MENU
दाहाल यज्ञनिधि अस्वस्थ, स्वास्थ्य अवस्था स्थिर
 : 396 views
  Aug 10, 2018

काठमाडौँ, २५ साउन : साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिलाई मस्तिष्कघात भएको छ । अहिले उनको अन्नपूर्ण न्युरो अस्पताल माइतिघरमा उपचार भइरहेको छ ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले बताएको भाइ पुष्पनिधि दाहालले जानकारी दिए । उनी मस्तिष्कघातपछि मण्डिखाटारस्थित निवासमै ढलेका थिए । ६५ वर्षीय दाहालको दुई दुई दशकअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

 

उनले नियमित डायलायसिस गराउँदै आएका थिए । गत बुधबार पनि डायलायसिस गर्ने क्रममा बेहोस भएका थिए । चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलायसिस गर्न सल्लाह दिएपछि आज उनलाई थप उपचारका लागि ललितपुरको सुमेरु अस्पताल लगिने भाइ पुष्पनिधिले जानकारी दिए ।

 

उनले लामो समय रेडियो नेपालमा काम गरे । उनको ‘साहित्य संसार’ कार्यक्रम निकै चर्चित र लोकप्रिय थियो ।

Comments

NIC Asia