MENU
हुम्लाको खार्पुनाथमा मकालु एयरको बिमान  दुर्घटना
 : 359 views
  May 16, 2018

हुम्ला को खार्पुनाथ गाउँपालिका २ एकालाभुजमा  मकालु एयरको 9N AuJ  कलसाइन बिमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।  खोजिका लागि परिचालित हेलिकप्टरले टुक्रा टुक्रा भएको अवस्थामा बिमान फेला पारेको प्रहरीले जनाएको छ।

 

 

 उद्दारका लागि खटिएको प्रहरी अझै दुर्घटनाग्रस्त स्थलमा पुग्न सकेको छैन। प्रहरी टोली केही समयमै  दुर्घटनाग्रस्त स्थलमा पुग्ने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

 

 

सुर्खेत विमान स्थलबाट बिहान ६ः१२ बजे ११ सय ७० किलो कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको बिमान बिच बाटोमै दुर्घटनाग्रस्त हुन पुगेको हो।

 

 

पाइलट किरण भट्टराइ र कोपाइलट आदित्य नेपाली बिमानमा सवार थिए। घटनाको थप विवरण आउन बाँकी।

Comments

NIC Asia