MENU
अंक ज्योतिष –३
 : 317 views
-एसडी उपाध्याय   Sep 08, 2018

हामीले पनि हाम्रो जीवनमा अंकविधा अनुसार सहि गणनाबाट उर्तान सक्यौं भने हाम्रो जीवनमा पनि हाँसो  र खुसीले पूर्ण भइ जीवन सधै सुखमय बन्छ ।

 

 

 

अंक पाँच

पाँचको अंक अंकविद्याको दृष्टिले अत्यन्त महत्वपूर्ण अंक मानिन्छ । यस अंकको सबैभन्दा बढी विशेषता जो सुकै व्यक्तिलाई यिनीहरुले क्षणभरमै आफ्नो अनुकूल बनाउँन सक्छन् । यति मात्र नभइ आफ्नो व्यवहार र सच्चरित्रता, इमान्दारिताले यिनीहरु अगाडिको व्यक्तिको हृदयमा पनि स्थान बनाउन सफल हुन्छन् । जीवनभर मित्रवत् सम्बन्ध स्थापित गर्न पनि सफल हुन्छन् । यी अंकका व्यक्ति जरुरतभन्दा बढि व्यस्त हुन्छन् । व्यर्थको समय यिनीहरुसित हुँदैन । जीवनको प्रत्येक क्षणलाई प्रयोग गर्छन्।

 

 

यात्रा गर्नु पनि यिनीहरुको शौखमा सामिल हुन्छ । तर, त्यस्तताको कारण यात्रा गर्न सक्दैनन् । यात्रा जति गर्छन्, यिनीहरुलाई लाभ पनि उति नै हुन्छ । भूलरुपले यी व्यक्ति प्रखर मष्तिस्क, उर्वर बुद्धिको धनी हुन्छन् । कुनै कार्यको निर्णय त्रुन्त लिन्छन् । यिनीहरुले लिएको निर्णय भविष्यमा सही सिद्ध हुन्छ । शरीरले चाहिँ यिनले धेरै कार्य नगरुन तर, मष्तिस्कले यिनीहरु अधिक कार्य गर्छन् । थकान केहो यिनले कहिल्यै नामै लिँदैनन् ।

 

 

यिनको अर्को ठूलो विशेषता भनेको जस्तोसुकै परिस्थिति होस् यिनले आफूलाई सोही अनुरुप ढाल्न सक्छन् । जस्तो समय हुन्छ त्यसैअनुसार आफूलाई बनाउन सक्छन् । यिनको अद्भूत क्षमता अर्को के पनि हुन्छ भने यिनीहरुले बृद्धमा बृद्ध, युवकमा युवक र बालकमा जो व्यक्ति हो त्यहि परिस्थिति र व्यक्ति त्यस्तै व्यवहार हुन्छ । त्यसकारण समाजको हरस्थानमा यिनको सम्मान हुन्छ । सबै वर्गमा लोकप्रिय हुन्छन् ।

 

 

यिनको हातबाट व्ययको मात्रा अधिक हुन्छ । तर, व्यय गर्दा अधिक सोचेर गर्छन् । र यिनलाई आयभन्दा व्यय अधिकजस्तो लाग्यो भने आफूलाई तुरुन्तै सम्हाली हाल्छन् । आफूलाई नियन्त्रण गर्ने यिनमा अद्भूत क्षमता हुन्छ । जुनै कार्य गर्न हात हालेपछि त्यसलाई पूर्ण गर्न यिनमा अद्भूत क्षमता हुन्छ । यिनको दिमागमा कुनै नयाँ कार्य आयो भने यिनले त्यस कार्यको सबै पक्षबारे अवलोकन गर्न र त्यस कार्यलाई पूरा गर्न योजना बनाउँन थाली हाल्छन् । साथै काममा यसरी लाग्छन् कि यिनलाई आय र व्यय खानपान, रहनसहन, सुखसुविधा केही कुराको मतलब हुँदैन । लक्ष्यमा पुगेरै यिनीहरुले विश्राम लिन्छन् । यो यिनको जीवनको सबैभन्दा ठूलो् महत्वपूर्ण विशेषता हो ।

 

 

जीवनमा यिनीहरु एक मात्रै कार्यले एउटै कामले मात्र संतुष्ट हुँदैनन् । यिनीहरु काम एकभन्दा धेरै हुन् र योजना पनि धेरै होस् भन्ने चाहन्छन् । साथै आर्थिक स्रोत पनि अधिक योजना पनि अधिक होस् भन्ने चाहन्छन् । खाली समय काट्नु यिनीहरुका लागि अत्यन्त कठिन हुन्छ । मुख्यत यस्तो व्यक्ति व्यपार–प्रधान मस्तिष्कका हुन्छन् । चाहे यिनले जागिरै किन नगरुन, त्यसकार्यमा पनि यिनको दृष्टि व्यापार प्रधान नै हुन्छ ।

 

 

कुन कार्यलाई कुन तरिकाले गर्दा अधिक लाभ हुन्छ त्यो विचार यिनको दिमागमा घुमिरहन्छ । यद्यपि जीवनमा यिनीहरुले पनि समस्याको सामना गर्नुपर्छ । बाधा र अफ्ठ्याराहरुले यिनीहरुलाई पनि घेर्छ । त्यसो हुँदा पनि त न यिनीहरुले सहजै हार मान्छन्, न त आफ्नो पथबाट विचलित हुन्छन् । सामान्य अवस्थाजस्तै उत्साहका साथ कार्य गरिरहन्छन् । त्यसैअनुरुप कार्यलाई पूर्णता प्रदान पनि गर्छन् । यस्तो व्यक्तिले जागिरको साथसाथ यदि व्यापार गर्छन् भने निश्चय पनि सफल हुन्छन् ।

 

 

यस अंकको व्यक्तिको जीवनमा आकस्मिक धन प्राप्तको योग पनि हुन्छ । यस्तो व्यक्तिले जीवनमा अलिअलि भएपनि चिठ्ठा र सेयरमा लगानी गर्नु उपयुक्त हुन्छ । यिनीहरुको एक अर्को विशेषता भन्नुपर्दा यिनीहरुले जीवनमा जस्तोसुकै जोखिम उठाउन तयार हुन्छन् । आजको समय त्यो व्यक्ति सफल हुन्छ । जस्तो जीवनमा जोअिम उठाउछ यिनको जीवन कैयौ यस्तो अवसर पनि आउँछ । समय स्थान देशअनुसार आफूलाई ढाल्नुका साथै जीवनमा उन्नतिका लागि सहजै जोखिम उठाउनु यो दुई गुण यस्तो हो जसकारण यिनीहरु सहजैमाथि उठ्छन् ।

 

 

यिनीहरुको जीवनमा कोही न कोही सहायक भइरहन्छन् । यदि सहायक अलग भएछन् भने तत् क्षण अर्को सहायक तयार भइहाल्छन् । यिनको जीवनमा सहायक मदतगार सधैँ भइरहन्छन् । त्यस्ता सहायक र मित्रको सहयोगले जीवन सफल हुन सहयोग गर्छ । जीवनमा सँधै नयाँ कार्य गर्ने, सिक्ने तलतल यिनमा प्रशस्त हुन्छ । जटिलभन्दा जटिल कार्य पनि यिनीहरुले सहजै सिक्छन् । छोटो समयमा त्यस कार्यमा यिनीहरु पारङ्गंगत पनि भइहाल्छन् । एकै स्वभावको कार्य यिनीहरुले निरन्तर गर्न सक्दैनन् । बीचबीचमा शैली परिवर्तन गरिरहन्छन् ।

 

 

एक प्रकारले भन्नुपर्दा यो यिनको जीवनको दुर्गुण हो । मित्रहरुसित सम्पर्क गरिरहनु साथै त्यसलाई निभाउन प्रयत्न गरिरहनु यिनीहरुको विशेषता हो । मित्र पनि यिनको जीवनको सम्पति हो । सुखदुखमा सहायक हुन्छन् । मित्रद्वारा माथि उठ्न मदत मिल्छ । बस्तुतः पाँच अंकसित सम्बन्धित व्यक्ति जीवनलाई सहीरुपले जीउँनमा विश्वास गर्छन् र आफ्नो जीवनलाई आफ्नो प्रयत्नले लक्ष्य प्राप्त गर्न सफल हुन्छन् ।

 

 

अंक ६

 

अंक ६ सबै अंकभन्दा अधिक प्रभावशाली अंक मानिन्छ । जीवनका जो विशेषता हुनुपर्छ, त्यो सबै विशेषता यस अंकमा सहजै प्राप्त हुन्छ । संसारको सन्दरतम् पुरुष र संसारको सुन्दरतम् नारी यसै अंक अन्तर्गत पर्छन् । यस अंकका व्यक्तिको स्वभाव सुन्दर रहने, सुन्दर बन्ने हुन्छ । व्यवस्थित शरीर ज्यादाभन्दा ज्यादा सुन्दर बन्ने, आफूलाई यसप्रकार प्रदर्शित गर्छन् कि अगाडिका व्यक्ति यिनको सम्मोहनमा चुर्लुम्म हुन्छन् । वस्त्रको छनौट सुरुचीपूर्ण र पूर्ण तौरतरिकाको हुन्छ ।

 

 

यिनीहरुलाई अस्तव्यस्त, फोहोर, कुरुपतादेखि घृणा हुन्छ । यिनीहरु कलात्मक बस्तुमा ज्यादा रुची राख्छन् । संसारलाई पूणर््ा भोगमय बनाउँनमा रुची राख्छन् । कुन प्रकारले संसारमा ज्यादाभन्दा ज्यादा सुख प्राप्त गर्न सकिन्छ यिनीहरु त्यसमा सचेत रहन्छन् । यस अंकको व्यक्तिको स्त्रीप्रति अधिक झुकाउ हुन्छ । कला, संगीत, काव्य आदिमा यिनको विशेष रुची हुन्छ । यिनीहरु स्वयम् पनि यसप्रकारको कलामा सिद्धहस्त हुन्छन् । कलाप्रेमीप्रति आफ्नो समय र द्रव्य धेरै खर्च गर्छन् । यद्घपी यीनको जीवनका द्रव्यको अभाव रहन्छ ।

 

 

तथापी जहाँ खर्च गर्ने कुरा आउँछ यिनीहरु पछि हटदैनन् । हात खोलेर खर्च गर्छन । यिनीहरुलाई बिशिष्ट र दुर्लभ गुण भएका कलाकृतिमा रुची हुन्छ । आम मानिसको वीचमा यिनीहरु लोकप्रिय हुन्छन । गम्भीरभन्दा पनि गम्भीर कुरा अरुको मनबाट थुतेर निकाल्न यिनीहरु सक्षम हुन्छन् । योजनाबद्घ तरीकाले काम गर्ने यिनीहरुको गुण हुन्छ । यसैअनुरुप यिनीहरु आफ्नो लक्ष्यसम्म सहजै पुग्न सक्छन् । यिनीहरु सधै हाँसिरहन्छन् । उदासी र निराशा भन्ने यिनको जीवनमा कहिल्यै पनि हुदैन् । जोसंग भेट भएपनि त्यसलाई पनि खुसी र हसिलो बनाई दिने क्षमता हुन्छ । यिनीहरुको दाम्पत्य जीवन सामान्य खालको हुन्छ।

 

 

पत्नि भए पनि यिनीहरुको जीवनमा अन्य स्त्रीको प्रवेश भै नै रहन्छ । यस अंकका व्यक्ति पुरुष वा स्त्रीको सम्वन्धविना रहन सक्दैनन् । अरुको भावनालाई यी व्यक्तिले उतिकै सम्मान दिन्छन । यिनीहरुको मनमा परस्त्रीप्रति एक प्रकारको आशक्ति सधै रहिरहन्छ । यसैको कारण यीनीहरुको दापत्य जीवनमा सधै एक प्रकारको अप्रिय अवस्था वनि रहन्छ । यस्ता व्यक्ति अत्यन्तै चञ्चल स्वभावका हुन्छन । चिन्तन तथा ध्यान गरेर बस्नै सक्दैन् । साथै एकै स्थानमा धेरै बेरसम्म बस्न पनि सक्दैन । एक कार्यलाई पनि निरन्तरता दिन सक्दैनन् । आफुलाई सुन्दर र सजधज गरेर बस्ने यिनीहरुको स्वभाव हुन्छ ।

 

 

आफुलाई सुन्दर बनाउने क्रममा आफु सुन्दर भएको आफै आश्वास्त नभएसम्म यिनीहरु घर बाहिर निस्कदैनन् । यस अंकका स्त्री पनि फेसन तथा सिंगारमा उतिकै रुपमा आर्कषित हुन्छन । यिनीहरुको घरमा विलासिताका सामाग्री सधै उपलब्ध हुन्छ । आर्थिक रुपमा त्यति सवल नभए पनि भोग विलाशको सामान र कार्यक्रममा धन खर्च गर्न पछि पर्दैनन् । आधुनिक र फेसनेवल बन्नको लागि सधै तत्पर रहन्छन् । यस्ता व्यक्ति एक्लै पनि बस्न सक्दैनन् । समाजमा प्रभावशाली पनि देखिन्छन् । सेता वस्त्र यिनीहरुको सवैभन्दा प्रिय वस्त्र हो । समाजमा सधै मिलनशारिता र सहयोगी भावना देखाउँछन । यसै गुणको कारण यिनीहरु सधै सम्झि रहन्छन् । समग्रमा भन्नु पर्दा अंक ६ भएका व्यक्तिले संसारलाई समाजलाई जीवन के हो कसरी जीउँनु पर्छ भन्ने सन्देश सवैलाई दिन्छन् । अंक ६ को गुणलाई हामीले पनि जीवनमा उर्तान सक्यौं भने हाम्रो जीवनमा पनि हांसोले पुर्ण भइ सुखमय बन्न सक्छ । बाँकी अंकबारे अर्को हप्तामा चर्चा गर्ने छु ।

 

 

जीवनमा अंकको महत्व

जीवनमा अंकको महत्व-२

upadhyaydeepak32@yahoo.com

977-9849428414

 

Comments

NIC Asia