MENU
नेपाल स्वतन्त्र र स्वाभीमानी राष्ट्रका रुपमा बाँच्न जागरण गराउन लागेका नेपालका प्रबुद्ध एबम् बहुचर्चितहरुले संचालन गरिरहेको पच्चीस प्लस समूहले सरकार, दलहरु तथा निर्वाचन आयोगलाई स्थानीय निर्वाचनमा गंभीर भएर लाग्न सचेत गरेको छ । विस्तृत
 : 39 views
  Apr 18, 2017

नेपाल स्वतन्त्र हुने कि नहुने ?

सदृश्य संवाददाता—

काठमाण्डौं, ४ वैशाख—नेपाल स्वतन्त्र र स्वाभीमानी राष्ट्रका रुपमा बाँच्न जागरण गराउन लागेका नेपालका प्रबुद्ध एबम् बहुचर्चितहरुले संचालन गरिरहेको पच्चीस प्लस समूहले सरकार, दलहरु तथा निर्वाचन आयोगलाई स्थानीय निर्वाचनमा गंभीर भएर लाग्न सचेत गरेको छ ।
प्रजातन्त्रका लागि चुनावको विकल्प छैन । चुनावले नै संविधानलाई कार्यान्वयन गर्छ ।

दुईवर्ष पहिलेदेखि सक्रीय २५ प्लस समूहले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा समूहका सदस्य एवम् अख्तियार दूरुपयोग निवारण आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायले भने, निर्वाचन पूर्वसर्त बीना हुनुपर्छ । तर सत्ता र निर्वाचन आयोगमा बसेकाहरु नै निर्वाचनप्रति धर्मराएका देखिन्छन् । संविधान संशोधन नहुन्जेल निर्वाचन हुन्न भन्नु गलत हो ।

उनले भने, प्रजातान्त्रिक ब्यवस्थामा निर्वाचन नै जनतालाई बलीयो बनाउने आधार हो । जनता यसप्रति सचेत हुनुपर्छ किनभने लोकतान्त्रिक विधि र प्रकृयाबाट बनेको संविधान देशमा छ । प्रजातान्त्रिक पद्धतिप्रति गुनासो गर्ने ठाउ छैन किनभने लोकतन्त्रको विकल्प लोकतन्त्र हो ।

समूहका संयोजक वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई पत्रकारहरुले सोधे, निर्वाचनको मूखमा राजनीतिक दल खोल्न हच्केर दलले माग गर्नुपर्ने कुरा समूहले गर्नुको कारण केहो ?

कुटनीतिक जवाफ दिदै श्रेष्ठले भने, राजनीतिसंग नजोडिएको कुरा केही हुँदैन । चाँणक्यको चर्चा गर्दै उनले थपे, देश खतरामा नभएको समयमा राजनीतिमा हरेकले हात हाल्दैनन् । तर देश, जनता र सार्वभौमसत्ता खतरामा परेको बेलामा भने सबैले राजनीति गर्नुपर्छ । अहिले हामीले गरेको त्यही हो । जनताले माग गरे हामी त्यो गर्न (राजनीतिक दल खोल्न) पनि तयार छौं ।
समूहले वितरण गरेको प्रेस वक्तब्यमा नेपाल एक स्वतन्त्र र स्वाभीमान राष्ट्र भएर बाँच्न पाओस् भन्नका लागि पच्चीस प्लस समूहका सदस्यहरु अढाई वर्षदेखि जागृतिमा लागेका छौं ।

हाम्रो सामू सबभन्दा ठूलो समस्या भनेको नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता जोगाउनु नै हो ।
त्यसका लागि अनेक प्रकारका विभिन्नता भएर पनि नेपालीहरु एकतावद्ध भइ बस्नु पर्ने, सामाजिक सामन्जस्यता कायम राख्नु पर्ने र सुशासनको प्रत्याभूति हुनुपर्ने खाँचो छ । जस्तै परिस्थिति भए पनि हामीले यी राष्ट्रिय मुद्धाहरुमा एकजुट हुनुपर्छ । तर आजको राजनीतिक माहौल त्यस दिशातिर लागेको देखिदैन ।
यसकारण हामीले सबै राजनीतिक दलहरु र नेपाली जनतालाई पनि सतर्क गराउन चाहन्छौं । नेपालको सार्वभौमिकता, स्वतन्त्रता र प्रादेशिक अखण्डता जोगाइराख्न र नेपालीहरु बीचमा सदियौंदेखि रहिआएको सामाजिक सद्भाव कायम राख्न सबै नेपालीले आआफ्नो ठाउबाट योगदान गर्नु अपील गरिएको छ ।
विज्ञप्तिमा संविधान संशोधनको कारण देशले लामो समयदेखि अन्यौल र अशान्ति भोग्दै आउनु परेको बताउदै निर्वाचनसंग अरु राजनीतिक प्रश्नहरु गाभिएर आएको हुनाले यसको उल्झनले गर्दा लोकतान्त्रिक अभ्यास नै एकातिर पर्ने आशंका देखिएको छ । निर्वाचनलाई सर्वमान्य र सर्वस्वीकृत बनाउने प्रयत्नमा देशले अशान्ति मात्र होइन अस्तित्वकै खतरा बेहोर्नु पर्ने अवस्थ सिर्जना भएको छ । त्यसकारण समूहको दृष्टिमा निर्वाचन र संबैधानिक संशोधन एक अर्कामा जोडिनु हुँदैन । यसलाई आआफ्नो महत्व र स्थान प्रदान गरिनुपर्छ ।

पत्रकार सम्मेलनका आयोजकले जटिल प्रश्न उठाउदै भनेका छन्, निर्वाचन, संबैधानिक संशोधन आदि अभ्यास सफल तरिकाले भैहाल्यो भने पनि के देशले सामना गरिरहेको दुरावस्था र खतराबाट त्राण पाउन सक्छ ?
नेपालमा जुन किसिमले विदेशी हस्तक्षेप बढिरहेको छ, विदेशी मुद्धाहरु कार्यान्वयन भइरहेका छन् र विदेशी गुप्तचर समूहको चलखेल चलिरहेको छ के यी अभ्यासबाट निराकरण हुन्छ ? देशभित्र बढिरहेको कुशासन, भ्रष्टाचार र राजनैतिक भागबण्डाको समाधान निस्कन्छ ?
देशमा शान्तिपूर्वक बसिरहेका अनेक जातजातीका मानिसहरुलाई फुटाउने, जुधाउने र लडाउने प्रयत्न भैरहेका छन् के त्यो क्रम बन्द हुन्छ ? यदि हुँदैन भने देशले जुन समस्या आज भोगिरहेको देखिन्छ त्यो भन्दा धेरै गुना ठूलो र गंभीर समस्याहरु भोग्नु पर्ने स्थिति आइरहेको देखिन्छ ।

पच्चीस प्लसमा को को छन् ?

आदित्यमान श्रेष्ठ, बरिष्ठ पत्रकार लेखक, संयोजक
सूर्यनाथ उपाध्याय पूर्व प्रमुख आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
श्रीप्रसाद पण्डित पूर्व रजिष्ट्रार, सर्वोच्च अदालत
चिरनशमसेर थापा पूर्व प्रमुख सचिव, राजदरवार
डा. द्वारिकानाथ ढुंगेल नेपाल सरकारका पूर्व सचिव
कल्याणदेव भट्टराई राजनीति तथा आर्थिक विश्लेषक
शीतलबाबु रेग्मी राष्ट्रपतिका पूर्व सचिव
भुवनेशकुमार प्रधान पूर्व सचिव,जलश्रोत
बुद्धिनारायण श्रेष्ठ पूर्व महानिर्देशक, नापी विभाग तथा सीमाविद्
ईश्वरीचन्द्र शर्मा वरिष्ठ अधिवक्ता
सोमनाथ पौडेल प्रशिद्ध जलस्रोत इञ्जिनियर
कमल सिंह बैंकिंग विशेषज्ञ
डा. उपेन्द्र देवकोटा वरिष्ठ न्यूरो सर्जन
देवीराम शर्मा पूर्व प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग
अनिल योगी पत्रकार एवम राजनीतिक चिन्तक
सुश्री ईन्दु आचार्य महिला अधिकारकर्मी
प्रा.डा. मोहनप्रसाद लोहनी प्रोफेसर तथा पूर्व राजदूत
डा. उपेन्द्र गौतम जलश्रोतविद्
शिशिर योगी राष्ट्रवादी गायक
जे. पापी राष्ट्रवादी चिन्तक
डा. किशोरबाबु अर्याल पूर्व जलस्रोत सचिव
रबिन अधिकारी युवा समाजसेवी
ध्रुवराज भट्टराई इञ्जिनियर
ऋषिराम लामिछाने पूर्व राष्ट्रसेवक
गोविन्दबहादुर थापा अर्थशास्त्री र पूर्व एडिबी अधिकारी
रणध्वज लिम्बु पूर्व सेना अधिकारी
डा. जयराज आचार्य पुर्व राजदुत
डा. केवी रोकाया पुर्व मानवअधिकार आयोग सदस्य
बालकृष्ण श्रेष्ठ स्थापित उद्यमी
डा.ठाकुरमोहन श्रेष्ठ पुर्व ए आई जी

पच्चीस प्लसका एघार प्रतिबद्धता
१. जिम्मेवार राजनीतिक शक्तिहरुले देशको अस्मिता, सार्वभौमिकता, स्वतन्त्रताको नराम्ररी उपहास गरेकाले यसको संरक्षण गर्नु आज हाम्रो अगाडि सबभन्दा ठूलो चुनौति देखापरेको छ । जति र जस्तो मूल्य तिरेर भए पनि यसको जगेर्ना गर्नु हामी सबै नेपालीको कत्र्तव्य हो । यसमा हामी कटिबद्ध छौं ।

२. देशमा भईरहेको विदेशी हस्तक्षेप र यसबाट उत्पन्न हुने अस्थिरताले देशलाई अशान्ति तर्फ धकेल्ने प्रयासको पनि हामी घोर निन्दा गर्दछौं ।

३. प्रजातान्त्रिक पद्धति र प्रकृयामा हाम्रो पूर्ण विश्वास छ । राज्य संचालनमा यसको कुनै अर्को विकल्प छैन । तर यो सहीरुपमा संचालन हुनु पर्दछ । जिम्मेवार राजनीतिक शक्तिहरुकै गलत रवैयाका कारण प्रजातन्त्रको मूल्य मान्यतामा असर पर्ने काम भएका छन् र राज्यशक्तिको ब्यापक दुरुपयोग भइरहेको छ, यसको घोर भत्र्सना गर्दछौं ।

४. संविधान बत्र अत्यधिक ढिलाई गरेर, संक्रमण काल लम्ब्याएर, बर्षौं सम्म स्थानीय चुनाव पनि नगराएर र सत्ताकोलागि मात्र झगडा गरेर राजनैतिक दलहरुले जनतालाई निरास र आक्रोसित बनाएका छन् । यसप्रति उनीहरु समयमै जागरुक भएनन् भने जनताबाट हुने कुनै पनि प्रतिक्रिया र त्यसबाट उत्पन्न हुने परस्थितिको जिम्मेवार राजनीतिक शक्तिहरुनै हुनेछन् ।

५. नयाँ संविधान बत्रे क्रममा सामाजिक सद्भावना खलल हुने सम्भावना बढ्दै गएकोमा चिन्तित हुँदै सबैमा सतर्क रहन आग्रह गर्दछौं ।

६. शताब्दियौंदेखि समाजमा कायम सदभावको जगेर्ना र सम्बद्र्धन गर्नु सबै नेपालीको कत्र्तव्य हो भत्रे ठान्दछौं ।

७. नेपाली समाजमा जातीय, क्षेत्रीय, धार्मिक, भाषिक विखण्डन तर्फ बढदो गतिलाई रोक्न र सम्पूर्ण जनशक्तिलाई राष्ट्रिय एकताको सम्बर्धन तर्फ परिचालित हुन सबैलाई अपील गर्दछौ ।

८. देशमा शान्ति, सुरक्षा र सुशासन कायम गर्नु सरकारको प्रथम जिम्मेदारी हो । तर यस जिम्मेवारी पूरा गर्ने तर्फ सरकारको उदासिनताप्रति घोर भत्र्सना गर्दछौं ।

९. देशमा फैलिरहेको व्यापक भ्रष्टाचारको मुल कारण राजनीतिक दलगत स्वार्थ र भागवण्डा नै हो । यसको विरोधमा सशक्तरुपमा अभियान चलाइने छ र त्यसमा सबैलाई संलग्न हुन आह्वान गर्दछौं ।

१०. पानी, बिजुली, ग्यास जस्ता आमनागरिकको दैनिक जीवनका आवश्यक वस्तुहरुको आपूर्तिमा जनताले भोग्नु परेको कठिनार्ई र अनियन्त्रित महंगी कुशासन र कमिसनको खेलहो भन्ने ठान्दछौं । यी समस्या समाधानप्रति सरकार समय मै सजग होस् ।

११. यहाँ उल्लेखित मुद्दाहरुप्रति देशका जिम्मेदार सरकार र राजनैतिक नेतृत्व अविलम्ब जागरुक होउन् र समाधान तर्फ तुरुन्त उन्मुख हुन् । अन्यथा जनताको निरासाबाट उत्पन्न हुन सक्ने जटिल अवस्था र त्यसले ल्याउने समस्या र कठिनाईका बारेमा सरकार र राजनैतिक नेतृत्व बर्गले सम्पूर्ण जिम्मेवारी लिनु पर्नेछ ।

Comments