MENU
क्यानोनिङको रमाइलो
 : 1,023 views
  Jun 10, 2018
क्यानोनिङ नेपालमा हाल व्यावसायिक रूपमा विकसित हुँदै गएको साहसिक खेल हो । डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिदै हाम्फाल्दै चिप्लिदै झरना र खोलाका छाँगाबाट खस्दै खेलिने साहसिक खेल क्यान्योनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित हुँदँछ । नेपाल क्यान्योनिङ एशोसियशनको आयोजनामा र नेपाल टुरिजम वोर्ड र थाक्रे गाउँपालिकाको सहयोगार्थमा चौथो क्यान्योनिङ महोत्सव २०१८ सम्पन्न भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा न. ६ मा रहेको रानी झरनामा यस बर्ष क्यान्योनिङ महोत्सव शुक्रवार र शनिवार गरी दुई दिन सम्पन्न भयो ।
नेपाली र विदेशी गरी करिब २०० जनाले क्यान्योनिङ उत्सवमा सहभागिता जनाएर  खेलको भरपूर आनन्द लिएका थिए । तालिम प्राप्त गाईडहरुको निर्देशनमा डोरीको सहायतामा झरनामा रहेको तीन चरण पार गरी मनोरञ्जन गरेका थिए ।
एशोसिएशनका अध्यक्ष राजेन्द्र बहादुर लामाका अनुसार फ्रान्सबाट ९० को दशकमा शुरु भएको यो खेल अहिले संसार भरिनै आकर्षक रुपमा फैलिएको छ  र नेपाल पनि यो खेलको गन्तव्यको लागि सम्भावना बलियो छ ।
शब्द तस्विर : सुनिल शर्मा

Comments

Competition middle banner