MENU
वास्तुशास्त्रको ग्रहसंगको सम्बन्ध
 : 380 views
  Jul 07, 2018

 

 

 

 

ज्योतिषशास्त्र र वास्तुशास्त्रको सम्बन्ध अत्यन्तै प्राचिनकालदेखी विधमान छ । यसले एक अर्कोलाई प्रभावित गरी रहेका हुन्छन । मनुष्य जीवनमा पनि सबै ग्रहले शुभ अशुभ प्रभाव पारी रहेको हुन्छ । ग्रहको आकर्षण शक्तिको प्रभाव पारी रहेको हुन्छ । ग्रहको आकर्षण शक्तिको प्रभाव मनुष्य मात्र नभै सवै निर्जिव वस्तुमा पनि परी रहेको हुन्छ । यसको प्रभाव चन्द्रमाद्वारा सागरमा आउने ज्वारभाटाद्वारा पनि बुझ्न सकिन्छ । अत: हामीले बुझ्नु पर्ने के पनि छ भने वास्तु जस्तो निर्जिव वस्तु पनि ग्रहको प्रभावबाट बच्न सक्दैनन ।

 

 

 

दिशा

पुर्व

पस्चिम

उत्तर

दक्षिण

इशान्

अगनेय

नैवृत्य

वायब्य

ग्रह

सुर्य

शनि

बुद्ध

मंगल

गुरु

शुक्र्

राहु

चन्द्र

 

 

जुन प्रकार ग्रह स्थिति अनुकुल वा प्रतिकुल हुँदा मनुष्यलाई प्रभावित पार्ने भएकोले मनुष्यलाई प्रभावित गर्छ । सुख दुःख भोग गराउँछ । वास्तुलाई पनि ग्रहले शुभ अशुभ परिणाम दिन्छ र त्यसबाट ग्रसित बनाउँछ । वास्तुअनुसार आठ दिशा विभाजित गरिएको छ । प्रत्येक दिशा एक निश्चित ग्रहसंग प्रभावित हुन्छ । यो निम्नवत शारिणीसंग तत हुन्छ ।

 

 

 

ग्रहद्वारा गृहस्वामी तथा उसको परिवारका सदष्यमा पर्ने प्रभावको विवरण यस प्रकार छ । सुर्य यदी भवनको प्रवेशद्वार पुर्व दिशामा भए उत्तम भवनमा सुर्यको अधिपत्य हुन्छ । तेजस्विता सुर्यको स्वभाव हो । अत्तः परिवारमा पनि यसको प्रभाव पर्नु स्वभाविक नै हो । परिणाम स्वरुप घरको सबै व्यक्ति श्रेष्ठ व्यतित्व भएका व्यक्तित्व भएका ओजस्वी तथा समृद्द हुन्छन । यस्ता भवनमा निवास गर्ने व्यक्तिलाई अलि कडा स्वादका भोजन मन पर्छ । जस्तै मेथी , करेला जस्ता बडी रुचाउँछन ।

 

 

 

चन्द्रः यदी भवनको मुख्यद्वारा बायव्य दिशामा भए उत्त भवनमा चन्द्रमाको स्वामित्व हुन्छ । त्यस परिवा को मुख्य ब्यक्तिको स्वभाव अलि चञ्चल हुन्छ । साथै अस्थिर तथा भावुक प्रवृत्त हुन्छ । घुम्नु भ्रमण गर्नु यात्र गर्नु विशेष मन पर्दछ । हरियो साग सब्जीको सेवन अधिक मन पराउँछन, नुन पनि बडी खान्छन ।

 

 

 

मंगलः मंगलको अधिपत्य त्यस घरमा हुन्छ । जुन घरको प्रवेश दक्षिण दिशामा हुन्छ । मंगलको प्रभावका कारण गृह स्वामीको स्वभाव साहसी चञ्चल तथा निडर हुन्छ । उत्त गृह स्वामीलाई बडी मसाला र गरिष्ठ भोजन प्रिय हुन्छ ।

 

 

 

बुधः जुन भवनको प्रवेशद्वारा उत्तर दिशातर्फ हुन्छ । त्यस भवनको स्वामी बुध ग्रह हुन्छ । बुध ग्रहले आफ्नो प्रभाव द्वारा गृह स्वामी व्यक्तित्वमा बुद्दी चातुर्य एवं विनोद को समावेश गर्दछ । बुध ग्रहको प्रभावमा रहेको व्यक्ति आफ्नै बुद्धिबलले प्रसिद्धी प्राप्त गर्दछन । उसको कार्य क्षेत्र लेखन साहित्यको अनेक बिधामा पूर्ण पारङगत हुन्छन । नियम र अनुशासनको पालना कडाइका साथ गर्दछन । यस्तो व्यक्तिले कुनै खास विषेश खाधान्नलाई प्राथमिकता दिदैनन जो पाइन्छ त्यसलाई सहर्ष स्विकार गर्दछन ।

 

 

 

गुरुः गुरु भनौ वा बृहष्पतिले आफ्नो अधिपत्य त्यस भवनमा राख्दछन जुन भवनको प्रवेश इशान दिशामा हुन्छ । यस भवनको गृह स्वामीको स्वभाव दयालु धार्मिक एव विचारशिल प्रकृतिको हुन्छन अवश्यकक्ता पर्दा यस्ता ब्यक्तिले साहसको सञ्चार पनि गर्न सक्छन यिनको रुची अध्ययन अध्यापन, भाषा तथा शिक्षाको क्षेत्रमा हुन्छ । प्रायः पवित्र तथा सात्विक भोज लाई प्राथमिकता दिन्छन ।

 

 

 

शुक्रः अग्नेय दिशातर्फ प्रवेशद्वार भएका उत्त भवनमा शुक्रको अधिपत्य हुन्छ, र उत्त भवनको स्वामी विलासी तथा मौज मस्ती गर्ने खालका हुन्छन । यस्ता ब्यक्तिको जीवनमा जटिलता पर्दा पनि त्यसवीच यस्ता व्यक्तिले मनोरञ्जनको पर्याप्त समय निकाल्न सक्छन । यिनले आफ्नो आम्दानीको ठुलो भाग मोज मस्ती मनोरञ्जनमा ब्यय गर्दछन । यिनको बहस सिनेमा नाटक गीत संगित अभिनय आदीमा हुन्छ । स्वभावतः यिनीहरु कलाप्रेमी हुन्छन रसिक प्रबृतिको कारण यिनको बस्त्र लगाई तडक भडक बाला हुन्छ । सुन्दर देखिन यिनीहरु अनेक उपक्रम गर्छन । भोजनमा यीनलाई दही पनिर कदी तथा खट्टा बस्तु विशेष भोजनमा चाहन्छन ।

 

 

 

शनिः शनि त्यस भवनको स्वामी मानिन्छ जुन भवनको प्रवेशद्वारा पश्चिम दिशा हुन्छ । शनि स्वामी भएकोले गृह मुखियाको स्वभावमा स्थिरता गंभिरता, विचारशिलता आदीको समावेश हुन्छ । यस्ता व्यक्ती कुनै कुनै कार्य प्रारम्भ गर्नु अगि धेरै चिन्तन गर्दछन । यिनको स्वभावले गर्दा यिनका मित्र नातेदार सम्मबन्धि सबैको वीचमा यिनको ब्यक्तित्व गम्भिर छविको रहन्छ । यिनले ठण्डा पेय तथा गरिष्ठ भोजन र मशाला र तारेकोलाई प्रशय दिन्छन ।

 

 

 

राहुः नेहृत्य दिशा प्रवेशद्वारा भएमा त्यस भवनको अधिपत्य राहुले गर्दछन । राहुलाई तामसी प्रवृतिको मानिन्छ । अतएव गृह स्वामी मुलतः तामसिक अर्थात घमण्डी लुच्चो एव धुर्त हुन्छन रिस क्रोध यीनको दिनचर्याको आवश्यक भाग हुन्छ । मासु र बासी खाना यीनलाई रुचिकार लाग्छ । उपरोक्त ब्याख्याले यो स्पष्ट हुन्छ कि कुन ग्रह बिशेषले कुन प्रकार आफ्नो प्रभाव दिन्छन यदी प्रवेशद्वारमा एकभन्दा बढी ग्रहको प्रभाव छ भने गृह स्वामीमा पनि मिश्रित प्रभाव पर्दछ । प्रवेशद्वारवाहेक भवनका झ्याल ढोका रोशनदान आदिले पनि आफ्नो प्रभाव छोडेको हुन्छ । यदी ब्यक्तिको कुण्डलीमा शनि बली र प्रभावी छ भने साथै त्यस भवनको प्रवेश र दक्षिणामा भएमा त्यस्तो ब्यक्ति जीवनमा यस, मान, कृति एवं लक्ष्मीको प्राप्ती हुन्छ । यदी शनिबलहिन र निःप्रभावी छ भने प्रवेश दक्षिण भएमा त्यसले आफ्नो पुर्ण कुप्रभाव दिन्छ ।

 

 

 

वास्तुशास्त्रको सिद्धान्त एव नियमको पालना गरी ग्रहद्वारा पर्ने कु प्रभावलाई कम गर्नुको साथै बचन पनि सकिन्छ । भवन निर्माणको समय दिशा विशेषलाई ध्यान दिई निर्माण गर्न सकियो भने निकै अनुकुल्ता प्राप्त गर्न सकिन्छ।

 

 

सारीणीद्वारा स्पष्ट

 

सुर्य – पुर्व – स्नानघर्

चंद्र – वायब्य – अतिथिगृह खाध्यान्न भंडार

मंगल – दक्षिण – भान्छ भंडार ( स्टोर )

बुध – उत्तर – पैसा धन राखने स्थान ( सेफ )

गुरु -इशान – पुजाकोठा – बैठक कक्ष

शुक्र – आग्नेय – भान्छा

शनी – पशचिम – अध्ययन  कक्ष, बच्चा, सुतने कोठा

राहु – नैरित्य – व्यस्क सुतने कोठा ( मास्टर बेड रुम )

 

 

 

उपरोत्त शारीणीद्वारा सही दिशामा उचित कक्षको निर्माण गरियो भने भवन वास्तुदोष तथा ग्रह दोषको कुप्रभावबाट सुरक्षित गर्न सकिन्छ । यसर्थ जुन दिशा बिशेषमा जस्तो निर्माण भनिएको छ । त्यस्को पुर्ण पालना गर्नु हाम्रो लागी श्रेयष्कर हुने छ । जो दिशामा जुन राशिको बर्णन गरिएको छ । त्यस दिशामा उत्त राशिले आफ्नो प्रभाव नदेखाई रहन सक्दैन । अर्थत राशिअनुसार ब्यक्ति विशेषलाई कुन प्रवेश शुभ हुन्छ वास्तुअनुसार सारिणीअनुसार स्पष्ट गरिएको छ ।

 

 

Comments