MENU
“जीत्नु भन्दा दौड पुरा गर्नु नै ठूलो” 
 : 1,229 views
  Jun 06, 2018
       
शव्द/तस्विर : सुनिल शर्मा
विश्वको १० उत्कृष्ट हिमश्रृंखला मध्ये एक रहेको अन्नपूर्णको रुपमा ख्याति कमाएको अन्नपूर्ण आधार शिविरबाट शुरु भएको पहिलो म्याराथनमा हरेक खेलाडीहरुको मनोबल यसरी नै उजागर भएको थियो ।
अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रम अन्तर्गत भएको म्याराथनमा नेपाली सेना,प्रहरीका चर्चित धावकहरु, भारतीय सेनाका,व्यावसायिक र स्थानीय गरी ६० भन्दा बढी धावकहरुको उल्लेख्य सहभागिता रहेको थियो । ५० बर्षका पुगेका स्थानीयहरुको पनि सहभागिता थियो ।
जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रुपमा मनाइँदै आइएको यही सन्दर्भ पारी अन्नपूर्ण आधार शिविरबाट शुरु भई माछापुच्छ्रे« आधारशिविर हुँदै देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भांैसी खर्क हुँदै घान्दुकसम्म कूल ४२.१९५ मिटरको दुरीमा आयोजना गरिएको थियो ।
उक्त म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम, नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठले क्रमशः द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए म्याराथनका कान्छाधावक घान्द्रुकका १६ वर्षीय अनिल गुरुङ ११ औं स्थान हासिल गरेता पनि स्थानीयहरु उनको यो सफलतालाई आफनो क्षेत्रको गौरवको रुपमा लिएका छन् ।
सफलताका साथ सम्पन्न उक्त म्याराथनका विजेताहरुलाई महोत्सवको तेस्रो चरणको कार्यक्रम समापन समारोहका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नगद पुरस्कारसहित सम्मान गर्नु भएको थियो ।
आधारशिविर तथा विभिन्न स्थानहरुमा विदेशी पर्यटहरु तथा स्थानीयहरुले धावकहरुलाई ताली पिटेर मनोबल बढाएका थिए ।
  

Comments

NIC Asia