MENU
पिताप्रति नमन
 : 31 views
  Aug 21, 2017

 

 

मातृ देवो भव।
पितृ देवो भव।।
गुरु देवो भव।।।

 

 

 

शब्द/तस्विर: रमेश हमाल 

आज औशी अर्थात चन्द्रविनाको चूक झै अँध्यारो रात, आजको दिन कुशलाई घरमा ल्याइ त्येस्लाई घरमा राखेर मनाईन्छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुड पुराण, यथर्व वेद र विष्णु पुरानमा समेत वर्णन गरिएको छ । कुशे औंसी लाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ, यो वर्ष भाद्र ५ गते सोमबार परेको छ । बिहान पछि अवस्य सांझ आउने क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा , कहिले आमा त कहिले छोरीको भुमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।

 

 

आजको दिन विशेष गरी उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावती, नुवाकोटको देवीघाट, तनहुँको देवघाट, कोका-कौशिकी (बराहक्षेत्र), विष्णुपादुकालगायतका तीर्थस्थानमा आ-आˆना दिवङ्गत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेको ठूलो घुइँचो लाग्दछ ।

 

 

पिता, बुवा, पापा, बाबा र अन्य शब्दमा सम्बोधन गरिने शब्द जुनसुकै जात, धर्म, संस्कार वा सम्प्रदायका भएपनि आफ्नो बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौं र त्यसरी ताते ताते गरेर हिंड्न सिकाउने, हाम्रो आनेकौ इक्ष्या आकांक्षा पुरा गरिदिने, मनपरेको खानेकुरा र लगाउने कुरा पुर्याउने र हामीलाई कहिले पनि दुखः अनुभब गर्न नदिने ति महान पुरुषहरु जसलाई हामी बुवा सम्बोधन गर्छौ । तिनै बुवाहरुको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौं होला ।  जे होस आमा बुवानै यस जगतका देख्न सकिने जीवित भगवानहरु हुन जसले आफ्नो इक्ष्या आकांक्षा त्यागेर आफ्नो बालबच्चाको लागी समर्पित हुनुहुन्छ  । आजका दिन पृथ्वीलोकका सम्पूर्ण पिताहरुलाई स्मृती गर्दै कोटी कोटी नमन गरौँ ।

 

 

आफ्नो परिवार, बालबच्चाका लागि ति हात कहिले थाकेनन, ति पाईला कहिले रोकिएनन, ति मनका पिर कहिले पोखिएनन, ति काधहरुले कहिले आराम पाएनन्, ति तालुहरु कहिले चिसिएनन, र शरीरले कहिले आराम पाएनन् ।  पितृसत्तात्मक समाजको कारणले पनि कति दुखः, पिर,इक्ष्या, आकांक्षाहरु त्यागेर आफ्नो परिवारको लागि हरदम, रातदिन लागिपर्ने सम्पूर्ण पिताहरुलाई मेरो पनि हृदय देखि नै नमन, सलाम ।

 

 

 

 

 

देशभर कुसे औंशी

सदृश्य संवाददाता
काठमाण्डौं, ५ भदौ ।

तस्विर: सुनिल शर्मा 

कुशे औसी, नेपालमा बाबुको मुख हेर्ने दिनको रुपमा मनाइन्छ । बाबुलाई खुवाउने दिनको रुपमा यो दिन चर्चित छ ।

 

हिन्दू धर्माबलम्बीहरु भगवान, बाबु र आमालाई उच्च स्थान दिने गर्छन् । पिता भनेको जन्म दिने, रक्षक र पालक हो । उनैले सन्तानलाई समाजको योग्य सदस्य बनाई स्थापित गराउछन् । यसैकारण व्यक्ति समाजमा स्थापित हुन्छ र यो दिन पिताको त्यही योगदानलाई सम्झेर मनाइने गरिन्छ ।

 

आजै देव र पितृकार्यमा प्रयोग हुने कुश घरघरमा भित्र्याउने गरिन्छ ।

 

कुशको महत्वबारे श्रीमदभागवतगिता, विष्णु पुराण, अर्थबवेद र गरुण पुराणमा उल्लेख छ । यो औशीको दिन भित्राएर बर्षभरि प्रयोग हुन्छ । कुशको महत्वबारे संस्कृतमा श्लोकमा भनिएको छ, कुश स्नान, दान गर्दा, जप, होम, पाठपुजा, पितृकार्य र सन्ध्याको कार्य गर्दा प्रयोग हुन्छ ।

 

आज प्रत्येक घरघरमा छोराछोरीहरुले बाबुको मुख हेर्छन् । आफूले सक्दो सामाग्री पनि आफ्ना पितालाई अर्पण गर्ने गर्छन् । बाबु हुनेहरुले बाबुलाई घरमै गएर भेटघाट गर्छन् भने बाबु नहुनेहरुले काठमाण्डौंको गोकर्णेश्वर मन्दिर तथा बागमतीको किनारामा श्राद्ध गर्ने गर्छन् । राजधानी बाहिर पनि मन्दिर तथा नदी किनारामा गएर पितृलाई तर्पण गर्ने गरिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments