MENU
तपाईको ग्रहदशा
 : 146 views
  Aug 04, 2018

ज्योतिषी–ओजराज उपाध्याय लोहनी

(२०७५ साल श्रावण  १९-२६)

 

 

साता त्यति नराम्रो छैन । शुरुमा मान सम्मान मिल्नुको साथै गरेका  परिश्रमले धनलाभ हुने छ ।   कार्यमा अघि बढ्दा हुने भेटघाटले आफूप्रति अरुको आकर्षण  बढने छ । भाग्य र कर्म बलियो भएकोले मनोबल बढनेछ ।

 

निर्णयको प्रभाब  कायमै रहने भएकोले काम सफलता पाउन गाह्रो पर्नेछैन । शत्रु कमजोर हुनेछन्  । कुरा काटनेहरु आफै निस्तेज हुनेछन । विश्वास गरेकाले साथ  दिनेछन् । यात्रामा भेटघाटको अवसर पाउने योग छ ।

 

पहिलो भेटमानै वातवरण  अनुकूल बन्ने भएकोले व्यापारमा नयाँ मार्गफेला पर्ने र अन्य काममा  सफलता मिल्नुको साथै अरुको सहयोग पाइने । आफ्नु प्रयासमा धेरैकाम बन्ने योग छन । सोम, मंगल र शुक्रबार  गलत विचार बढने छ । विबाद बढने र धन नास हुने छ । अरुबाट आलोचना हुने भएकोले  गोपनीयता  अपनाउनु पर्ला । अरुको भर नगरी सफलहुने प्रयास आफैले गर्नु पर्ला ।

 

 

साताको  शुरुमा परिबारिक चिन्ताले  गलत विचार बढ्ने छ । खर्च बढ्ने, स्वास्थमा संकट आउने, काममा बाधा आउने र अरुको आलोचनाले  मनमा उदासिनता बढ्ने योग छ ।

 

 

लेनदेनमा विबाद चुलिने छ । समयमा निर्णय नहुदा आफ्नु काममा अरुले अधिकार जमाउनेछ । विनाकारण आउने समस्याले  मन अशान्त हुने योग भए पनि  सोम, मंगल र  तथा शुक्रबार मनोबल बढ्ने छ ।

 

पराक्रम बढने भएकोले  प्रयत्न गर्दा परिश्रमले धेरै काममा सफलता मिलनुको साथै  व्यापार बढने यात्राममा लाभ हुने भेटघाटमा मन प्रसन्न हुने योगछ  ।

 

अरुको विश्वास जित्न सजिलै सकिनेछ । पहिलो भेटमानै प्रसन्न भइ सहयोग गर्न तत्परता धेरैले देखाउनेछन । मान सम्मान पनि बढ्ने छ ।  सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्ने छ । धन मनग्य कमाउने अवसर मिल्ने छ । बुद्धिको तारिफ धेरैले गर्नेछन । पदक प्राप्तिको पनि सम्भावना छ । आप्नै प्रयासले नयाँ काम हात पार्न सकिनेछ ।

 

 

 

 

 

साता समग्रमा  राम्रो छ । शुरुमा पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । मनग्य धन कमाएर  रमाइलो  गर्ने अवसर मिल्नेछ । नयाँ भेटघाटमा मन रमाउनेछ ।  अरुबाट प्रसम्सा पनि पाउनुहोला ।

 

नयाँ काम गर्ने अवसर पनि मिल्ने छ । भाग्य बलियो छ । बुद्धिले समयको सदुपयोग गर्ने छ । यात्रा गर्ने अवसर पनि मिल्ने छ ।  आफन्तहरुको उचित सहयोग मिलनेछ ।

 

ज्ञानआर्जन मनग्य हुने छ । घर जग्गा जोढ्ने अवसर मिल्दै छ । सोम, मंगल र शुक्रबार खर्च बढ्नुको साथै  विबाद बढ्ने छ ।   शत्रु माथि पर्ने र घरेलु समस्याले सताउने छ । गलत विचार बढने र  स्वास्थमा संकट आउने काममा अवरोध आउने छ । मनमा चिन्ता बढ्ने योग छ । नैराश्यता र उदासिनता बढ्ने छ । कुरा काट्नेहरु बढ्ने योग भएकोले काम गर्दा साच विचार गर्नु पर्ला ।

 

 

 

 

 

 

प्रयास गर्दा समयले साथ दिने योग छ । शुरुमा कर्म बलियो हुनुको साथै भग्यले साथ दिने तथा धर्ममा रुचि बढ्ने छ । पढाइमा पनि सुधार आउनेवाला छ ।

 

यात्रा रमाइलो हुनेछ । यात्रामा हुने भेट घाटले काममा झन् रुचि बढाउने छ । पराक्रम बढ्ने र अधुराकाम पूरा हुने योग छ । व्यापारमा पनि सफलता पाउनुहोला । तपाइको लगनशीलता र इमान्दारिताको सम्मान गर्नेहरु प्रसस्तै हुने छन् ।

 

धन आर्जन पनि राम्रै हुने छ । सफलताको लागि धैर्य गर्नु जरुरी छ । बुध र बृहस्पतिवार खर्च र विबाद पनि बढ्ने छ । धन नास हुने योग छ । अरुले आलोचना गर्ने छन् । मनमा चिन्ता  बढ्ने छ ।

 

अरुको विश्वासमा सफलता पाउन सकिदैन । स्वास्थ्यमा संकट आउने भएकोले खान र बोल्न सजगता  अपनाउनु होला । घरेलु समस्याले सताउने क्रम यथावत भएकोले संयम हुनु होला ।

 

 

 

 

 

साता समग्रमा  नराम्रो छैन । खर्च बढ्ने, विबाद बढ्ने छ । तर भाग्य वलियो भएकोले सत्यको जीत भएर आफूमा  ठूलो हिम्मत आउने छ । सानु प्रयासले पनि  काममा सफलता पाउन सकिनेछ । विश्वासमा धेरै काम हुने छ ।

 

कुरा काट्नेहरु बढे पनि  प्रशंशकहरु धेरै  हुने छन् । अरुको विस्वासले जितेर  आमदानिका मार्गहरु सबै खुलाउन सकिनेछ ।  मित्रहरु प्रसस्तै सहयोगी  हुने छन् । समयले पनि साथ दिनेछ ।

 

काममा तगारो लगाउनेहरुको कमी नभए पनि  सजगताका  साथ  प्रयास गरे व्यापार तथा यात्रामा लाभ उठाउन सकिने छ । आत्मबल बढ्ने भएकोले धेरै काममा लाभ पाउन सकिने छ  । शुक्रवार शत्रु सकृय हुने छन् । खर्च र  विबाद बढ्नुको साथै  झुटा आरोपमा फसाउने प्रयत्न हुने भएकोले अरुको विश्वास गरे अप्ठ्यारोमा परिएला ।

 

 

 

 

 

 

समय राम्रो भए पनि शुरुमा समय प्रतिकूल रहने छ । रोग बढ्ने, लेनदेनमा  विबाद बढ्ने र साना काममा पनि अवरोध आउने छ । विना कारण अप्ठ्यारोमा  फस्नु पर्ने  र कुुरा काट्नेहरु बढ्ने भएकोले कडा गोपनीयता अपनाउनु उचित हुनेछ ।

 

आफन्तहरुको असहयोग र बौद्धिकताको  कमीले नैराश्यता र उदासिनता बढे पनि सोमबारदेखि  मानसम्मान मिल्ने छ । सभा सम्मेलनमा  जाने अबसर मिल्ने छ । ठूला व्यक्तिकासाथ अन्तरक्रिया गर्दै  अघि बढ्दा व्यापारमा लाभ उठाउने अवसर मिल्ने छ । अरुको  सहयोग मिल्ने छ ।  पढाइमा पाउने सफलता कायमै रहने छ । शत्रु पराजय हुनेछन् ।

 

भाग्यले साथ दिने छ । धर्ममा रुचि बढ्ने छ । आमदानिको नयाँ श्रोत प्राप्त हुनेछ  । प्रेममा सफलता सजिलै मिल्ने छ । भेट घाटमा मन रमाउनेछ ।  । बैदेशिक कार्यमा लाभ सोचे जस्तै पाउन अलि कसरथ गर्नु पर्ला ।

 

 

 

 

 

साताको शुरु र अन्त्यमा ग्रह गोचर  राम्रो छ । भेटघाटले मनोबल बढ्ने भएकोले गरेका कामबाट मन प्रसन्न रहने छ । सोच्ने शक्ति बढ्ने छ । बोलिको प्रभाब बढ्ने छ । अरुले विश्वास पनि गर्ने छन्  ।

 

पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आफन्तहरुको उचित सहयोग मिल्ने छ । व्यापारमा लाभ सोचे जस्तै पाउनु होला । शत्रु पराजीत हुने छन् । बुद्धिको तारिफ ठूला व्यक्तिले गर्ने छन् ।  सोमबारदेखि बुधबारसम्म स्वास्थ्यमा संकट आउनुको साथै लेनदेनमा  विबाद बढ्ने  भएकोले मनोबल  कमजोर  हुने छ ।

 

पहिलो भेटमा नै असन्तुष्ट भै आक्र। मण गर्न खोज्नेहरु प्रसस्तै हुने छन् । धन माल हराउने  र भाग्यले साथ नदिने देखिन्छ । धर्ममा अरुचि बढ्ने छ  । शत्रु बढने भएकाले खान र बोल्न विचार गर्नु उचित हुनेछ । महत्व पूर्ण काम शुरु र अन्त्यमा गर्नु होला अरुदिन संयम रहनु बेश ।

 

 

 

ग्रह गोचर पूर्बाध्र्दमा राम्रो छ । शत्रुसंग सजग भएर स्वास्थ्यको ख्याल गर्दै प्रयास गर्दा हरेक काममा सफलता पाउने र धन आर्जन हुने योग छ । व्यापारमा लाभ मिल्ने छ । सामाजिक कार्यबाट प्रशम्सा पाउनु होला ।

 

भाग्यले साथदिने भएकोले  मन  साताभर प्रसन्न रहनेछ  । बौद्धिक कार्यमा गरेका प्रयासहरु सकारात्मक परिणाम लिएर आउदै छन । पढाइमा बिछट्टै मन जाने छ । अरुबाट प्रशंसा पाउनु होला  । प्रयत्न गर्दा आमदानिको मार्ग अनुकूल बन्नेछ  । सफलताको लागि संयम हुनु पर्ला ।

 

बुधबारदेखि स्वास्थ्यमा संकट आउने र मनमा चिन्ता  बढने विबाद बढने भएकोले  गोपनीयतामा जोड दिनु उचित हुनेछ  । विश्वासले धोका हुन सक्ने र अरुको काम धेरैगर्नु पर्ने छ । जस पाउने सम्भावना कायमै रहने छ । कुरा काट्नेहरु बढन सक्ने छन् । घरेलु समस्या बढ्न सक्ने भएकोले संयम हुनु उचित हुनेछ ।

 

 

 

 

समय राम्रो भए पनि स्वास्थको ख्याल गरिरहनु पर्ला । नैराश्यता र उदासिनता बढ्ने छ । कुरा काटनेहरु सकृय हुने छन् । मनमा डर धेरै रहने छ  । बौद्धिकतामा  सम्लग्न भएर मात्र मनोबल बढ्ने छ ।

 

काममा सुधार  आउने छ । आमदानी र मान प्रतिष्ठा बढ्ने छ । सोच्ने शक्ति बढ्ने भएकोले ठूला व्यक्तिसंग अन्तकृयाको  प्रयास गर्दा  सफलता पनि पाउनु होला । सभा सम्मेलन सम्मान पनि पाउनुहोला ।

 

व्यापारमा सफलता मिल्ने छ  । पराक्रम बढ्नुको साथै अधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ । पदक पाउने बलियो सम्भावना छ । सहयोग गर्न अघि बढनेहरु प्रसस्तै हुने छन् ।

 

कुरा काट्नेहरु प्रशंम्सा गर्न थाल्ने छन् । आमदानी मनग्य हुनेछ  । प्रेममा सफलता मिल्नुको साथै बैबाहिक चर्चाले खुशी बढाउने छ । शुक्रबार आर्थिक समस्याले सताउने छ । स्वस्थ्य पनि कमजोर रहने छ ।

 

 

 

समय समग्रमा राम्रो  रहने छ ।  मित्र तथा परिवारजनवाट सहयोग पाउने भएकोले  आफैले गरेका  प्रयासहरु सफल हुने छन्  । भाग्य वलियो हुनुको साथै मनोबल बढ्ने र अधुरा काम सम्पन्न हुने छन् । नयाँ काम पाउने योग छ ।

 

व्यापार बढ्नुको साथै यात्रा गर्ने अवसर मिल्ने छ । मान सम्मान पाउने योग छ । गरेका काममा सफलता पाउनु होला । बोलिको प्रभाब बढ्ने छ । अरुले भरोसा पनि गर्ने छन् । प्रेम गर्ने अवसर पनि मिल्नेछ ।  पढन परदेश  जाने  अवसर मिल्दैछ ।

 

आमदानिका श्रोतहरु प्रसस्तै फेला पर्ने छन् ।  सोम, मंगलवार  खर्च बढ्ने छ । विबाद चुलिने छ । कुरा काट्नेहरु सलबलाउने भएकाले बोल्दा संयम र विचार गर्नु पर्ला । नैराश्यता र उदासिनता बढ्ने भएकोले  काममा अवरोध आउने तथा मनमा चिन्ता बढ्ने योग छ  । लेनदेनमा बाधा आउने छ  । शत्रुले फसाउने प्रयत्न गर्ने भएकाले सधैं सजग रहनु  राम्रो हुने छ ।

 

 

 

 

साता समग्रमा  मध्यम  खालको छ  । शुरुमा आफन्तडहरुको सहयोग मिल्ने छ । कर्म  बलियो रहेकोले गरेका काममा सफलता मिल्ने छ । जोश र जाँगर बढ्ने छ । सानै प्रयासले पनि ठूलो काममा सफलता पाउनु होला ।

 

बौद्धिक क्षमताले अगाडि बढ्न सजिलो हुने छ । पढाइमा सफलता मिल्नुको साथै सामाजिक कार्यले अरुलाई आफुतिर आकर्षित गराउने छ । व्यापारमा गरेका प्रयासहरु फलदाइ रहने छन ।

 

यात्रामा हुने भेटघाटको अवसर पनि मिल्दैछ । पहिलो भेटमा नै प्रभावित भै सहयोग गर्न धेरैले खोज्ने छन । सोमबारदेखि बृहस्पतिवारसम्म गलत विचारले गर्दा  खर्च बढ्ने, विबाद बढने,  स्वास्थ्य कमजोर हुने र गरेका काममा अबरोध आउनाले मनोबल घट्ने छ ।

 

लेनदेनमा विबाद बढ्ने छ । विना कारण विबादले सताउने भएकोले सजग रहनु पर्ला ।  काममा तगारो लगाउनेहरु केही समय सलबलाएर अत्याउन सक्ने छन् ।

 

 

 

साताको पूर्बाद्र्ध ज्यादै राम्रो छ । शुरुमा बोलिको प्रभाव बढ्नुको साथै  परिश्रमले  गरेका कामहरु प्रशंसनीय हुने छन् । अरुको मन पनि आफूप्रति सकारात्मक रहने छ  । मान सम्मान पनि पाउनु होला । काम गरेर दाम कमाउने अवसर मिल्ने छ । पराक्रम बढनुको साथै अधुरा काम पूरा हुने र नयाँ काम पाउने योग छ ।

 

व्यापारमा सफलता सोचे जस्तै मिल्ने छ  । यात्रा गर्ने अवसर पनि पाउनु होला । प्रेममा सफलता मिल्ने छ । पढाइमा राम्रो सफलता पाइने छ । बुद्धि बढ्ने योग भए पनि बुधबारदेखि घरेलु समस्याले सताउनुको साथै   स्वस्थ्यमा संकट आउने  छ ।

 

लेनदेनमा  बिबाद बढ्ने छ । काममा अवरोध आउने तथा मनमा चिन्ता बढने योग छ  । समयमा निर्णय नहुँदा हात परेको काम पनि फुत्कन सक्छ । विचार पु¥याएर अघि बढनु पर्ला  । सबारी चलाउदा र अरुको सवारीमा सवार हुँदा विचार पु¥याउदै सजग रहनु पर्ला ।

 

Comments

NIC Asia