MENU
अपडेट- शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले परिमार्जनसहित संशोधन प्रस्ताव पारित गर्ने र मोर्चा निर्वाचनमा जाने सहमती भएको हो। बैठकले दुई चरणमा निर्वाचन गर्ने र मोर्चाको आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने निर्णय गरेको छ। विस्तृत
  Apr 22, 2017
शनीवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सरकार र मोर्चाको बैठक ।

अपडेट

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले परिमार्जनसहित संशोधन प्रस्ताव पारित गर्ने र मोर्चा निर्वाचनमा जाने सहमती भएको हो।  बैठकले दुई चरणमा निर्वाचन गर्ने र मोर्चाको आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने निर्णय गरेको छ।

मोर्चा चुनावमा जाने । संसोधन परिमार्जनकालागी कार्यदल गठन । चुनाव दुई चरणमा हुने ।

सरकार र मधेसी मोर्चाबीच बालुवाटारमा फेरि वार्ता सुरू भएको छ।

सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र तथा राप्रपा नेपालका शीर्ष नेताहरू राखेर मोर्चासँग प्रधानमन्त्री पुष्पकमल दाहालले निर्णायक वार्ता थालेका छन्।

बालुवाटारमा जारी छलफलमा मोर्चा नेताहरुले संविधान संशोधन अडान दोहोर्‍याएका थिए। मोर्चा नेताहरुले संविधान संशोधनको आधार पनि सरकारसँग प्रष्टयाउन माग गरेका थिए।

मोर्चासँग बैठक बस्नुअघि सत्तारूढ दलका प्रमुख घटक कांग्रेस, एमाले र राप्रपाका शीर्ष नेता बसेर आफ्नो एजेन्डा तय गरेको थिए।

यसअघि परिमार्जनसहितको संविधान संशोधन गर्न सरकार तयार भए आफूहरू निर्वाचनमा आउन तयार भएको जानकारी राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले गराएका थिए।

सरकारी टोलीसँग बार्ता गरेर फर्किएको मोर्चाले पनि आफ्नो धारणा बनाउन बिजुली बजारमा बैठक गरेको थियो।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी छन्।

Comments