MENU
राहुलको संगीतमा प्रदीपले ल्याए अनिता 
 : 532 views
  Aug 01, 2018
बिगत १५ बर्षदेखि अमेरिका बस्दै आएका इटहरीनिवासी प्रदीप घिमिरेले आफ्नो दोश्रो गीत “अनिता” सार्वजनिक गरेका छन् l कलेज पढदादेखि नै गायन र संगीतमा बिशेष रुचि भएका घिमिरेले राहुल प्रधानको संगीत तथा निर्देशनमा उक्त गीत युटुबमार्फत बजारमा ल्याएका हुन् l  “अमेरिका जानुअघि काठमाडौँमा  साथीहरुलाई  नेपाली र हिन्दी गीत सुनाउथे, एकदिन गीत गाउछु भन्ने थियो तर पछिल्ला १५ बर्ष काममा भुलियो, अहिले आएर आफ्नै जीवनसाथीको नाममा  गीत गएको हूँ” घिमिरेले बताए l  हिमाल सागर र सिमोना सुबेदीको अभिनय रहेको उक्त  पपशैलीको   गीत डा. अनुप श्रीवास्तवले लेखेका हुन् l  युटुब लिंक : https://www.youtube.com/watch?v=9SQ-do_AFMY

Comments

NIC Asia