MENU
मेरो नाम विप्लव अर्थात रिबेल, थर छैन
 : 509 views
विप्लव प्रतीक   Oct 06, 2018

एउटा कुरा स्पष्ट बनाउँछु । सबै मान्छेलाई आफ्नो थर र जातप्रति गर्व हुन्छ होला । तर, मैले चाहीँ मेरो जात बिर्सिसकेको छु । मलाई त्यो जात चाहिएकै छैन । सबैभन्दा ठूलो गौरव भनेको म पृथ्वीमा जन्मेको छु । पहिला म पृथ्वीवासी, त्यसपछि नेपाली । 

 

विप्लव प्रतीक, लेखक

विप्लव नाम अहिले धेरै चर्चामा छ । अरु पनि धेरैका नाम विप्लव होलान् । पहिला चाहीँ मेरो नाम अरुसँग किन मिलेको होला ? जस्तो लाग्थ्यो । अहिले त्यस्तो लाग्दैन ।

 

संकटकालको बेला यात्रा गर्दा सैनिकहरुले नाम सोध्थे । मलाई चाहीँ नाम बताउने अवस्था आइपरेन । तर, कहीँ नाम बताउनुपर्यो भने मलाई कडै सोधपुछ हुन्छ भन्ने अनुमान थियो । त्यो परिश्थितिको सामना भने गरिनँ ।

 

मेरो नाम अनुवाद गर्दा अंग्रेजीमा ‘रिबेल’ हुन्छ । धेरैअगाडि ‘रिबेल’को अर्थ खोजेको थिएँ । राजा हटाउने विद्रोह रहेछ । नेपालीमा संघर्ष, विद्रोहजस्ता अर्थ लाग्छन् ।

 

मेरो बुवा पहिलादेखि ‘लेफ्ट मुभमेन्ट’मा लाग्नुभएको थियो । उहाँले नै मलाई विप्लव नाम राखिदिनुभएको हो । उहाँले मान्छेको जात लोग्नेमान्छे र स्वास्नीमान्छेभन्दा अरु हुँदैन भनेर सिकाउनुभयो । अहिले पहिचान, समावेशी भन्ने कुरा आएको छ । पहिला वामपन्थीहरु मान्छेलाई दुई जातमा मात्र हेर्थे । मलाई पनि सबै मान्छेको प्रतिनिधि हुनुपर्छ भन्ने लागेर तथा परिवर्तनको प्रतीक हुनुपर्छ भनेर विप्लवमा आफैँले प्रतीक थपेँ । यो कक्षा ८ पढ्दाको घटना हो । पछि नागरिकता पनि विप्लव प्रतीककै नाममा बनाएँ ।

 

एउटा कुरा स्पष्ट बनाउँछु । सबै मान्छेलाई आफ्नो थर र जातप्रति गर्व हुन्छ होला । तर, मैले चाहीँ मेरो जात बिर्सिसकेको छु । मलाई त्यो जात चाहिएकै छैन । सबैभन्दा ठूलो गौरव भनेको म पृथ्वीमा जन्मेको छु । पहिला म पृथ्वीवासी, त्यसपछि नेपाली । पहिला नेपालीको प्रतिनिधित्व गर्छु, त्यसपछि सबै पृथ्वीवासीको प्रतिनिधित्व गर्छुजस्तो लाग्छ ।

 

मलाई दुख भन्ने शब्द प्रयोग गर्न मन लाग्दैन । तर, थर त्यागिसकेपछि दुख भयो । संघर्ष गर्नुप¥यो । जस्तो, म कतै कामका लागि गएँ भने त्यहाँ मेरो जातका वा थरका मान्छे हुँदैन थिए । किनभने मेरो थर र जातै थिएन । मैले जीवनमा कति ठाउँमा थर र जात नहुँदा काम पाइन । मेरो नाम ‘विप्लव प्रतीक’ भनेर नमानिदिने । ‘थर के हो ?’ भन्थे । अनि कामै छाडिदिन्थेँ । त्योबेला थर भन्नुपर्छ भनेर साथीभाइको घर पनि जादिँन थिएँ । अहिले त खोजिनिति गर्छन् मान्छेहरु । तर, अहिले चाहीँ धेरैलाई थाहा छ । कसैले सोधिहाले ‘यो विषयमा कुरा नगरौँ’ भन्छु । किनभने आत्मविश्वास छ । त्योबेला आत्मविश्वास थिएन । तर, बहुलठ्ठीपन हो या के हो, थर चाहीँ फ्याक्नैपर्छ भन्ने थियो ।

अहिले मलाई विप्लव प्रतीक भनेरै चिन्छन् । तर, विद्यालयमा भने मेरो उपनाम थिएन । साथीहरुले जिस्काउने नाम पनि थिएन । तर, अरु धेरैको थियो । कसैलाई धरहरा भन्थे । जोगी, घाटे, प्याकेजस्ता उपनाम पनि थिए साथीहरुको । मेरो अनुपश्थितिमा पनि उपनाम थिएन जस्तो लाग्छ । किनभने कसै न कसैले त सुनाउँथ्यो नि ।

अचेल सम्झँदा नाम धेरै ठूलो कुरो हो भन्ने लाग्दैन । गुलाफको नाम पलाँस भएको भएपनि सुगन्ध त आउँछ नी । नाम वा दामको पछाडि कुद्नु आफ्नो अस्तित्वलाई बिर्सिनु हो । सबैभन्दा ठूलो कुरा हामीले गरेको कर्म हो ।

 

अहिले मलाई विप्लव प्रतीक भनेरै चिन्छन् । तर, विद्यालयमा भने मेरो उपनाम थिएन । साथीहरुले जिस्काउने नाम पनि थिएन । तर, अरु धेरैको थियो । कसैलाई धरहरा भन्थे । जोगी, घाटे, प्याकेजस्ता उपनाम पनि थिए साथीहरुको । मेरो अनुपश्थितिमा पनि उपनाम थिएन जस्तो लाग्छ । किनभने कसै न कसैले त सुनाउँथ्यो नि ।

 

स्कुलमा उपनाम राख्नु भनेको कसैलाई होच्याउनु वा मानमर्दन गर्नु हो । मैले आफैँले त्यसो गरिन । किनभने मलाई त्यो मन पर्दैनथियो ।

 

अरु साहित्यकारमध्ये मलाई तीन वटा नाम खुब मनपर्छ । मञ्जुल, श्यामल र पारिजात । अच्छा नाम लाग्छ । उहाँहरुले अर्थपूर्ण साहित्य लेखिरहनुभएको छ । अथवा लेख्नुभयो । त्यसैले पनि मन परेको होला ।

 

म पुस्तक र पात्रको नाम राख्दा पनि संवेदनशील हुन्छु । मेरो उपन्यासको नाम अविजित । अंग्रेजीमा ‘दि अनकन्कोएड’ भन्छ । जित्न नसकिएको । मेरो पात्र नै त्यस्तो थियो । नाम अविजित राखेँ । उपन्यासको नाम अरु नै राख्छु भन्ने योजना थियो । छपाइमा जानेबेलासम्म अरु नाम छान्न सकिएन । अनि प्रकाशक र मैले सल्लाह गरेर अविजित नै राखेको हो ।

 

कविताका शीर्षक राख्दा पनि धेरै मिहिनेत गरिन्छ । मेरा कविताका सबै शीर्षक प्रिय छन् । तर, कुनै एउटा छान्दा ‘नहारेको मान्छे’ धेरै मनपर्छ । त्यो मेरो सुरुवाती कालमा लेखेको कविता हो । मलाई गुगल ग¥यो भने पनि त्यसकै चर्चा धेरै आउँछ । ‘अनडिफिटेड पर्सन’ भनेर अंग्रेजीमा अनुवाद भएको छ । स्पेनिस, फ्रेन्च र हिन्दीमा पनि अनुवाद भएको छ । एकपटक न्युयोर्कमा सुनाएको थिएँ, नेपालीमा । त्यसैलाई मञ्जुश्री थापाले अंग्रेजीमा सुनाउनुभयो । एक जना ७० वर्षका मान्छेले आएर भनेँ, ‘मैले नेपालीमा त बुझिन, तर अंग्रेजीमा सुनेपछि तिम्रो वाचनले भित्र हृदयमा छोयो ।’ मैले फोटो खिचेर फेरि ऊ भए ठाउँमा जाँदा गइसकेको रहेछ । फेरि कुरा गर्न सकिन । त्यो कविताभरि नहारेको मान्छे भन्ने शब्द छैन । शीर्षक मात्र हो । मेरो पहिलो कविता संग्रहको नाम पनि यही कविताबाट राखेँ ।

 

उपन्यास र पात्रका नाम मीठोसँग राख्ने साहित्यकार कुमार नगरकोटी हुन् । उनको नाम मन पराएर त्यो नामै किन्ने पनि देखेँ । उनले ‘पर्पला’ भन्ने नाम सोचेका रहेछन् । बुकहिलका भूपेन्द्रले कति पैसा दिएर त्यो नाम लिएछन् । कतिसम्म सत्य हो भन्ने सोधेको चाहीँ छैन ।

(कुराकानीमा आधारित)

 

 

Comments

NIC Asia