MENU
कलामा पुर्ख्यौली नाच
 : 1,256 views
  Oct 09, 2018

पुरुषहरू महिलाको पहिरनमा नाच्छन्, त्यसैलाई उनीहरू मारुनी भन्छन् ।

धौलागिरी क्षेत्रका पुन मगरहरु विभिन्न समयमा यो नाच प्रस्तुत गर्छन् । विशेषतः जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार, संस्कृति, चाडपर्व, मेला आदिमा यो नाच प्रस्तुत गरिन्छ । आफ्नो जातीय पहिरन, गरगहना, मौलिकता झल्काउने बाजा मादल, मौलिक गीत तथा मौलिक नाच प्रस्तुत गर्छन् ।

 

 

सदृश्य संवाददाता

काठमाण्डौं, २३ आश्विन ।

 

कलाकार सुनिल रंजितको पुर्ख्यौली नाच संबन्धी एकल चित्रकला प्रदर्शनी मंगलवार सकिएको छ । लोकवार्ता परिषदको आयोजनामा स्थानीय सर्वनाम नाचघरमा अशोज १६ गतेदेखि भैरहेको यो प्रदर्शनीको उद्घाटन प्रशिद्ध चित्रकार द्वय शशी शाह र उत्तम नेपालीले रिबन काटेर संयुक्त रुपमा गरेका थिए । म्याग्दी र पर्वत जिल्लामा बसोवास गर्ने मगरहरुको सोरठी नाचका हाउभाउ र प्रस्तुतिलाई तेल चित्रमा कलाकार रंजितले उतारेका छन् ।

 

मगर लेखिका तथा अनुसन्धानदाता प्रतिभा पुनका अनुसार आदिवासी जनजातिहरूमध्ये मगर सबैभन्दा बढी जनसङ्ख्या भएको जाति हो । भाषिक हिसाबले काइके, पाङ र ढुट गरी तिन खाले भाषिक वक्ता भेटिने यस जातिभित्र देखिने मूल थरहरूमा पुन, थापा, राना, घर्ती, बुढा, रोका र आले देखिन्छन् । यीमध्ये पनि मगर, जो धौलागिरी क्षेत्रका म्याग्दी र पर्वतमा बसोबास गर्छन्, तिनको मौलिक नाच हो पुर्ख्यौली नाच ।

 

 

प्रतिभा भन्छिन्, पुर्ख्यौली नाचलाई पुरानो नाच, बुढापाकाको नाच, सोरसोती उतार्ने नाच, हाई हाल्ने नाच, सोरठी जस्ता विभिन्न नामले पुकारिन्छ । आख्यानसहित वा आख्यानरहितका यी नाच जातीय नृत्यशैलीमा, जातीय वेशभूषा तथा मौलिक क्षेत्रीय भाषिकामा प्रस्तुत हुने गर्छ ।

 

उनका अनुसार मौखिक परम्परामा बाँचेको तथा अध्ययन तथा अनुसन्धानबाट धेरै टाढा रहेको अमूर्त संस्कृतिको संवाहक बनेको पुर्ख्यौली लोकनाचलाई चित्र कलाकार अर्थात् चित्रकार सुनिल रञ्जितले एब्सट्रयाक पहिलो पल्ट चित्रमा उतारेका छन् जसले पुख्र्यौली लोकनाचको संरक्षण कार्यमा महङ्खवपूर्ण भूमिका खेल्ने निश्चित छ ।

 

 

काठमाण्डौको रैथाने नेवार सुनिल रंजित यहाँ अत्यन्त विविधता हुँदा हुँदै दुई अंचल पर र अर्कै विकास क्षेत्रमा के कारणले पुगे ? कलामा नयाँ अनुसन्धान र सिर्जनामा सधैं दत्तचित्त रहने रंजित भन्छन्, कला समाजको परम्परा, संस्कृति, परिवेश र अझ देशकै प्रतिबिम्ब हो । कलालाई कलाको घेरामा मात्रै सीमित राख्न सकिँदैन । सामाजिक, सांस्कृतिक, प्राकृतिक एवम् धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने कार्यमा कला प्रभावकारी माध्यम बनाउन सकिन्छ ।

 

कला रचना गर्ने शैली जे जस्ता भए पनि विषयवस्तुमा आफ्नै  हावा, पानी र माटोको सुवास छर्न सकियो भने त्यस कलाले आफ्नोपनको अनुभूति प्रदान गर्छ ।

 

 

अर्कै क्षेत्रमा हुर्किएको कलाकारका लागि धौलागिरी क्षेत्रमा कलाका लागि अनेकौँ विषय रहेछन् । एउटा जीवनमा ती विषयमा एउटै ब्यक्तिले काम गर्न असम्भव प्रायः हुने लाग्छ मलाई । यहाँको स्थान, परिवेश, संस्कृति, वातावरण आदिलाई परापूर्व कालदेखि आजसम्म धेरै कलाकारहरूले आफ्ना विषयवस्तु बनाउँदै आएका छन्, बनाइरहेका छन् र अझै बनाउने छन् ।

 

मुसुक्क हाँस्दै उनले थपे, म सधैँ फरक काम गर्न चाहन्छु । सधै फरक विषयको खोजीमा रहनुलाई मेरा साथीहरु यो तेरो कमजोरी पनि हो र विशेषता पनि हो भनेर हाँसो ठट्टा गर्छन् ।

 

 

मैले एक दिन प्रत्यक्ष रूपमा मगरहरुको पुख्र्यौली नाच अवलोकन गर्ने अवसर पाएँ, सुनिलले एक भेटमा भने– नाचको प्रस्तुति गर्नुअगाडि उनीहरूको मौलिक संस्कृति झल्किने खालको पुर्खाको आह्वान गर्ने परम्परा रहेछ । त्यस नाचको प्रस्तुतिको प्रारम्भमा चोखो शरीर भएको मानिसको शरीरमा देवता (पुर्खा) उत्रिँदा रहेछन् । कस्तो अचम्म !

 

पुरुष होस् वा महिला, बेस्सरी काम्दा रहेछन् । त्यो दृश्य देखेर म अचम्मित भएँ र त्यसले मभित्र एक किसिमको कौतुहल जगायो । उत्साहका कारण शरीरका रौँ पनि ठाडा हुन थाले । यस्तो संस्कृति देखेर मलाई अति नै अचम्म लाग्यो ।

 

 

अनि मनमा लाग्यो, यो नाचका हाउभाउलाई त बाहिर ल्याउनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा यसको प्रचार प्रसार गर्न सक्यो भने यसले धेरै आकर्षित गर्न सक्छ ।

 

मैले यो नयाँ चित्र शृङ्खला तयार गरें भने यसले देश विदेशमा छरिएर रहेका सम्पूर्ण पुन मगरहरूलाई मौलिक चिनारीका साथ एकसूत्रमा बाँधेर राख्ने काममा सहयोग पु¥याउने विश्वास मलाई लाग्यो । यस अतिरिक्त आफू पुगेका कुनै पनि देशमा पुन मगरहरुले गर्वका साथ आप्mनो अमूर्त संस्कृतिका बारेमा जानकारी दिलाउन एउटा फरक आयामको रूपमा यसले काम गर्ने छ ।

 

 

मारुनी नाचले मलाई भित्रैदेखि उक्सायो र चित्रमा उतार्न मन लाग्यो । त्यसपछि सुरु भयो पुख्र्यौली नाचको मेरो चित्र शृङ्खला ।

 

 

धौलागिरी क्षेत्रका पुन मगरहरु विभिन्न समयमा यो नाच प्रस्तुत गर्छन् । विशेषतः जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार, संस्कृति, चाडपर्व, मेला आदिमा यो नाच प्रस्तुत गरिन्छ । आफ्नो  जातीय पहिरन, गरगहना, मौलिकता झल्काउने बाजा मादल, मौलिक गीत तथा मौलिक नाच प्रस्तुत गर्छन् । तीन चरणमा नाचिने यस नाचमा गुरुवा÷मुख्य मादलेको प्रमुख भूमिका हुन्छ । हाई हाल्ने अर्को समूह हुन्छ, जसलाई गीदाङ्गे भनिन्छ । पुरुषहरू महिलाको पहिरनमा नाच्छन्, जसलाई उनीहरू मारुनी भन्छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

NIC Asia