MENU
कपन होमस्टे
 : 290 views
  Feb 03, 2018

 

नेपाल घुम्न आउने मध्यम र न्यून मध्यम पर्यटकहरुको पहिलो छनौट तारे होटल भन्दा होमस्टे पर्न थालेको छ । किनभने तारे होटल वा डिलक्स होटलको स्वाद उतै बटुलेर आएकोले तिख्खर नेपाली स्वादको लागि म त जहिले पनि होमस्टेलाई नै प्राथमिकता दिने गर्छु, एक पर्यटकले भने ।

 

स्वाद फेर्ने, फरक अनुभूति गर्ने पर्यटक स्वभाव मात्र होइन, सौख पनि हो । हामी नेपालीहरु आफैंलाई हेरौं न ! फरक अनुभूति र भिन्न स्वादको लागि हामी कहिले लोकल कुखुराको झोल र ढिंडो अथवा ट्राउट माछाको स्वादका लागि नयां नयां ठाउ चहारी रहेका हुन्छौं ।

 

हो, त्यसैगरी भिन्नभिन्न देश, समाज र जाती–जनजातिको रहनसहन, खानपान र रितिथिति अनि संस्कृतिबारे थाहा पाउन, मौलिक तस्वीर खिच्न र त्यो समाजको भित्रसम्म जान्नका लागि विदेशी पर्यटकहरु त्यही फरक शैलीको खोजी गर्दै नेपाली गाउ‘ घरमा खुलेका होमस्ट पुग्न थालेका छन् । र, होमस्टेहरुले पनि पाहुनाको चाहनालाई पूरा गर्ने प्रयत्न गरिरहेका छन् ।

 

 

शहरबाट टाढा होस् वा शहर वरिपरिका कांठका गाउ‘ घरमा होमस्टेमा रम्न चाहने पर्यटकहरु अब राजधानीको उत्तर पूर्वी कुनामा रहेको कपनमा त्यो मज्जा पाउने भएका छन् ।

 

तारे होटलको एउटै ढंग र उही खालको खानपान र बसोवासको बदलामा स्थानीय कला संस्कृतिलाई नजिकबाट नियाल्न चाहने पर्यटकको ध्यान तान्न सफल हुने आशामा छ कपन होमस्टे ।

 

 

कपन, राजधानी शहरको छेउमै भए पनि मुख्य सहरबाट केही टाढाको अनुभव र अनुभूति गराउन सक्ने ठाउ पनि हो । खट्टा मिठास्वाद भने जस्तै शहर र गाउको ककटेलको रुपमा कमन विस्तार भैरहेको छ ।

 

पर्यटन ब्यबसायमा संलग्नहरुको बाहुल्यता रहेको कपनक्षेत्र होमस्टेमा निकै अब्बल हुने आशामा छन् स्थानीय पेनुरी शेर्पा । यो ठाउ आरोही, माउन्टेन गाइडको जमघट हुने थलो भएकाले पर्यटक थप उत्साहित भएर होमस्टेमा आउने शेर्पाको अपेक्षा छ ।

 

पाहुनाले स्थानीय संस्कृति, रीतिरिवाज, परंपरा लगायत कला शैलीलाई मजाले बुΣने मौका यहां पाउन सक्छन्, शेर्पाले भने । बिदेशी पर्यटकहरु तारे होटलमा बस्दा कुनै पनि ‘कल्चर’संग साक्षात्कार गर्न पाउ‘दैनन् । तर, कपन होमस्टेमा आउने पर्यटकहरुलाई नेपाली घर परिवारकै शैलीमा स्वागत सत्कार गरिन्छ ।

 

कपन होमस्टको अबधारणा पॉच/छ बर्ष अघिदेखि नै आएको थियो । त्यो बेलाको सोचलाई बजारमा अहिले आएर पस्कन सफल भयौं, साम्भाला भिलेज रिसोर्टका ङिमा टासी शेर्पाले भने ।

 

कपनमा होमस्टे कल्चर भित्र्याउने पात्र ङिमा टासी कपनक्षेत्र पिलग्रीमेज पर्यटनको थलो भएको ठहर गर्छन् । कपन होमस्टे पॉच दिनको प्याकेज हो ।

 

 

कपन होमस्टेका साथै बिदेशी तथा स्वदेशी पर्यटक गुम्बा हेर्नलाई पनि यहां आउ‘छन् । कपन धार्मिक पर्यटकीय गन्तब्य पनि हो ।

 

कपन गुम्बा पूर्वी र पश्चिमी मुुलुुकका पर्यटकहरुको पहिलो रोजाइमा पर्ने मात्र होइन, यस थलोबाट राजधानी उपत्यकाका अन्य गन्तब्यहरु पनि नजिक पर्छन् ।

 

कपन होमस्टेलाई आधारबिन्दु पारेर बौद्धनाथ ,स्वयम्भुनाथ, पशुपतिनाथ, दक्षिणकाली, चॉगुनारायण, बज्रजोगीनी, भक्तपुर दरबार स्क्वायर, बसन्तपुर दरबार स्क्वायर, नगरकोट, नागी गुम्बा, नमोबुद्ध र सुन्दरीजल पदयात्रा कपन होमस्टे प्याकेजमा समाबेश गरिएको छ । काठमाण्डौं उपत्यकाको पहिलो बस्ती भनिने नक्साल कपनबाट केही मिनेटको पैदल यात्राबाट नै पुग्न सकिन्छ । शिबपुरी राष्ट्रिय निकुन्ज कपन होमस्टेको विशेष आकर्षण हो किनभने संसारमै राजधानी शहरसंग जोडिएको यो पहिलो बन्यजन्तु आरक्ष हो । राजधानीमा बसेर ‘वाइल्ड लाइफ र कन्चन प्रकृति’ भोग्ने मात्र होइन, होमस्टेको झ्याल खोलेपछि यहांबाट हेरिरहन र स्वच्छ हावामा सास फेर्न थप भुक्तानी गरिरहनै पर्दैन ।

 

सहरभित्रको फरक शैली र भिन्न बिषेशता बोकेको कपन होमस्टे राजधानी नजीकै भएर पनि भीडभाड भित्ररहेर पनि त्यसबाट अलग रहेको छ । कपनको डॉडाबाट काठमाडौं खाल्डोलाई हेर्दाको फरक दृष्टिकोण बटुल्दै नागी गुम्बातिर उकालो चढ्दाको आन्नद नै बेग्लै हुन्छ ।

 

एकैछिनमा मुख्य सहरबाट गाउ‘तिर लागेको अनुभूति र सफा सुन्दर वाताबरणमा हराउ‘दा बहलाउने मन नै यहांको विशेषता हो, कपन होमस्टेका सुत्रधार मध्येका एक पेनुरीले भने ।

 

कपन होमस्टेमा छत्तीस वटा घरहरुले अहिले पर्यटकलाई पारीवारिक वाताबरणमा राख्न सक्ने सामथ्र्य प्रदर्शन गरेका छन् । ती घरमा सगरमाथा भेगका शेर्पा हुन् वा स्थानीय नेवार समुदायको ‘कल्चर’ भरपूर रहेको छ ।

 

कपन होमस्टेमा बस्दाको मज्जा नै मौलिक छ । गुम्बामा गर्ने पूजालाई पर्यटकले जति चाख पूर्बक हेर्छन्, त्यतीनै भिन्न किसिमले नेवारी संस्कृतिको रसस्वादन पनि गर्न सक्छन् । यस अर्थमा कपन होमस्टेलाई ‘टू इन वान’ मात्र होइन, बहुसांस्कृति र बहुधार्मिक देशमा ‘मोर इन वान’ भन्न सकिने अवसर उत्सुक पाहुनाहरुले पाउन सक्छन् । यसकारणले पनि यो पर्यटकबीच आकर्षणको क्षेत्र बन्दै छ ।

 

 

कपन होमस्टेमा पॉच दिनको प्याकजमा प्रतिदिन प्रतिब्यक्ति तीस अमेरीकी डलर तिर्नुपर्छ । होमस्टेले परिवारका सदस्यहरुस‘ग रमाइलो वातावरणमा खाने, बस्ने र कुराकानी गर्ने मौका दिन्छ । पर्यटकलाई पाहुनाको भन्दा घरको सदस्य जस्तो झझल्को दिइने प्रयत्नमात्र होइन, यसैलाई प्याकेजमा समावेश गरेर लक्ष नै बनाइएको छ ।

 

अबको पर्यटन साहसिक, मनोरञ्जन, पर्बतीय, आरोहण मात्र नभएर धार्मिक र सामाजिक पर्यटनको बलियो संभाबनातर्फ मोडिएको छ ।

 

सबैलाई जानकारी नै छ, कपन एरियामा काफी गुम्बा छन् । पर्यटकको रोजाईको गन्तब्य हो कपन । गुम्बामा महिनौं बसेर फर्कने पर्यटकहरु पनि त्यत्तिकै आउ‘छन् । तिनै पर्यटकहरुलाई बस्न सजिलो होस भनेर हामीले होमस्टेको अबधारणा बिकास गरेका हौं, ङिमा टासीले भने ।

 

कपन गुम्बामा तीन सयदेखि पॉच सय जनाले मेडीटेशन गर्न सक्छन् । सिंगापुर, मलेशिया, थाइल्याण्ड लगायतका मुलुकबाट पर्यटकहरु मेडिटेशन गर्न आउछन् । कपन होमस्टेका लागि मात्रै नभएर ध्यान केन्द्रका लागि पनि मुख्य गन्तब्य हो ।

 

स्प्रिचुअल गतिबिधि, सांस्कृतिक मूल्य, पदयात्रा गर्न कपन होमस्टेमा बसेर सजिलै सकिन्छ । नेपालमा घुम्न आउने पटकहरुले घरबास पर्यटनबाट फरक स्वाद र गन्तब्यको खोजी अबश्य हुनेछ । त्यसलाई केही हदसम्म यसरी खोलिएका होमस्टेले इट्टा थप्ने काम गरेका छन् ।

 

 

 

 

 

 

Comments

Competition middle banner