MENU
मकालुको विमान अझै सम्पर्कविहिन, यसअघिका सूचनाहरु गलत -एटीसी
 : 80 views
  May 16, 2018

एटीसीले  यसअघि आएका सूचनाहरु गलत भन्यो।  मकालुको विमान अझै भेटिएको छैन। 

 

 

सुर्खेत, २ जेठ : सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयरको कार्गो विमान आज विहान सम्पर्कविहिन भएको छ ।

 

मकालु एयरको 9N AUJ कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार विमानमा चालक दलका दुई सदस्य हुनुहुन्छ । विमान सिमीकोट आइनपुगेकाले खोजीका लागि हेलिकप्टरको परिचालन गरिएको नागरिक उड्डयन कार्यालय, हुम्लाका राजु महतोले बताउनुभयो ।
–––

Comments

Competition middle banner