MENU
 रोमाञ्चक इन्द्रजात्रा
 : 295 views
  Sep 30, 2018

 

 

हनुमानढोकास्थित काल भैरव अगाडि यःसिं (लिङ्गो) ठड्याई इन्द्रध्वजोत्थान गरिपछि शुरु भएको ‘यँया दे पुन्ही’ अर्थात् ‘इन्द्रजात्रा नानीचा याः’ गर्दै यस बर्ष सम्पन्न भएको छ । इन्द्रजात्रा मात्र एक रथयात्रा नभई मानिसहरुलाई थप मनोरञ्जन दिई झुमिरहु बनाउँने लाखेनाच, झ्याँलिँचा नृत्य, पुलुकिसी जात्रा, कुमारी घरअगाडि दश अवतार, भक्तपुरको महाकाली प्याखँ, सबःभक्कु प्याखँ, ख्याः प्याखँ (ख्याःकको नाच) तथा दिप्याखँजस्ता प्रदर्शनले थप रौनक प्रदान गरेको हुन्छ, यसको कारण कलिला नानीदेखि वृद्धवृद्धासमेत इन्द्रजात्रा अवधिभर रमाउँने गर्छन् । नानीचा याःसँंगै यो रमाइलो समय पनि यस वर्षको लागि बिदा भयो ।

 

 

कुमारी रथयात्राको पहिलो दिन कुमारीघरमा बज्रयान बौद्ध तथा हिन्दू परम्पराअनुसार श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको विशेष पूजा गरी साइतमा रथयात्रा शुरु हुन्छ । यस बर्ष तृष्णा शाक्यको जीवित देवी कुमारीको रुपमा पहिलो रथयात्रा नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीद्घारा भूकम्पपछि पूननिर्माण गरिएको गद्दी वैठकबाटै अवलोकन गरिन । सोही दिन डागीँ अर्थात् वसुन्धरालाई ‘बोधिसत्व’को स्वरुप धारणा गर्न लगाई डागीँका साथमा मृतकको नाममा सतबीज छर्दै चैत्य आकारमा परिक्रमा गर्दै मृतकको सुखावति भुवनवासको कामना गरिन्छ । काठमाडौँका नेवार समुदायले एक वर्ष्िभत्र मृत्यु भएका आफन्तको सम्झनामा डागीँ अर्थात् वसुन्धराको वस्त्र समातेर नगर परिक्रमा गर्छन् । साथसाथै मानन्धर समुदायले काष्ठपण्डपको भुतिसत्तलबाट बौमतको यात्रा शुरु गर्ने चलन छ । बाँसले बनाइएको ३० फीट लामो नर्कटको खटमा रहेको माटाको पालामा बत्ति बालेर कुमारीको मार्गमा नगरपरिक्रमा गराइन्छ ।

 

 

इन्द्रजात्राको परम्परा परापुर्वकालदेखि चलिआए पनि यहि समययता जात्रामा परिवर्तनको लहर र समावेशी हुदैं गएको छ । स्वेत भैरवको मुखबाट निस्केको छयागं पिउन पूरुष वर्ग तछाडमछाड गरेको देखिन्थ्यो, अहिले आएर व्यवस्थापन समूहले अलग्गै दिन पारेर महिलाको लागि व्यवस्था गरेकोले पनि त्यो प्रसाद पिउँन महिलाको भीड लाग्ने गर्दछ । अझ इन्द्रजात्राको अन्तिम दिन नानीचा याःको दिन जात्राका सबै गतिविधी रथ तान्नेलगायत पनि महिलाले नै सञ्चालन गर्नाले परम्परामा थप रौनकताका साथ समावेशी बनाइदिएको छ ।

 

 

हामीले बिर्सेको इतिहास बर्षमा एकपटक संम्झाएर अर्को बर्ष फेरी आउँने बाचाका साथ विदा भयो रमाइलो, इन्द्रजात्रा ।

शब्द र तस्विरः सुनिल शर्मा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

NIC Asia