MENU
‘हिमालय ह्वाइट वाटर च्यालेन्ज–२०१८’
 : 113 views
  Nov 27, 2018
बेंसीसहर नगरपालिका ६, बेलौती बिसौना र १० बाँझखेत बीचको मर्स्याङदी नदीमा अन्तर्रा्ष्ट्रिय कायाकिङ प्रतियोगिता ‘हिमालय ह्वाइट वाटर च्यालेन्ज–२०१८’ सम्पन्न भएको छ । गत शनिबारदेखि सोमवारसम्म नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्सी (नारा) को आयोजनामो १७ औं संस्करणको यस प्रतियोगितामा नेपालसहित बेलायत, आयरल्याण्ड र जर्मनका करिब २५ भन्दा बढि प्रतियोगीहरु सहभागी थिए ।
हिमालयन रिभर गाइड एसोसिएन र नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना गरिएको उक्त प्रतियोगितामा ‘डाउन रिभर रेस’, ‘सलालम’ खेल, हेड टू हेड खेल मा प्रतियोगीहरु प्रतिस्पर्धा गरिएको कार्यक्रम र्सयोजक चुडामणि अर्यालले बताए । र्या्फिटङ र कायाकिङको लागि विश्वकै उत्कृष्ट १० मध्येको एक मर्स्याङदी नदी रहेको र यसको प्रर्वद्वन गर्न कायकिङ प्रयितयोगिता आयोजना गरिएको उनले बताए । गएको बर्ष त्रीशुलीमा आयोजना गरिएको प्रतियोगिताको १७ औं संस्करण सफल भएका कारण आउंदो बर्ष अझ उत्साहजनक रुप सन्चालन गर्ने उनले बताए।
आयोजक नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्सी (नारा) का अध्यक्ष निमबहादुर मगरले मर्स्याङदी जलविद्युत आयोजना निर्माण भए लगतै पहिले घण्टौं लगाएर खेल्न मिल्ने ठाउँमा अहिले सवै जलविद्युत निर्माण भएका कारण मर्स्याङदीको साख बचाउन पनि यस स्थानमा कायकिङ प्रयितयोगिता आयोजना गरेको बताए । किक्रेट र फुटबलका लागि रंगशाला निर्माणमा अग्रसर सरकारी निकाय पर्यटन विकास हुने र्या्फिटङ र कायाकिङको लागि कुनै उचित स्थान नहुदां कायकिङका पारखीहरु खिन्न भएको उनी बताउँछन् ।
नाराका महासचिब शिव अधिकारीले साहसिक जलयात्रा पर्यटनको संभावनालाई उपयोग गर्न सके आय तथा रोजगारीमा बृद्धि हुने जानकारी दिएका छन । उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो भने महिलातर्फ पहिलोलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ प्रदान गरियो । कार्यक्रमको समापनमा बेशीशहरका मेयर गुमान सिंह अर्यालको विशेष आतिथ्यतामा विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ पहिलो संयुक्त अधिराज्यका प्रितम गुरुङ्ग, द्वितीय संयुक्त अधिराज्यकै म्याट स्टेफसन तथा तृतीय नेपालका सोम बहादुर मगर भएका थिए भने महिलातर्फ जर्मनका वीरा नीस पहिला, , द्वितीय आएरल्याडका सुसान डोएल तथा आएरल्याडकै शीलाघ हेनेशी तृतीय भएका थिए ।
महिलातर्फ जर्मनका वीरा नीसले प्रतियोगितामा विजय हासिल गरेका कारण निकै खुशी व्यक्त गरेका थिए तथा यो प्रतियोगिताको निरनन्तरताको कामना गर्दै समय मिलेमा अर्को बर्ष पनि सहभागी हुने उनले बताए ।
शब्द /तस्वीर : सुनिल शर्मा 
  

Comments

NIC Asia