MENU
साहित्यतर्फको नोबेल पुरस्कार स्थगित :मनोनयनमा परेका साहित्यकार आर्नोल्टलाई जेल सजाय
 : 169 views
  Oct 01, 2018

साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नोल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल सजाय सुनाएपछि यस बर्षको साहित्य तर्फ दिने भनिएको नोबेल पुरस्कार स्थगित भएको छ । स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको पुष्टी भएपछी पुरस्कार स्थगित गरेको हो ।

आर्नोल्टकी पत्नी स्वेडिस एकेडेमीको सदस्य रहेकी छिन् । यही एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कारका विजयी घोषणा गर्दछ । यिनै दुईवटा विवादका कारण यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको छ ।

बलात्कारको आरोप नोभेम्बर २०१७ मा उठेको थियो । हलिउडका चर्चित व्यक्तित्व हार्भे वाइन्स्टाइनमाथि बलात्कारमा दोषी पाइएसँगै साहित्यकार आर्नोल्टको मुद्दा सार्वजनिक भएको हो । स्वीडेनको दैनिक अखबार डाजेन्स न्यीटरले आर्नोल्टमाथि १८ जना महिलाले बलात्कार, यौनशोषण वा तनाव दिएको दाबी गरेको खबर छापेको थियो |

Comments

NIC Asia