिले न कहिले बदनाम छन्, बिबादित छन् । चुकेका छन्, समाज तरंगित गराएका छन् ।

 

भारतमा चर्चित धर्मगुरुहरु पाप, अनाचार दुराचार गरेर जेल गएको धेरै उदाहरण छन् जसले विश्वमा हलचल मच्चाउने काम गरे धर्म गुरु बनेर त्यतिकै बदनाम बने यौन आचरणको केसमा । यौनले व्यक्ति  भ्रष्ट हुन सक्छ  तर धर्म स्वयं बिबादित र भ्रष्ट हुन किमार्थ सक्दैन ।व्यक्तिको कमजोरी नियन्त्रण र नियोजनमा आउनुपर्छ । राज्यको दायित्व धर्म भ्रष्ट, होइन धर्मको पथ भ्रष्टलाई कार्यबाही गर्ने हैसियत राख्ने हुनुपर्छ । धर्मको नाममा मानव अधिकारको गम्भीर उलंघन गर्ने छूट कसैको हकमा पनि न्योचित हुदैन आधुनिक समाजमा सुहाउने कुरा पनि होइन।

 

भगवान गौतम बुद्दको पावन भूमिमा लिटिल बुद्द जन्मे भनेर जसरी प्रचार गरियो, जति प्रसंसक र अनुयायी मिनी बुद्द, रामबहादुर बम्जनले प्राप्त गरे त्यो साधारण मान्छेको असाधारण क्षमता र तपस्याले सम्भव भएको हो । राम बहादुर बम्जन सामान्य परिवार र परिवेशका असाधारण मान्छे हुन जसले यति छोटो समयमा कलिलै उमेरमा जुन सिद्दी, प्रसिद्दी हासिल गरे त्यो जादुमयी नै हो । रहस्यमय नै छ ।धर्मका कुराहरु जति पनि छन्, देखिन्छन तिनीहरु करिस्मामयी नै हुन्छ । सन्देहास्पद पनि देखिन्छन ।

 

लिटिल बुद्द जहाँ पुगे, जुन उचाई हासिल गरे त्यो धर्म प्रतिको मान्छेहरुको अद्भुत लगावको परिणाम हो । विश्वास हो धर्म प्रति श्रद्दा हो । तपस्वी प्रतिको निष्ठा र अगाध प्रेम हो । बिभिन्न ऋषि महर्षि हरुको तपोभूमि, भगवान गौतम बुद्दको जन्म भुमि यहाँका मान्छेहरुमा धर्म प्रति ठुलो श्रद्दा र विश्वास अनि अपूर्व भक्तिभाव छ भगवानको अवतार प्रति निष्ठा छ । १४ वर्षे बालकको बाराको रतनपुरीमा तपस्या गरेको समाचार फैलन धेरै समय लागेन । गौतम बुद्दलाई बुद्द्त्व प्राप्त गर्ने र कहलाउने समय भन्दा थोरै समयमा तपस्वी बम्जन चर्चाको शिखरमा पुगे ।बम्जन तपस्यारत रहेको बाराको हल खोरियामा उनको तपस्याको १४ औ दिन यो पंक्तिकारले पनि साक्षात्कार गर्ने मौका पाएको थियो ।मान्छेहरुको आस्था,  आकर्षण र त्यहाँ जसरी पनि पुग्ने हतारो प्रति नतमस्तक बनेथ्यो  । साच्चिकै आस्थाको भुमि हो मेरो देश , हत्या, हिँसा र अराजकताले गाजेको मुलुकमा शान्ति आउछ भन्ने विश्वास पलाएथ्यो ।

 

बम्जनभित्रको निर्वाणको तीव्र प्यास आकांक्षा भएको रुपमा बुझियो र प्रचार गरियो । सबै दर्शनार्थीको आवाजमा बम्जनको, दृढता संकल्प र निर्भयतालाई साक्षात गौतम बुद्द मान्ने वतावरण थियो ।साक्षात परमात्माको रुपमा पुज्य र विश्व प्रचारित थिए । विश्वका थुप्रै संचार माध्यमले अलौकिक तपस्वी भनेर समाचार सम्प्रेषण गरे । थुप्रै डकुमेन्ट्री पनि बने । थोरै समयमा अनगिन्ती मिथक तयार भए, धर्मलाई प्रोत्सहान गर्न र उनलाई गौतम बुद्द्कै नयाँ रुपमा चिनाउन समाजमा धेरै गसिप तयार भए । धार्मिक समाजको प्रभाव र प्रभुत्व कति छिटै देखियो रास्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय उचाई प्राप्त गरे राम बहादुरले ।

 

बुद्दको अवतार भनेर प्रचार गरिएका तपस्वी एकाएक हराउने, स्थान परिवर्तन गर्दै हिड्ने र महिला संगको हिमचिममा रमाउने, आफ्ना समर्थक र अनुयायीहरु बिचमा नै फाटो निम्त्याएर आफुलाई निर्बिबाद बनाउन बाट चुक्दै गए । आफुलाई बुद्द भन्दा ठुलो महासम्बोधि बताउन थालेपछि क्रमशः बिबादको घेरामा तानिन थाले ।तपस्वी र बुद्दको अर्को रुपमा अर्थ्याइ एक बम्जन नाम फेर्ने धुनमा लागे । तपस्वी, पाल्देन दोर्जी  नमोबुद्ध हुदै आजकल त महागुरु, महासम्बोधी, गुरु धर्म संघ हुदै, महा तेजस्वी,  सर्वज्ञ, परम पुजनीय, सर्वश्रेस्ठ, पवित्र पुण्य आत्माको परिचयमा आफुलाई स्थापित गर्दैछन । सर्वश्रेठ र सबै भगवान भन्दा माथि बुद्द भन्दा बढी ज्ञानीको प्रचार गराउदै छन् । बुद्दको भन्दा फरक धार र श्रेष्ठताका  हिसाबले पनि श्रेष्ठ दावी गर्न पुगेका छन्।

 

उनको ख्याती र प्रचार संगै उनका बिरुद्द थुप्रै आरोप, उजुरी र लान्छनाहरु पनि हत्या आरोप, यौन हिंसाको आरोप, मान्छे बेपत्ताको उजुरी पनि परेको कुरा अहिले तातो बहसको बिषय छ । आस्था, विश्वास र धार्मिक आवरणभित्र दुराचार फस्टाएको, आनिहरुप्रति यौन शोसण भएको र उनको धार्मिक अड्डा अपारदर्शी भएको आरोपका पछाडी कुनै दुराग्रह छ या वास्तविकता अब राज्यको ध्यान त्यता केन्द्रित हुनु जरुरि छ । धर्मको नाममा नाजायज कर्म गर्न राज्यले हस्तक्षेपकारी भूमिका खेल्न ढिला गर्यो भने पिडित भनिएका मान्छे र ईश्वरिय अंश भनिएका बम्जन दुवै प्रति आन्याय हुनजान्छ ।

 

अनाहकमा तपस्वी बिबादित र लान्छित हुनुपनि ठिक होइन लान्छना केवल कसैको, प्रतिसोध, राजनीति या खुराफात हो कि तपस्वीको कुकर्म ? आम मानिसको भन्दा फरक शरीर फरक मन र फरक क्षमता पक्कै पनि यी तपस्वी सग थिएन भने कोहि मान्छे पनि यिनका अनुयायी बनेर बर्षौ बर्स बस्ने स्थिति बन्थेन, तर यसो भन्दैमा यिनिमा भएको मानवीय कमजोरी चुपचाप सहन गर्न सकिने कुरा होइन । शान्ति र अहिंसाको कुरा गर्ने मान्छेबाट अशान्ति र हिंशाको सहारा कति उचित हो ? राम बहादुर बम्जन र उनका अनुयायी प्रति उठ्ने मूल प्रश्न यहि हो । बिदेशी महिला बन्धक हुनु, महिला माथि हिँसा हुनु, हत्या र बलात्कारको आरोप लाग्नु, मान्छे बेपत्ताको उजुरी पर्नु  पक्कै पनि तपस्वी बम्जन र आम नेपालीको लागि खुशीको बिषय होइन।

 

राज्यले यिनको बारेमा छानबिन गरोस सत्य तथ्य बाहिर ल्याओस ।अनाहकमा कसैले सड्यन्त्रपुर्वक दोषी करार गर्ने प्रपन्च रचेको भए त्यसको पनि पर्दाफास गरियोस । निस्कलंक छवि र धार्मिक आस्थाको रुपमा नेपाल र नेपालीको सम्पदाको अक्षुण्ण आस्था यिनको रगतमा बहेको देख्न पाइयोस । सबै उजुरी लान्छना र आरोपको शालीन प्रतिवाद गरेर बम्जन सबै मिथ्या साबित हुन तर शक्ति श्रोत र पहुचको आधारमा मिथ्या नबनाइयुन् । धर्मले आर्जन गरेको शक्ति सामर्थ्य र पहुच विचलनको मार्गमा नजाओस । धर्म विचलनमा परेर अर्कै अभ्यास र राजनीतिक अभीष्टको साधन बनाईएको संसारमा थुप्रै उदाहरण छन् जसको अपवाद बनोस् नेपाल । धार्मिक आवरण भित्रको पारदर्शिता आजको प्रजातान्त्रिक युगको आचरण हो । अहिले ब्याप्त बिबादको अन्वेषण गरी न्यायिक निरुपणमा प्रहरीको सक्रियता देखियो भने उनको कारणले गर्माएको संचार जगत अर्को बिजनेसमा लाग्नेछ ।

 

 

Comments

NIC Asia