MENU
सगरमाथा सिजन
 : 354 views
  Apr 14, 2018

 

जब तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथामा पहिलो पाइला टेके त्यसपछि खुम्बु विश्वमा विस्तारै आर्कषणको केन्द्र विन्दु बन्दै गएको हो   । सगरमाथा क्षेत्रमा ६५ बर्षमा आर्थिक सामाजिक  कायपल्ट नै भएको छ । अहिले  सगरमाथा क्षेत्रका मानिसको प्रतिव्यक्ति आय करिव तीन हजार डलर पुगेको छ ।

 

 

‘सगरमाथा र एडमण्ड हिलारी नभएको भए सायद हामी अझै पनि कतै हराएका मानिस हुन्थ्यौं होला । यो कुनालाई कसले पो देख्थ्यो र ? त्यो ६५ बर्ष अघिको सगरमाथा क्षेत्रका बासिन्दालाई सम्झेर त्यो समयको तितो यथार्थ बताइरहका छु ।’ नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाले कुराकानीको थालनी यसरी गरे । ‘आलु र फापरवाहेक खुम्बुमा केही अन्न फल्दैन्थ्यो । बा“च्नका लागी हामी सानै छ“दा बाबुस“ग नुन बोक्न तिब्बततर्फ जान्थे । ६ हजार मिटरको ऊचाइ“को नाङपाला पास भएर नुन र सियो लिएर अन्न साट्न तल औलोतीर झर्दथ्यौं’ उनले थपे ।

 

 

 

जब तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथामा पहिलो पाइला टेके त्यसपछि खुम्बु विश्वमा विस्तारै आर्कषणको केन्द्र विन्दु बन्दै गएको उनको अनुभव छ ।

 

 

हो, त्यही खुम्बु भनौं वा सगरमाथा क्षेत्रमा ६५ बर्षमा आएको आर्थिक सामाजिक  कायपल्ट भएको छ ।  सगरमाथा क्षेत्रका मानिसको प्रतिव्यक्ति आय करिव तीन हजार डलर पुगेको छ ।

 

 

SAMSUNG DIGITAL CAMERA

यूरोपियन र अमेरिकन पर्यटकको पहिलो रोजाइ“मा पर्छ, सगरमाथा पदयात्रा । संसारको सर्वोच्च शिखर सगरमाथा चुम्न जाने आरोहीदेखि नजिकबाट हिमाल नियाल्न पनि यो पदयात्रा मार्ग उनीहरुको रोजाईमा परेको स्थानीय पर्यटन व्यवसायीहरु बताउ“छन् । पश्चिमा संसारवाट नेपाल पदयात्रा गर्न आउने भनेकै सगरमाथा क्षेत्रमा हो ।

 

 

 

सर्वोच्च शिखरलगायतका मनोरम हिमशृंखला यहा“ आउने पर्यटकका नाकै अगाडि उभिन्छन् । हिमाली शेर्पा वस्ती र उनीहरुको जीवनशैली पनि अर्को आर्कषण भएको सगरमाथा पदयात्रा गर्न आउने पर्यटक बताउ“छन् ।

 

 

तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक संसारको अग्लो हिमाल सगरमाथाको सफलतापूर्ण आरोहण गरेपछि पश्चिमा पर्यटक र अन्य मुलुकका पर्यटकको लागि गतिलो गन्तब्यका रुपमा स्थापित भएको छ ।

 

 

 

सन् १९५३ मा यी दुई साहशिक आरोहीले शिखर चुमेपछि सगरमाथा क्षेत्रमा आउने पर्यटकको संख्यामा व्यापक वृद्धि भइरहेको छ । ‘संसारमा नेपाललाई  चिनाउने हिलारी र तेन्जिङ नोर्गेको देन अतुलनीय रहेको छ’, पर्यटन व्यवसायी निमानुरु शेर्पाले भने ।

 

 

 

खुम्बु क्षेत्रको वार्षिक २६ हजार पर्यटक भ्रमण गर्छन् । सगरमाथा पदयात्रा गर्ने आउने पर्यटक प्राय सबैले एउटै मार्ग प्रयोग गर्छन् । त्यसैले यो पर्यटकको संख्या र्बािषक ५० हजार हो । यहा“ आउने पर्यटक अन्य पदयात्रामा जानेभन्दा स्तरीय आउ“छन् ।

 

 

 

हवाई मार्ग भएर आउने पर्यटकले विमान भाडा दुई तर्फी ३ सय ५० डलर तिनु पर्छ । सगरमाथाको प्रवेशद्धार लुक्ला विमानस्थल भएर सवै पदयात्री सगरमाथातर्फ लम्किन्छ् । शेर्पाको राजधानीका नामले ख्याती कमाएको नाम्चेवजार होस वा हिलारी गाउ“का नामले विख्यात खुम्जुङ गाउ“, यहा“ आउने पर्यटकले भुल्दैनन् ।

 

 

 

बर्षेनी करीब २ सय जनाले सगरमाथा सफल आरोहण गर्छन् । सन् १९५३ देखि यता शेर्पा र विदेशी गरी करीब ५ हजारले सगरमाथा शिखर चुमिसकेका छन् ।

 

 

 

बर्षेनी सगरमाथा शिखर चुम्ने रहर बोकेर करीब ३६ वटा आरोहण दलको लर्को आउ“छन् । यसले यहा“को पर्यटनलाई थप माथि उठाउन सहयोग पुगेको स्थानीय पर्यटन व्यवसायीको अनुमान छ । सरगमाथामा यसपटक केही विश्व रेकर्ड पनि बन्नेवाला छन् । थामेका पर्वतारोही कामी रिता शेर्पाले २२ औं पटक सगरमाथा चुमे भने सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने भनेर विश्व रेकर्ड कायम गर्ने छन् ।

 

 

 

खुम्बुका जनताको एक मात्र आधार भनेकै पर्यटन व्यवसाय हो । पर्यटन व्यवसाय शुरु नहु“दाका दिनलाई सम्झदै खुम्जुङमा जन्मेर राजधानी काठमाडौं आएर पर्यटन व्यवसायमा स्थापित आङछिरीङ शेर्पा भन्छन् –‘आज भन्दा ५० बर्ष अघिसम्म हामी मध्येकै कोही जिम्मु र सियो बोकेर औलो झरेर अन्न साटेर ल्याएर खान्थ्र्यौ । खुम्बुवासी सियो र जिम्मुस“ग अन्न साटेर खान्थेभन्दा नया“ पुस्ताले पत्याउन गा¥हो पर्ला । तर यो तितो यथार्थ हो । सायद तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारीले सगरमाथा चढेर संसारमा चर्चा नपाएको भए हामी आज पनि त्यही जीवन शैलीमा रुम्लिरहेका हुन्थ्यौं होला’ उनले ती पूराना दिनलाई यसरी ब्यक्त गरे ।

 

 

 

हामी शेर्पालाई  हिलारीले कहिल्यै भुल्नै नसक्ने गुन लगाए, विश्व मञ्चमा नेपाली पर्यटन उद्योग र शेर्पाहरुलाई सक्दो सहयोग गरेर । उनले सगरमाथा आरोहण गरेर फर्केपछि हिमाली गाउ“ खुम्जुङम स्कूल खोलिदिए । त्यो नै पहिलो शेर्पाका शैक्षिक आ“खा खुल्ने थलो भयो । सन् १९६१ मा हिलारीले शेर्पाका छोराछारीलाई शिक्षा दिने हिसावले खुम्जुङ माबि खोली दिए । जुन स्कूल अहिलेसम्म पनि जिल्लाकै पहिलोमा विधालयको रुपमा गनिन्छ ।

 

 

 

त्यसैगरी हिलारीले हिमाली गाउ“ खुन्देमा अस्पताल खोली दिए । हिमालमा जाने सरदार र उनको नानीले गाउ“मै स्वास्थ्य उपचार पाउन थाले । हिलारीले सगरमाथा क्षेत्रमा २७ वटा बिद्यालय र १८ वटा साना ठूला अस्पताल निर्माण गरेका छन् । त्यस्तै हिलारीले शेर्पा वस्तीमा गुम्वा चोर्तेन जस्ता धार्मिक स्थलको पनि निर्माण गरिदिएका छन् ।

 

 

 

खुम्बुलाई अहिले यूरोपस“ग तुलना गरिन्छ । यहा“को जीवन शैलीलाई लिएर स्वयम पश्चिमा दुनिया“बाट आएका पर्यटकले उतै हु“दा कल्पना गरेको विकट हिमाली गाउ“ नभएर होटलमा पाइने सुविधासम्पन्न स्थान देखेर मख्ख हु“दै यूरोपमै भएको आभास भएको वताएको नाम्चेस्थित होटल शेर्पाल्याण्डका प्रबन्ध निर्देशक निमानुरु शेर्पाको भनाइ छ ।

 

 

 

‘करीव पा“च हजार जनसंख्या भएको खुम्वुको आधारशिला भनेको पर्यटन व्यवसाय नै हो । दिन दिनै फस्टाई रहेको पर्यटन व्यवसायले खुम्वुलाई विकसित संसारस“ग जोडेको छ । सम्वन्ध र शैलीले पश्चिमास“ग हात बढाएको छ । यहा“का व्यवसायीको बार्षिक आम्दानी ५० देखि ६० लाखको हाराहारीमा रहेको छ । यो अनुपात बर्षेनी बढी रहेको छ’, निमानुरु शेर्पाले भने । देशको टप टेन ट्रेकिङ व्यवसायीसमेत रहेका शेर्पा भन्छन्— ‘हाम्रो पूर्खाले तिव्वतमा गएर नुन बोकेर जीविकोपार्जन गरेका थिए । त्यो वेला पर्यटन व्यवसायको जानकारी नै थिएन । अहिले खुम्बुमा पर्यटन दरिलो उद्योगका रुपमा स्थापित भएको छ । हजारौले रोजगारी पाएका छन् । ’

 

 

 

‘पर्यटनले हामी खुम्वुवासीमा आर्थिक कायपल्ट नै ल्याइदियो । त्यो सगरमाथा हो । हिमाली शृखंला अनि शेर्पा जाति । खुला दिल भएका हिलारी र  सर्बोच्च शिखर सगरमाथा नै हाम्रो भाग्यदाता हो’, थामसेर्कु टे«किङका प्रबन्ध निेर्देशक लाक्पा सोनाम शेर्पा भने ।

 

 

 

‘हिमाली पर्यटन नेपालमा स्थापित व्यवसाय हो । हिलारीले हिमाली पर्यटनको शुरुवात गरेर हिमालका फेदीमा बस्ने हामी शेर्पालाई माथि उठाएर बिदा भए । देशमा अब परम्परागत पर्यटनभन्दा पनि नया“ र पर्यटकको रुचीलाई समात्ने खालको आवश्यक छ’, इनट्रेकका फिन्जो वाङदीले बताए । ‘अवको खा“चो भनेको स्तरीय पर्यटनको हो । बेच्न मार्क प्राइस मार्केटको खा“चो छ’, वाङदीले भने ।

 

 

 

खुम्वुको पर्यटनलाई थप सहयोग गर्ने दुई दशक पहिलो स्थापना भएको खुम्वु विजुली कम्पनी पनि हो । अष्ट्रिया सरकारको सहयोगमा वनेको यो साना जलविद्युत परियोजना यहा“को स्थायी जलविद्युत हो । ७ सय ५० किलोवाटको क्षमता भएको यो जलविद्युतले स्थानीय घरेलु उद्योग सञ्चालनमा स्थायित्व दिएको छ ।

 

नेपाल पर्वतीय पर्यटन उद्योगका लागि अब्वल गन्तब्य हो । स्वदेशी तथा विदेशी पर्यटकको लागि यहा“का सुन्दर हिमाली पदयात्रा  र हिमालमाथिको विजयलाई सुनिश्चिताको लागि आउ“छन् । सगरमाथा पदयात्रामा आउने पर्यटक सगरमाथा लगायतका हिम शृंखला हेर्न ५ हजार ६ सय मीटर ऊचाइ“मा रहेको कालापत्थर, गोक्योरी चोला पास धाउ“छन् । जहा“बाट सर्वोच्च शिखर सगरमाथा आमा दाब्लम जस्ता सुन्दर हिमाल देखिन्छन् ।

 

 

 

विगत ६५ वर्षदेखि नेपालको पर्बतीय पर्यटन शुरु भएको हो । जब तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीले सगरमाथा शिखरमा पाइला राखेपछि यता आएर खुम्वुमा पर्यटकको ओइरो लाग्न थाल्यो । त्यसैसाथ हिमालीवासीको जीवनस्तर पनि विकास हु“दै गयो । उनीहरुको आय स्रोतको मुख्य आधार नै पर्यटन हुन पुग्यो । देशको पर्यटन उद्योगमा खुम्वुका व्यवसायीको बाक्लो संलग्नता छ । त्यसैले खुम्वु नेपाली पर्यटन व्यवसायमा अग्रणीस्थानमा रहेको छ ।

 

 

 

सगरमाथा र अन्नपूर्ण पदयात्रा मार्ग नेपालको मुख्य गन्तब्य हो । यी पदयात्रा मार्गमा स्प्रिङ सिजन र अटुम सिजनमा पर्यटकको लर्को लाग्छ । करीब ९ लाख पर्यटकले नेपालमा बार्षिक भ्रमण गर्छन् । त्यसमध्ये सगरमाथामा ५० हजार जतिले भ्रमण गर्छन् । सगरमाथा नेपालकै अब्वल गन्तव्य हो । सगरमाथामा आउने एक जना पर्यटकले १ लाख ५० हजारदेखि ५ लाखसम्म पदयात्रामा खर्च गर्छ भने पर्वतारोहण गर्न आउनले ३० लाखसम्म खर्च गर्छन् ।

 

 

सगरमाथा पदयात्रा पछिल्लो समयमा एउटा आरोहणको मात्र केन्द्रविन्दु नभएर साहसिक खेल पर्यटनका रुपमा विकास भइरहेको छ । संसारकै ऊचाइ“मा निर्माण भएको स्याङबोचेस्थित होटल एभरेष्ट भ्यूले यहा“ आउने पर्यटकको मन लोभ्याउ“छ । ४ हजार मिटर ऊचाइ“मा अवस्थित  यो होटल गिनिज बुक अफ वल्ड रेर्कडसमा रेर्कडेड छ । विश्व सम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जमा पदयात्रा गर्न पाउ“दा पर्यटक फुलेल हुन्छन् ।

 

 

हिलारीले सन् १९६४ मा लुक्ला विमानस्थल बनाइदिएर पर्यटकलाई सजिलो भयो । जिरीको बाटो भएर १५ दिनमा सगरमाथा आधार शिविरमा पुग्ने पर्यटक लुक्लामा विमानस्थ बनेपछि एक सातामा पुग्छन् ।

 

‘पर्यटकीय सिजनमा दैनिक १ सय २० प्mलाइट जहाज ओहोरदोहोर गछंन् । यसले सगरमाथाको पर्यटनलाई सुगम बनाइ दिएको छ । लुक्ला विमानस्थल नभएको भए अझै अरु बर्ष हामीले दुःख पाउ“थ्यौ होला’, स्थानीयवासीले भने । लुक्लाको मौसम बिग्रदा स्थानीय र पर्यटकले हैरानी पाउछन् । लुक्लामुन्तिर सुर्केसम्म मोटर बाटो पुग्यो भने स्वदेशी तथा विदेशी पर्यटकहरु ओहारे दोहा्ेर बढ्छ र चाडै गन्तव्यमा पुग्छन् । बर्षमा एक पटक स्वदेश घुम्नै पर्ने क्यालेण्डर बनाउनुहोस् र घुम्ने संस्कारको बानी बसाल्नुहोस् ।

धुमधामको घुमघाम बर्ष होस्, नया“ बर्ष २०७५ को सवैलाई हार्दिक मंगलमय शूभकामना †

 

Comments

Photography