MENU
       वसन्तकुन्ज -२
 : 1,760 views
  Jun 30, 2018

                                                 

भागवत खनाल 

 

छोरो जसको मायाले बाबुआमा छोडेर अलग्गै बस्न गएको थियो आज तिनैहरुबाट पीडित छ । कहिलेकाहीँ आउँछ र भन्छ बाबा तुम्रे मन दुखाके जो करम किया था ना ? उसी पापको भोग रहा हुँ । बूढाले एक पल्ट त भने इधर मेरे पास रहा कर, तर छोराले भन्यो, नही बाबा जो पाप किया था उसका हिसाव पूरा होने दो ।

यी वसन्तकुन्जका कुन्जविहारी हुन, तर यहाँको ढोङगी समाज आशाराम बापुको पछि लाग्छ ।

 

गत साताबाट निरन्तर :    

 

 

बाबुछोरा अस्पताल पुगे । उनीहरु पहिलेकै ठाउँमा गएर बसे । अव त यो अस्पताल परिचित जस्तो, आफ्नै जस्तो, र जीवनको वास्तविकता जस्तो लाग्न थाल्यो । दिउसोको तीन बजेको छ, चिया खाजा खानेहरुको सानो घुइंचो छ । शान्त र विनम्र हल्ला पनि छ हलमा । फेरि  बाबुछोरावीच दोहोरो बोलचाल बन्द छ, फेरि मौन वात्सल्यको पालो आएको छ, तर आज नबोले पनि दुईजना एक आपसमा आँखामा आँखा राखेर हेर्दैछन् । मौन आँखाले आपसमा कुरा गर्दैछन्, चेतनका आँखामा भरोसा, हिम्मत र आसन्न जुनसुकै परिणामलाई सामना गर्ने अठोट देखिन्छ, तर बाबुका आँखा अलि भयभीत छन् । अलि परतिर कुनामा एकजना करिव असी वर्षको बृद्ध र अर्को अधबैंसे मानिस अँगालो हालेर रुँदै छन् । उनीहरु बिलौना पनि गर्दै छन्, तर नबुझिने भाषामा । यत्तिकैमा हेलो साब भन्दै वृन्दावन अईपुग्छ । चन्द्रमोहनले थप तीन दिनको डेरा भाडा पेश्की बुझाउँछन । वृन्दावन हसिलो, रसिलो र सहयोगी छ । अस्पतालभित्र र बाहिरका सवै गतिविधिप्रति चासो राख्छ र पत्ता लगाएरै छाड्छ । भन्दैछ ये जो रो रहे हैं ना साब, अफगानिस्तान से आए हैं, बाप बेटे हैं ये । बडी दर्दभरी कहानी है बेचारोंकी, कुदरतका मारा आदमी क्या कर सकता है ! सहन करने के अलावा कोइ चारा नहीं !

 

 

चन्द्रमोहन अफगान बाबुछोरातर्फ हेर्छन । गोरो र लामो अनुहारका, तेजिला तर रोगले ग्रस्त भएका बृद्ध सुकिलो सेतो रुमालले छोराका आँखा पुछ्दै छन् । छोरो रातो पिरो र बलिष्ठ देखिन्छ, तर विवस । यो बिरानो देशमा न कोही आफ्नो छ, न कसैलाई दुख दर्द सुनाउनु छ, न एकछिन कसैको ममतावीच दुई थोपा आँशु बगाउनु छ । अनायास चन्द्रमोहन र त्यो अफगान छोराका आँखा जुध्छन, सुन्दर अनुहार, सुडोल शरीर, शरीरमा मूल्यवान पहिरन तर आँखामा असीम विवसता, निराशा र कष्ट । उनी उठेर बाबुछोरा नजिक गएर बस्छन र अंग्रेजीमा आफू नेपाली भएको कुरा बताउंछन । नेपाली भन्ने शव्द सुन्ने बित्तिकै छोरो अफगान जुरुक्क उठ्छ, उसका आँखा अकस्मात चम्किला हुन्छन, ऊ मीठोगरी मुसुक्क हाँस्छ, हेलो भन्दै हात मिलाउँछ । उसले आफ्नो बाबुतिर हेर्दै आफ्नै भाषामा चन्द्रमोहन नेपाली भएको कुरा बताउँछ ।

 

 

 

बूढा मुसुक्क हाँस्छन, निर्दोष, नम्र, प्रेमपूर्ण र श्रद्धाको हाँसो ! अब्दुल मलिक अफगानिस्तानका ठूला ठेकेदार हुन, छोरो अब्दुल मुती ब्यापारी । अब्दुल मलिक खास धेरै पढे लेखेका व्यक्ति हैनन्, तर आफ्नो मेहनतबाट धनाड्य बन्न सफल भए । अब्दुल मुती लन्डन स्कूल अफ इकोनोमिक्सको विद्ध्यार्थी हो । ऊसको अंग्रेजी, अरवी, फ्रेन्च र हिन्दी भाषामा राम्रो दखल छ । ऊ भन्दैछ उसको परिवार ठूलो थियो, कुटुम्बमा ठूलो प्रतिष्ठा थियो, ठूलो कारोवार थियो र जिन्दगी राम्रैसंग चलिरहेको थियो । यस्तैमा अफगानिस्तानमा यस्तो शासन सत्ता आयो, जसले साराका सारा स्कूल र कलेजबाट छात्राहरुलाई घर पठायो, लोग्ने मानिसलाई दारी पाल्न र महिलालाई बुर्का लाउन अनिवार्य गरायो । बुर्काभित्र खुट्टाको औंला देखिए समेत सजाय हुन थाल्यो, प्रेम गर्ने केटीहरुलाई सार्वजनिक रुपमा ढुंगा हानेर मारियो, महिलाहरुमाथि ठूलो अत्याचार भयो, राज्य आतंकको सिर्जना भयो, तर सवै धर्मको नाममा । त्यो शासन व्यवस्थाको अन्त भए पनि शान्ति स्थापना हुन सकेन, निरन्तर आक्रमण, बम बिस्फोट, हत्या, आतंक र दहसतको अवस्था । आतंकले अस्पताल, मस्जिद, किनमेल गर्ने ठाउँ, होटेल, स्कूल, बसस्टप कतै छाडेन।

 

 

 

अब्दुल मुतीको परिवार अव ठूलो छैन । उसकी आमा, काका  काकी, भाइ बहिनी, उसकी श्रीमती छोराछोरी सवै बम बिस्फोटको शिकार भए । कुन दैवी लीलाले हो यी बाबु छोरा मात्र बाँचे । ऊ कहिलेकाहीं अज्ञात खुदासंग सोध्छ, सबका सब परिवार गुमाएर बाचिरहने ऊ भाग्यमानी कि अभागी ? निर्दोष मान्छे मारेर कथित जन्नत जाने बाटो निर्माण गर्छौं भन्ने मुल्ला मौलवीहरु धर्मात्मा कि पापी ? के हो धर्म, के हो कर्तव्य ? के हो मानवता ? के खुदाको दुनियामा पनि महिलालाई वस्तु नै मानिन्छ ? के खुदाको दुनिया पनि त्यति साँघुरो र निरस छ ! जहाँ स्वस्थ मनोरंजन, संगीत, साहित्य र कलाको कुनै अस्तित्व छैन ? के गरेर बस्छ त खुदा ? कि यो सव वकवास हो ? तर ऊ यी कुरा प्रकटमा भन्दैन, उसको परिवेश तर्क र विचार सुन्ने स्थितिमा छैन । सम्पूर्ण समाज ईश्वरको नाममा छिन्नभिन्न छ , मानवीय सम्बेदना नै मरिसक्यो, तैपनि सबै धर्मकै नाममा हुँदै छ । आज अब्दुल मुतीका  समस्त शिक्षा, चातुर्य, योग्यता, तर्क र मान्यताहरु आफ्नै माटोमुनि गाडिएका छन् । सायद अव बाहिर निस्कने पनि छैनन् ।

 

 

अब्दुल मलिकलाई स्ट्रेचरमा सुताइएको छ । आज उनको प्रोस्टेटको जटिल अपरेसन हुँदै छ । डाक्टरले भनेको छ धेरै आशा छैन । अब्दुल मुतीको सहारा, साथी, बाबुआमा, दुख बिसाउने पात्र, आस्थाका एक मात्र धरोहर यिनै बाबु हुन । उता चेतन पनि स्ट्रेचरमा छ । संयोगले दुवै आमुन्ने सामुन्ने सुतेका छन्, अपरेसन कक्ष बाहिरको यो हलबाट यी स्ट्रेचरहरुलाई आफ्नोआफ्नो कक्षमा लैजाने तयारी हो यो । अब्दुल मलिक एकोहोरो चेतनलाई हेर्दै छन्, हेर्दा हेर्दै उनका आँखाबाट बररर आँशु झर्छन, स्ट्रेचर अपरेसन कक्षतिर बढ्छ ।

 

 

चन्द्रमोहन र अब्दुल मुती संगै बसेका छन्, तर आपसमा बोल्दैनन । एकले अर्कोको भावना थाहा पाउन या कुनै नया कुरा थाहा पाउन त हो बोल्ने, जव एकले अर्कोको मन पूरापूर बुझेको छ भने किन बोल्नु ? दुवैले एक अर्कोको मनभित्र देखेकै छन्, आँखाले नै सवै थोक बोल्दैछन्, सुश्क आँखाले आँशु सवै पिएको भान पर्छ, अपार सन्नाटा छ ।

 

 

अपरेसन सकियो । एकजना सहायक कर्मचारी अपरेसन कक्षबाट बाहिर निस्क्यो । हेलो भाइसाब सुनिए ना प्लिज, तर ऊ नसुनेजस्तो गर्छ । चन्द्रमोहन दौडदै गएर अगाडिबाट बाटो नै छेक्छन्, क्या हर्कत है ये ? कैसे आदमी हो तुम ? तमिज नहीं है, बोलो क्या बोलना है ?  चन्द्रमोहन भन्छन भाइसाब लड़केका अपरेसन कैसा हुआ ? सब कुछ ठीक तो है ना ? प्लिज भाइसाब ! कर्मचारी भन्छ, देखो मैं इतना ही जानता हुँ अपरेसन समाप्त हुवा बस । डाक्टरसाब से पुछो उधर देखो किसी से बात कर रहे हैं । चन्द्रमोहनले डाक्टर धनन्जयले कसैसंग कुरा गरिरहेको देख्छन, उनी नजिकै जान्छन , डाक्टरले देखुन भनेर एक पटक खोक्छन्, तर डाक्टरले त नदेखे जस्तो पो गर्छन । उनी हिम्मत गरेर अझै नजिक जान्छन ।

 

 

 

अव डाक्टरको मसिनो स्वर सुन्न थाले उनले । डाक्टर एकजना मानिसको काँध थपथपाउँदै छन्, भन्दै छन्  धीरज रक्खो, खुदा पर भरोसा रक्खो, वही सव कुछ बनाता और बिगाड़ता है, येह मन मे सुकुन बनाए रख्ने का वक्त है, खुदा बडा रहमदिल है . अपरेसन तो अच्छा हुवा है बाकी उसी की मेहरबानी है, दिल को मजबुत रक्खो सव ठीक होगा । त्यो मानिस बहुत बहुत सुक्रिया भनेर गयो । डाक्टर धनन्जयले चन्द्रमोहनलाई यसो हेर्छन, अनि भन्छन चेतन का अपरेसन हो गया, जो निकालना था उसको निकाल दिया है । यति मात्र भनेर डाक्टर ओझेल भए, चंद्रमोहनलाई बोल्ने मौका पनि दिएनन ।

 

 

रातको समय, कता जानु के गर्नु । चिनेको भने पनि बोलेको भने पनि त्यही अब्दुल मुती हो,  बबुरो आफै पीडित छ । चन्द्रमोहन मनमनै सोच्छन, डाक्टर धनन्जय पनि कस्ता ? अर्को मानिससंग त्यत्रो बेर कुरा गर्नेले मसंग एक मिनेट बोल्न पनि नहुने ? कति निर्दयी डाक्टर, अस्ति त खुव नेपाली डाक्टर यस्ता उस्ता भन्दै थिए ।  आज आफै पनि नबोलिकन गायब भए । किन भाग्नु पर्थ्यो, म के पो गर्थें र, जे जे हुने हुनामी भैहाल्छ, रोकेर रोकिने हैन, मन सम्म हलुका पार्ने त हो । त्यही मौका पनि पाइएन । मलाई नेपाली भनेर हेपेको पो हो कि । यस्तैमा एकजना नर्स आएर राति यहाँ बस्न पर्दैन, आफ्नो वासस्थान्तिर गए हुन्छ, भोलि दिउँसो एक बजे डाक्टर आएपछि मात्र डाक्टरलाई भेट्न पाइन्छ र बिरामीलाई टाढैबाट हेर्न सकिन्छ । चन्द्रमोहनले सिस्टर एक मिनट प्लिज भन्दै थिए सिस्टर ओझेल भइहालिन ।

 

 

आजको रात चंद्रमोहनको लागि आजसम्म बिताएको पूरा उमेरभन्दा लामो भयो । बिहान साढे पांच बजे उनी डेरा बाहिर निस्के । छेवैमा धोवीको पसलबाट पुरानो गीतको धुन आइरहेको थियो रात कटती नहीं, दिन गुजर्ता नहीं, जख्म ऐसा दिया है कि भर्ता नहीं …  आँख बिरान है, दिल परेसान है गमका सामान है …. । उनी धोवीको दुकानभित्र छिर्छन , बृद्ध धोवी लुगामा आइरन गर्दै छन्, उनी झसङ्ग हुँदै चन्द्रमोहनलाई हेर्छन र भन्छन् इतने सवेरे ? क्या काम है साब ? तसरिफ लाइए । चन्द्रमोहन स्टूलमा टुसुक्क बस्छन, भन्छन दर्दभरि गीत ने मुझे आकर्षित किया भाइ साब ।

 

 

 

यति बेला अगाडिको गीत सकिएर अर्को गीत आईइरहेको थियो  राही मनुवा दुखकी चिन्ता क्यो सताती है  दुख तो अपना साथी है, सुख है एक छाँव ढलती, आती है जाती है दुख तो अपना साथी है । धोवी बृद्ध छन्, तर यति बिहानै एक्लै आएर काम गर्दै छन् । पातलो शरीर लामो कुर्ता र पाइजामाले बेरिएको छ । शीरमा गान्धी टोपी छ, सेता घना जुँघा झपक्क छन् ।  भर्खर दारी काटेको अनुहारको चमकभित्र के हराएजस्तो, के गुमाएजस्तो र केही खोजिरहेजस्तो ! आँखामा खुसीको चहक छैन, तर शान्त छन् । बूढाले सारा दुखलाई आफ्ना अभिन्न मित्र बनाएको प्रष्ट देखिन्छ । बूढा कर्मयोगी जस्ता छन्, समयसंग सम्झौता गरेर बसेका उनी पक्का छन् ।

 

 

छ बज्यो । बूढाको रेडियोमा अच्युतम केशवम कृष्ण दामोदरम राम नारायणम जानकी बल्लभम भन्ने भजन आउन थाल्यो । बूढा आइरन लागाउन छाडेर एकैछिन रेडियोसंगै गाउँछन कौन कहता  है भगवान खाते नहीं, बैर सबरी के जैसे खिलाते नहीं  । अनि बूढा त उठेर नाच्न थाल्छन कौन कहता हैं भगवान नाचते नहीं, गोपियोकी तरह तुम नचाते नहीं । धोवी बूढा :  चाय पियंगे ? चन्द्रमोहन : रहने दिजिए । तर बूढासँग चिया खाने मन छ उनलाई  । बूढा बाहिर जान्छन र एक मिनेटपछि दुई कप चिया लिएर आउँछन  ।

 

 

बल्ल सोध्छन, नेपाल से है ना ? चन्द्रमोहन : नेपाल से हुँ, पर आप कैसे जान गए ? बूढा : आप बगल मे फ्लैट मे ठहरे हुए हैं ना ? चन्द्रमोहन : आप तो सवकुछ जानते हैं बाबा । बूढा : मैं ये भी अनुमान लगा सकता हुँ कि आप फोर्टिस आए हैं, सही कहा ना ? चन्द्रमोहन : बाबा आप सच मे अन्तर्यामी हैं । भगवान आपकी रक्षा करे । बताइए ये सव कैसे जाना आपने  ? बूढा : देखिए साव मैं धोवी हुँ, यहाँ कोइ भी मुझे सम्मान से नही बुलाता है, सव अबे ओ वुड्ढे कहते हैं । सुरु मे ही आपने मुझे भाइसाब कहा, येह तो मुझे कोइ नेपाली ही कह सकता है !  दुसरी बात सबेरे सबेरे जो अन्जान जगह पर दुखभरि गीत और भजनकी आवाज सुन के आता है, वह कोइ दिक्कत मे है, और आप बगल मे फ्लैट मे रहते हैं, तव तो इतने सबेरे इधर आ गए । और मेरा अनुमान है आप को ये फ्लैट वृन्दावन ने जुगाड किया हुवा है । बडा नेक बन्दा है, पैसा खूव कमाया, पर इमान्दारी के बल पर ।

 

 

कति उर्वर छ वसन्तकुन्ज !  के छैन यहाँ ? चोर, लुच्चा, लफंगा, ठग, झगडालु र निर्लज्ज सवै । अनि यहीं, सज्जन, धर्मात्मा, मृदुभाषी र सहयोगी पनि । धोवी बूढा  बिधुर हुन । श्रीमती बितेकै बीस बर्ष भयो । छोरीहरु टाढा टाढा छन् । छोरो आफ्नो परिवार लिएर बाहिर बस्न थालेको अहिले पच्चीस बर्ष भयो । छोरो जसको मायाले बाबुआमा छोडेर अलग्गै बस्न गएको थियो आज तिनैहरुबाट पीडित छ । कहिलेकाहीं आउँछ र भन्छ बाबा तुमरे मन दुखाके जो करम किया था ना ?  उसी पाप को भोग रहा हुँ । बूढाले एक पल्ट त भने इधर मेरे पास रहा कर, तर छोराले भन्यो, नहीं बाबा जो पाप किया था उसका हिसाव पूरा होने दो, और सजा भुगतने दो । बूढा एउटा खोलीमा बस्छन, उनीसंग घरवाट निकाला भएकी एकजना बृद्ध बहिनी छन् ।

 

 

भन्छन देखिए साब जव तक ये हात और पाँव चलते हैं ना  ? कोइ चिन्ता नहीं । संसार मे जो जनम लेत़ा है उसको कर्म करना ही होगा, कर्म अच्छा करना है  या बुरा, आदमी चुन सकता है लेकिन खाली नही वैठ सकता । वासुदेव ने कहा है, कुछ तो करोगे ?  या काम करोगे या काम नही करोगे । काम नही करना भी कर्म तो है, लेकिन उस से पेट नही भरता । सव उसी  दयानिधान की कृपा हैं, और तो सव किडे हैं किडे ! अहिले बूढाको रेडियोमा ओ दूरके मुसाफिर हमको भी साथ ले ले .. हम रहे अकेले, सुनी है दिलकी राहे खामोस है निगाहे, नाकाम हस्रतोका उठने को है जनाजा उठने को है जनाजा, चारो तरफ लागे हैं बर्बादियोके मैले   रे, गीत बजिरहेको छ, बूढा पनि संगै गाउँछन, चारो तरफ लगे हैं बर्बादियों के मैले रे….।

 

 

यस्ता निस्काम साधु पनि बस्छन वसन्तकुन्जमा । यी बसन्तकुन्जका कुन्जबिहारी हुन, तर यहाँको ढोंगी समाज आशाराम बापुको पछि लाग्छ । यी बृद्ध आफैमा पूर्ण छन्, आफैमा मस्त छन्, आफ्नो दुखलाई कछुवाले जस्तो समेटेर राखेका छन् । उनी वसन्तकुन्जका यस्ता नीलकमल हुन, जसलाई अरुको बेवास्ताले केही फरक पर्दैन, उनी आफै पूर्ण छन्, त्यो पूर्णमा अर्को अपूर्णको के प्रयोजन ?

 

 

चन्द्रमोहन अस्पतालतिर जान्छन । उही हल, उही वातावरण । बिहानको नौ बजेको छ । एक बजेसम्म कुर्नु छ । एक एक मिनेट एक एक घण्टा जस्तो लाग्न थालिसक्यो । अरु अस्पताल जस्तो भए त यसो भनसुन गरेर चेतनलाई हेर्न सकिँदो हो, तर यहाँ त्यो सम्भव छैन । चाहिनेभन्दा बढी कोही पनि सुन्दैन बोल्दैन । अनायास वृन्दावनको हेलो साव भन्ने शव्दले चन्द्रमोहन झसंग हुन्छन, हाँ बोलो । वृन्दावन : क्या है खवर ? कव मिलना है डाक्टर से, किसिने कुछ बताया ? चन्द्रमोहन : एक बजे मिलना हैं । डाक्टर ने तो मेरी अनदेखी करदी, बोला तक नहीं । मेरे ही सामने एक और आदमी से पांच मिनट तक बात किया, उसका पीठ थपथपाया , खुदा पे भरोसा रक्खो, खुदा ने चाहा तो सव कुछ अच्छा होगा, खुदा बडा रहमदिल है । लेकिन मुझ से तो सिर्फ दो शव्द बोला बस ।  वृन्दावन : क्या बोला उन्होने ? चन्द्रमोहन : जो करना था वह किया है, बस । मुझे छुवा तक नही । वृन्दावन : तो येह बात है ! यत्तिकैमा वृन्दावनको फोनको घन्टी बज्छ, ऊ कुरा गर्दै बाहिर निस्कन्छ, चन्द्रमोहनलाई  एकछिनपछि  भेट्ने इसारा गर्दै ।

 

 

उनी एक्लै बसिरहेका छन्, एकजना नेपाली ठिटो हेलो दाजु भन्दै छेवैमा आएर बस्छ । उसले चन्द्रमोहन आउनुको कारण सोध्छ, र केही सहयोगको आवश्यकता परे भन्नुहोस है भन्छ । ऊ सुन्दर , सुन्दर जी.सी , घर प्यूठान । सुन्दर अहिले बत्तीस बर्षको भयो, तर ऊसंग पन्ध्र बर्ष वसन्तकुन्जमा बसेको अनुभव छ । ऊ दुख सुख गरेर बाह्र महिना खान पुग्ने परिवारमा जन्म्यो । घरमा बाबु, आमा र एउटा दाइ गरी चारजनाको सुखी परिवार थियो । बाबुआमा दुवै स्वस्थ, मेहनती र जाँगरिला । घरमा दूध दिने भैंसी, गाई, गोरु र खसीबाख्रा थिए । खसी, सुन्तला, अदुवा र मह बेचेर घरखर्च, केटाहरुको फिस र किताव कापीको जोहो गर्थे उनीहरु । यस्तैमा नेपालमा माओवादी जागे । सुन्दरको घरमा फाट्टफुट्ट माओवादी वास बस्न आउंथे, नबस भन्न सम्भव थिएन, किनकि उनीहरु वास माग्दैनथे, वास बस्थे, र अधिकारपूर्वक बस्थे । बाबुआमाले छोराहरुलाई भरसक माओवादीको सम्पर्कमा आउन दिन्नथे । एक दिन सुन्दरको बाबुलाई प्रहरीमा हाजिर हुने आदेश आयो । अलि दिन आलटाल गरे, तर  तारन्तार भएपछि केही लागेन, गए तर कहिल्यै फर्केनन् ।

 

 

 

त्यही रिसले जेठो दाइ माओवादीमा गयो तर खारा गएको, फर्केन । आमा माओवादीसंग मेरो छोरा चाहियो, फिर्ता गरिदेउ, तिमीहरुको संगतमा परेर मेरो जवान छोरो हरायो,  कि सास चाहियो कि लास चाहियो भनेपछि हराएकी, फेरि फर्किनन । सुन्दर पन्ध्र सोह्र बर्षको उमेरमै नितान्त टुहुरो भयो । तर उसलाई वास्ता गर्न सक्ने हैसियतको कुनै कुटुम्ब गाउँमा थिएन, सवै बिस्थापित भइसकेका थिए । त्यही सेरोफेरोमा वसन्तकुन्ज आएको सुन्दरलाई पछाडि फर्केर हेर्ने फुर्सद छैन । ऊ भन्दै छ, यी हाम्रो देशका नेताहरुले कमसेकम राष्ट्र र जनताका कुरा नगरे हुने, तैपनि गर्छन रे ! मानिसहरु पत्याउँछन् रे ! मलाई मेरी आमा देख्ने मन छ, मेरो सानो शीतल घरमा गएर बस्ने मन छ, मेरो बा र दाईको काज किरिया बाँकी छ । ती नेताले मेरो सानो घर, मेरा गाई भैंसी, बाख्रा, सुन्तला, मौरी र अदुवा जस्ताको तस्तै फिर्ता गर्न सक्छन ?  नेता रे ! तलमाथि गर्यो इन्डिया आयो बस्यो, फर्क्यो गाली गर्यो । यता हामी नेपाली कान्छा, बहादुर र भुखमरे जस्ता नामबाट परिचित छौं । कहिले विकास होला र स्वदेश बिदेशमा बस्ने नेपालीको शिर ठाडो होला ? मलाई त भर लाग्दैन यिनीहरुको । सुन्दर अस्पतालको किचेनको म्यानेजर रहेछ, नेपालमा अनुकूल वातावरण पाएमा आफ्नो मातृभूमिमै सानो होटेल व्यवसाय गर्ने विचार छ उसको ।

 

 

एक बजे चन्द्रमोहनलाई बोलाइयो । टाढैबाट चेतनलाई देखाए । चेतन मुसुक्क हाँस्यो र विस्तारै आफ्नो बूढी औंला उठाएर बाबुलाई देखायो । उसको अनुहार उज्यालो थियो र थियो थाकेको तर ठूलो महाभारत जितेको आभा ! त्यसपछि उनलाई डाक्टर धनन्जयसंग भेट्न पठाए । उनी डराई डराई डाक्टरको कक्षमा पसे, डाक्टर जुरुक्क उठेर हेलो मिस्टर मोहन, मुबारक हो चेतन अव पूर्ण स्वस्थ हो गया । जैसे हमारे पैर मे कोइ काँटा चुभ गया और वहीं अटक गया तो फौरन निकालना पड़ता है ना ? हाँ वैसा ही केश था । आसान काम पर टाइम मे करना जरुरी । देर से सही आप टाइम गुजरने से पहले ही आ गए । चन्द्रमोहन खुसी भए । तर हिंजो डाक्टर नबोलेको कारण बीस घण्टा बिताउन बीस बर्षभन्दा बढी लामो भएको कुरा पनि गरे ।

 

 

डाक्टरले भने देखिए मोहनजी आप नहीं समझ पाए, जिस आदमी से मैंने लम्बी बात की उसकी बीबी अव नही रहेगी । ऐसे आदमी को कुछ तसल्ली देना, मीठी बातें करना, आत्मवल बढाना और भगवान पे भरोसा रखने के लिए उत्प्रेरित करना डाक्टर का कर्तव्य बनता है । आप तो पूर्ण सुरक्षित थे ना इसिलिए समझाने की जरुरत ही नहीं पडी । चन्द्रमोहन डाक्टर धनन्जयको कुरा सुनेर दंग परे, हाम्रो देशमा पनि कोही यस्ता डाक्टर होलान कि ! सायद होलान । डाक्टरले चार पांच दिनपछि अस्पतालबाट विदा पाइने र अरु चार दिन आराम गरेपछि नेपाल फर्कन सकिने सल्लाह दिए । साथै अव आफूलाई नभेट्न र जाने बेला बाइ मात्र भन्न सकिने कुरा बताउन पनि बिर्सेनन ।

 

 

चन्द्रमोहन बाहिर निस्के । हलको बाहिर अब्दुल मोती एक्लै बसिरहेको थियो । उसले टाढैबाट मुबारक हो साब भन्यो । चन्द्रमोहन आश्चर्य परे, उनी आफै भर्खर डाक्टरलाई भेटेर आएका छन्, असम्बन्धित मान्छे त्यो पनि अफगानले हार्दिक बधाई दिंदै छ ! मुतीले हिन्दीमै भन्यो देखिए साव जव मेरे बालिद को अपरेसन थिएटर के बाहर स्ट्रेचर मे सुलाया गया, उसी वक्त चेतनको भी दुसरे स्ट्रेचर पे सुलाया गय, और दोनो आमने सामने हो गए । चेतन ने तो उतना ध्यान नहीं दिया पर मेरे बालिद एक छोटे लड़के को अपरेसन के लिए ले जाते हुए देखकर सिहर गए ।

 

 

उन के आँखो से आँशु बहने लगा, लोगों को लगा बुजुर्ग आदमी अपने लिए रो रहा है, लेकिन मेरे बालिद का अपने लिए रोना छोडे हुए अरसा हो गया है । हाँ वह कभी कभी मेरे लिए रोते हैं । उस वक्त दरअसल वह चेतन के लिए रो रहे थे, और सलामत की दुवा माग रहे थे । अपरेसन के वाद जव होस् आया तो उन्होने चेतन का हाल पुछा । जैसे भी उसका हाल जानने के लिए जीद करने लगे, सो मै बहुत रिक्वेस्ट कर के डाक्टर धनन्जय से मिला और हाल जान गया । बालिद ने जव येह जाना तो बहुत खुस हुए । दर असल मेरे वालिद ने कुछ नेकदिल नेपालियों के साथ काम किया है, काबुल मे । वह अभी सिरियस ही हैं, पर थोडा होप है, क्यों कि अपरेसन सफल हुआ है ।

 

 

मानवता, ममता, भावुकता, हार्दिकता र संबेदनाको देश, राष्ट्रियता, भाषा, धर्म र नाता नहुने रहेछ । समस्त परिवार गुमाएको र गृहयुद्धले मुलुक नै जर्जर भएको एउटा मुसलमान बृद्ध दूरदेशको अपरिचित हिन्दूको सलामतीको लागि आफ्नो परबर्दिगारसंग दुआ माग्दै छ ! तैपनि मानवता कति पीडित ! को हो त्यो पीडक ?

                समाप्त

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

Photography