MENU
वास्तुशास्त्रमा दिशाको महत्व
 : 235 views
  Jun 30, 2018


 

वास्तुशास्त्रमा आठै दिशालाई सुदृढ तर्कहरुको आधारमा जोडिएर हेरिएको छ । आठै दिशाको आफ्नै किसिमको विशेषता र महत्व छ । उदाहरणार्थ पुर्व दिशाबाट सुर्य उदाउछ । अत सुर्योपासनाको लागि पुर्व दिशाको महत्व हुन्छ । सुर्य जीवनदायिनी उर्जाको श्रोत भएकोले नै वास्तुशास्त्रमा पुर्व दिशालाई प्रधानता दिइएको हो । लाखौ वर्षअघि ऋषिमुनीले पुर्व दिशातर्फ दृष्टी गरी वा पुर्वमा उपसना गर्नुलाई श्रेष्ठ स्थिति बताएका थिए । त्यस अन्तर्गत रहेर वास्तुशास्त्रले आफ्नो नियम बनाए  । “समरांगरण सुत्र “ नामक ग्रंथमा विभिन्न दिशा एवं दिशाको बारेमा विशेष विवेचनाको साथ विवरणहरु दिइएको पाइन्छ । प्रत्येक दिशाको महत्वसंग हामीलाई जस्तो प्रत्येक एक दिशाको महत्वसंग हामीलाई परिचित गराउँछ । संक्षिप्त विवरण यस प्रकार रहेको छः

 

१. पुर्व दिशाको स्वामी इन्द्र हुन, यस दिशामा ( वास्तु सुर्य तथा इन्द्रको निवास स्थान मानिएको छ ।

 

२. पश्चिम दिशाको स्वामी वरुण मानिएको छ । यस दिशामा विश्वकर्मा, सागर, नदी आदीको साथ स्वयं वरुण निवास गर्दछन ।

 

३. उत्तर दिशाको स्वामी कुवेर  हुन । यस दिशामा विशाखा स्कन्द, सोम र कुवेर स्वयमले निवास गर्दछन ।

 

४.  दक्षिणको स्वामी यम हुन, यस दिशामा गणेश, मातृका, भुतप्रेत तथा यमराज निवास गर्दछन ।

 

५.  आग्नेय कोणको स्वामी वायु हुन । यस दिशामा सनतकुमार, सावित्री एवं हनुमानको निवास रहेको हुन्छ ।

 

६  नैरित्य कोणको स्वामी राक्षस हुन् । यसदिशामा भद्रकाली प्रीतिगण आदी निवास गर्दछन ।

 

७  वायब्य कोणको स्वामी शनिदेव हुन शनि कात्यानीको निवारण यसै दिशामा रहेको छ ।

 

८  इशानकोणको स्वामी भगवान शंकर हुन । यस दिशामा महेश लक्ष्मी तथा अग्निको निवास हुन्छ ।

 

पुजा स्थानको लागि इशान कोणलाई सर्वाधिक उपयुक्त मानिएको छ । त्यसकारण पुजा स्थलको निर्माण इशान कोण मै हुनुपर्दछ । यसका अतिरिक्त मुर्ति प्रतिमा वा चित्रको मुख दिशा विशेषमा राख्ने छुटै महत्व रहेको छ । ब्रहमा, विष्णु, शिव, इंद्र सुर्य तथा कतिकेयको मुर्तीको मुख पुर्व वा पश्चिममा राख्नु पर्दछ । गणेश, कुवेर, एवं षोडश मातृकाको मुर्तिको मुख  दक्षिण दिशामा हुनु उचित मानिन्छ । हनुमान जीको मुख सदैव नैरित्य कोणमा हुनुपर्दछ । यि सबैको दिशा निर्धारण गर्नुका पछाडी वास्तुशास्त्रले वैज्ञानिक तर्क प्रस्तुत गरेको पाइन्छ । आराधाना वा साधनाको समयमा मन मस्तिष्क दुवैलाई एकाग्रचित राख्नु परम आवश्यक हुन्छ । यदी पुजा स्थल इशान कोण भएमा आराधना साधनाको बेला मन मस्तिष्कलाई उत्तर दिशाबाट प्रवाहित हुने चुम्बकीय तरंगद्वारा उर्जा र गति प्राप्त हुन्छ । जो एकाग्र चित तथा आत्मिक शान्ंतीका लागी अति आवश्यक हुन्छ ।

 

 

जुन प्रकारले ज्योतिषशास्त्रले मानव जीवनमा आफ्नो महत्वपूर्ण स्थान बनाएको छ । ठिक त्यसै प्रकारले वास्तुविज्ञान पनि अब मनुष्य जीवनको अभिन्न अंग बन्दै गैसकेको छ । त्यसको मुल कारण मानव जीवनको  यस्तो कुनै पक्ष छैन जसलाई वास्तुशास्त्रले प्रभावित नगरेको होस । अब यो सत्य स्थापित हुँदै गैसकेको छ । घरको भवनको दिशा र भवन भित्र बाहिर स्थापित गर्ने बस्तु र ति वस्तुलाई राख्ने तरिकाले पनि मानव जीवनलाई बनाउँन र बिगार्न सक्छ, वास्तुशास्त्रले मनुष्यको जीवनको राशि लग्न ग्रहसंग पनि अधिक निकटतम सम्बन्ध राख्द छ । प्रबुद्ध वास्तुशास्त्रीहरुको मतअनुसार यदी भवनको बनावट सही छैन भने उक्त भवनमा निवास गर्ने मनुष्य विभिन्न कष्टद्वारा घेरिएका हुन्छन ।

 

 

केहि समय अगाडिसम्म सम्पन्न र धनाढ्य व्यक्तिले मात्र वास्तु सिद्धान्तद्वारा आफ्नो भवन व्यापारिक प्रतिष्ठान निर्माण गर्ने गर्थे । तर, अहिले यसको महत्व सबैले बुझी सकेकाले मध्यम बर्गका व्यक्तिले पनि यसै सिद्धान्तअनुसार आफ्नो भवन जीवन, कार्यलय, उधोग प्रतिष्ठानलाई यसै अनुरुप प्रयोगमा ल्याउँन चाँहन्छन ।
ज्ञातव्य रहोस कि सम्पूर्ण विश्व उत्तरी एवं दक्षिणी धु्रबको मध्यमा बसेको छ । उत्तरी धु्रबबाट दक्षिणी ध्रुवतर्फ निरन्तर चुम्बकीय धारा प्रभावित भै् रहन्छ । जसले मानव जीवनलाई पूर्ण रुपेण प्रभावित गर्दछ । यदी कुनै व्यक्तिले यो चुम्वकीय धाराको प्रतिकुल भवन निर्मण गर्छौ भने निश्चित रुपले त्यसको दुष्परिणाम भोग्नै पर्छ । यो तथ्य वास्तुशास्त्रको सिद्धान्तमा आधारित छ ।

 

 

 

यदी चुम्वकीय धाराको उर्जाले व्यक्तिलाई निरन्तर चार्ज गरी रहयो भने त्यो व्यक्ति बिभिन्न समस्या आपत कष्टबाट बचि रहन सक्षम रहन्छ । पाश्चात्य  देशमा लगभग प्रत्येक  निर्माण कार्यमा वास्तु प्रयोग हुन्छ । यही  कारण हो त्यहाँको व्यक्ति सुखी र समृद्ध छन । चीन र कोरियामा यो विधा फेङ्सुईको नामले प्रसिद्ध छ । यस विधाको चीनमा समृद्धशाली इतिहास छ । वास्तुशास्त्रको सिद्धान्तमा प्रकृतिसंगको सामञ्यस्यताको आशचर्यजनक उदाहरण पाइन्छ ।

 

 

धरतीमा कुनै पनि प्रकारको निर्माण गर्दा प्रकृति प्रभावित नभई रहन सक्दिनन् । वास्तुशास्त्रको कोशिस रहन्छ कि प्रकृतिको नियमको विरुद्द आचरणबाट वाचन सकियोस यदी हामीले यसो गरेनौ भने यसको  दण्ड भोग्नु अवश्यम्भावी हुन्छ भनेपछि वास्तु विज्ञानको वजन कति छ भन्ने अनुमान लगाउन सहजै सकिन्छ । र, यो विज्ञान कति प्रभावकारी छ भन्ने पनि पुष्टी अमेरिकी राष्ट्रपति वील क्लिन्टनले आफ्नो कार्यकालको बेला ओवल अफिसमा बस्ने तरिकालाई परिवर्तित गरी आवासको उत्तरी दिशामाको झ्यालमा मैनवत्ती बाली आफ्नो जीवनमा सुखद अनुभुती प्राप्त गरेका थिए । हामी जुन भवनमा रहन्छौ बस्छौ वा ब्यापार गर्छौ, त्यो हाम्रो लागी लाभप्रद छ कि छैन भन्ने बारेमा हामीलाई जानकारी हुनु अति आवश्यक छ । यदी भवनमा वास्तुदोष छ भने त्यस्लाई सिघ्रतीसिघ्र ठिक गर्नु नितान्त आवश्यक छ ।

 

 

अन्यथा जीवनमा दुःख, कष्ट, रोग र असफलता हाम्रो साथी बन्छ । यसर्थ वास्तुशास्त्रको सिद्दान्तलाई अवहेलना गर्नुभन्दा यस विधामा अमल गर्नु हामी सबैका लागि श्रेयस्कर ठहरिन्छ ।

 

 

Comments