MENU
यार्सागुम्बा यात्रा
  Jun 26, 2017

 

वर्षामा बिरुवा र हिऊँदमा किरा बन्ने जडिबुटी संकलनको रोचक कथा–ब्यथा !

 

 

— शब्द/ तस्वीर मैत्य घर्तीमगर

 

‘वर्षामा बिरुवा र हिउदमा किरा’ भनेर उत्तरी हिमाली जिल्लाहरुमा चिनिने यार्सागुम्बा टिप्ने यो वर्षको सिजन शुरु भएको छ । झिटी गुन्टा बोकेर विभिन्न जिल्लाका हजारौं नागरिक लालाबालाहरु सहित उत्तरी हिमाली जिल्लाहरुमा लर्को लागिरहेछन् ।
वर्षे झरी अर्थात मनसुन शुरुहुनु अघि यार्सागुम्बा टिपीसक्नुपर्छ । बाह्र हजार फिटमाथि हिउ पग्लिइसकेपछि हिमाली पाटन र भीरपाखाहरुमा यार्शागुम्बा उम्रन थाल्दछ । यतीनै बेला यो संकलन गरिन्छ ।
झुसिल्किराको जीउबाट वनस्पति भएर उम्रने यार्सागुम्बा ज्यादै बहुमूल्य जटिबुटी मानिन्छ । उच्च हिमाली क्षेत्रमा वर्षामा हुने पुतली र त्यसको लार्भा हिंउ पर्न थालेपछि जाडोबाट जोगिन पाटन र भीर पाखामा उम्रिएका झारमा लुक्छन् ।
हिउदभरि हिउले पूरै क्षेत्र छोपिएर रहन्छ । तर जव हिउ पग्लिएर झारपात पलाउन थाल्छ, त्यती नै बेला ती लुकेका किराको टाउकोबाट वनस्पति पलाउन थाल्छ ।
हो, यही किरा र त्यसमा पलाएको वनस्पतिलाई उखेलेर जम्मा गरिन्छ र यार्सागुम्बा भनेर धेरै महंगोमा बिक्री हुन्छ !

 

 

 

जतिबहुमूल्य उति खतरनाक !

यार्सागुम्बा जति बहुमूल्य छ, उति नै यो संकलन गर्ने कार्य पनि अत्यन्तै कठिन र खतरनाक छ । टाढाटाढाका गाउ वा जिल्लाबाट हजारौं हजार गाउलेहरु जेठ–असारमा लालाबाला र कुम्लो कुटुरो बोकेर उकालो लाग्न थाल्छन् । घरमा ताल्चा मारेर यार्सा पाइने सुनसान हिमाली क्षेत्र गुल्जार बन्न थाल्छ ।

यार्साको ब्यापार मात्र होइन, खाद्यान्नदेखि लुगाफाटो र मदिरादेखि जुवासम्मको खाल जम्न थाल्छ । कुनदिन कस्ले कतिवटा यार्सागुम्बा फेला पा¥यो, त्यो साँझ भट्टीमा हुने खर्च र खालमा हानिने दाउले छर्लंग हुन्छ । यार्सा टिपेपछि फर्किएर बस्ने पालको बस्तीमा दैनिकजसो झडप, डकैटी, लुटपाट, चोरीका घटना सामान्य मानिन्छ ।
अप्ठ्यारा भीर, अत्यधिक चिसो, लेक लाग्ने र अकस्मातको हिमपातले औलोमा बसिरहेका बासिन्दाको विचल्ली नै हुन्छ । उनीहरुका त्रिपालले हिउ धान्न र लत्ता कपडाले जाडो थेग्न सक्दैन । केटाकेटी महिलाको त बिचल्ली नै हुन्छ । अरु क्षेत्रमा महिला केटाकेटीलाई भाउ दिइदैन तर यार्सा खोज्न यिनीहरु नै माहिर मानिन्छन् । त्यसैले हरेक परिवार बच्चा र महिलालाई प्राथमिकता दिन्छन् ।
हरेक वर्ष कैयौंको अकालमा मृत्यु हुनुलाई यार्सा संकलनमा अनौठो मानिदैन । यतिबेला स्कूलदेखि अरु कार्यालयहरु पनि बन्द हुन्छन् र सबैजना देवीदेवता भाक्दै यार्सागुम्बा खोज्न उच्च हिमाली क्षेत्र धाउछन् ।
यार्सागुम्बा संकलन गर्न जानेहरु भन्छन्, एकैजनाले पनि जस्को भाग्यमा लेखिएको छ, डेढ–दुई महिनाको मेहनतले लाखौंलाख कमाएका उदाहरण बग्रेल्ती छन् ।

 

 

 

राजस्व बृद्धि

यार्सा पाइने जिल्लाको राजस्व पत्याउनै नसकिने गरी करोडौं रुपैयाँ पुगेको छ ।
यार्साको ख्याती दिनपरदिन बढिरहेको छ । यार्सा अब जरिबुटीको रुपमा मात्र होइन, पैसावाल र नहुनेहरुले पनि ऋण गरेर प्रयोग गर्ने र सुखी बन्ने आइटम बनिरहेको छ ।

यार्साले परंपरागत उपयोगको दायरालाई यसैबीच नाघेर खाने, लाउने, घस्ने र पिउने क्षेत्रमा प्रवेश गरिसकेको छ । अरु कुनै औषधिले नछोएको, देवीदेवताको भाकल नपुगेको अवस्थामा धेरैको आशाको त्यान्द्रो यार्सागुम्बा बनिरहेको छ । त्यसैले बजारका मूल्यवान खानेपिउने सरसामानमा यार्सागुम्बा मिसाएको भन्ने वित्तिकै त्यसको मूल्यले आकाश छुन थालेको छ ।
यार्सा मिसाएका जुस र जाम मात्र होइन, बहुमूल्य यार्सा हालेपछि सामान्य रक्सीहरु पनि मूल्यवान बन्न थालेका छन् । रक्सी होइन, यार्शाको आकर्षकले रक्सीको गुणस्तरलाई अमूल्य बनाएर बजारमा ठाडै हस्तक्षेप गर्न थालेको छ ।

 

 

 

यौन शक्ति नै अब्बल

यार्साका हजार फाइदाको चर्चा चले पनि यसको ख्याती भने यौन शक्ति बढाउने महाऔषधिकै रुपमा शिखरमा छ ।
अंग्रेजहरुले कर्डिसेप्स नाम दिएको यार्सागुम्बालाई उनीहरु ‘क्याटरपिलरमा उम्रने एक प्रकारको फंगस (ढुसी)’ भन्ने गर्छन ।
चीनमा यार्सागुम्बा यतिधेरै चर्चित छ कि दुइहजार वर्ष अघिदेखि उनीहरु निमोनियाँ, खोकी, एलर्जी, कलेजो, फोक्सो, दिमाग र मुटु रोगको उपचारकासाथै कहिल्यै बुढो नहोइने र यौनशक्ति अचाक्ली नै बढाउने जडिबुटीको रुपमा प्रयोग गरिरहेका छन् ।
यार्सागुम्बा टिपीरहेका ठाउमै चिनियाँ ब्यापारीहरु करोडौं रुपैयाँ बोकेर गाउगाउ पुग्ने गर्छन्, जसरी रुद्राक्ष किन्न चिनियाँहरु भोजपुर, संखुवासभाका गाउहरुमा पुग्छन् ।

 

 

 

यार्शाले हेलिकोप्टर चढ्छ

डोल्पा, मनाङ्ग, दार्चुला लगायत खास गरेर पश्चिमी जिल्लाहरु जहाँ अत्यधिक यार्सा उत्पादन हुने गर्छ । ती हिमाली जिल्लामा संकलित यार्सा भरिया, घोडा वा गाडी होइन, हेलिकोप्टर चढेर शुरुमा राजधानी काठमाण्डौं र त्यसपछि जेट बिमान चढेर अन्तर्राष्ट्रिय शहरहरुको शयर गर्छ ।
केही वर्ष अघि हेलिकप्टरमा ठेकेदार मानबहादुरको १५ किलो र छिरिङ लामा लगायत ३ जनाको १५ किलो गरि जम्मा ३० किलो यार्सा बोकेर दार्चुलाबाट नेपालगंज लगिरहेको भेटिएको थियो ।
यार्साको ¥वायल्टी त्यतीबेला प्रतिकिलो १० हजार तिरेको ब्यापारीहरुले बताएका थिए । ठेकेदारले नै भने, एक किलोको १५ लाख त हामीले हिमालमै गएर किन्नुप¥यो । प्रत्येक वर्ष यार्साको भाउ बढिरहेको छ ।

०५८ सालमा यार्सामाथि लागेको प्रतिबन्ध फुकुवा गरिए पछि यार्साको संकलन र ब्यापारमा तिब्रता आइरहेको छ । शुरुमा त २० हजार रुपैया प्रतिकिलो यार्सागुम्बाको दरले जिल्ला वन कार्यालयले कर लिने गरेको थियो । पछि कर कटौति गरेर वन मन्त्रालयले प्रती किलो १० हजार रुपैंया राजस्व लिन थालेपछि सबैले राजस्व तिर्न थाले र राजस्वको राषी ब्यापक नै बढ्यो ।
०६२ मा दार्चुला वन कार्यालयले पहिलो पटक साढे १० किलो यार्साको राजस्व संकलन ग¥यो । ०६३ मा ७२ किलो, ०६४ मा ५ सय ७७ किलोको ५७ लाख ७० हजार रुपैया राजस्व संकलन ग¥यो । राजस्व बढ्दै गएपछि ७ सय किलो यार्सागुम्बुको ७० लाख रुपंैया राजस्व वन कार्यालयले उठाएर त्यतीखेर दुई वर्ष लगाातार दार्चुला वन कार्यालयले यार्सावाट देशकै उच्च राजस्व संकलन गरेको रेकर्डबाट देखिन्छ ।’

 

 

 

असुरक्षाको औषधि

यार्सा गुम्बाको भाउ जति बढ्छ, त्यसको ओसारपसार त्यत्तीकै असुरक्षित हुनेगर्छ । यसैकारण वर्षेनी हेलिकप्टरमा ढुवानी गर्ने गरेको ब्यापारीहरु बताउछन्–‘ढुवानी भाडा एक पटकमा दुई देखी तीन लाख रुपैंया पर्छ । अझ यो बढ्दै छ । त्यसैले एक्लैले ढुवानी भाडा तिर्न नसक्दा धेरै ब्यापारी मिलेर हेलिकप्टर चार्टर गर्ने गरेको उनीहरुले बताए ।
दार्चुला मात्र नभएर हुम्ला, मुगु, रुकुम, सिन्धुपाल्चोक, मनाङ्ग, ताप्लेजुंग, सोलुखुम्बु, दोलखा, गोर्खा, म्यांग्दी, बझाङ्ग, धादिंग, मुस्ताङ्ग, डोल्पा, जुम्ला आदि जिल्लाबाट नेपालकै वाटो भएर तिब्बतको ताक्लाकोट अथवा राजधानी काठमाण्डौं लगेर तिब्बत र हङकङ अथवा जहाँ चिनियाहरु बढीमात्रामा बसोवास गर्छन, यार्साको बन्द–ब्यापार हुने गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

 

 


 

 

 

 

 

 

 

 


 

 


 

 

 

 

 

 

 

 

 

 


 


 

 

 

 

 

 

 

 

 

 

Comments