MENU
कार्तिक नाचको नृसिंह अवतार 
 : 122 views
  Nov 23, 2018
वि.सं. १६९७ मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरू तथा ज्योतिषहरूको सल्लाह अनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर सुरुमा सो नाच कृष्णलिलामा आधारित थियो। मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले  पाटन दरबारको पश्चिममा र कृष्ण मन्दिरको दक्षिण रहेको डबलीमा देखाउने गरेको नाचलाई कात्तिक नाच भनिन्छ। कार्तिक नाचमा नृसिंह अवतार र  हिरण्यकश्यपु वधको नाच प्रदर्शनको विशेष आर्कषण रहेको छ । हिरण्यकश्यपुका छोरा प्रल्हादको पुकार अनुरुप विश्व रक्षाका लागि प्रकट हुने नृसिंह अवतारको नाचले आफैमा धार्मिक तथा सामाजिक आस्था बोकेको छ । नेपालको साँस्कृतिक इतिहासमा सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा यस नाचलाई लिइन्छ । सांस्कृतिको दृष्टिकोणबाट पनि महत्वपूर्ण यो नाचमा बाःथ प्याखँ, कौलाखिचा, दाजुपिं मियेगु, महामूख युद्धकला, शितज्वर, विष्मज्वर, कृष्ण, महादेव, देवी प्याखँ, द्योला, ख्याः कवं, भैरव, कुमारी, महालक्ष्मी, जलशयण, मधु कैटववध, हिरण्याक्ष वध, वस्त्रहरण लीला तथा नृसिंह अवतार, हिरण्यकश्यपु वध, वराह अवतार, बौद्ध अवतारलगायत धार्मिकग्रन्थका पात्रहरू प्रस्तुत गरिन्छ। कार्तिक नाचले ऐतिहासिक मल्लकालको संस्कृति झल्काएको छ ।
शब्द/ तस्वीर : सुनिल शर्मा 
 

Comments

NIC Asia