MENU
ग्रह, नक्षत्र र जीवन
 : 288 views
  Apr 14, 2018

गत साताको लेखनको बिषयलाई निरन्तरता दिनु अगाडि सर्वप्रथम म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, मेरा सम्पुर्ण मित्रगणमा नवबर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । बितेको २०७४ सालमा भएका गरेका तमाम गल्ती कमजोरीको लागी भगवान श्री पशुपतीनाथसंग क्षमायाचना गर्दै नयाँ बर्ष २०७५ सालमा नेपाल र नेपालीको जीवनमा शान्ति, स्थीरता, विकास, सुख, समृद्धि आउँन सकोस भन्दै अराध्यदेव श्री पशुपतीनाथसँग प्रार्थना गर्दछु । जय गुरु देव !

अघिल्लो साताको स्तम्भमा पाठकसमक्ष ज्योतिष विधाको पाँच अङ्ग हुन्छन र त्यसका दुई अंङ्गवारे बर्णन गरेको थिए । ती दुइ बिषय सिद्धान्त ज्योतिष र होरा थिए । उक्त स्तम्भको शेष भागलाई निरन्तरता स्वरुप आज यहाँ प्रस्तुत गर्दछु ।

अङ्ग तीनः संहिता

ज्योतिष विज्ञानको अर्को प्रमुख अङ्ग संहिता हो । यस अन्र्तगत भुमि शोधन, ग्रह, प्रारम्भ गृह प्रवेश, जलासय, निर्माण, कुप निर्माण, मांगलिक कार्य र मुर्हुत आदीको विवेचना गरिन्छ । नवौ शताव्दीतिर आएर यसै अङ्ग अन्र्तगत हाम्रो कर्मकाण्डलाई पनि समावेश गरियो । यसको माध्यमबाट यज्ञयज्ञादीको आयोजना मुर्हुत हेरर गर्न थालियो ।

पछि के पनि प्रमाणिक रुपमा स्पष्ट गरियो भने यज्ञद्वारा जीवन र जगतमा आइ पर्ने अनिष्टको प्रभावलाई पनि पूर्ण रुपले समाप्त गर्न सकिन्छ । साथै कर्मकाण्डद्वारा यस्ता कार्यमा पनि सफलता प्राप्त गर्न सकिन्छ । जो हाम्रो जीवनमा कठिन र असम्भव कार्य ठानिन्छ । विस्तारै चौधौं शताब्दीको आसपासमा यस अङ्गको यती धेरै विकास भयो यो जीवनसंग सम्वन्धित सबै उपयोगी बिषयको समावेश यसै अङ्ग अन्र्तगत गर्न थालियो ।

अंङ्ग चारः प्रश्न शास्त्र

यो ज्योतिषशास्त्रको मुख्य र प्रभावशाली अङ्ग हो किनकी यस पद्द्तीद्वारा फल कथन तत्कालै गर्न सकिछ । ज्योतिषको माध्यमले फल कथन गर्ने जातकलाई कथन गर्नु पर्ने व्यक्तीको जन्म कुण्डली आवश्यकता पर्छ । तर, कतीपय समयमा यस्ता पनि अवस्था देखिएको छ ।

यदी कसैलाई आफ्नो जन्मका बिषयमा आवश्यक जानकारी जस्तै जन्म दिन, महिना, साल, गते, समय, र स्थान आदीबारे केहि पनि थाहा हुँदैन भने त्यस्तो अवस्था त्यस्ता व्यक्तिको जन्मकुन्डली निमाण गर्न पनि सम्भव हुँदैन । र, यो अवस्थामा जन्मकुन्डली विना मुल कथन प्रश्न शास्त्रद्वारा पुर्ण रुपमा र प्रामाणिक रुपमा गर्न सकिन्छ । साथै यसैको सहयोगले व्यक्ती विशेषको जन्मकुन्डली बनाइने गरिन्छ । यस्तो अवस्थामा जन्म कुण्डली बनाउने विधी यहि हो ।

जुन क्षण व्यक्ति बिशेषलाई प्रश्न गरिन्छ, त्यो समयको कुन्डली बनाएर यसको मध्यामले व्यक्ति विशेषको प्रश्नको उत्तर दिइन्छ । यस पद्धतीद्वारा गरिएको फल कथन पनि आफैमा पुर्णतया सटिक सिद्द हुन्छ । त्यस कारण यस प्रश्न शास्त्र अङ्गलाई सवार्धिक महत्व दिइएको छ । यस अङ्गलाई पनि तीन भागमा विभाजित गरी परिभाषित गरिएको छ ।

प्रश्नान्सर सिद्धान्त, प्रश्न लग्न सिद्धान्त, स्वरज्ञान सिद्धान्तहरु रहेका छन । जैनशास्त्रमा स्वर ज्ञान सिद्धान्तका बारेमा धेरै रचना गरिएका छन । यसको अन्र्तगत ज्ञान प्रश्न चुडामणि, चन्द्रोमिलन प्रश्न र आयज्ञान तिलक आदी ग्रन्थ प्रमुख रुपमा रहेका छन । बराह मिहिरको पुत्र प्रथुयशाले यस विज्ञानलाई अगाडी बढाउनु निकै ठुलो योगदान गर्नु भएको छ ।

यसै अन्र्तगत वहाँले धेरै ग्रन्थहरु रचना गर्नुको भएको छ । यसको अतिरिक्त प्रश्न शास्त्रद्वारा पनि यसको आधारबाट पनि ब्यक्ति विशेषको भविश्यफल स्पष्ट रुपले भन्न सकिन्छ भन्ने पनि यी बिषयहरुलाई पनि स्पष्ट गर्नु भयो । यो पुर्णतया प्रामाणिक नै हुन्छ । मध्यकालपछी यस विज्ञानबारेमा धेरै सोध तथा अनुसंन्धान गरियो र विद्धानहरुले यसलाई अहिले धेरै नै पुर्णतासम्म पुर्याएका छन् ।

अंङ्ग पाँचः शकुन शास्त्र

शकुन शास्त्र ज्योतिष शास्त्रको पाँचौ अङ्ग हो । र, यसलाई निमित्त ज्योतिष शास्त्रको नामले पनि भनिन्छ । यस शास्त्र अन्र्तगत पशुपंक्षीको भाषाको अध्ययन गरिन्छ । साथै पशुपंक्षीको अगाडि व्यक्ती जाँदा त्यसवखत कुनै पनि पशुपंक्षी कुन दिशातर्फ फर्केका छन अथवा कुन प्रकारले आवाज निकाल्दछ र बोल्दछन भन्ने अध्ययन यसमा हुन्छ । पशुपंक्षीको व्यवहारको आधारमा भविश्य प्रक्षेपण गरिन्छ यसमा । यस शास्त्रको विकासमा पनि कुनै कमी छैन । यसको धेरै नै विकास भएको छ । यो शास्त्र पनि निकै महत्वपूर्ण छ किनभने यस शास्त्रद्वारा बर्षा कहिले हुन्छ चरा चुरुङ्गीले कस्तो बोल्दा बर्षामा कमि आउँछ । भूकम्प आउने समयमा पशुपंक्षीले कस्तो व्यवहार देखाउँदछ अथवा महामारीको सम्भावना भएको समयमा कस्तो व्यवहार देखिन्छ जस्ता बिषयको अध्ययनपनि यसै शास्त्र अन्र्तगत प्रारम्भदेखी नै हुँदै आयो ।

बशन्तराजशकुन, अदभुतसागर, शकुनशास्त्र आदी यस अंङ्गका प्रामाणिक ग्रन्थ मानिन्छन् । जसमा यस शास्त्रबारे सविस्तार विवेचना गरिएको छ ।

यदी सही रुपले, सही दृष्टीले र ज्योतिष शास्त्रको मानक आधारमा हेर्ने हो ज्योतिष भारत बर्षमा धेरै प्राचिन समयदेखी एक विज्ञानको रुपमा विकसित हुदै आएको छ । यस विज्ञानको माध्यमले भारत बर्षवासीहरुले आफ्नो नीजि जीवन तथा सार्वजनिक जीवन तथा राष्ट्रिय जीवनका लक्ष्यहरु हासिल गर्नको लागि सफलता पुर्वक प्रयोग गर्दै र सफल हुदै आएका छन ।

Comments

Photography