MENU
शौचालयमा भेटिएकीसँग बिहे गरेँ
 : 1,643 views
कुमार नगरकोटी   Sep 08, 2018

म २१ वर्षको हुँदा ४० वर्षकी महिलासँग प्रेममा थिएँ । उनी विवाहित थिइन् । मसँधै त्यस्तै प्रकारका महिलाबाट आकर्षित हुन्थेँ । अहिले सम्झँदा म ‘कम्प्लिट प्याकेज’को महिला खोज्दो रहेछु । महिला भनेपछि कोमल, प्रेमिल, अनुभव भएको मभन्दा बढी ज्ञान भएको खोज्दो रहेछु । त्यसैले ‘१६ वर्षे जोवन’तिर आकर्षित भइनँ । ४५ वर्षे जोवनमा विन्दास थिएँ ।

 

म आफू प्रेमिल छु जस्तो लाग्छ । तर, आजकल कुनै युवती भेट्यो भने प्रेम गरिहालुँजस्तो लाग्दैन । ‘सेक्सुअल डिजायर’ पनि कम भइसकेको छ । प्रेम अनुभूतिको निर्धारण उमेरले पनि गर्छ । किशोरकालको प्रेम, युवावयको प्रेम जिवन्त हुन्छ । उमेरले प्रेमको स्वाद फेरिँदैजान्छ ।

 

मलाई किशोर हुँदा किशोर हुँ जस्तो कहिल्यैपनि लागेन । जोगीको संगत गरेँ । अनेक किताब पढेँ । आइ अलवेज फिलिङ लभ विथ वुमन, नट अ गल । साइकोलोजिकल्ली नै म महिलातर्फ आकर्षित थिएँ । युवती भनेपछि बच्चा हुन् जस्तो लाग्थ्यो । १६ वर्षे जोवनमाथि धेरै गीत लेखिएको छ । मलाई जहिल्यै बच्चा लाग्यो । म २१ वर्षको हुँदा ४० वर्षकी महिलासँग प्रेममा थिएँ । उनी विवाहित थिइन् । मसँधै त्यस्तै प्रकारका महिलाबाट आकर्षित हुन्थेँ । अहिले सम्झँदा म ‘कम्प्लिट प्याकेज’को महिला खोज्दो रहेछु । महिला भनेपछि कोमल, प्रेमिल, अनुभव भएको मभन्दा बढी ज्ञान भएको खोज्दो रहेछु । त्यसैले ‘१६ वर्षे जोवन’तिर आकर्षित भइनँ । ४५ वर्षे जोवनमा विन्दास थिएँ ।

 

कुमार नगरकोटी, लेखक

 

म ठ्याक्कै भन्न त सक्दिनँ, तर बढिमा सात जनासँग प्रेम भयो होला । कसैलाई मैले मन पराएँ, कसैले मलाई मन पराए । केही प्रसंग किताबहरुमा पनि लेखिसकेको छु । तर, त्यस्तो प्रेम बिहेपछि भएको छैन । अहिले श्रीमतीसँगै प्रेम गर्छु ।

 

अहिले धेरै प्रेमिल प्रसंगहरु सम्झन्छु । मैले २१ वर्षको हुँदा निकास भन्ने कथा लेखेको हुँ । त्यो पढ्नेहरुले चाहीँ कोही रिटायर्ड बुढोले लेखेको भन्ने ठान्दा रहेछन् । पहिलादेखि नै म मानसिक रुपमा परिपक्व थिएँ । फेरि अनुभवको छुट्टै महत्व छ । त्यसले मान्छेलाई करुणाशील, विवेकशील, ज्ञानी बनाउँछ । किनभने तपाईंले सोसाइटी पढ्दै जाँदा आफ्ना गल्तीको महसुस हुन्छ । त्यो मलाई त्यति आकर्षक लाग्दैन । मलाई भद्र, ज्ञानी मान्छे रुचिकर लाग्दैन । किनभने म नयाँ नयाँ परीक्षण रुचाउने मान्छे । कहाँ ज्ञानी, विनम्र भएर बस्ने ?

 

मलाई अतीत मनपर्छ । म अतीतलाई प्रेम गर्छु । मैले छाडेका गल्ली, घुम्ति, बाटाहरुप्रति मोह छ । तर, अतीत सम्झेर पछुतो मानेर बस्दिनँ । अतीत चाहिन्छ । दूरीबाट हेर्न रमाइलो हुन्छ । तर, यो समय जर्ज गरेर बस्ने होइन । इन्जोए गर्ने हो । हामी नेपालीको मष्तिस्कमा जर्जमेन्ट गर्ने स्वभाव डाउनलोड गरेरै राखिएको छ । त्यो ठीक होइन । मेरो १६ वर्षको निर्णयमाथि अथवा २० वर्षको निर्णयमाथि अहिले आएर पछुतो मान्नुको अर्थ छैन ।

 

प्रेम र सम्भोग दुवै एकदमै सुन्दर चिज हुन् । ती प्याकेजमा आउँछन् । युवाकालको प्रेम र सम्भोग, त्यसपछिको समयको प्रेम र सम्भोग । यी दुई एक–अर्काका परिपुरक हुन् । तपाईं सम्भोग चाहीँ गर्नुहुन्छ तर, प्रेम छैन भने त्यो अर्थहीन छ । त्योभन्दा राम्रो हस्तमैथुन हो । सम्भोगको अर्थ नै समभोग हो । प्रेम नभइ समभोग हुँदैन । अब प्रेम छ तर, सम्भोग छैन भने पनि त्यो खल्लो हुन्छ जस्तो लाग्छ मलाई ।

 

प्रेमसँग जोडिएर धेरै सोधिने प्रश्न सम्भोगको हो । प्रेम र सम्भोग दुवै एकदमै सुन्दर चिज हुन् । ती प्याकेजमा आउँछन् । युवाकालको प्रेम र सम्भोग, त्यसपछिको समयको प्रेम र सम्भोग । यी दुई एक–अर्काका परिपुरक हुन् । तपाईं सम्भोग चाहीँ गर्नुहुन्छ तर, प्रेम छैन भने त्यो अर्थहीन छ । त्योभन्दा राम्रो हस्तमैथुन हो । सम्भोगको अर्थ नै समभोग हो । प्रेम नभइ समभोग हुँदैन । अब प्रेम छ तर, सम्भोग छैन भने पनि त्यो खल्लो हुन्छ जस्तो लाग्छ मलाई ।

 

मेरो पहिलो बिहे पारपाचुकेमा टुङ्गिएको हो । मैले ‘ऋतुको चिया पसल’ भन्ने मेरो संस्मरणमै लेखेको छु । त्यतिबेला म त्यस्तै २०/२१ वर्षको थिएँ । ऊ मेरो समकालीन । मैले अघि नै भनेँ समकालीनतिर त मेरो मनै जाँदैन थियो । मलाई युवती होइन महिला चाहिन्थ्यो । ऊ मलाई बच्चा लाग्थ्यो । त्यतिबेला म अर्को महिला मीरासँग प्रेम गर्थेँ । ‘मिराज्’ भन्ने लेख नै लेखेको छु । ऋतुले मलाई ‘कस्तो मान्छे रैछ, अर्काकी स्वास्नीतिर ताक्ने’ भन्थी । त्यो ठाउँ छाडेको पाँच सात वर्षपछि उसले फोन गरी । त्यतिबेला मैले उसले प्रेम गर्दीरहिछ भन्ने थाहा पाएँ । भागौँ भनि । ‘भाग्न त किन भाग्ने, बरु तिम्रो आमासँग कुरा गर्छु,’ भनेँ । अनि बिहे ग¥यौँ । एक महिनापछि केही फरकहरु हुन थाल्यो । अनि हामी आ–आफ्नो बाटो लाग्यौँ ।

 

मेरो बिहेको प्रसंग दोचामा पनि लेखिसकेको छु । सावित्री र मेरो बिहे चाहीँ प्रेम र मागी दुवै हो । उनलाई पहिलोपटक ट्वाइलेटमा देखेको हो । स्कुलको लेडिज ट्वाइलेटमा । त्यतिबेला म स्कुलमा काम गर्थेँ । मैले नै विवाहको कुरा अगाडि बढाएको हो ।

 

म ड्यामकेयर मान्छे । साबित्री नभएको भए म उहिल्यै मरिसक्थेँ । कुनै गल्लीमा वा फुटपाथमा मेरो लास भेटिन्थ्यो होला । रक्सी खाँदाखाँदै पनि मर्न सक्थेँ । म अराजक मान्छे । मलाई जीवनको कुनै फ्रेम अस्विकार्य थियो । म प्रेमिल चाहीँ हो, ‘फ्रेमिल’ होइन । उनी आएपछि मेरो जीवनशैली फेरियो । अहिले पुत्र र पत्नी छन् । सि फिल्स मी । मैले अघि पनि भनेँ बिहेपछि अन्य सम्बन्धमा छैन ।

(कुराकानीमा आधारित)

Comments