MENU
सरकारी धरापमा मृत्यु भएका विश्व साइकल यात्रीलाई श्रद्धाञ्जली
 : 240 views
  Nov 04, 2018

 

सदृश्य सम्बाददाता :

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको लापरवाहीका कारण अकालमै ज्यान गुमाएका विश्व साइकल यात्री श्याम सुन्दर श्रेष्ठलाई श्रद्धाञ्जली दिइएको छ। उनको मृत्यु भएको ठाउँमा ‘घोस्ट साइकल’ समेत राखेर स्थानीय बासिन्दा र साइकलप्रेमीहरुले अन्तिम श्रद्धाञ्जली दिएका हुन् । एक हप्ता अघि खानेपानीको खाल्डोमा परि उनको मृत्यु भएको थियो ।

 

 

त्रिभुवन विश्वविद्यालयको गेट नजिकै ढलको खाल्डोमा मान्छे खसेको खबर सार्बजनिक भएको थियो । प्रहरीलाई पनि उक्त कुरा कुराको जानकारी गराइयो । खबर पाएको भोलिपल्ट हेर्न जादा खाल्डोमा मृत श्रेष्ठसंगै उनको साइकल पनि भेटिएको थियो । साइकल सहित खाल्डोमा परेका उनि निस्कन नसकेर निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको थियो।

 

मृत साइकल यात्री श्रेष्ठ काठमाडौं महानगरपालिका वडा नम्बर १५ चागलका बासिन्दा हुन् । उनको अन्तिम श्रद्धाञ्जली कार्यक्रम मनोक्रान्ति केन्द्रले घटनास्थलमानै गरेको थियो । श्रद्धाञ्जली कार्यक्रममा साइकलप्रेमीहरु देखि बिदेशीहरु पनि थिए ।

 

कार्यक्रममा उपस्थिहरुले सर्बसाधारणको लागि ज्यानको खतरा भएका यस्ता खाल्डो छिटो पुर्नको लागि सरकारसंग अनुरोध गरेका थिए साथै श्रेष्ठको दोषीलाई कारवाही गर्न पनि उपस्थित सबैले माग गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

NIC Asia