MENU
मनुष्य र ज्योतिषीय खोज
 : 271 views
  May 12, 2018

 

प्रत्येक व्यक्ति चाँहे जति सुकै सुबिधा सम्पन्न, धनसम्पन्न, सुख र विलसितायुक्त भएपनि आफ्नो भविष्य के छ भन्ने जान्ने उत्कट इच्छा रहन्छ । हरेक मान्छेको मनमा अप्राप्य र अगोचार वस्तुको प्राप्ती गर्ने उत्कट अभिलाषा सदैव हुन्छ । मान्छेको भावी जीवनमा आइपर्ने परिघटना भविष्यको गर्भानिहित रहन्छ । त्यसकारणले नै हरेक मानिसलाई आफ्नो भविष्यबारे जान्ने इच्छा प्रखर रुपमा रहनु नितान्त स्वाभाविक बिषय हो । हरेक व्यक्तिले आफ्नोे संम्भावित र अप्रत्याशित उन्नति÷अवनतिवारे भविष्यको गर्भ चिहाएर हेर्ने, बुझ्ने र जान्ने जिज्ञासा राख्नु स्वभाविकै हो ।

 

 

यसै जिज्ञासाको समाधन गर्नको लागि मानवजातीले भावी जीवन कस्तो होला भन्ने जान्न र बुझ्नको लागी अनेकौ नेक विधिको खोज आविश्कार गरेका छन् । जसमध्ये सामुन्द्रिकशास्त्र, ज्योतिष, तजिक , रमल , प्रश्न आदी प्रमुख रहेका छन । सामुन्द्रिक र ज्योतिष मनुश्यको यस्तो वैज्ञानिक उपलब्धी हो जो मानवले सभ्यताको प्रथम चरणमा नै प्राप्त गरी सकेका थिए । सभ्यताको उदय भारत एवं चीन जस्ता देशमा भएको भन्ने मत रही आएको छ । यी देशहरुमा प्रागऐतिहासिक कालदेखि आजसम्म ज्ञानको जो अक्षय भण्डार प्राप्त भएका छन । ज्योतिष त्यसको एक अंश मात्र हो । त्यस बखतदेखि आजसम्म पनि ज्योतिषशास्त्रमा निरन्तर खोज हुँदै र थपिदै आएको छ ।

 

 

ज्योतिषशास्त्र र सामुन्द्रिकशास्त्र मुलतः भारतवर्षको विधा हुन जो सांस्कृतिक आदानप्रदानको साथसाथै फारसी, चीन आदी देशसमेतमा पुगेको मान्यता छ । तर कालान्तरमा जब यी देशहरुको आपसी समवन्धमा शिथिलता आयो त्यस पश्चात यिनले स्वतन्त्र विज्ञानको रुपमा अलगअलग भिन्नभिन्न स्थानमा भिन्नभिन्न ढंगले यी विधाको विकास गरे मनोवैज्ञानिक दृष्टीले हेर्दा के पनि पत्ता लाग्यो भने यहि जिज्ञासावृतीले मानवलाई ज्योतिषशास्त्रको गम्भिर रहस्योदघाटनका लागी प्रवृत गरयो । तारा , ग्रह , नक्षत्र , चन्द्र , सुर्य आदीलाई देखेर मानवले यस भित्र लुकाएका रहस्य पत्ता लगाउन विवश भए । तत्पश्चातदेखि लिएर आजसम्म पनि यसका गुत्थी सुल्झाउन लागी परेका छन । ‘ज्योतिषां सुर्यादी ग्रहाणां बोधकं शास्त्रम् ’ शब्दद्धारा ज्योतिषशास्त्रको व्युपती गर्दै सुर्यादी ग्रह र त्यसको शोध गर्ने शास्त्रलाई ज्योतिषशास्त्र भनिएको हो । यस शास्त्रद्वारा प्रमुख ग्रह, नक्षत्र, सञ्चार परिभ्रमण आदी घटनाको सहि निरुपण एवं ग्रह, नक्षत्रको गतिबाट घटित शुभ शुभ तथ्यबारे विचार गरिन्छ ।

 

 

ज्योतिषशास्त्रको आविष्कारकर्ता भारत बर्ष कै थिए हामीले सन्देह गर्नै नमिल्ने योग विज्ञान जो की भारतवर्षको ऋृषी महर्षीको श्रेष्ठतम रहन गयो । जुन पद्दतीद्धारा उनीहरुले आफ्नो शरिर भित्र रहेको सौर्यमण्डलको दर्शन गरि त्यसको नियमन आकाशीय सौर्यमण्डलसंग गरे भारत वर्षबाटै यो विधा ग्रीसमा प्रवेश गरयो त्यस पश्चात त्यहाँबाट पुरै संसारमा फैलियो । डब्ल्यु डब्ल्यु हण्टर, अलबरुनी, प्रो. मैक्स्मुलर, फ्रांक्विस बर्नियर, काण्टस, आर्मस्टर्जन, विल्टर्न, राबटर्सन, प्रो. कोलब्रुक, प्रवृती, पाश्चात्य विहानको एक मतले यो विधाको प्राचिनता स्विकार गरी यो विधा भारतबर्षको देन हो भनेका थिए । सृष्टीको प्रत्येक वस्तुसंग आफ्नो समबन्ध स्थापित गर्न चाहने मानवीय गुण हो । मनुष्यको यहि गुण र प्रवृतिले नै ज्योतिष र जीवनको सम्बन्ध रहन गयो ।

 

 

भारतबर्षको दर्शनअनुसार मानवजाती निरन्तर कर्म गरि रहन्छन । तर यी कर्मका पनि साञ्चित, प्रारब्ध, र क्रियमाण यी तीन भेद मानिएका छन । कसैले पनि वर्तमान क्षणसम्म गरेको कर्मलाई साञ्चित भनिन्छ । यधपि त्यो कर्म चाहे यो जन्मको होस वा पुर्व जन्मको होस । सबै कर्म एक साथ भोग्न संभव हुँदैन अतः मनुष्यले यसलाई क्रमबद्ध तरिकाले भोगछन, साञ्चित कर्मका जुन भाग भोग्छ्न त्यसलाई ‘प्रारब्ध’ भनिन्छ । र, जुन कर्म साथ साथै अहिले चलिरहेको हुन्छ, त्यसलाई क्रियमाण भनिन्छ । यसै प्रकार यी तीन प्रकारको कर्मको कारण आत्मा अनेक जन्म धारण गर्दै अग्रसर भई रहन्छ । यसै प्रकार भारतबर्षको दर्शनअनुसार आत्मा एक स्थुल शरिर जिर्ण हुँदा वा मृत्यु हुँदा अर्को स्थुल शरिरमा प्रवेश गर्दछ । तर नयाँ शरिरमा प्रवेश गरे पश्चात त्यो आत्मालाई अघिल्लो लिंङ्ग शरिरको बारेमा केहि भान हुँदैन ।

 

 

उसको आफ्नो पुर्व जन्म जन्मान्तरको संस्कारको स्मृति समाप्त भैसकेको हुन्छ । यी सबै विषयलाई ज्योतिषशास्त्रको माध्यमले स्पष्ट रुपमा सामुन्ने राख्दै मानव वर्तमान स्थुल शरिरमा रहेर पनि आत्म जन्मजन्मान्तरसंग सम्बन्धित रहन्छ । जो कसैले पनि जन्म लिन्छ अझ दोश्रो अर्थमा भन्नुपर्दा उ समाजको पुरक हुन्छ । जन्म लिने साथ माता, पिता, दाजु, भाई, दिदी, बहिनी, बन्धुबान्धव यी सबै मिलेर वालकको एउटा सानो संसार बन्छ । परन्तु जन्मलिनेसाथ त्यो बालक नत हिड्न सक्छ न स्वतन्त्र रुपले उ क्रियाशिल नै हुन सक्छ । लगभग बाह्र बर्षको उमेरसम्म एक प्रकारले परतन्त्र कै स्थीति मै रहन्छ । यस अवस्थासम्म उसको कुनै प्रकारको स्वतन्त्रताको मापन गर्न सकिदैन । त्यसै कारण “फलित ज्योतिषको”अनुसार यस सन्दर्भमा बाह्र बर्षसम्म जातकका ग्रहको अवस्था त्यहि प्रभावशाली भैसकेको हुँदैन जति उसको माता पिताको हुन्छ । यो अवस्थासम्म उ चेष्टारत हुन्छ । परन्तु स्वतन्त्र रुपले ग्रहको सम्पुर्ण फल प्राप्त गर्न असमर्थ हुन्छ ।

 

upadhyaydeepak32@yahoo.com

977-9849428414

 

Comments

NIC Asia