MENU
मेरो माया छ भने……
 : 37 views
  Sep 10, 2017

 

म मलमा पुग्दा हेलेनलाई मेरो स्टोर वरिपरि घुम्दै गरेको देखेँ । शायद मेरै प्रतिक्षामा थिइ । आफ्नो लोग्ने नर्सिङ होममा भर्ना भएको खवर मलाई दिएपछि एक दुई पटक अक्कल झुक्कल मात्र उसँग भेट भएको थियो । तर उ मसँग भेट्न आएको वेला म काममा अली व्यस्त भएकाले धेरै कुरा हुन भने पाएको थिएन । हो, उसको श्रीमान अझ नर्सिङ होममै भएको र स्थिति नसुध्रिएको उसले बताएकी थिइ । तर पछिल्लो पटक उसँग भेट नभएको लगभग एक महिना जति भइ सकेको थियो । कारण मेरो कामको समय परिवर्तन भएको थियो । अचेल म आउदा उ गइ सकेकी हुन्थी । त्यसमाथि म लगभग एक सातासम्म अर्को सहर गएर अस्ति मात्र आएको थिए । एक दिन विश्राम गरेर त्यस दिन काममा आएको थिए ।

 

म अली परै हुदा उसले मलाई देखि र स्टोरको काउन्टरको एउटा कुनालाई वाँयाँ हातले समाएर उभिइ राखी ।

 

नजिकै पुगेपछि मैले उसको अनुहार अली गम्भिर देखे । उसको श्रीमान नोर्मन निको हुने सम्भावना लगभग शुन्य भएको कुरा चिकित्सकहरूले उसलाई स्पष्ट वताइ सकेका थिए र त्यो मलाई पनि थाहा थियो । नजिकै पुग्दासम्म मेरो एउटै आशंकाको वादलमा हराइ सकेको थियो ।

 

‘म अस्ति अस्ति पनि आएकी थिए । तर तिमिलाई देखिन । आज आउछौ भन्ने थाहा पाएर पर्खी राखेकी ।’ उसले यसो भन्दै गर्दा एउटा वुकलेट जस्तो दुई पाना मलाई समाउन दिएकी थिइ ।

 

मैले हेरे । कुरा त्यही थियो । त्यो वुकलेट जस्तो दुई पानामा नोर्मनको तस्विर सहित संक्षिप्तमा उसको जीवनी लेखिएको थियो । त्यो वास्तवमा उसको मृत्युको सूचना थियो जसमा अन्तिम संस्कार कहाँ र कहिले गर्ने भन्ने वारे जानकारी पनि थियो । म आउनु पूर्व नै उसको अन्तिम संस्कार भइ सकेको रहेछ ।

 

‘उसले शान्ती पायो ।’ हेलेनले त्यो भनी रहदा मैले उ तिर हेर्न सकेको थिइन । त्यस्तो अवस्थामा के भनौ, कसरी सान्त्वना दिउ म निकै असमंजसमा थिए ।

 

केही क्षणपछि सामुन्य हेरे । उ शान्त देखिन्थी । निकै शान्त । उसको अनुहारमा पिर र चिन्ता देखिन मैले ।

 

‘एक दिन हामी मध्ये कोहीले यसरी छाडेर जानु पर्ला भन्ने विश्वास लागेको थिएन ।’ उसले अर्कै तिर हेर्दै भनी–अव वाकी जीवन मैले एक्लै काट्ने हो ।’

 

मेरा आफन्ती कोही पनि छैनन् यहाँ, सबै अन्यत्र छन् । तर म उसको सम्झनालाई विथोल्न सक्दिन ।’ मैले उसका नातागोताका बारेमा सोध्दा भनी– वोलाउन त मेरो वैनीले मलाई वोलाई रहेकी छ, तर हामी दुवैले यति लामो समय विताएको यो ठाउ छाडेर कसरी जाउँ ?

 

कुनै यस्तो क्षण आउछ जव हाम्रा आँखाले स्वचालित रुपमा मस्तिस्कको आदेश मान्न छाड्दा रहेछन् । अनी त्यतिवेला हामीले चाहेको स्थानमा दृष्टि पु¥याउन अतिरिक्त वल लगाउन पर्दो रहेछ, कुनै अटेरी वालकलाई वलजफ्ति पाखुरामा समाएर आफूले चाहेको स्थान तिर डो¥याए जस्तो । मेरा आँखा पनि त्यस्तै भएका थिए । मैले आफ्नो दृष्टिलाई वलपूर्वक उ तिर उन्मुख गराउनु परेको थियो । म उसको अनुहारमा हेर्न चाहन्थे, तर मेरा आँखा उसको सामना गर्न सकि रहेका थिएनन् ।

 

‘उसको केटाकेटीको जस्तो चञ्चलता, उरण्ठ्याउला कुरा सबै सम्झनामा सिमित भए अव ।’ उसले यसो भन्दै गर्दा मेरो दृष्टि भने अर्कै तर्फ गइ सकेको थियो ।

 

‘तर म खुसी छु, उ पहिला गएकोमा ।’ हेलेनको यो भनाइ मलाई तिन छक्क पार्न पर्याप्त थियो । मैले उ तिर हेरे । कुनै भाव देखिन अनुहारमा । त्यस्तै निर्विकार भवमा भनि– यो उसकै चाहना थियो । म नभई नहुने, मलाई एकै छिन पनि छाड्न नसक्ने !’ उ धाराप्रवाह भन्दै थिइ–तिमिलाई के भनु, एक पटक म वैनीकोमा गएको वेला दिनमा लगभग ५० पटक फोन आउथ्यो । कट्टु देखी औषधीसम्म कुनै सामान पाउने होइन । मैले राखेको सामान त ठिकै छ, उ आफैले राखेको सामान पनि नपाएर मलाई सोधेर हैरान पारेको थियो । म १५ दिनलाई गएको मान्छे चौथो दिन फर्केकी थिए ।

 

‘साच्चै महिलालाई पुरुषको कमजोरी भन्छन् नी । त्यो होइन, वास्तविकता त के हो भने महिला पुरुषको शक्ति हो । वाहिर जति गरे पनि अप्ठेरो परेको वेला त स्वास्नी नै चाहिन्छ हो पुरुषलाई । कमसेकम मेरो अनुभव त त्यस्तै छ ।’ अव भने हामी दुबै एक अर्काको अनुहारमा हेरि रहेका थियौँ ।

 

‘वाहिर जति फुर्ती लगाउन् न, आड भरोसा त आमा अथवा श्रीमतीले नै दिने हो । त्यसैले होला भनेको सफल पुरुषका पछाडी महिला हुन्छन् । अप्ठेरोलाई पार गर्ने त्यो साहस र शक्ति पुरुषले महिलाबाटै पाउछ । एकल पुरुषको तुलनामा एकल महिलाको संख्या पक्कै पनि वढी हुनु पर्छ । लाग्ने मान्छेले त एक्लै वस्न सके पो ।’

 

अव भने मुस्कानसँगै उसका आँखा पनि चम्किन थालेका थिए ।

 

‘अझ उसको त कुरै नगर । त्यति भर पथ्र्यो ममाथि । कुनै पनि काम गर्दा मलाई जनाउ दिनु पर्ने । अनी ससानो निर्णय पनि लिन नसक्ने । कहिलेकाही उसको स्थिति देखेर मलाई समेत दया लाग्थ्यो, कही उभन्दा पहिले म गए भने कसरी वस्ला भनेर ।’

 

‘यो उसले झन महसुस नगर्ने कुरै भएन ।’ उसले आफ्नो व्यागबाट रुमाल झिकेर मुख पुछ्दै भनी– त्यसैले हरेक पटक चर्चमा जादा पार्थना गथ्र्यो ,‘हे परमेश्वर हामी दुई जनामा मलाई पहिले वोलाउनु, यीनी विना मेरो जीवन नर्क हुनेछ । त्यति दया गर्नु ।’

 

अनी उसले म तर्फ हेर्दै भनी–मलाई पनि वेला वेलामा भनी रहन्थ्यो,‘तिमी विना मैले जीवनको कल्पना समेत गर्न सक्दिन, आधाभन्दा वढी जीवन तिम्रै भरमा विताए । अब यो वुढेसकालमा म एक्लो जीवन वाँचन सक्दिन । त्यसैले यदि मेरो माया छ भने तिमी पनि इश्वरसँग पहिला मेरो मृत्युको कामना गर ।’

 

Comments