MENU
इग्ल्याडलाई अतिरिक्त समयमा हराउँदै क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाईनलमा
 : 120 views
  Jul 12, 2018

 

काठमाडौ,२८ असार । इग्ल्याडलाई अतिरिक्त समयमा हराउँदै क्रोएसिया विश्वकप फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ ।
बुधबार राती सम्पन्न दोश्रो सेमिफाईनल खेलमा क्रोएसिया इग्ल्याडलाई एकका विरुद्ध दुई गोलबाट हराउँदै फाईनलमा पुगेको थियो ।
निर्धारीत ९० मिनेटको समयमा दुबै टोलीबाट एक एक गोल भई बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो । अतिरिक्त समयको १०९ मिनेटमा क्रोएसियाका मारियो म्यानडुकिकले गोल गर्दै आफ्नो राष्टलाई पहिलो पटक विश्वकप फुटबल प्रतियोगिताको फाईनलमा पुराएका हुन ।
यस अघि खेलशुरु भएको पाँचौ मिनेटमा केरन ट्रिपेयरले पेनाल्टी बक्सको केही बाहिर प्राप्त फ्रिकिक गोल गदै ईग्ल्याडलाई एक सुन्यको अग्रता दिलाएका थिए । ६८ अौं मिनेटमा इभान पेरिसिकले क्रोएशियाबाट बराबरी गोल फर्काएका हुन्। सिमी भर्सजिकोले डी बक्समा उठाएर दिएको बललार्इ पेरिसिकले पोस्टको दिशा दिएका थिए।
५२ वर्षपछि इंग्ल्यान्डको फाइनलमा प्रवेश गर्ने सपना क्रोएसियाका मारियो म्यानडुकिकले अतिरिक्त समयको १०९ मिनेटमा गोल गर्र्दै चकनाचुर पारिदिए । यसअघि इंग्ल्यान्डले सन् १९६६ मा आफैले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । त्यसपछि इंग्ल्यान्ड विश्वकपको फाईनलमा पुगेको छैन ।यसअघि सन् १९९८ मा क्रोएसिया विश्व कप सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो । यसपटक विश्व कप उपाधिका लागि क्रोएसियाले आइतबार सोही फ्रान्सको सामना गर्नेछ ।  फ्रान्स बेल्जीयमलाई हराउँदै फाईनलमा पुगको हो ।

 

Comments