MENU
चुरे दिवस–२०७५ यहि असार २ गते मनाइन्दै
 : 450 views
  Jun 13, 2018

 

“चुरे संरक्षण हाम्रो कार्यभार, बनार्औ यसलाई समृद्धिको आधार” भन्ने मूल नाराका साथ  जानकारी दिन राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति खुमलटार, ललितपुरले आज प्रकाशित एक विज्ञप्तीमा जनाएको छ । हरेक बर्ष असार दुईमा उक्त दिवस मनाइदै आइएको छ ।

 

यस कार्यक्रम अन्तर्गत यो बर्ष शिव मन्दिर सामुदायिक वन, वाणगंगा नगरपालिका वडा नं १ कपिलवस्तुमा सो कार्यक्रमको विस्तार गरिने भएको जानकारी  विज्ञप्तीमा उल्लेख छ ।

 

यस कार्यक्रमको प्रमुख उदेश्य र लक्ष्य चुरे तथा तराईको नदीप्रणाली व्यवस्थापन, नदी किनारमा हरियाली प्रबद्र्धन, जलाधारका उपल्लो क्षेत्रका सवै प्रकारका वनको वैज्ञानिक व्यवस्थापन, चुरे क्षेत्रको प्राकृतिक श्रोतको दिगो व्यवस्थापन, वातावरण सम्बर्धनद्वारा संरक्षित र सन्तुलित चुरेको विकास गर्दै यसको उत्पादन वृद्धिसहितको तराई मधेश र समृद्ध नेपालको निर्माण गर्नको लागि प्राकृतिक एवं जलवायु परिवर्तनबाट सम्भावित जोखिम न्यूनीकरण गर्ने र जलवायु परिवर्तनको अनुकुलन कार्यक्रम सम्पन्न गर्ने प्रमुख उद्देश्य रहेको छ ।

Comments

Photography