MENU
Submit Your Photos

फोटो खिच्नुस् : १०,००० जित्नुस

फोटो प्रतिस्पर्धामा सहभागिताका लागि फोटो पठाउनको लागि फोटोग्राफीमा रुची भएका व्यवसायिक र शौकिन फोटोपत्रकार र फोटोग्राफरहरु सवैलाई हार्दिक अनुरोध छ । फोटो प्रतिस्पर्धाका नियम यस प्रकार रहेका छन् :

  • फोटोको साइज कम्तीमा १ एमवि र बढीमा ३ एमविसम्मको हुनुपर्ने छ ।
  • एक प्रतियोगीले एक पटकमा १ वटासम्म फोटो पठाउन सक्ने छन् ।
  • फोटो प्रतियोगी आफैले खिचेको हुनु पर्ने छ । फोटोको प्रतिलिपी÷वौद्धिक सम्पतिको अधिकार फोटोग्राफरसंग रहनेछ । यसबारेमा कुनै पनि अर्को पक्षको दावी भएमा त्यसको जवाफदेही फोटोग्राफर स्वयम बन्ने छ । सदृष्यको यसमा कुनै जवाफदेहिता हुने छैन ।
  • प्राप्त भएका फोटो प्रतियोगितामा सहभागि गराउने/नगराउने अन्तिम निर्णय गर्ने अधिकार सदृष्यलाई रहने छ ।
  • प्रतियोगितामा सहभागि गराइएका फोटोमा फोटोग्राफरको नाम उल्लेख गरेर सदृष्यले आफ्नो वेभसाइटमा प्रयोग गर्न सक्ने छ । तर सदृष्यले यस्तो फोटो विक्री वितरण गर्ने छैन ।
  • फोटोले कुनै प्रकारका विवाद सिर्जना गरेमा त्यसको जिम्मेवारी फोटोग्राफर नै हुने छ ।
  • फोटोे २०७५ साल बैसाख ३१ गते राती १२ बजे भित्र पठाइसक्नु पर्ने छ । फोटोलाई २०७५ साल जेष्ठ ३१ गते राती १२ बजेसम्म लाइक र सेयर गर्न पाइने छ । पहिला प्राप्त फोटो पहिला नै वेभसाइटमा राखिने छ ।
  • विजेता घोषित फोटोलाई रु १०००० (दश हजार) असारको पहिलो साता पुरस्कृत गरिने छ ।