MENU
हिमालयन ट्राभल मार्टमा संसारभरीबाट करीब २ सय ५० जनाले सहभागिता जनाउने बताइएको छ ।
 : 44 views
  May 05, 2017

अन्तर्राष्ट्रिय हिमालयन ट्राभल मार्ट काठमाडौंमा हुने

 


काठमाडौं — अन्तर्राष्ट्रिय हिमालयन ट्राभल मार्ट काठमाडौंमा हुने भएको छ । आगामी जेठ १८ देखि २१ (जुन १—४) गतेसम्म चल्ने यस हिमालयन ट्राभल मार्टमा संसारभरीबाट करीब २ सय ५० जनाको सहभागिता जनाउने बताइएको छ ।
त्यसमा टुर्स अपरेटर, ट्रेकिङ अपरेटर, राङ्खिटङ अपरेटर, होटल, एयरलाइन्स लगायत पर्यटनस“ग सरोकार राख्ने संस्थाहरुले ब्यपारिक साझेदारीका बारेमा छलफल गरिनेछ ।
हिमालयन ट्राभल मार्ट सम्मेलनमा बिश्व बजारमा पर्यटनको ब्यापार,पबद्र्घन,प्रोडक्ट, ब्राण्डिङ,यातायातको बारे बिज्ञहरुले अनुभब तथा बिश्वबजारको ट्रेण्डलाई पस्कने छन् ।
स्वदेशी तथा बिदेशी बिज्ञले नया“ ढंगको बजारीकरण र पर्यटन उत्पादनको ब्यापारीकरणलाई कसरी बिश्व बजारमा नेपालले उत्कृष्ट रुपमा गर्न सक्छ भन्ने बहस हुन्छ, पाण्डेले भने ।
नेपाल हिमालयको प्रबेशद्घार हो र साहसीहरुको थलो पनि । मार्टमा अन्तर्राष्ट्रिय ब्लगर र मिडीयाको सम्मेलन पनि हुने आयोजकले जानकारी दिए ।
नेपालमा पहिलो पटक ब्लगरहरुको सम्मेल हुन गइरहेकाले, हिमालयन ट्राभल मार्टको आर्कषण बढ्ने बताइएको छ । यस मार्टमा बिश्वभरीका ५० देशका बिक्रेता र क्रेताहरुले सहभागिता जनाउने भएका छन् । पचार उत्कृष्ट क्रेतालाई बीटुबीमा संलग्न गराइने र अन्यलाई आमन्त्रित क्रेताका रुपमा समाबेश गराइने भएको छ ।
दुई बर्ष अघि गएको बिनासकारी भूकम्पपछि नेपाली पर्यटन आफनै लयमा फर्कदै छ भन्ने सन्देश बिश्वभरी दिनलाई यो अन्तर्राष्ट्रिय हिमालयन मार्टले दिने पाटाका अध्यक्ष सुमन पाण्डेले बताए । अन्तर्राष्ट्रियस्तरको पर्यटनको इभेण्ट नेपालमा हुनुले देशकै गौरब बढाउने छ, उनले भने ।
प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरले आयोजना गरेको हिमालयन ट्राभल मार्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रमुख सहकार्य गरेको छ ।
त्यसै गरी हिमालयन मार्टमा नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्स, टान, नेपाल पर्बतारोहण संघ, नेपाल होटल संघ, नाटा , नाटो लगायतका पर्यटन सम्बद्घ संघ, संस्थाको सहयोग र सहभागिता रहेको छ । हिमालयन मार्टको अफिसियल होटल, सोल्टी रहेको छ भने एयर इण्डिया, थाइ एयर, टर्किस एयसलाइन्स, इथोपिया एयरलाइन्स, ङ्खलाई दुबई लगायतले सम्मेलनलाई प्रायोजन गरेर सहयोग गरेका छन् ।

 

Comments