MENU
सत्यराजको भ्यालेन्टाइन गीत
 : 329 views
  Feb 05, 2018

 

नेपाली आधुनिक तथा पपशैलीमा सयौ कर्णप्रिय गीतहरु गाइसकेका गायक सत्यराज आचार्यले ‘भ्यालेन्टाइन स्पेसल’ गीत गाएका छन् । प्रणय दिवसको सन्दर्भमा एच के धितालको शब्द र प्रमोद पन्तको सुमधुर संगीतमा तयार पारिएकोे सो गीत हालसालै सार्वजनिक भएकोे छ ।

“मैले मेरो माया लेखेर तिम्रै हातमा दिएको छु
जलाउ या सजाउ तिम्रै इच्छा स्वीकृति तिमीलाई दिएको छु”

आजभोलि युवायुवतिहरु माझ लोकप्रिय बन्दै गएको ‘भ्यालेन्टाइन डे’ उत्सबमा प्रेम प्रस्ताव राख्न चाहने प्रेमीलाई यो गीत उपहार बन्न सक्छ । संसार ने प्रेममा अडिएको छ, प्रेम बिनाको जीवन अकल्पनिय हुन्छ र प्रेम अमर छ भन्ने भाव गीतमा रहेकोले यो गीतले युवा पिढीको मात्र नभई हरेक ब्यक्तिको मन छुने गीतकार धिताल बताउछन् ।

सहजै टिप्न सकिने मेलाडी र नयाँ शैलीको संगीत संयोजनको प्रयोग भएकोले यो गीत धेरैको रोजाइमा पर्ने दाबी संगीतकार प्रमोद पन्तले गरेका छन् ।

गीत सुन्न यो लिंकमा जानुहोस्

 

Comments