MENU
सरल वास्तुशास्त्र
 : 171 views
  Jun 09, 2018

हाम्रो प्राचिन साहित्य यति धेरै समृद्ध हुँदाहुँदै पनि अहिले मानव जातीले वास्तुशास्त्रको सिद्धान्तको लाभ लिन सकिरहेको छैनन् । त्यसैको कारण व्यर्थमा, रोग, आपत, समस्या, कष्टले घेरिएको जीवन व्यतित गरिरहेका छन् ।
 

 

वास्तुशास्त्रको प्रारम्भिक जान्कारी विना यसको सिद्धान्ंत तथा विभिन्न आयामलाई पूर्ण रुपले बुझन सकिदैन । त्यसकारण यो आलेखको यस खण्डमा वास्तुशास्त्रको रुपरेखाको तहत वास्तुशास्त्रको इतिहास, वास्तुशास्त्रको साहित्य, वास्तुशास्त्र र विज्ञानको समबन्धमा वृस्तृत चर्चा गर्दैछु । यसको साथै वास्तुशास्त्रको मुलभुत सिद्धान्ंत वास्तुको व्यापक दृष्ट्रिकोण तथा वैदिक वास्तुशास्त्र र भवन विन्यासमा पनि प्रकाश पार्ने कोशिस गर्ने छु ।
 

साथै वास्तु पुरुषको स्थिति पुजा अर्चनाको विधि विधान एवं वास्तु पद मण्डल आदीलाई पनि समावेश गर्ने प्रयत्न रहने छ । एक सामान्य ब्यक्तिले वास्तुशास्त्र शब्द सुन्ना साथ यसको अर्थ बारेमा जान्न र बुझन जिज्ञासु भैहाल्छ । वास्तु शब्द संस्कृत भाषाको “वस“ धातुले बनेको हो जसको अर्थ जीवन जीउँनु वा निवास गर्नु भन्ने हुन्छ ।   कँहीकँही यसको अर्थ ‘वास्लव’ वा वास्नाबाट आएको हो कि भन्ने तर्क पनि गर्दछन । वास्तुशास्त्रले हामीलाई आकांक्षा र वास्तविकताको अनुरुप जीवन व्यतित गर्ने प्रेरणा दिन्छ ।

 

वास्तुहरुसंग संम्वन्धित शास्त्र नै वास्तुशास्त्र हो । यहाँ वास्तुको आसय पृथ्वी, भवन तथा भवनमा राखिने वस्तु आदी संगको समबन्ध हो । अतः यो एक कला र विज्ञान हुनुको साथै, स्वस्थ जीवन शैली पनि हो ।
 

मानव इतिहासको चार सभ्यता
 

सिंधु घाटी सभ्यता, मेसोपोटामिया सभ्यता, मिश्रको सभ्यता, र चिनीयाँ सभ्यताले नै वास्तुको समृद्ध इतिहास प्रस्तुत गर्दछन् । यस सन्दर्भमा म भारतवर्षमा वास्तुशास्त्रको इतिहास समबन्धमा  केही महत्वपुर्ण अंश उल्लेख गर्ने प्रयत्न गर्ने छु । ती उल्लेखित अंशले यहाँहरुले वास्तु विज्ञानको इतिहाससंग निकै परिचित गराउने छ । वर्तमान समयमा हामी समक्ष वास्तुशास्त्रको जुनरुप त्यसलाई यहाँसम्म आइ पुग्न धेरै लामो यात्रा तय गर्न पर्यो ।
 

यो यात्रा हाम्रा महर्षि मुनीको साधानाबाट प्रारम्भ भए । २१  औं शताब्दीको भारतवर्षीय र पाशचात्य वास्तु विद्धको शोधसम्मको हो । वास्तुशास्त्रको सिद्धान्त उल्लेख सर्व प्रथम ऋृगवेदको सुत्रमा गरिएको छ । चार वेद पश्चात चार उपवेद पनि लेखियो । यी उपवेदमा स्थापत्य वेद  पनि समावेशी छ ।
 

कालान्तरमा यो स्थापत्य वेद नै वास्तुशास्त्रको रुपमा विकसित भयो । शास्त्रमा एक किंवदन्ति पनि भेटिन्छ । जसले देव विश्वकर्मालाई वास्तु विज्ञानको प्रवर्तकको रुपमा स्थापित गरेको छ । यो किंवदन्ति कथा समरांगण सत्रुमा रहेको छ । ब्रहमदेवले सृष्टीको रचना गरेपछि दुनियाँको संरचनाको लागि महाराज पृथुलाई चयन गरे । तर, राजा भएका कारण पृथुलाई यस सम्बन्धमा केहि ज्ञान थिएन । राजा पृथुले ब्रहम देवसमक्ष आफ्नो असक्षमता प्रकट गरे । तत पश्चात ब्रहमदेवले उक्त कार्य देव विश्वकर्मालाई सुम्पे ।
 

देव विशवकर्माले आफ्नो मानस पुत्रसंग मिलेर दुनियाँको रचना गर्दै जादाको अनुभव र प्रेरणाले उनले वास्तुशास्त्रको नियम खोजे साथै वास्तु शास्त्रलाई सामुन्द्रिक, गणित, ज्योतिष, र छंदको ज्ञान हुनु पर्ने विषयमा बल दिए । विश्वकर्माको बारेमा विद्धानहरुको अनेकौ अडकलबाजी छन । केहि विद्धानको मत विश्वकर्मा देवताहरुको वास्तुशास्त्री थिए भन्ने छ । केहि विद्धान विश्वकर्मालाई मनुष्य मान्दथिए, जो वास्तु विधाको प्रर्वतक बने, र पछि यिनै ले स्थापत्य र वास्तु कला विधालय स्थापना गरी त्यसको विकास गरे भन्ने मान्दछन ।  वैदिक कालमा जन्म हुँदा पनि वास्तुको सम्पुर्ण विकास वेदान्तको समयमा भयो । पुराण र आगम कालमा यसले नयाँ आयाम प्राप्त गर्दे गयो । र, यो विकासक्रम लगातार १३ औं शताव्दीसम्म चल्यो ।
 

 

तत्पश्चात वास्तुशास्त्र पतनको मार्गमा अधि बढ्दै गयो । अनेक भडकाउ र थप्पड सहदै जाँदा पनि यसले पुनः  आफुलाई स्थापित गर्ने सफलता प्राप्त गर्यो । जुन बेला वास्तु संघर्षको अवस्था थियो, त्यसवेला वास्तुशास्त्रको निकै ठुलो भाग नष्ट भयो । यद्धपी अहिले जे जति भाग उपलब्ध छ त्यतिले मात्र पनि विश्वमा आफ्नो  स्थान कायम राख्न सक्ष्म छ । अत्यन्तै समृद्ध हामो वास्तुशास्त्र आज पनि अतुलनीय गहिराई लिएको अवस्था छ । साथै यसको महत्वपुर्ण पक्षको पनि छ भने यसले आफुलाई वैज्ञानिक तर्कसहित प्रस्तुत गरेको छ । कुनै पनि विधाको आगन्तुक पिढीको लागि एक अनुपम भेट हो ।

 

 

कुनै विधाको साहित्य जतिजति समृद्ध हुन्छ, त्यो विद्यालाई त्यति नै समृद्ध मानिन्छ । प्राचिन भारतवर्षका साहित्य र अन्य सभ्य्ताको साहित्यमा पनि वास्तुशास्त्र समवन्धि उल्लेख प्रचुर मात्रामा भेटिन्छ । यति मात्र नभई वास्तुशास्त्रको सम्वन्धमा कयौ पृथक ग्रन्थ पनि लेखिएका छन ।  जो हाम्रो ऋषिमुनीहरुको अथक प्रयास एंव प्रयोगको परिणाम हो । यसैबाट प्रेरणा लिएर नै हामी अघि बढ्दछौ । यसै सन्दर्भमा “समरांगण सुत्र“को दोश्रो अध्यायको एक श्लोक  प्रस्तुत छ ।
 

 

|शास्त्रं कर्म तथा प्रज्ञा शिलं चकृयान्वितम्|

| लक्ष्य लक्षयुक्तार्यान्शास्त्र्निस्ढो नारी भवेत |

 

अर्थात स्थापितलाई सदैव शास्त्रज्ञ एवं व्यावहारिक कर्ममा कुशल हुनुपर्छ । साथै यिनलाई प्रज्ञावान तथा शिलवान हुनु पनि अत्यावश्यक हुन्छ ।  मत्स्यपुराणमा स्तंभसंग सम्वन्धित सिद्धान्तको व्यापक चर्चा हुनुको साथै शिलामा खुदेको (नक्कशी)  आदीको राम्रो बर्णन गरिएको छ । यी कुरावाहेक यस पुराणमा समरोह स्थलको स्थिति एवं साजसज्जाको बारे पनि बृस्तृत रुपले उल्लेख गरिएको छ । नारद पुराणमा पनि वास्तु सित सम्बन्धित सामग्री प्रचुर मात्रामा भेटिन्छ । जो जलसंग सम्बन्धित सामग्री कार्य, जलभण्डार, इनार, झिल, पोखरी निर्माण आदीको बर्णन पाइन्छ ।

 

 

 

यसै प्रकार गरुड पुराणमा रिहायशी भवन र मंन्दिरसंग सम्बन्धित सिद्धान्तको चर्चा वायु पुराणमा पनि गरिएको छ । यदी स्कंन्दपुराणमा लेखिएका नगर योजनाको सिद्धान्तलाई यथा संम्भव ठिक तरिकाले अपनाउँन सकियो भने । पाश्चात्य सभ्यताको महानगर पनि  फिका महशुस हुन्छ । यी शास्त्र सम्म्नत ग्रन्थको साथै यी सम्पुर्ण ग्रन्थमा पनि वास्तु सम्बन्धी लेख सामाग्री प्रस्तुत पाइन्छ । यसमा प्रमुख यी हुन । अगनी पुराण वैदिक साहित्य, रामायण, महाभारत, अष्टध्यायी, अर्थशास्त्र, जैन एव बौद्ध ग्रन्थ, बृहतसंहिता, समरांगरण सुत्र, विश्वकर्मा प्रकाश वास्तु रत्नावली, विश्वकर्मिय शिल्प, शिल्प संग्रम, राज वल्ल्भ, वास्तु सन्देश, मुहुर्त मार्तङ, रुप मण्डल, हल्युध कोष, र बृहद वास्तुमाला आदी ग्रन्थमा वास्तुको विभिन्न आयाम र भिन्नभिन्न रुपको अनेकन बर्णन प्रचुर मात्रामा पाइन्छ ।
 

 

यी सबै ग्रन्थ आफैमा बेजोड छन । तथापि “समरांगण सुत्र“ ग्रन्थको एक छुटै विशेषताका कारण यस ग्रन्थलाई अरु ग्रन्थको तुलनामा एक अलग श्रेणीमा राखिएको छ । समरंगण सुत्रमा वास्तु दोष निवारण विना तोडफोड गरी अन्य उपचारद्वारा अत्यन्ंतै सरल तरिकाले दोष निवारण गर्न सकिन्छ भनी व्याख्या   गरिएको छ । आधुनिक जगतमा मनुष्यले तोडफोडको डर चिन्त ले वास्तु निवारण नगरौ भन्ने सोच पनि राख्दछन । तर, यि सबै चिन्ताको समाधान “समरांगण सुत्र“ ग्रन्थले सहज एवं स्वभाविक तरिकाले गरि दिएको छ । यति हुँदाहुँदै  पनि दुःखको कुरा  एउटै छ । हाम्रो प्राचिन साहित्य यति समृद्ध हुँदा पनि आजका मानवले यस वास्तु सिद्धान्तको लाभ लिन सकिरहेको छैनन् । त्यसकारण व्यर्थमा, रोग, आपत, समस्या, कष्टले घेरिएको हुन्छन् ।
 

Comments

Competition middle banner