MENU
‘धम्मपद’ वाचन गरे ७५ हजारले
 : 1,209 views
  Mar 03, 2018

 

 

सदृष्य सम्वाददाता, काठमाडौं । अहिलेसम्म सवैभन्दा धेरै हजारौं व्यक्ति टुँडिखेलमा एकसाथ जम्मा भएर भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गर्ने किर्तीमान कायम गरेकाछन ।

 

 

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी भएका र प्रधानमन्त्री ओली सम्वोधनसमेत गरेका थिए ।

 

 

एमाले नेता तथा पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले सदृष्यलाई दिएको जानकारीअनुसार ७५ हजार भन्दा धेरैले आधिकारिक पास नै लिएका थिए र पास नलिइकन धेरै व्यक्ति सहभागी भएका थिए । पास लिएका र नलिएका गरि डेढ लाखभन्दा धेरैले एकसाथ बुद्धबचन बाचन गरेका थिए ।

 

 

यो कार्यक्रम गिनिज बुक अफ दि वल्र्ड रेकर्डको मान्यताको लागि आयोजना गरिएको हो । गिनिज बुक अफ दि वल्र्ड रेकर्डको मान्यता दिन बाँकी छ ।

 

 

अहिलेसम्म एकै ठाउँमा जम्मा भएर सवैभन्दा धेरै व्यक्तिले एकैसाथ वाचन गरेको रेकर्ड भारतको नाममा छ । भारतीय धर्मगुरु श्री श्री रविशंकरको आर्ट अफ लिभिङले आयोजना गरेको कार्यक्रममा एकसाथ ४६ हजार ६६० जनाले कविता वाचन गरेर उक्त रेकर्ड बनाएको थियो । यो रेर्कडले औपचारिक मान्यता पाए उक्त रेर्कडलाई प्रतिस्थापन गर्ने छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

Photography