MENU
तपाइको ग्रहदशा
 : 2,063 views
  May 19, 2018

ज्योतिषी–ओजराज उपाध्याय लोहनी

(२०७५ साल ५–११ जेठ )

 

 

साताको  शुरुमा घरेलु समस्याले  खुबै सताउने देखिन्छ । बढ्ता विश्वास कसैमाथि पनि नगर्नु होला, धोका पाउनु हुनेछ । गलत विचार बढ्ने, काममा असफलता र बैदेशिक कार्यमा संलग्न हुँदा लक्ष अनुरुप अघि बढ्न सकिने छैन । अरुको भर पर्नुको बदला आफ्नो काम आफैले अघि बढाउनु उचित हुनेछ ।

 

 

यो साता मित्रहरुको सहयोग पनि मिल्ने छैन । शत्रु सकृय हुनेछन् । पति पत्नी वीच  विबाद बढ्ने छ । कुरा काट्नेहरु सलवलाउन  थाल्ने छन् । अरुको मन जित्न कसैगरी पनि सकिने देखिदैन । जस पाउने सम्भाबना पनि छैन । शनिबार  स्वास्थ्यमा बाधा आउने  । झुटा आरोप पनि लाग्न सक्छ । सचेत रहनु होला । बुधबारदेखि परिश्रमले नै काममा सुधार ल्याउने र धन कमाउने योग छ ।

 

 

शत्रुले फसाउने प्रयत्न गर्नेछन्, सजग हुनुभएमा केही नाप्न सक्ने छैनन् । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु भने सन्तोसप्रद रहने छैन ।

 

 

ग्रह गोचर राम्रो छ । प्रतिस्पर्धा गर्नु परे पनि थालेका काममा एकपछि अर्को सफलता मिल्ने छ । सानै प्रयासले पनि ऐतिहासिक कार्य सम्पन्न गर्न सकिने छ । मान सम्मान पनि पाउनु होला । कुरा काटनेहरु अचानक प्रसंसा गर्न थाल्ने छन् । विश्वास ठूला व्यक्तिले पनि गर्नेछन् ।

 

 

नोकरि तथा राजनीतिमा सफलता  पाउन अलि बढी प्रयास भने गर्नु पर्नेछ । धन मनग्य कमाउने अवसर मिल्ने देखिन्छ । घर परिवार तथा मित्रहरुबाट  सहयोग  मिल्ने छ । शत्रु सकृय  हुनेभएकाले अलि चिन्ता गर्नु पर्ला ।  पढाइमा सफलता मिल्ने छ ।

 

 

बुद्धिले समयमा काम गर्ने छ । सोमबारदेखि  ग्रह प्रतिकूल हुने भएकोले स्वास्थ्यमा संकट आउने छ । यात्रा कठिन हुने छ । भेटघाटमा मन उदास हुने योग छ । पहिलो भेटमा नै अरुको आलोचना हुने र खर्च तथा बिबाद बढ्ने छ । काममा अवरोध आउनाले मनमा चिन्ता बढ्ने देखिन्छ । शत्रुले काममा बाधा पु¥याउन सक्ने भएकाले कामगर्दा संयम हुनु पर्ला ।

 

 

 

समय खासै राम्रो छैन । घरेलु कार्यमा अरुचि बढ्ने हुँदा  आटेको काममा सफलता पाउन मुस्किल पर्ने छ । रिसको बेग बढ्ने हुँदा सफलताको लागि  धैर्यता अपनाउनु उचित हुनेछ  । मनमा  चिन्ता बढने छ ।

 

 

विबाद बढने र काममा अवरोध आउने तथा  विश्वास गरेकाले धोका दिने भएकाले सजगता अपनाउनुहोला । अरुको काम धेरै गर्नु पर्नेछ । जसपाउने सम्भावना कमै छ । मित्र बनेर धोका दिनेहरुदेखि सजग रहनु होला ।

 

 

स्वास्थ्यमा संकट आउने भएकोले खानपानमा विचार पु¥याउनु पर्ला । सोम–मंगलबार  मान सम्मान  मिल्ने छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा गरेका प्रयास फलदाइ हुने छन् ।व्यापारमा उन्नति राम्रै हुने छ ।

 

ढिलै भए पनि भाग्यले साथ दिने छ । नोकरि तथा राजनीतिमा आफ्नु बर्चस्व कायम राख्न सकिने छ । धनार्जन मनग्य हुनेछ  अरुको मन जित्न सजिलै सकिने छ । ठूला व्यक्तिले पत्याउने छन् ।

 

 

साताको शुरुमा धैर्यतामा अडिग रहनसके देखि शुरुमै भाग्यले साथ दिने छ । धर्ममा रुचि बढ्ने र मान सम्मान पाउने भएकोले  मन हर्षित हुने छ । गरेका कामहरु प्रसंसनीय हुनेछन् । अरुको मन जित्न सजिलै सकिनेछ ।

 

 

पराक्रम बढनुकोसाथै अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । तर कुरा काटनेहरु प्रसंसा गर्न थाल्ने छन्  । काम गर्दा आफैले प्रयत्न गर्नु उचित हुनेछ । व्यापारमा  उन्नति हुनेछ । सफलताको लागि संयम रहनु जरुरी छ । मित्र तथा परिबारिक सहयोगले मनोबल  बढ्ने र काममा सुधार  आउने योग छ ।

 

 

सोम–मंगलबार शत्रु बढ्ने, कुरा काट्नेहरु बढ्ने छन् । लेनदेनमा विबाद बढ्ने छ । काममा अबरोध सिर्जना गर्नेहरु सक्रीय हुने छन् । आफन्तहरुबाट टाढा, घर बाहिर रहेर काम गर्नु उचित हुनेछ  । गोपनीयतामा जोड दिनु उचित हुनेछ ।

 

 

साता समष्टिमा राम्रो  रहने छ । शुरुमा र अन्त्यमा शत्रु बढ्ने रिसको बेग बढ्ने, स्वास्थ्यमा बाधा र लेनदेनमा विबाद बढ्ने भएकोले  आर्थिक कारोबारदेखि टाढै रहनु होला । कुरा काटनेहरु सलबलाउने छन् । धनमाल हराउन सक्छ ।

 

 

दाँत र मुखमा पिडा हुनुको साथै विश्वासमा धोका हुने योग देखिए पनि सोम–मंगलबार तथा शुक्रबार पराक्रम बढ्ने र काममा सुधार आउने, मनमा उत्साह बढ्ने योग छ । अरुको धेरै गर्नु परे पनि  जसपाउने र मनोबल बढ्ने योग छ ।

 

 

 

उच्च विचार बढने र समयमा निर्णय हुँदा  कामहरु धेरै हात पर्न सक्ने भएकाले महत्व पूर्ण काममा दोधारमा नपरी अघि बढनु पर्ला । मित्र तथा पारिवारिक सहयोगले भाग्य बलियो हुनेछ । तीर्थयात्रा र पढाइको लागि विदेश जाने अवसर मिल्नुको साथै  मान सम्मान पाउने योग छ । धन आर्जन पनि हुने छ । ठूला व्यक्तिसित अन्तरसम्बाद गरेर अघि बढ्ने अवसर मिल्ने छ । महत्वपूर्ण अवसरहरु धेरै मिल्ने छन् ।

 

 

 

समष्ठिमा साता राम्रो छ । शुरुमा  बोलिको प्रभाव अनुकूल रहने छ । परिश्रमले काममा सफलता ल्याउने योग छ । दाम पनि प्रसस्तै कमाउनु होला । भेटघाटमा मन रमाउने छ । पहिलो भेटमा नै प्रभावित भइ सहयोग गर्ने तत्परता धेरैले एकैसाथ देखाउन सक्ने छन् ।

 

 

भाग्यले साथ दिने छ । धर्ममा रुचि बढ्ने छ । पढाइमा सफलता पाउनु होला । बुद्धिको उपयोगले सफलताको मार्ग खुलाउन सक्नेछ । गलत बिचार सोम–मंगलबार  बढ्न सक्ने भएकोले संयम भएर निर्णय गर्दा  आफनु काममा  अधिकार जमाउन सकिने छ ।

 

 

कुरा काटनेहरु बढ्ने छन् । लेनदेनमा विबादको सामना गर्नुपर्ला । शत्रु बढने छन् । रिसको बेग बढ्ने छ । धैर्यतामा जोड दिनु पर्ला बोल्दा विचार गर्नु नित्तान्त जरुरी छ ।

 

 

शुरुमा  मान सम्मान पाउने योग छ । व्यापारमा सुधार आउने छ । भेटघाटमा मन रमाउने छ । पहिलो भेटमानै सहयोगी हातहरु अघि बढ्ने भएकाले धेरै जसो काममा सफलता पाउने योग छ । यात्रापनि होला ।

 

 

धनमान प्राप्त हुने योग छ । पढाइमा सुधार आउने छ । अरुको मन जित्न सजिलै सकिने भएकोले  सबै काम गर्नु उचित हुनेछ । भाग्यले साथ दिने भएकोले सामाजिक क्षेत्रमा पनि राम्रै सफलता पाउनु होला । बुध–बृहस्पतिबार  संयम भने हुनै पर्ला ।

 

 

धेरै ग्रह प्रतिकूल पनि छन् । शत्रुले खेदो खन्ने छन् । खर्च पनि धेरै  हुने छ । विश्वास गरेकाले धोका दिन सक्छन् । कुरा काटनेहरु अगाडि बढ्न सक्छन् । आफुले गरेको निर्णय आफ्ना लागि नै हानिकारक बन्न सक्छ । स्वास्थ स्वास्थ्यका लागि स्वास्थ्यको पनि ख्याल राख्नु होला । सफलता पाउन धेरै प्रयास गर्नु पर्ला । लेनदेनमा विबादको सामना गर्नु पर्ला । शरिरमा चेटपटक लाग्न सक्छ ।

 

 

साताको शुरुमा नैराश्यता र उदासिनता र  खर्च बढने, विबाद चर्किने र बढने तथा चिन्ता चुलिने योग छ   । सबैकाम सहज सरल हुने छैनन् । मन बेला बेलामा उदासिन रहने भएकोले मित्र तथा परिबारहरुको सहयोग मिल्ने छैन । झुटा आरोप लाग्ने विस्वास गरेकाहरुले धोका दिने छन् । धनमाल हराउने सम्भावना रहेकोले संयमता अपनाउनु होला ।

 

 

सोमबारदेखि बुद्धिको प्रयोगले गर्दा अरुलाई सजिलै  आफ्नालागि  अनुकूल वाताबरण सिर्जना गर्न  सक्नेछ ।

 

 

पढाइमा सफलता पाउने  योग भएकोले विचार गरेर अगाडि बढेमा छात्र बृत्ति समेत पाउने र  व्यापारमा गरेका प्रयासहरु नराम्रा छैनन् । यात्रागर्ने अवसर मिल्नेछ । धन मनग्य कमाउने अवसर मिल्ने छ ।  धर्ममा रुचि बढने कर्म बलियो हुने बैदेशिक कार्यमा सफलता पाउने नोकरि तथा राजनीतिमा गरेका  प्रयासहरु सकारात्मक हुनेछन् ।

 

 

महत्वपूर्ण जिम्वेवारि आफुमाथि आउनेछ । पाएको जिम्वेवारि सजिलै पुरागर्न सकिनेछ । संयम भएर गरेका काम  कुरामा खासै समस्या नहोला ।

 

 

 

सातामा  संयम भएर काम गर्दा धेरै राम्रो । खर्च बढने छ । विबाद बढने छ । स्वास्थ्य कम्जोर हुने नैराश्यता र उदासिनता बढने तथा शत्रु बढने योगछ । रिसको बेग बढ्ने स्वभाव भयकोले धैर्यता अपनाउनु होला । अपर्झट गरिने निर्णयबाट  आफ्नु लक्ष पुरागर्न गाह्रो हुनेछ ।

 

 

आफन्तहरुको  सहयोग निरन्तर नरहने भयकोले आफन्तहरुबाट  नजिक नरहनु बढी उचित हुनेछ । बुधदेखि  समय अनुकूल बन्न सक्छ  अधुरा काम बन्ने तथा नयाँ काम पाउने र  व्यापारमा गरेका लागानिहरु फलदाइ रहनेछन । यात्रागर्ने अवसर पनि मिल्नेछ । यात्रामा हुने भेटघाटले मन प्रसन्न रहनेछ ।

 

 

पहिलो भेटमानै प्रभावित भइ सहयोग गर्ने तत्परता धेरैले देखाउने छन् । भाग्य बलियो छ, धर्ममा रुचि बढ्ने छ । धन मनग्य कमाउने अवसर मिल्ने छ । कुरा काट्नेहरु प्रसंसां गर्न थाल्ने छन् । ठूला व्यक्तिसित अन्तर सम्बाद गर्ने अवसर मिल्ने छ । महत्वपुर्ण काममा सफलता पाउनु होला ।

 

 

 

समय  अनुकूल छ । प्रयत्न गर्दा धेरै काम बन्ने छन् । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । तपाइको लगनशीलता  र इमान्दारिताको प्रसंसा ठूला व्यक्तिले गर्नेछन् । बुद्धिको उपयोग गरे अरुबाट प्रसम्सा पाउनु होला । व्यापारमा राम्रै लाभ पाउने योग छ ।

 

 

यात्रा गर्ने अवसर पनि मिल्नेछ । प्रेमको  यात्रामा प्रसन्नता बढ्ने छ । कर्म बलियो छ । सोमबार देखि  आफनु बुद्धिको प्रयोग गरेर पनि अवजस प्राप्तीको सम्भावना बलियो छ । अरुको मन जित्न सजिलै सकिनेछैन । पढाइमा गरेका प्रयास निस्फल रहने छन् । कुरा काटनेहरु बढ्न थाल्ने छन् ।

 

 

ग्रहले साथ नदिने भएकोले खर्च बढने, विबाद बढ्ने काममा समस्या जटिल बन्ने योग छ । सोचेर अघि बढ्नु उचित हुने छ । सामाजिक कार्यमा अपजस आउने  भएकोले मन दुःखी  हुने छ । आफन्तहरुबाट आलोचना हुने, परिबारको गुनासो बढ्ने भएकोले ध्यान दिनु पर्ला । आर्थिक कारोबारमा सकेसम्म अघि नबढ्नु राम्रो हुनेछ ।

 

 

समष्टिमा साता लाभदायी छ । शुरुमा परिश्रमले काम बन्ने र दाम कमाउने अवसर मिल्ने भएकोले आफ्नु  प्रभावले  अरुको मन जित्न सकिने छ । रोकिएका काममा सफलता मिल्ने छ । मान सम्मान पाउनु होला ।

 

 

सभा–सम्मेलनमा संलग्न भइ आफनु विचार राख्ने अवसर मिल्ने छ । पराक्रम बढने छ । काममा सफलता पाउनाले  मन हर्ष हुने तथा धेरैले यो ज्यानलाई भरोसा पनि गर्ने छन् । कुटनैतिक कार्य गर्ने अवसर मिल्ने छ । व्यापारमा सफलता पाउनु होला । यात्रामा रमाइलो  अधिकतम हुने देखिन्छ ।

 

 

भेटमा रमाउने योगका साथै सहयोग प्रेम गर्न तत्पर हुनेहरुले साथ दिने छन् । महत्वपूर्ण कामका साथै प्रेम गर्नका लागि विचार गर्न सकिन्छ ।  बुधबारदेखि  खर्च बढ्ने, विबाद बढने  स्वास्थमा समस्या आउने  गलतविचारले  सताउन सक्ने भयकोले धैर्यता अपनाउनु होला । लेन देनमा अघि नबढ्नु राम्रो हुनेछ ।

 

 

 

सोच्ने शक्ति कमजोर हुने भएकोले समयमा निर्णय नहुँदा काममा अवरोध आउने भएकोले धैर्य गर्नु होला । पढाइमा सफलता पाउन गाह्रो छ । आइतबारदेखि समय बलियो छ । ग्रह गोचरले साथ दिने परिश्रमले साथदिने भएकोले त्यसैलाई उपयोग गर्नु उचित हुनेछ ।

 

 

सामाजिक क्षेत्रमा बढीयाँ सम्मान पाउनु होला । अरुको विश्वास जित्न सकिने छ । नोकरि तथा राजनीतिमा गरेका प्रयास एकदमै फलदाइ रहने छन् ।  गरेका काम खर्चिला देखिए पनि  लाभ  पाउन गारो पर्ने छैन । परिश्रम गर्नु परेपनि  मान सम्मान पाउने र सभामा सम्मानजनक उपस्थिति रहने तथा भोजभतेरमा संलग्न भै आफना विचार राख्न सक्षम हुने योग छ  । व्यापारमा  सफलता मिल्ने छ ।

 

 

यात्रा रमाइलो हुनेछ । यात्रामा हुने भेटघाटले मनोबल बढाउने छ  । पराक्रम बढ्ने अधुरा काम बन्ने तथा नयाकाम पाउने योग छ । प्रेम गर्ने अवसर जुर्नेछ बैबाहिक बन्धनमा बाँधिने योग बलियो छ ।

Comments

Competition middle banner