MENU
टानमा भाडभैलो
 : 1,362 views
  Jul 11, 2018

सदृश्य संवाददाता, काठमाडौं, २७ असार :टानमा कर्मचारी नियुक्तीलाई लिएर भाडभैंलो मच्चिएको छ । बर्तमान कार्य समितिले मनोमानी ढंगले पूर्ब कार्यसमितिको निर्णय भन्दै आफना नाता गोताहरुलाई भर्तीकेन्द्र बनाएपछि बिबाद बढेको छ । बिश्व बजारमा नेपालको पर्यटनक्षेत्रको नकारात्मक छबी बनेको बेलामा टानको भूमिका आन्तरिक कलहमा फसेको छ ।टानमा ब्यबसायिक भन्दा पनि राजनीति बढी हाबी भएको छ । पचास जना पर्यटकहरु ल्याउन नसक्नेहरुकै टानमा हालीमुहाली छ,राजनीतिको खोल ओढेर एक जना पर्यटन ब्यबसायिले भने ।

 

 

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) ले अवैध रुपमा कर्मचारी नियुक्त गरेको खुल्न आएको छ । असार २५ गते टानका अध्यक्ष नवराज दाहालको अध्यक्षतामा बसेको टानको १५ औं पूर्ण बैठकले पुरानो कार्यसमितिको निर्णय अनुसार भन्दै टिम्स विभागमा सुनिता श्रेष्ठलाई सहायक टिम्स अफिसर पदमा नियुक्ति गर्ने सर्वसम्मत निर्णय गरेको थियो । यस विषयमा पुरानो कार्यसमिति संग जानकारी लिँदा पुरानो कार्यसमितिले यस विषयमा कुनै निर्णय नभएको वताएका छन ।

 

 

टानको पुरानो कायसमितिका महासचिव कर्ण लामाले अघिल्लो कार्यसमितिले यस विषयमा कुनै निर्णय नगरेको  वताए । “हाम्रो कार्यसमितिले गरेको निर्णयहरु विधि र विधानसम्मत छन,त्यस विषयमा कुनै निर्णय भएको छैन”–लामाले भने । टानको बैठकमा कार्यसमितिका केहि पदाधिकारी र सदस्यहरुले यस विषयमा विमति राखेपनि निर्णय गरिएको टानका एक सदस्यले ;b[ionfO{ hfgsf/L lbP  । त्यसवाहेक टानले गरेको यो नियुक्ति कर्मचारी नियमावलिको पनि विपक्षमा रहेको देखिएको छ ।

 

 

 

त्यस्तै टान बैठकले सचिवालयका कर्मचारीहरु मछिन्द्र आचार्य र देवेन्द्र डंगोलले हालसम्म सेवा गरेको आधारमा कर्मचारीहरुले पाउने सुबिधा दिलाई निवृत्त गरी दिनु भन्ने निवेदन दिएकोमा २०७५ श्रावण १ गतेबाट लागू हुने गरी राजीनामा स्वीकृत गर्ने सर्वसम्मत निर्णय  गरेको छ ।

 

 

 

बैठकले प्रचलित कर्मचारी सम्बन्धी विनियमावली अनुसार हिसाब किताब गराई पाउनु पर्ने रकम २०७५ साउन १५ गते भित्र गर्न टानका कोषाध्यक्ष रामकृष्ण तिमल्सिना,सह–कोषाध्यक्ष तारा राना, सदस्य महेश बुढा, सदस्य रामबहादुर खड्का र सदस्य सुकबहादुर लामालाई जिम्मेवारी  दिने सर्वसम्मत निर्णय पनि गरेको छ । त्यस्तै साथै टानका प्रमुख कार्यकारी अधिकृत टेक बहादुर महतले जेष्ठ ३१ मा दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।

 

Comments