MENU
तपाईको ग्रहदशा
 : 2,426 views
  Jun 16, 2018

ज्योतिषी–ओजराज उपाध्याय लोहनी

(२०७५ साल आषाढ २—८ गते शनिबार )

 

 

साताको शूरुमा घरेलु समस्याले सताउने छ । मित्र तथा परिवारले पनि गुनासो गर्ने छन् । विश्वास गरेकाले धोका दिने छन् । शत्रुले पल पल सताउने भएकाले मनमा अनेक तर्क वितर्कहरु आइ रहन ेभए पनि सोमबार, मंगलवार, बुधबार जोस र जाँगर बढ्ने छ ।

 

 

अधुरा काम पूरा हुने र आमदानी बढने योग भयकोले सफलताको लागि तदारुकताका साथ काममा अघि बढ्नु होला । यात्राको अवसर धेरै आउने छ । कुरा काटनेहरु प्रशम्सा गर्न थालने छन । विश्वास गरेकाले साथ दिनेछन् ।

 

 

आफन्तसितको सम्वन्धले अन्यलाई धक्का पुग्ने छ । अरुको विश्वास आफुतिर धेरै हुने भएकोल लाभ पाउने योग छ । भेटघाटमा मन रमाउने छ । व्यापारमा सफलता मिल्नुको साथै अरुको सहयोग र आफ्नु प्रयासमा धेरै काम बन्ने छन् ।

 

 

 

बोल्दा अलि बिचार गर्नु पर्ला । शुरुमा पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । भेटघाट र अन्तरक्रीयाले मनोबल बढ्ने छ । बैदेशिक कार्यमा सुधार आउने तथा मनमा खुशी बढने योग छ ।

 

 

घरेलु काममा रुचि बढ्ने छ । ठूला व्यक्तिको विश्वास आफूतिर बढ्ने छ । समयमा निर्णय हुँदा अरुले अधिकार जमाएको काम समेत आफ्नु कब्जामा आउनेछ । सबै अप्ठ्याराहरुलाई सुल्झाउदै परिश्रमले काममा सफलता प्राप्त गर्नुको साथै व्यापारमा अघि बढने अवसर मिल्ने छ ।

 

 

यात्रामा लाभ हुने र भेटघाटमा मन प्रसन्न हुने योग छ । मान सम्मान पनि बढ्ने छ । भाग्य र कर्म दुवै कमजोर भएकाले सानु प्रयासले सफलता मिलने छैन । बुद्धिको तारिफ धेरैले गर्नेछन ।

 

 

पदक प्राप्तिको पनि सम्भावना छ । शनि अढैयाको प्रभावले स्वास्थमा बाधा आउने र काममा अवरोध आउने छ । जसले मनमा चिन्ता बढाउने सम्भावना भएकोले संयम रहनु राम्रो हुन्छ ।

 

 

 

साता मध्यम रहने छ । शुरुमा विबादका कारण शत्रु बढ्ने छन् । विनाकारण समस्याले सताउने छ । गलत विचार बढ्ने र स्वास्थ्यमा संकट आउने छ । काममा अवरोध बढ्ला । मनमा चिन्ता बढ्ने योग छ । नैराश्यता र उदासिनता बढ्ने छ ।

 

 

कुरा काट्नेहरु बढ्ने योग भएकोले गोपनीयता अपनाउनु उचित हुने छ । सोमवारदेखि पराक्रम बढ्नुको साथै गरेका काममा सफलता पनि मिल्ने छ । अरुबाट प्रशम्सा पनि पाउनु होला ।

 

 

नयाँ काम गर्ने अवसर पनि मिल्ने छ । भाग्य बलियो छ । बुद्धिले समयको सदुपयोग हुने भएकोले लाभप्रद यात्रा गर्ने अवसर पनि मिल्ने छ । भेटघाटले मनोबल बढाउने छ ।

 

 

अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आफन्तहरुको उचित सहयोग नमिले पनि आफ्नै प्रयासले मनग्य धन आर्जन हुने छ । घर जग्गा जोड्ने अवसर मिल्ने देखिन्छ ।

 

 

 

शुरुमा साता राम्रो छ । एकपछि अर्काे सफलताले ठूलो हिम्मत आउने छ । सानु प्रयासले पनि काममा सफलता पाउन सकिनेछ । विश्वासमा धेरै काम हुनेछन् ।

 

 

कुरा काटनेहरु प्रशम्सक हुने छन् । अरुको विश्वास जितेर आमदानीका मार्गहरु सबै खुलाउन सकिनेछ । मित्रहरु प्रसस्तै सहयोगि हुनेछन । भाग्यले पनि साथ दिनेछ ।

 

 

कर्म वलियो भएकोले नोकरि तथा राजनितीमा गुमेको स्थान फर्काउन सकिनेछ । प्रयास गरे व्यापारमा यात्रामा लाभ उठाउन सकिनेछ । आत्मबल बढ्ने भएकोले धेरै काममा लाभ पाउन सकिनेछ । बृहस्पतिको प्रतिकूलताले परिवारीक कलह बढ्ने छ । शत्रु बढ्ने खुशी हुने र विबाद बढने देखिन्छ । झुटा आरोप लाग्ने भएकोले अरुको विश्वास गरे अप्ठ्यारोमा परिएला । सावधान रहनु राम्रो । महत्वपूर्ण काम गर्दा गोपनियता अपनाउनुहोला ।

 

 

 

शुरुमा समयले साथ दिने छैन । खर्च धेरै गर्नु पर्ने वाध्यता छ । कममा सफलता पाउन गाह्रो छ । मनमा चिन्ता बढ्ने छ । अरुको मन जित्न सकिने छैन । स्वास्थ्यमा संकट आउने छ ।

 

 

शत्रुले खैरो खन्ने भएकाले गोपनियता अपनाउनु होला । घरेलु समस्याले सताउनेछ । गलत विचारको भूमरिबाट निस्कन गाह्रो छ । सोमबारदेखि मनोवल बढ्नुको साथै पराक्रम बढ्ने अधुरा काम बन्ने तथा नयाँ काम पाउने र सोचेका कुरा पूरा हुने छ ।

 

 

व्यापारमा सुधार आउने योग छ । तपाईको लगनशीलता र इमान्दारिताको प्रशम्सा गर्नेहरु प्रसस्तै हुने छन् । आफन्तहरुको सहयोग मिल्ने छ । धनार्जनको राम्रै लक्षण भए पनि सन्चीत हुने कम सम्भाना छ ।

 

 

भाग्यले साथ नदिने र धर्ममा अरुचि बढ्ने छ । प्रतिकूलताहरु नोकरि तथा राजनितीमा सफलतामा बदलिने संभावना देखिएकोले मन शान्त हुने छ । संयम भने साता भरिनै हुनु होला ।

 

 

 

समय राम्रोछ । शुरुमा मान प्रतिष्ठा बढ्ने छ । मनमा उत्साह बढ्ने छ । गरेका कामममा सुधार आउने योग छ । कुुरा काट्नेहरुले पनि प्रशम्सा गर्ने भएकोेले नयाँ र ऐतिहासिक कामहरु सम्पन्न गर्न अग्रसर हुनुहोला ।

 

 

बोलिको प्रभावले बन्द व्यापारमा लाभ मिल्नुको साथै आफन्तहरुबाट राम्रो सहयोग मिल्ने छ । पढाइमा पाइरहेको सफलता कायमै रहने छ । शत्रु पराजय हुने छन् । भाग्यले साथ दिने छ ।

 

 

धर्ममा रुचि बढ्ने छ । आमदानिको नयाँ श्रोत प्राप्त हुने छ । प्रेममा सफलता सजिलै मिल्ने छ । ठूला व्यक्तिबाट प्रशम्सा पाउनु होला । भेटघाटमा मन रमाउने छ । सभा सम्मेलनमा प्रसम्सा पाउने योग छ ।

 

 

बैदेशिक कार्यमा भने सोचे जस्तै लाभ पाउनु होला । काम काजको लागि समय अनुकूल भए पनि सोमबार मंगलबार खर्च बढ्ने, विबाद बढ्ने र स्वस्थ्यमा समस्या आउने छ । शत्रुले सताउने भएकोले संयम भएर मात्र नयाँ काम शुरु गर्नु होला ।

 

 

 

साता राम्रो छ । शुरुमा मान सम्मान पाउने योग छ । बोलिको प्रभावले नोकरी तथा राजनीतिमा गरेका कामबाट मन प्रशन्न रहनेछ । सोचने शक्ति बढ्ने छ । अरुले विश्वास पनि गर्ने छन् ।

 

 

पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आफन्तहरुबाट उचित सहयोग मिल्ने छ । व्यापारमा लाभ सोचे जस्तै पाउनु होला ।

 

 

शत्रु पराजीत हुने छन् । बुद्धिको तारिफ ठूला व्यक्तिले गर्ने छन् । यात्रा गर्ने अवसर मिल्ने छ । यात्रामा भेटघाट पनि हुने छ । पहिलो भेटमानै प्रसन्न भै सहयोग गर्न रुचाउनेहरु प्रसस्तै देखा पर्ने छन् ।

 

 

धन मनग्य कमाउने अवसर मिल्नेवाला छ । भाग्यले साथ दिने छ । धर्ममा रुचि बढ्ने छ । बृहस्पतिबार शुक्रबार खर्च बढने, विबाद चुलिने र काममा अबरोध आउने छ । यसले मनमा चिन्ता बढाउने भएकोले अलि सजग रहनु राम्रो ।

 

 

 

ग्रह गोचर शुरुमा राम्रो छैन । नैराश्यता र उदासिनता बढ्नुको साथै प्रयास गर्दा पनि काममा सफलता पाइने देखिदैन । धन नास हुने भएकोले चिन्ता अरु बढ्ने योग छ । स्वस्थ्यमा बाधा आउनाले काम विचमा रोकिने सम्भावना छ ।

 

 

मन अशान्त हुने भएकोले धैर्य नगरे शत्रुले थप सताउने छन् । खानपानमा विचार नगरे रोगले थप पिडा दिने छ । विश्वासले धोका खाने भएकोले अरुको भरमा परेर काम नगर्नु होला ।

 

 

सोमबारदेखि व्यापारमा लाभ मिल्ने र सामाजिक कार्यबाट प्रसम्सा पाइने योग छ । संयम भएमा काम गरेर जस पाउने सम्भावना बढेको छ । कुराकाटनेहरु पनि अन्तत परास्त हुने छन् ।

 

 

केहि समयदेखि चुलिएका समस्या विस्तारै कालो बादल हटेर आकाश सफा भएजस्तै बौद्धिक कार्यमा गरेका प्रयासहरुमा अचम्मैसंग सफल होइन योग छ । प्रयत्न गर्द आमदानिको मार्ग अनुकूल बन्न सक्छ सफलताको लागि संयम हुनु भने पर्ला । गोपनियतामा जोढ दिनु उचित हुने छ । अब समय सकारात्मक हुदै जाने छ ।

 

 

 

समय शुरुमा राम्रो छैन । स्वास्थ्यमा संकट आउनाले खर्च बढने छ । विबाद जटिल बन्ने र त्यसले चिन्ता बढाउने योग छ । शत्रु बढ्ने छन् ।

 

 

कामको विचैमा अवरोध आउने छ । मंगलबारदेखि धर्ममा रुचि र मनमा खुशी बढ्ने छ । काममा सुधार आउने छ । भेटघाटले हौशला बढाउने छ । पहिलो भेटमा नै सहयोगी हातहरु अघि बढने छन् ।

 

 

सोचने शक्ति बढ्ने भएकोले प्रयास गर्दा काममा सफलता पनि पाउनु होला । सभा सम्मेलनमा सम्मान पनि पाउनुहोला । व्यापारमा सफलता मिल्ने छ । पारक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँकाम पाउने योग छ ।

 

 

पदक पाउने बलियो सम्भावना छ । रिसको बेग बढ्ने भएकोले बोल्दा धैर्यता अपनाउनु पर्ला । ठूला व्यक्तिसंग अन्तरक्रिया गर्दा प्रभावित भै सहयोग गर्न अघि बढ्नेहरु प्रसस्तै हुने छन् । कुरा काटनेहरु प्रशम्सा गर्न थाल्ने छन् । आमदानी मनग्य हुने योग छ ।

 

 

 

साता राम्रो छ । शुरुमा व्यापार बढेर वैदेशिक कार्य सफल भएर प्रसस्त आमदानी हुनुको साथै गरेका काममा सुधार आउने र छ । शत्रु क्रमश कमजोर हुदै जाने भयकाले मनोबल बढ्ने छ ।

 

 

कर्म बलियो हुने भएकोले गरेका काममा सफलता मिल्ने छ । जोस र जाँगर बढ्ने छ । सानै प्रयासले पनि ठूलो काममा सफलता पाउनु होला । बौद्धिक क्षमताले अगाडि बढ्नु सजिलो हुने छ ।

 

 

पढाइमा सफलता मिल्नुको साथै व्यबशायिक र बैदेशिक कार्यले अरुलाई अरुलाई आफूतिर आकर्षित गराउदै धन मनग्य कमाउन सकिनेछ । मंगल र बुधबार स्वस्थ्यमा संकट आउनुको साथै लेनदेनमा विबाद बढ्ने छ ।

 

 

घरेलु समस्याले सताउने भएकोले सजग रहनु पर्ला । नैराश्यता र उदासिनता बढ्ने छ । काममा तगारो लगाउनेहरु सकृय हुने छन् । सोचने शक्ति कम्जोर हुने छ । खर्च र विबादले चिन्ता बढाउने छ ।

 

 

 

समय मध्यम रहने छ । शुरुमा शत्रु बृध्दि हुनुको साथै स्वस्थ्यमा संकट आउने छ । कुरा काट्नेहरु बढ्ने भएकाले बोल्दा विचार गर्नु पर्ला । नैराश्यता र उदासिनता बढ्ने भएकोले काममा अवरोध आउने तथा मनमा चिन्ता बढ्ने योग छ ।

 

 

खर्च र विबाद संगसंगै बढ्ने छन् । सोम, मंगल र बुधबार मान सम्मान मिल्नुको साथै नोकरि तथा राजनितीमार्फत आफ्नु बर्चस्व बढाउन सकिने छ । व्यापार बढ्नुको साथै यात्रा गर्ने अवसर मिल्ने देखिन्छ ।

 

 

गरेका काममा सफलता पाउनु होला । बोलिको प्रभाब बढ्ने छ । अरुले भरोसा पनि गर्नेछन् । प्रेम गर्ने अवसर पनि मिल्ने छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढ्न परदेश जाने अवसर मिल्ने देखिन्छ ।

 

 

आमदानिका श्रोतहरु प्रसस्तै फेला पर्ने छन् । आफन्तहरुको सहयोग र आफ्नै प्रयासले धेरै जटिल र असंभव कार्य गर्न सकिनेछ ।

 

 

 

 

साता मध्यम छ । शुरुमा वौध्दिकताले गरेका कामहरु प्रशम्सनीय हुने छन् । अरुको मन पनि आफूप्रति सकारात्मक रहने छ । मान सम्मान पनि पाउनु होला । घरेलु काममा रुचि बढनुको साथै अधुरा काम पूरा हुने र नयाँ काम पाउने योग छ । व्यापारमा सफलता सोचे जस्तै मिल्ने छ ।

 

 

यात्रा गर्ने अवसर पनि पाउनु होला । यात्रामा हुने भेटघाटले मनोबल बढाउने र प्रेममा सफलता मिल्ने छ । पढाइमा राम्रो सफलता मिल्ने छ । बुद्धि बढ्ने योग भए पनि सोम र मंगलबार खर्च बढने छ । स्वस्थ्यमा संकट आउने छ । लेनदेनमा बिबाद बढ्ने छ ।

 

 

काममा अवरोध आउने तथा मनमा चिन्ता बढ्ने योग छ । समयमा निर्णय नहुँदा हातमा परेको आकर्षक काम पनि फुत्कन सक्छ । विचार पु¥याएर अघि बढनु पर्ला । सबारि चढदा चलाउदा विचार गर्नु पर्ला ।

Comments

Competition middle banner