MENU
भीमसेन थापाको उदय
 : 1,733 views
  Mar 10, 2018

अढाइ वर्षको उमेरमा बि.सं. १८३४ मार्ग ३ मा राजा भएका रणबहादुर शाहको नायवी चलाउन राजमाता राजेन्द्रलक्ष्मी र बहादुर शाह बिच रस्साकसि भैरह्यो । हत्या र हिंसाको राजनीति को शुरूवाट राजेन्द्रलक्ष्मीले १८४२ बैशाख १२ मा वंशराज पाण्डेको हत्याबाट शुभारम्भ गरे ।

 

 

-सुनिल उलक 

 

 

पर्दा पछाडीका घटनाहरू

 

१८२४ भदौ १३ मा जर्ज किनलकको नेतृत्वमा जयप्रकाश मल्ललाई सहयोग गर्ने बहानामा नेपाल छिरेका अंग्रेज असफलताको कारण चुपचाप बस्न बाध्य भयो । पृथ्वीनारायण शाहको राज्य एकिकरणको अभियानलाइ असफल बनाउन चाहन्थे तर आफै असफल भए । मल्ल राजाहरूलाइ फकाएर झण्डै पचास वर्ष काठमाडै, भक्तपुर र पाटनमा चर्च बनाएर बसेका इटालियन कपुचिन  पादरीहरूलाइ देश छोड्न लगाएका थिए ।

 

 

बि.सं. १८२५ मा बहादुर शाह देशबाट निस्काशित भएर बेतिया पुग्दा फादर माइकल एन्जेलोसंग नजिक हुन पुगे । यसपछि १८२७ मा जेम्स लोगन आए । यस पटक सैन्य अभियान होइन बिशुद्ध ब्यापारिक इच्छा बढाउन चाहेको देखाउन खोजे । यसपटक पनि असफलता हात लाग्यो । पौष २०, १८४० मा गवर्नर जनरल वारेन हेस्टिङ्गले नेपालसंग मित्रता गास्न चाहेको पत्र पठाए । पत्रमा फक्सक्रफ्टलाइ पठाउन चाहेको लेखे तर फक्सक्रफ्ट आउनु अगाडी नै उनलाइ लागेको बिभिन्न आक्षेपको कारण उनि १८४१ माघ २८ मा ब्रिटेन फर्के । यता देशमा सनकी राजा रणबहादुर शाहको शासन काल थियो । उता अंग्रेजको नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अदम्य चाहना थियो ।

 

 

  जय प्रकाश मल्ल

 

 

बि.सं. १८४६ को नेपाल र भोटको लडाइमा चीन सरकारको मध्यस्थतामा टुङ्गिए पनि भोटले सन्धि अनुरूप कार्य नगर्दा १८४८ मा नेपालले पुन भोटमा आक्रमण गर्यो । तर भोटलाइ सहयोग गर्न चीनिया सेना आए । जसले गर्दा नेपालले युद्धको लागी हातहतियार अंग्रेजसंग खरिद गर्ने मनसाय स्वरूप फागुन २२, १८४८ मा अंग्रेजसंग ब्यापारिक सन्धि गरे । तर अंग्रेजले चीनसंगको युद्धको लागी कुनै सहयोग गर्न चाहेन । जसले गर्दा चीनिया सेना जीतपुर फेदीसम्म आइपुगे ।

 

 

नेपालले बाध्य भएर असोज २०, १८४९ मा चीनसंग बेत्रावती सन्धी गर्न बाध्य भयो । नेपालले अंग्रेजबाट कुनै सहयोग प्राप्त नभए पछि अंग्रेजसंगको सन्धिको वेवास्ता गरे जसको कारण गवर्नर लर्ड चार्ल्स कर्नवेलिसले १८४९ को फागुन २३ मा कर्कपेट्रिकको नेतृत्वमा साम्युअल स्कट, विलियम हन्टर डगलस नक्स, जे जेराड, आडम फ्रिर र मौलवी अब्दुल कादिरलाई नेपाल पठाए । मात्र तीन हप्ता नेपाल बसेका उनले नेपालको सम्पूर्ण जानकारी बटुलेर लगे । पछि उनले पुस्तक पनि लेखे एकाउण्ट अफ किङ्गडम अफ नेपाल । यसरी नेपालमा अंग्रेजको प्रवेश सम्भव भयो ।

 

 

१८५७ को बैशाखमा रणबहादुर शाह भीमसेन थापालाई साथ लिएर बनारस पुगेपछि अंग्रेजले चाहेको कुरा पुरा हुने लक्षण देखियो । रणबहादुरको अनुरोध अस्विकार गर्दै दामोदर पाण्डेको सरकारसंग कार्तिक १२, १८५८ मा नेपाल सरकारले सम्झौता गरि नेपालमा ब्रिटिस रेसिडेन्ट रहने ब्यबस्था गर्यो । नेपालमा पहिलो ब्रिटिस रेसिडेन्टको रूपमा नक्सको नियुक्ति भयो । उनको एक वर्ष कार्यकाल बिच भारदार बिचको आपसी कलह तथा बिभिन्न कारणले नेपालमा रहेको ब्रिटिस रेसिडेन्टको कार्यालय बन्द गर्न लगाईयो । ब्रिटिसको सपना एक पटक फेरी तुहियो ।

 

 

कालु पाँडे

 

 

अन्तत भीमसेन थापाको कार्यकालमा अंग्रेजले बिभिन्न बहानामा नेपालसंग कार्तिक १८, १८७१ मा युद्धको घोषणा गर्यो । युद्धमा नेपालको हार भयो जसले गर्दा नेपालले फागुन २३, १८७२ मा सम्झौता गर्न बाध्य भयो । नेपालका तर्फबाट गजराज मिश्र र चन्द्र शेखर उपाध्याय  तथा अंग्रेजको तर्फबाट प्यारिस ब्राडसले हस्ताक्षर गरेका थिए । यो सन्धि पश्चात नेपालले आफ्नो एक तिहाइ भूभाग गुमाउनु परेको थियो । यो सन्धि सफल गरेकोमा गजराज मिश्रले अंग्रेज सरकारबाट निकै सम्पत्ति पाए । बदनाम तथा बदनियतपूर्ण यस सन्धिलाइ नेपालमा सुगौली सन्धि भनेर सम्झने गरिन्छ । यहि सन्धि पछि नेपालमा ब्रिटिस रेसिडेन्ट सदाको लागी रहन थाल्यो । केही समयको लागि अस्थाई रूपमा पिटर बोलेउ रहे भने पछि एडवार्ड गार्डनर आए । यस पछि ब्राइन हड्सन नेपालमा ब्रिटिस रेसिडेन्टको रूपमा बसे ।हड्सनको भूमिका निकै विवादास्पद रह्यो ।

 

 

यहासम्म अंग्रेजको षडयन्त्रपूर्ण भुमिकालाइ उल्लेख गरे । अव नेपालको आन्तरिक अवस्थालाइ बुझौ ।

 

पृथ्वी नारायण शाह 

 

 

अढाइ वर्षको उमेरमा बि.सं. १८३४ मार्ग ३ मा राजा भएका रणबहादुर शाहको नायवी चलाउन राजमाता राजेन्द्रलक्ष्मी र बहादुर शाह बिच रस्साकसि भैरह्यो । हत्या र हिंसाको राजनितीको शुरूवाट राजेन्द्रलक्ष्मीले १८४२ बैशाख १२ मा वंशराज पाण्डेको हत्याबाट शुभारम्भ गरे । बि.सं. १८४२ असार १ मा कास्कीलाइ सहजै विजय गराइ नेपाल राज्यमा गाभ्न सहयोग गर्ने काजी स्वरूपसिंह कार्कीलाइ पोखराको पहिलो वडाहाकिम बनाइएको थियो । उता राजेन्द्रलक्ष्मीले बहादुर शाहलाइ फर्पिङको जेलमा कैद गरि राखिएको थियो ।

 

 

तर संयोगवश जेल राखिएको केवल १२ दिनमा अचानक सावन २, १८४२ मा राजेन्द्रलक्ष्मीको मृत्यु भएपछि उनि जेलबाट निस्किए । जेलबाट निस्किए पछि नायवी लिए । साथै उनले अाफ्ना दुश्मनको हत्या गरे । सावन २४, १८४२ मा काजी स्वरूपसिंह कार्की जो पोखराको पहिलो वडाहाकिमको रूपमा कार्यरत थिए, उनलाइ कार्यकक्षमा नै बहादुर शाहले हत्या गराए । यसपछि बुबा पृथ्वीनारायणको सपना पुरा गर्दै बहादुर शाहले नेपालको सिमाना पूर्वमा सिक्किम र पश्चिममा कुमाउँ गढवालसम्म पुर्याए ।

 

 

रणबहादुरको उमेर पुगेपछि रणबहादुरलै बहादुर शाहको नायवी हटाइ स्वयं राजकाज चलाउन थाले । त्यसपछि बहादुर शाह बिरुद्ध दरवार भित्र षडयन्त्रको शुरूवात भयो । विरोधीको सल्लाहमा लागी रणबहादुर शाहले बहादुर शाहलाई जेल हाले, जेलमा हस्ताक्षर गर्न नमानेका उनलाई नोलले पिटेर घाईते बनाईयो, चोटको पिडाले १८५४ असार २४ गते पशुपतिमा उनको मृत्यु भयो । यहि बिच रणबहादुर तिरहुते बिधवी कान्तीवतीको प्रेममा फसेर उनबाट जन्मेको छोरालाई राजा बनाउने मञ्जुरीमा बिबाह गरे । अन्तत १८५५ फागुन २८ गते बालक छोरालाई राजगद्दी सुम्पेर राजराजेश्वरीलाइ नायवी चलाउन लगाए । आफू स्वामी निर्गुणानन्द बने ।

 

 

रन बहादुर शाह 

 

तर क्षयरोगबाट कान्तीवतीको मृत्यु भए पछि रणबहादुर बौलाए निकै गलत कार्यहरू गरे । मठ मन्दिर तोडफोड गरे, मुर्तिमा दिसा लगाए, ब्रम्हण पण्डितको अनादर गरे यसरी बहुलाएका रणबहादुरले राजकाजमा हस्तक्षेप पनि गर्न थाले । अन्तत सेनाले पनि साथ नदिए पछि भीमसेन थापालाइ साथ लिई वनारस गए । रानी राजराजेश्वरी पनि साथ वनारस लागे । १८५६ पछि सुवर्णप्रभाले नायवी चलाए । वनारसमा बस्दा पनि भीमसेनको सहयोगले षडयन्त्र गर्न थाले । पाण्डेको कारणले निर्वासित हुनु परेको चोटले पाण्डे विरूद्ध बिभिन्न षडयन्त्रगरे । यता नेपाल सरकार बाध्य भएर अंग्रेजसंग हात मिलाउन पुग्यो र १८५८ को सन्धि गरे ।

 

 

१८५९ चैत ८ मा ब्रिटिस रेसिडेन्ट नक्स पनि निकालिए । यसको लगत्तै ब्रिटिस सरकारले नेपालसंग भएको सन्धि खारेज भएको घोषणा गरे । उता खर्च नपुग हुन थालेपछि रणबहादुरलाई कठिन भयो । अंग्रेज सरकारले रणबहादुरलाई नेपाल फर्कन बाध्य बनाए । रणबहादुर फर्कन लागेको चाल पाए पछि उनलाइ रोक्न पठाएको सबै सैनिकले उल्टो रणबहादुरलाई नै साथ दिए ।

 

 

सेनाद्वारा दामोदर पाण्डे समातिए । फेरी राजकाजको वागडोर रणबहादुरको हातमा पुग्यो । फागुन २१, १८६० गिर्वाणको नायवीमा रणबहादुरले फेरी शासन गर्न थाले । भीमसेन थापा काजी बनाइए, उनका भाइ भतिजा आफन्त सबैले सरकारी खानगी-वानगी पाए, भीमसेन सर्वेसर्वा भए । यस पछि हत्या हिंसाको शुभारम्भ भयो । एउटा सनकी राजाको कारणले भीमसेन थापा काजी बने, सत्ताको नजिक पुगे ।

 

विलियम कर्कपेट्रिक

 

 

चैत ३, १८६० मा दामोदर पाण्डे र उनका छोरा रणकेशर काटिए । काटिनु अगाडी दामोदर पाण्डेलाई १२ दिनसम्म घाँटीमा पाङ्ग्रो बाँधेर उभ्याइएको थियो । शङ्खधरसिंहलाई घाटीसम्म गाडेर टाउकोमा खोटो लगाएर आगो सल्काइ मारियो । भीम खत्रीका एक छोरालाइ हात खुट्टा बाँधेर दहमा मिल्काइ मारे, अर्कोलाइ तीन दिन रूखमा उल्टो लट्काइ चौथो दिन काटियो । बाह्रजना सुसारेलाई लहरै उभ्याइ उनकै सामुन्ने पतिहरू एक एक काटिए ।

 

काजीको पद पाए पछि राजपरिवारसंग सम्बन्ध गास्ने उद्धेश्यले चैत १८६१ मा भीमसेन थापाले आफ्ना भाइ नैनसिंह थापाको केवल ११ वर्षको छोरी त्रिपुरासुन्दरीको बिबाह रणबहादुरका साथ गराएका थिए । यसपछि फागुन १७, १८६२ मा रणबहादुरबाट भीमसेन थापाले मुख्तियारी पाए । यसको दुई महिना पछि बैशाख १४, १८६३ को राती ९ बजे काजी त्रीभुवन खवासको घरमा छलफलको आयोजना गरियो ।

 

 

शेरबहादुर शाही र काजी त्रीभुवन खवास माथि बिभिन्न आरोप लगाइयो । रिसले अतालिएका शेरबहादुरले आवेशमा रणबहादुरलाई तरवारले काटे । तत्कालै संगै बसेका बालनरसिंहले शेरबहादुरलाइ काटे । यसको भोलिपल्ट विदुर शाही, त्रीभुवन खवास तथा नरसिंह गुरूङ काटिए । तेश्रो दिन १५ जना भारदार काटिए । हेलम्बु पठाइएका रानी राजराजेश्वरीलाई ल्याएर नवौ दिन जवर्जस्ती १४ जना सुसारेको साथ सबैलाइ सतीजान बाध्य बनाइयो । सबै गरेर ९३ जनाको हत्या भएको यस भण्डारखाल आमहत्या पछि भीमसेन थापा सर्वेसर्वा बने । भतिजी त्रिपुरासुन्दरी ललिता त्रिपुरासुन्दरीको नाममा नायवी बने ।

 

यसरी भीमसेन थापाको उदय भयो । क्रमश ……

भीमसेन थापा

Comments

Photography