MENU
कामी रिताले २२ औं पटक सगरमाथाको चुचुरो चुम्दै बनाए विश्व कीर्तिमान
 : 263 views
  May 16, 2018

 

काठमाडौँ, २ जेठ : सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । आज विहान ८ बजेर ३० मिनेटमा चिनिया टोलीसंगै सगरमाथाको चुचुरो पुग्न सफल भए।सोलुखुम्बुको थामेका स्थायी वासिन्दा कामीरिताले यसअघि आप्पा शेर्पाले २१ पटक चढेर राखेको रेकर्ड तोडीदिएका छन्।

 

आरोहणको चांैथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको हो ।

 

यस वर्षको वसन्त ऋतुमा उहाँसहित ६० भन्दा बढी आरोहीले सगरमाथा (८,८४८ मिटर) हिमालको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

 

मंगलबार मौसमी खराबीका कारण आरोहण हुनसकेको थिएन । अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् ।(रासस)

 

Comments

NIC Asia