MENU
जरुर एक दिन पाप लाग्नेछ सरकार !
 : 1,230 views
-संजिव कार्की   Jan 04, 2019

निरपराध ब्यक्तिलाई ढुंगाले हानिहानी क्षत विक्षत पारेर मार्दा, पेट्रोल लगाएर जिउदो मान्छेलाई आगो लगाउदा हराएको मानवता संसद्को लोगो बेचे पछि फिर्ता हुन्छ र ? अनि मारीसके पछि पनि न्याय नपाउदा तिनका परिवार र आफन्तजनको, टुहुरा छोराछोरी विधवा श्रीमतीहरु, असहाय बाबुआमाको आँसुले भत्भती पोल्दैन र ? न्याय मरेकै हो, न्याय हारेकै, हराएकै  हो त ? किन घटिया र क्षुद्र राजनीतिको शिकार बन्दैछ अबोध नानीहरुको खुशी र हाँसो ?

 

 

 

 

कवि केदारमान व्यथितले राजनीतिलाई शौचालय भनेर त्यसै भनेनन शायद ? राजनीतिमा असम्भव केहि हुन्न, राजनीति सबै उचित अनुचित सम्भावना नै सम्भावनाको खेल हो । जहाँ पराजित हुनुपर्दैन । राजनीतिमा सबैभन्दा ठुलो कुरा धर्म हुन्न । जायज र नाजायज हुन्न । कानुनि र गैर कानुनि केहीको मतलव हुदैन । लाज नहुने मान्छेले गर्ने सजिलो काम नै राजनीति हो । यसो लेखिरहदा अपवाद वस निष्ठाको राजनीति गर्नेलाई अन्याय नहोस तर आज राजनीतिले जे गर्दैछ जुन बाटो हिड्दै छ त्यो जनहितकारी र प्रिय बाटो चै होइन पक्कै पनि ।

 

राजनीति प्रति चरम घृणा र आक्रोश पैदा गरेको छ कैदी रेशम चौधरीको सपथ र माननीय पदक पहिर्याउने कला विहिन नौटंकीले । सरकार निर्लज्ज हुनुको हद नाघेर आफैले दोषी करार गरेर मुद्दा दाहेर गरेर झ्याल खानामा कोचेको व्यक्तिलाई बिना कानुनी उन्मुक्ति, बिना सफाई माननीयको लोगो गलामा झुण्डयाएर फेरि जेलमा नै पठाउदै संसद पद र प्रतिष्ठाको खिल्ली उडाउदै छ । कुरा व्यक्तिको होइन पद्दति र संस्थाको हो । एउटा व्यक्तिको लागि संसद पदको गरिमा धरौटी राख्न पाइन्छ ? संसद्को लोगो भनेको धातुको मुल्यहीन ढ्याक हैन अमुल्य रास्ट्रको गहना हो । यसको अवमुल्यन मात्रै पनि राज्यको मानहानी हो । राज्य आफ्नो मानहानी गर्न आफै उद्दत छ ।

 

कसैको चुनावी जीत हार प्राबिधिक कुरा हो तर राज्यले अपराधी भनेर थुनेको व्यक्ति कानुनको बर्खिलाप गरेर हिडेको व्यक्ति किन कानुनि उपचार नभई राजनीतिक निर्णय सरकार सग कुनै पार्टीको मोलतोल र समर्थन बिरोधको आधारमा माननीयको लोगो लगाउन योग्य हुन्छ ? राजेन्द्र महत्वले सबै हत्यारा एक हुन कसैलाई पनि मान्छे मारेको आधारमा विभेद गर्न पाइदैन भनेर संसदमा प्रचन्डलाई लल्कार्नु नै रेशमको संसद हुने बाटोको तगारो हट्नु हो ? हिजो दस महिना अघि किन भएन आज कुन दृश्य अदृश्य प्रभुको धाप र रापको कारण यो सम्भव भयो ? व्यक्तिको सामु राज्यको नीति नियम कानुन र पद्दति, बिधि र बिधान झुक्नु पर्ने कारण के हो ? एउटा व्यक्ति जिताउन राज्यको सिंगो प्रक्रिया र पद्दति हार्नु पर्ने, कानुन निरिह हुनुपर्ने औचित्य र उपादेयता सकिनु पर्ने किन ? राज्यको पद्दति, प्रक्रिया र नियम ठुलो कि कुनै सरकारको सनक ? राज्य सनक, लहड र भावनाले चल्छ कि नीति नियम र बिधि विधानले ? सरकारलाई नछुने कानुनले जनतालाई नछुने स्थिति बन्यो भने, जनताले कानुन नमान्ने स्थिति आयो भने सरकार कति दिन धानिनिन्छ हेक्का छ महाशय ?

 

 

आफ्नो होनाहार प्रहरी बरिष्ठ  अधिरिकारी अरु अफिसर र जवानहरुको मृत्युले आहत बनेको प्रहरी शायद आज राहत महशुस गर्दै छ कि कसो प्रहरी महानिरीक्षक खनाल ज्यू ? सरकार सँग कुनै प्रतिवाद गर्ने हिम्मत भयो कि भएन होला ? आफ्नो अपुरणीय क्षतिमा कार्यबाही गर्न नसक्ने प्रहरीलाई अरुको जिउ धन र मानको सुरक्षा गर्छु भनेर जाँदा अब कसले पत्याउला र ? कुन मुख र कुन नैतिकता कुन मनोबलले प्रहरी संगठनलाई उचो राख्नसक्नु हुन्छ प्रहरी प्रमुख ज्यू ? रेशम लाई सलाम ठोक्दा कापेनन तपाईका हात ?  धिक्कारेन आत्माले ? याद आएन आफ्ना दिबंगत प्रहरी अधिकारीको कर्तव्यको ? सम्झना भएन ती बिधवा र टुहुरा छोराछोरीहरुको आर्तनाद ? दुखेन दिल कतै ? रुकेन पाइला अनायास ? झस्काएन तड्पी तड्पी रहेको सहकर्मीहरुको आत्माले ? पोलेन मुटु ? झरेनन आँशु ? सम्झेनन धर्म र कर्तव्यले ? रोएन सत्य ?  चिच्याएन सेवा ? झक्झकाएन सुरक्षा ? तपाइले सलाम गर्दा बजारेको बुट संगै रोकिएन न्याएको बाटो ? हराएन लाज ? जलेन कानुन ?

 

 

आफ्ना सुरक्षाकर्मी प्रहरी अफिसर र जवानहरु अनाहकमा मारिदा तिनको न्यायको लागि बोल्न र अडिग रहन नसक्ने सरकारले आफ्नो सुरक्षाको जिम्मा तिम्रो हो भनेर कुनै सुरक्षाकर्मीलाई भन्ने नैतिक हक सुरक्षित छ र ? छातीमा भाला रोपेर मुटु छेदन गरी हत्या गरिएका बरिस्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेका छोरा छोरी श्रीमती र आफन्तको अघि आँखा सिधा पारेर उभिने हिम्मत छ सरकार ? प्रहरी निरीक्षक द्वय केसब बोहोरा अनि बलराम बिस्टका टुहुरा लालाबालाको चित्कार सुन्ने हृदय पाषण नै भएको हो त ? प्रहरी बनेर देशको शान्ति सुरक्षाको लागि अहोरात्र खट्ने अरु चार प्रहरी जवानहरुको जीवन मुल्य हुन्न र ? बर्दी लाएकै कारण मारिनु उनीहरुको अपराध हो त ?

 

अबोध शिसु कुन सरकार र समुदायको गुप्तचर थियो र मारिनु पर्यो । यसको जबाफ कुन मुखले दिने सरकार ? राजनीतिको रंग घोलिदिए पछि सबै अपराध क्षम्य हुन्छन र ? कानुनि राजको सिद्दान्त आफ्नो वचाउको लागि मात्रै हो किबिनाकारण मारिने, सताइने मान्छेहरुको लागि पनि हो ? अपराध र अपराधीको कुनै धर्म लिंग सिद्दान्त बाद र रंग हुन्छ र ? अपराध जुनसुकै बर्को ओढेर गरे पनि त्यो अपराध नै हो । कुनै रंग दलेर कुनै वादको पगरी गुथाई दिएर अपराधीलाई उन्मुक्ति दिन मिल्छ र ? राज्यको धर्म निर्दोषलाई सफाइ दोषी जोसुकै भए पनि कार्यबाही हुनुपर्ने होइन र ? व्यक्ति स्वार्थ र सरकारको लेनदेन अनि प्रभाव हेरेर कानुनको ब्याख्या र अपब्याख्या गर्न सुहाउछ र ?

 

निरपराध ब्यक्तिलाई ढुंगाले हानिहानी क्षत विक्षत पारेर मार्दा, पेट्रोल लगाएर जिउदो मान्छेलाई आगो लगाउदा हराएको मानवता संसद्को लोगो बेचे पछि फिर्ता हुन्छ र ? अनि मारीसके पछि पनि न्याय नपाउदा तिनका परिवार र आफन्तजनको, टुहुरा छोराछोरी विधवा श्रीमतीहरु, असहाय बाबुआमाको आँसुले भत्भती पोल्दैन र ? न्याय मरेकै हो, न्याय हारेकै, हराएकै  हो त ? किन घटिया र क्षुद्र राजनीतिको शिकार बन्दैछ अबोध नानीहरुको खुशी र हाँसो ? साँच्चि हाम्रो लोकतन्त्रले व्यक्तिलाई परेको दुख आपद विपद, अन्याय र पीडाको कुरा नसुन्ने परिपाटीको संस्थागत विकास गरेको हो ? नागरिकको न्याययिक आवाज र दुखको क्रन्दन चित्कार राज्यलाई किन ननिको लाग्छ ? अपराधीको नायकत्व किन बन्दैछ राज्यको नीति र नियति ?

 

अदालतमा मुद्दा भएकै कारण धेरै मान्छे राजनीति भन्दा बाहिर छन्, अलग छन् तसर्थ अदालतमा मुद्दा भएका मान्छेको मुद्दाको छिनोफानो नहुदा या मुद्दा किनारा नलाग्दा सम्म उनीहरु संबिधानत कुनै पनि पदको लागि योग्य मानिदैन झन् त्यस माथि ज्यान मुद्दा जस्तो गम्भीर, संवेदनशील गाउन योग्य बने ? भलै उनी निर्दोष होलान तर निर्दोष रहेको खुलासा गर्ने अदालतले हो या सरकारी निर्णयले ? अदालती निर्णय किन उनका लागि बाध्यकारी हुन सकेन ? किन उनका हकमा विशेस भयो ? अदालत र कानुनलाई क्रमश आफ्नो प्रभाव र प्रभुत्वमा पार्ने सरकारको किस्ताबन्दीमा गरिएको निर्णयको एक शृंखला हो भनेर बताउछन कानुनुनका ज्ञाताहरु ।

 

टिकापुर नरसंहारका पिडितको गुनासो छ राज्य किन यो हदसम्म निर्लज्ज बन्दैछ । टिकापुर हत्याकाण्डमा आफ्ना दाजु  बरिस्ठ प्रहरी उपरीक्षक गुमाएका  नैंन बिनोद न्यौपाने भन्छन् “ राजनीतिको अपराधीकरण र अपराधीको राजनीतिकरणले आहत पुगेका सर्वसाधारण र पीडितले भोग्ने नियति र पाउने दुख यहि हो ।’’ सरकारलेनै अपराधी दर्ज गरेर तत्कालिन प्रमाणको आधारमा मुलुकी एनको ११८ महलको भाग २मा उल्लेखित प्रावधान अनुसार न्यायाधिसले थुनामा राख्ने आदेश दिएका मान्छे, सरकारले नै थुनामा राखेको मान्छे अदालती प्रक्रिया बिना सरकारको सोझो आदेशमा संसद्को सपथ खानु न्यायलयलाई ठाडो चुनौती र कानुनको धज्जी उडाएको रुपमा मैले बुझेको छु भन्छन बरिस्ठ अधिबक्ता समेत रहेका नैन  बिनोद न्यौपाने । जनताको नाडी छाम्दै रेशम चौधरीलाई छोड्ने, अदालतलाई प्रभावमा पारेर आफु अनुकुल निर्णय लिने सरकारको रणनीतिक कडी हो भन्छन् कानुनका बेत्ता आखिर किन  पिडितको करुणाले छुदैन सरकार र राजनीतिक पार्टीहरुलाई ?

 

स्वर्गीय लक्षमण न्यौपाने लगायत टिकापुर घटनामा मारिएका सुरक्षा कर्मी प्रति नेपाल सरकार र बिभिन्न राजनीतिक दलले घरमा नै गएर हत्यारालाई कार्यबाही हुन्छ हुन्छ भनेको शायद यहि दिन देख्न देखाउको लागि हो ? आज हत्यारालाई कार्यबाही भएको पक्कै देखे, हेरे होला परिवार जनले ? आफ्नो होनाहार प्रहरी बरिष्ठ  अधिरिकारी अरु अफिसर र जवानहरुको मृत्युले आहत बनेको प्रहरी शायद आज राहत महशुस गर्दै छ कि कसो प्रहरी महानिरीक्षक खनाल ज्यू ? सरकार सँग कुनै प्रतिवाद गर्ने हिम्मत भयो कि भएन होला ? आफ्नो अपुरणीय क्षतिमा कार्यबाही गर्न नसक्ने प्रहरीलाई अरुको जिउ धन र मानको सुरक्षा गर्छु भनेर जाँदा अब कसले पत्याउला र ? कुन मुख र कुन नैतिकता कुन मनोबलले प्रहरी संगठनलाई उचो राख्नसक्नु हुन्छ प्रहरी प्रमुख ज्यू ? रेसमलाई सलाम ठोक्दा कापेनन तपाईका हात ?  धिक्कारेन आत्माले ? याद आएन आफ्ना दिबंगत प्रहरी अधिकारीको कर्तव्यको ? सम्झना भएन ती बिधवा र टुहुरा छोराछोरीहरुको आर्तनाद ? दुखेन दिल कतै ? रुकेन पाइला अनायास ? झस्काएन तड्पी तड्पी रहेको सहकर्मीहरुको आत्माले ? पोलेन मुटु ? झरेंन आँशु ? सम्झेनन धर्म र कर्तव्यले ? रोएन सत्य ?  चिच्याएन सेवा ? झक्झकाएन सुरक्षा ? तपाइले सलाम गर्दा बजारेको बुट संगै रोकिएन न्याएको बाटो ? हराएन लाज ? जलेन कानुन ?

 

प्रहरी हाकिम हुनु भनेको कसैको हरुवा चरुवा र सेवक मात्रै हुनु हो ? जे भने जसो गरे पनि बुट बजार्दै सलाम हान्नू मात्रै हो ? बुद्दी विवेक न्याय सत्य र सेवाको भाडोमा बिर्को लाग्नु मात्रै हो ? सेवा प्रवेश गर्दा खाएको कसमले तर्साउदैन ? ऐनामा बर्दी लगाएर हेर्दा सरम लाग्दैन आफुलाई ? आफ्ना सहकर्मी अन्यायपूर्वक मारिदा पनि न्याय दिन नसक्दा पोल्दैन मन ? चर्कदैन छाती ? आफ्नो बर्दीको अपमान र अवमुल्यन गर्न कुन नैतिकताले दियो ? मर्नेहरु त मरेर गए तर बाँची बाँची पनि मरेतुल्य भएर किन बाचिरहनु हुन्छ ? इमान, धर्म, सेवा र नैतिकता बेचेरबर्दी लगाएर हिड्न सुहाउछ ?

 

राजनीति किन यस्तो लाजनीति बन्यो । उत्तम नीति कसरी खत्तम बन्यो ? आ-आफ्नो अनुकुलतामा राजनीतिको रंग बदल्ने पार्टी र तिनका नेताको कारण पनि राजनीति चरित्रहीन र मुल्यहीन बन्यो । हिजो रेशम चौधरीलाई अन्याय पर्यो भनेर एक करोड राज्यको खाताबाट दिन सहमत  कांग्रेस आज कुन मुखले यो सपथ बिरोध गर्ने ल्याकत राख्छ ? प्रचण्ड सरकारले क्षतिपुर्तिको रकम दिंदा धमाका मच्चाएर बिरोध गर्ने अनि आतंकारी रेशम भनेर बिरोध गर्ने तत्कालिन एमाले आज किन रेसमको सपथको लागि इमान बेच्दैछ । जनताको आलोचना पचाएर वस्त्र विहिन बनेर रेसमको वकालत गर्दैछ ?

 

प्रचन्डलाई त सजिलो छ तिमी उस्तै म पनि उस्तै, भगवानले जुराए दुरुस्तै । दुई तिहाइको सरकार किन लुगलुग काप्यो रेशमसँग ? आफ्नो अनुकुल बिरोध र समर्थन गर्ने राजनीतिक पार्टीको धर्म मुल्य मान्यता स्थापित गर्नुमा हुनु पर्नेमा भएका मुल्य मान्यता सिद्दयाउन, धस्त पार्न, मेहनत गरेको देख्दा अचम्म नलाग्ने कसलाई होला ? स्वार्थ अन्धताले किन यति निरिह छन् दलहरु ? सधै नैतिक संकट किन आउछ दलहरुमा ? प्रणाली ध्वस्त पारेर पुग्न खोजेको चै कहाँ हो ? प्रतिनिधि सवा नियमावली धारा २४४ को प्रावधानले पुर्पक्षमा रहेको मान्छेलाई कुनै उन्मुक्ति दिनु हुदैन भन्ने अंशको अर्थ कसले नबुझेको हो ? यत्रो बलियो सरकारले बाटो बिरायो भने अब सपार्ने चै कसले होला ?

 

सत्ता,

तँलाई म यसकारण घृणा गर्छु,

तैले मान्छेको विवेक चल्ने गिदी निकालेर

गोबर र लिदी भरिदिँदो रहेछस !

र त,

सत्तासिन हुनु अघिको मान्छे र

सत्तारोहण पछिको मान्छेमा

आकाश जमिनको बिभिन्नता हुदोरहेछ

त्यसैले,

तेरो निर्वस्त्र चोलालाई !

धिक्कार ! धिक्कार ! अनि धिक्कार !

 

 

 

 

 

Comments

NIC Asia