MENU
यात्रा अन्नपूर्ण बेसक्याम्पको
 : 570 views
  May 07, 2018

 

 

शव्द/तस्विर : कृष्ण सिन्जाली 

 

 

 

 

 

सगरमाथा बेस क्याम्प पछिको खर्चिलो पद यात्राको रुपमा रहेको अन्नपूर्ण बेस क्याम्पमा बर्षेनी हजारौ बाह्य तथा आन्तरिक पर्यटकहरु आउने गर्छन् ।

 

 

संसारकै अग्ला दश हिमाल मध्ये तीन धौलागिरी, मनास्लु र अन्नपूर्ण लगायत माछापुच्छे«, निलगिरी, बार शिखर हिमालहरुको मनमोहक दृश्य अवलोकन गर्नका साथै हिउँको आनन्द लिन सकिन्छ । पदयात्राको क्रममा विभिन्न प्रजातिका चराचुरुङ्गी, पहाड भरी रताम्मे फुलेको लाली गुराँस लगायतका फुलहरु यात्रा अवधि भरी देख्न् सकिन्छ ।

 

 

पदयात्राका लागि र्काित्तक–मंसिर र चैत्र–बैसाख उपयुक्त समय भएपनि अन्य समयमा एसियन मूलुकका पर्यटकहरु आउने गर्छन् । गाईड अन्सम राई भन्छन् कात्तिक–मंसिरको पीक आवरमा आन्तरिक पर्यटकहरुले होटलमा कोठा पाउनु भनेको दाँतले ढुङ्गा चपाउनु जस्तै हुन्छ् । उनी थप्छन् अब ‐बैसाखको दोश्रो सातापछि) एसियन मुलुकहरु भारत,बगालदेश,भुटान,चीन,थाइल्याण्डका पर्यटकहरु पद यात्रामा आउछन् ।

 

 

 

 

पहिलो पद यात्राको अनुभव र जटिलताको आभाष मिश्रित भावमा सुवाँ सुवाँ गर्दै अन्नपूर्ण बेस क्याम्पमा रहेको हिउँलाई अंकमाल गर्न आतुर देखिन्थे झापा सुरुङ्गका राजेन्द्र उप्रेती । कुनै मनमोहक दृश्य देख्ने बित्किै दाजु एक ल्किक यता भन्दै प्रकृतीक सुन्दरतासगँ रमाइरहयो यात्रा अवधि भरी राजेन्द्र ।

 

 

अन्नपूर्ण बेस क्याम्पको पद यात्राक्रममा होटलहरुमा गाइड र पोटरहरुले खाएको खानाको १सय ५० देखि ३ सय ५० रुपौयासम्म बाटो मर्मतको नाममा एक्यापलाई बुझाउनु पर्नेहुदाँ दुःख गरी कमाएको पैसा सबै खाएर सकिन्ने ६० बर्षिय पोटर गमनसिंह क्षेत्रीको गुनासो थियो । गएको एक बर्ष अधि सगरमाथा बेस क्याम्पसम्मको पदयात्राको अनुभव बटुलेका झापा तरुण दलका अध्यक्ष गोपाल तामाङ भन्छन् सगरमाथाको तुलनामा अन्नपूर्ण बेस क्याम्पसम्मको यात्रामा पिउने तातो पानी धेरै महङ्गो रहेको जिकिर गर्छन् । उनी सटिक रुपमा भन्छन् रक्सी भन्दा पानी महङ्गो ।

 

 

यात्रामा आन्तरिक पर्यटकहरुलाई होटलहरुले राखेको बिदेशी पाहुन स्तरिय खानाको मेनु, पानी र वाईफाईको चार्ज लगायतले यात्रालाई धेरै खर्चिलो बनाउन्छ । देश संघिय संरचनामा प्रवेश गरिरहेको अवस्थामा प्रत्येक प्रदेशले आन्तरिक पर्यटकलाई लोभ्याउन् यस्ता आधारभूत चीजहरुमा सहुलियत दिनु पर्ने कुरामा जोड दिन्छन ताडापानीका राम मगर ।

 

 

देउरालीबाट माछापुच्छे« बेस क्याम्प जानेक्रममा होशियार हुनुपर्छ । राती हिँउ परेको छ,भने त्यो बाटो बिहानको समय उपयुक्त हुन्छ नत्र दिउसोको घामले हिँउ पग्लिएर हिम पहिरो र ढुङ्गा खसेर बाटो अवरोध सगै यात्रुको ज्यान जान सक्छ ।

 

 

 

 

यात्रामा जाने बाटो

 

 

पोखराबाट नयाँ पुल हुदै हिले, तिखेढुङ्गा, उलेरीसम्म साना गाडीमा पुग्न सकिन्छ । तर उलेरीको ३५ सय लामो ठाडो ढुङ्गाको सिढीको पद यात्राबाट चुक्नु हुन्छ । उलेरीबाट वनथाटी, नाङ्गेथाटीहुदै घोेरेपानीमा बास बस्न् सकिन्छ । विहान ४ बजे एक घण्टाको उकालो हिडाइपछि पुन हिलको मनमोहक दृश्यको आनन्द लिन सकिन्छ । फेरि घोरेपानीबाट दोश्रो पुन हिल, देउराली, वनथाटी हुदै टाडापानीमा बास बस्ने । टाडापानीबाट चुहिले, दुरविन डाँडा हुदै छोम्ररुङ्गमा बास बस्ने । छोम्ररुङ्गबाट सिनुवा, ब्यामबो, दोभानहुदै हिमालयमा बास बस्ने । हिमालयबाट देउराली, माछापुच्छे बेस क्याम्प हुदै अन्नपूर्ण बेस क्याम्प जान सकिन्छ ।

 

 

फर्किदा अन्नपूर्ण बेस क्याम्पबाट ब्यामबोमा बास बस्ने । ब्यामबोबाट छोम्ररुङ्ग हुदै झिनो डाँडामा बास बस्ने बेलुका तातो पानीको मज्जा लिने । भोलि पल्टा झिनो डाँडाबाट मत्सयाँसम्म हिड्ने । मत्सयाँबाट साना गाडीले पोखरासम्म पुर्याउछ् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

NIC Asia