MENU
आयो र्‍याफ्टिङ्गको सिजन
 : 668 views
  Mar 10, 2018

 

 

 

 

र्‍याफ्टिङ्ग गर्दाको मज्जा बेग्लै हुन्छ । निलो नदीमा डुंगामाथि चढेर सयर गर्दा कम आनन्द आउँदैन है ।

 

 

डुंगामाथि नदीमा सललल बग्ने रहर भए कहाँ जाने र्‍याफिटङ्ग गर्न निधो गर्नुस् । इच्छाएको नदीमा पुगेर डुंगामा चढेर सललल बग्ने रहर पूरा गर्ने अठोट गर्न सकिने अवस्था मुलुकमा सिर्जना भएको छ ।

 

 

हेर्दै कहाली लाग्दो, निलो नदीमा डुंगा चढेर सयर गर्दाको मज्जा आफैले लिएको जस्तो अनुभव अरु कुराबाट हुंदैन । किनभने यो अनुभब सक्कली हुन्छ । र्‍याफिटङ्गका लागि नेपालका नदीहरु विश्वभर आर्कषक मानिन्छन् ।

 

 

त्रिशूली, सेती, काली गण्डकी, तमोर, मौवा खोला, सुनकोशी, भोटेकोशीमा र्‍याफिटङ्गको मज्जा दिनदहाडै लुटन सकिन्छ । पदयात्रा गर्नलाई अल्छि लाग्छ र ‘आउटडोर’ कृयाकलापमा रमाइलो गर्न मन लाग्छ भने र्‍याफिटङ्ग रोजिहाल्नुस् ।

 

 

र्‍याफिटङ्गले एकदमै अनौठो र साह्रै मज्जाको अनुभब पो दिन्छ । त्यो अनुभूति लिनलाई राजधानीबाट सय किलोमिटरको ड्राइभमै पुग्न सकिन्छ ।

 

 

भोटे कोशीमा र्‍याफिटङ्ग गर्ने रहर मनभरी बोकेर जाने हो भने आउनुस् त्यतै लागौं । बुझिराख्नुस्, र्‍याफिटङ्ग गर्नलाई पौडिबाजीमैं पोख्त हुनु जरुरी पनि छैन । केबल आँट भए पुग्छ ।

 

 

अब लागौं, राजधानीबाट एक सय किलोमिटर टाढा रहेको भोटेकोशीमा र्‍याफिटङ्ग गर्न । ‘तिब्बेतीयन हाइवे’ भनिने कोदारी राजमार्ग भएर बग्ने भोटेकोशी नदी र्‍याफिटङ्गका लागि एशियाकै उत्कृष्ट नदी मानिन्छ । बिदेशीहरु त सात समुद्र परदेखि यो नदीमा सललल बग्ने रहर बोकेर आउँछन्् भने तपाईं हामी स्वदेशीहरुलाई त्यहां पूग्नु कुन ठूलो कुरा भयो र !

 

 

 

 

र्‍याफ्टिङ्गको सिजन

 

 

र्‍याफ्टिङ्ग गर्न मध्य अक्टोबर र नोभेम्बर तथा अप्रिल र मई महिना सबै भन्दा रमाइलो मानिन्छ । अक्टोबर–नोभेम्बरमा बर्षा रोकिए पनि नदीको बैशं घटेको हुंदैन बरु कलकलाउँदो जवानी हुन्छ ।

 

 

यता चैत–बैशाखको गर्मीले हप्पकै पारेको बेला नदीमा डुबुल्की मार्नुको आनन्द बेग्लै हुन्छ । नेपाली पदयात्रामा जस्तै र्‍याफ्टिङ्ग गर्ने सिजन पनि सँगै शुरु हुन्छ । कतिपय बिदेशी पर्यटक एकै मेसोमा सबै साहसिक खेल सकेर फर्कने हिसाबले नेपाल घुम्न आउँछन् ।

 

 

 

 

र्‍याफ्टिङ्ग शुरु हुने स्थान

 

 

अपर एरियामध्ये भोटेकोशीमा तिब्बेतीयन हाइवे नजिकै, झिर्पु वा बसेरीबाट र्‍याफ्टिङ्गका लागि पाइडल मार्न थालिन्छ । डुंगामाथि सललल बग्दै पाइडल मार्दै घाँगी (छाल) नदीको बहाबसँगै तलतीर झरिन्छ ।

 

 

बाह्रबिसे, लामोसाँघु अनि ग्रेटवाल, बारकिङ डग, (छालाको नाम) पार गर्दै लामासाँघुको लामो छालमा आएर माथिल्लो भोटेकोशीको र्‍याफ्टिङ्ग सकिन्छ ।

 

 

लामो साँघुको डयाम्पछेउबाट शुरु भएर सुकुटे वा दोलालघाटमा आएर तल्लो भोटेकोशीको र्‍याफ्टिङ्ग टुंगिन्छ ।

 

 

 

 

कति दिनको ट्रीप

 

 

तल्लो भोटेकोशी र माथिल्लो भोटेकोशी गरी र्‍याफ्टिङ्गका लागि दुई क्षेत्रमा छुट्याइएको छ । पानीको छालसँग डर लाग्दैन भने पहिलोपटक नै अपरमा र्‍याफ्टिङ्ग गर्न सक्नुहुन्छ । केही मनमा आशंका छ भने पहिलो दिन लोवरमै जम्नुस् । त्यो मज्जा र हौसला बोकर अर्काे दिन अपरमा जाँदा झन राम्रो हुन्छ । भोटेकोशीमा र्‍याफ्टिङ्ग दुई दिनको हुन्छ ।

 

 

 

 

र्‍याफ्टिङ्ग गर्न के चाहिन्छ ?

 

 

र्‍याफ्टिङ्ग गर्न १६ जनाको समूह चाहिन्छ । यो पदयात्रा भन्दा फरक छ । टीम बनाउन सके तपाई जति बेला पनि जलयात्रामा जान सक्नुहुन्छ । एउटा डुंगामा दश जना व्यक्ति अटाउँछन् । टीम निर्माण गर्ने क्षमता र जनसम्पर्क छ भने र्‍याफ्टिङ्ग गर्न जाने सोच बनाएर जुटिहाल्नुस् ।

 

 

 

 

र्‍याफ्टिङ्ग गर्न लाग्ने खर्च

 

 

स्वदेशी र बिदेशीलाई र्‍याफ्टिङ्गमा लाग्ने खर्च भने फरक छ । ‘डे ट्रीपका लागि एक जना नेपालीले २ हजार ५ सय रुपैंया तिर्नुपर्छ । त्यसैगरी बिदेशीले १२० अमेरिकी डलर बुझाउनुपर्छ ।

 

 

यस खर्चमा बिदेशीले एक रात रिसोर्टमा बिताएर अर्का दिन माथिल्लो भोटेकोशीमा र्‍याफ्टिङ्गको मज्जा लिन पाउँछन् । स्वदेशीका लागि भने एक दिनको प्याकेज २ हजार ५ सय पर्छ भने एक रात एक दिनको ३ हजार ५ सय पर्न जान्छ ।

 

 

सबै नदीमा र्‍याफ्टिङ्ग गर्नलाई लाग्ने खर्च हाराहारीमै आउँछ । आठ दिनको सुनकोशी नदीमा भने बिदेशीलाई ६ सय ५० डलर र नेपालीलाई २० हजार पर्न आउँछ । यो लामो ट्रीपमा भने नेपालीले खासै उत्साह नदेखाएको ब्यबशायीहरु बताउँछन् ।

 

 

‘मल्टी डेज ट्रीप’ गर्न सबैले जागर चलाएर र्‍याफ्टिङ्गको त्यो रकममा मज्जा लिन सक्नुपर्छ ।

 

 

 

 

र्‍याफ्टिङ्गको सिजन ६ महिनाको हो । गर्मीमा स्वदेशीहरुले नै नदी भरिभराउ हुन्छ । महिनामा करीब ५ हजार जनाले र्‍याफ्टिङ्गको मज्जा लिन्छन् । कूल मिलाउने हो भने बर्षमा एक लाखले डुंगामाथि सलललको आन्नद लिन्छन् ।

 

 

सन् १९७०देखि नेपालमा ब्यबशायिक जलयात्रा शुरु भएको हो । शुरुमा हिमाल आरोहण गरेर आउनेहरु नै जलयात्रा गर्थे भने अहिले प्याटर्न चेन्ज भएको छ ।

 

 

समय कम हुने तर प्रकतिको अनुपम मज्जा लिन चाहनेहरु नदीतर्फ लाग्ने गर्छन् । यस क्षेत्रमा ६५ वटा ब्यबशायिक कम्पनी छन् । ती सबैले नेपालका नदीहरुमा र्‍याफ्टिङ्ग प्याकेज बेच्छन् ।

 

 

र्‍याफ्टिङ्गलाई सामाजिक खेल हो भन्दा पनि हुन्छ, इन्द्र राईले भने । परिवार, युवा, युबती र कर्पोरेटहरुको टीम भएपछि नदीमा खेल्न सकिन्छ । त्यसैले यो सोसियल स्पोर्टस् हो, उनले भने ।

 

 

 

 

आबश्यक सामान

 

 

र्‍याफ्टिङ्ग गर्नका लागि टीसर्ट, हाफ पाइन्ट, टीभा (चप्पल), फेर्ने कपडा, तौलिया, सनब्लक क्रिम, सन ह्याट , बेसबल क्याप, सानो झोला, पानीखाने बोतल र छालसँगै दामी तस्बिर कैद गर्ने भए पानीबाट बच्ने क्यामेरा पनि लान नभुल्नु होला ।

 

 

लाइफ ज्याकेट, हेल्मेट, र्‍याफ्टिङ्ग बोट, प्याडल सम्बन्धित कम्पनीले नै उपलब्ध गराउँछ । नेपालकै ख्याती प्राप्त रिभर गाइडहरुले तपाईलाई र्‍याफ्टिङ्गमा पाइडल मार्दै रमाइलोसँग गाइड गर्ने छन् ।

 

 

नेपालमा करीब ३ सय अनुभबी रिभर गाइडहरु छन् । सिजनमा रिभर गाइडहरुले दिनको तीन हजार कमाउछन् । नेपाली रिभर गाइडहरु भारत, दुबही, नर्बे, स्वीडेन, अमेरीकामा गाइड गर्ने अब्बल मानिन्छन् ।

 

 

त्यसै मध्येका केही बर्ष अघि भोटेकोशीबाट शुरु गरेर बंगालको खाडीसम्म कायकमा यात्रा गरेका इन्द्र राईले मज्जाले नदीबाट के–के देखिन्छ भनेर ब्याख्या गर्नेछन् ।

 

 

 

 

राईले सगरमाथाको पनि सफल आरोहण गरेका छन् भने नदीसंग उनको सामिप्यता पनि अब्बल नै छ । सिन्धुपाल्चोकको टुनीबोटेमा ओभर नाइट बस्नेहरुका लागि उनले टुनीबोटे क्याम्प चलाएका छन ।

 

 

मुख्य कुरा के भने उनी भएपछि पानीमा डराउनु पर्दैन , जलपरी जस्तै लाग्ने र्‍याफ्टिङ्गलाई स्कटीङ गर्ने केही कायाक पनि हुन्छन् । जो तपाइका वरीपरी पाइडल मार्दै दौडिरहेका हुन्छन् ।

 

पछिल्लो समय बिदेशी भन्दा स्वेदेशी युवा जमात र्‍याफ्टिङ्गमा बढी जम्न थालेका छन् । कर्पाेरेट टीम र्‍याफ्टिङ्गमा बढिरहेको र्‍याफ्टिङ्ग स्टार कम्पनीका संचालक इन्द्र राईले भने ।

 

 

 

 

कसरी जाने ?

 

 

तपाईलाई यो चैत–बैशाख–जेठ महिनाको घाममा पानीमाथि डुंगामा सललल बग्ने रहर भएर पनि कसरी कहाँबाट जाने भन्ने खुल्दुली लागेको होला । नआत्तिनुस् राजधानीको ठमेलमा र्‍याफ्टिङ्ग कम्पनी टन्नै छन् । कुन नदीमा डुबुल्की मार्न जाने पहिला निश्चित भएर हुनुहोस्, र्‍याफ्टिङ्ग कंपनीहरुले उचित सल्लाहा लिएर प्रकृतिसँग रम्ने मौका दिनेछन् ।

 

 

 

 

Comments

Photography